सरकारले आज प्रदेश प्रमुख र प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ। सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् ।
यो अनौपचारिक छलफलपछि दिउँसो साढे ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकबाट सातवटै प्रदेशमा प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्g मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
एमाले र माओवादीका नेताहरुलाई अनौपचारिक छलफलका लागि बिहान ९ बजेपछि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । देउवाले आजै आफ्नै पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्ने तयारी गरेका छन् ।
एमाले-माओवादीसँग छलफलपछि मंगलबार दिउँसो चार बजेपछि मन्त्रिपरिषद बैठक बस्ने तय भएको छ र सम्भवत सोही बैठकबाट प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी सम्पर्क कार्यालय खोल्ने निर्णय हुने छ ।
प्रधानमन्त्रीले पार्टीका शीर्ष नेताहरूको बैठक पनि बोलाइएको कांग्रेसले जनाएको छ। ‘मन्त्रिपरिषद् बैठक बस्नुअघि कांग्रेसकाे आन्तरिक छलफल गर्ने तयारी भएकाे छ’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने। सरकारले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक र प्रतिष्ठित व्यक्तिहरूमध्यबाट प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ।