सरकारले आर्थिक वर्ष २०७५/७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ रु ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट रु ५८ अर्ब ८१ करोड ५५ लाख ब्यहोर्दा रु चार खर्ब २५ अर्ब २ करोड ८२ लाख बजेट न्यून हुने छ । बजेटमा देखिएको न्यून पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट रु दुई खर्ब २५ अर्ब २ करोड ८२ लाख जुटाइने र राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा अपुग हुने खूद रु एक खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने उहाँले जानकारी दिनुभयो ।
६ वटा सुरुङमार्ग निर्माण गरिने, यस्ताे छ खेलकुदमा बजेट
स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बालबालिका तथा युवाको शारीरिक र मानसिक विकासमा खेलकुदलाई जोड दिइने गरी बजेट कार्यक्रम ल्याइएको बताए ।सबै प्रदेशमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला निर्माण गर्न बजेट व्यवस्था गरिएको उनले बताए ।अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत नेपालको पहिचान विकास गर्न १८ औँ एसियाली खेलकुद र १३ औँ दक्षिण एसियाली खेलकुद र राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत गरेर २ अर्ब ४ करोड रुपैयाँ बिनियोजन गरिएको उनले बताए ।
६ वटा सुरुङमार्ग निर्माण
सरकारले बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अब नागढुंगा-नौबिसे खण्डको निर्माण आगामी वर्षबाट सुरु गरिनेछ । त्यसैगरी टोखा-छहेर(गुर्ज भञ्ज्याङ खण्डमा पनि अर्को सुरुङ बन्ने छ ।बिपी रामजमार्गको खुर्कोट(चियाबारी खण्डमा पनि सुरुङ बनाउने अर्थमन्त्री डा। युवराज खतिवडाले बताए । त्यसैगरी सिद्धार्थ राजमार्गमा सिद्धबाबामा पनि सुरुङ निर्माण गरिनेछ । बिपीनगर-खुटिया-दिपायल खण्डमा पनि सुरुङमार्ग बनाइनेछ ।गणेशमानमार्गको थानकोट चिल्ताङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । त्यसैगरी कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।
बजेट: बृद्ध भत्ता बढेन, एक लाखसम्मको निशुल्क स्वास्थ बिमा
७० वर्ष माथिका नागरिकलाई एक लाखसम्मको निशुल्क स्वास्थ बिमा गरिने छ। सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा यो नयाँ नीति ल्याएको हो। यस्तै दोहोरो समाजिक सुरक्षा हटाउने पनि बजेटमा उल्लेख छ। ७० वर्ष पुगेका बृद्ध बृद्धाहरुले मासिक २ हजार सामाजिक भत्ता पाउँदै आएका छन्। एकल महिला, दलित ज्येष्ठ नागरिकहरुले भने ६० वर्षमै यो भत्ता प्राप्त गर्दै आएका छन्।