आइतवार, जेष्ठ १२, २०७६

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

“ईश्वरका अनुग्रहले आज हाम्रो मुलुक्को विजुलिको कार्खाना प्रकाशगर्न पाउने भयो विस्तृतमा..

सरकार र नेकपा (ने.क.पा.) हल्लाएको माधव नेपालको भाषण

राष्ट्रियता माथि प्रश्न उठिरहेको छ। भौगोलिक अखण्डतामाथि खुलेआम चुनौती दिने गरिएको छ। हिजो मैले एउटा भिडियो देखेँ। त्यो मन्त्रीहरुले हेर्नु भएको छ की छैन? गृहमन्त्री कहाँ हुनुहुन्छ? उहाँले देख्नु भएको छ की छैन्? खुलेआम देश टुक्राउँछु भन्नेहरुलाई जोगाउने नेपालका बिभिन्न निकायहरु लागेका छन्। गृह प्रशासन भन्ने चिज छ की छैन यहाँ?

समीर अमिन : नेपाली सम्झना र सम्मान (भिडियाेसहित)

हामी त जनताको बीचमा कसम खाएर आएका छौँ । यो नेकपा कसम खाएर आएको छ । हामी समाजवाद ल्याउँछौ भनेर स्थापनादेखि कसम खाएर आएको पार्टीले आफै क्रान्तिको एजेन्सी बन्नैपर्छ । यो भन्दा अर्को विकल्पै छैन । यदि नेकपा क्रान्तिको एजेन्सी बन्दैन भने यसको के काम छ? कांग्रेस त छँदैछ नि । अर्को कांग्रेस किन चाहियो ? आज पनि औचित्यको हिसावले नेकपाले क्रान्तिको एजेन्सी बनेर देखाउनुपर्छ ।

हेलो, सुन्दै हुनुहुन्छ मित्र! इरानबारे तिनीहरुले तपाईंलाई ढाँटीरहेका छन्

– एन्द्रे भिचेक
यहाँ आउने युरोपेलीहरू केही सिक्न चाहदैनन् । पहिलो पटक इरान आइपुग्नेहरू पनि एयरपोर्टमा ओर्लने बित्तिकै सरासर मेरो गाडी भित्र पस्छन् र भाषण गर्छन् र मलाई मेरै देशबारे पढाउन सुरु गर्छन् । सुनाउनलाई उनीहरूसँग एउटै कथा हुन्छ, इरानको आलोचनाको एउटै कथा । तिनीहरुका कुरामा कुनै विविधता र भिन्नता छैन । उनीहरू सबै एकै किसिमले रट लगाउने गर्छन् भने कसरी आफूलाई प्रजातान्त्रिक मुलुकका भन्न सक्छन् ?

समाचार

विचार

कृषिमा विज्ञान र प्रविधि: माटो नछुने किसान

-धीर भण्डारी
‘यी धेरैजसो अग्ला भवन र सपिङ मलहरु किसानकै हुन् । यहाँका किसानहरु चीनकै धनी किसानमध्येमा पर्छन् ।’ इन्जिनियर मिस्टर झाङले मलाई बताएका थिए शहर घुम्दै गर्दा । उनले यसो भनेपछि मैले सोधेको थिएँ– ‘कसरी यति धेरै धनी भए यहाँका किसानहरु? यहाँ त खेतीका लागि न प्रसस्त पानी छ न उर्वर जमिन । सबैतिर त सुख्खा बलौटे जमिन मात्रै देख्छु, पानी पनि साह्रै सीमित मात्रामा छ, वर्षा पटक्कै हुँदो रैनछ ।’

कृषि

कृषि विकास रणनीति (२०७२-२०९२) माथि बहस

कृषि विकास रणनीति (एडिएस) नेपालको कृषि क्षेत्रको आधुनिकीकरण गर्ने बृहद् विस्तृतमा..

राजनीति

यस्ताे छः २००७ सालदेखि अहिलेसम्मका मन्त्रिपरिषद्

प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । २०५२ विस्तृतमा..

१९ मन्त्रीलाई पुग्छ क्वाटर : डेरामै खर्च हुन्छ दुई लाख

शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले विस्तृतमा..

स्वास्थ्य /शिक्षा

    समाज

  • नेपाली काे हाे ? – श्रृङ्खला २

    -बालकृष्ण माबुहाङ
    नेपाल र नेपाली को कहाँ छन्? मापनको फरक यही हो। घर छेउको नेपाल र नेपालीको बोध नभैकन आसाम पुगेर नेपाली बन्नुपर्ने अवस्था छ। काठमाण्डाै‌ खाल्डोको नेपाल र नेपाली सतलजदेखि टिष्टा पुगेर मेची महाकालीमा खुम्चिनु परेको विवशता छ। आफ्नो मुलुकमा खनी खोस्री गर्ने जमिन नपाएर रोजगारका लागि मरुभूमि र हिउँमा कष्टकर जिन्दगी भोगिरहेकाहरुलाई नेपाली को हो ? भन्ने प्रश्न नै मुटु छेड्ने सुइरो बन्न सक्छ।

  • नेपाली को हो ? – श्रृङ्खला १

    -हरि शर्मा
    नब्बेको दशकपछि संवैधानिक रुपमा नेपाललाई एउटा बहुजातीय, बहुभाषिक राज्यको रुपमा व्याख्या गरिदा बहुलतालाई स्वीकारिएको पाइन्छ। तर हिजो नेपाली राष्ट्रलाई एकात्मक राज्यमा बाँध्न केही बिम्बहरु निर्माण र विकास भएका थिए भने सन् १९९० पछि बहुलतालाई संवैधानिक मान्यता हिड्दा कस्ता बिम्ब निर्माण हुनुपर्छ भनेर प्रश्न उठेको पाइन्छ।

  • सन् २१०० सम्ममा दक्षिण एशियाका केही भागहरू बसोवासयोग्य नहुने

    नयाँ जलवायु नमूनाहरूले के देखाउँदैछ भने यदि यस्तै तरिकाले हरितगृह विस्तृतमा..

  • यस्ताे छः २००७ सालदेखि अहिलेसम्मका मन्त्रिपरिषद्

    प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । २०५२ विस्तृतमा..

लेखक / टिप्पणी कर्ता