राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र महासभामा उत्तर कोरियालाई पुरै नष्ट गर्ने धम्की दिए पनि केही विश्लेषकहरुका अनुसार अमेरिकी शस्त्रले उत्तर कोरियाको परमाणु हमला रोक्नै सक्दैन।
सैन्य र मिसाइल रक्षा क्षेत्रहरुका केही विशेषज्ञहरु भन्छन् – अमेरिकाले भने झै उत्तर कोरियाबाट अमेरिका या उसका सहयोगीहरुमध्ये कसैलाई वास्तविक खतरा भइहाले पनि अमेरिकाले केही गर्न नसक्ने अवस्था छ।
कोरियालाई नजिकबाट नियाली रहेका वैज्ञानिकहरुका अनुसार, १५ सेप्टेम्वरमा जापानको होक्काइडो द्वीपमाथि उत्तर कोरियाको मध्यदुरी मिसाइलको प्रक्षेपण ४८० माइल (७७० किमी) को ऊचाईभन्दा बढी माथि थियो। तर अमेरिका र जापानमा यति ऊचाईमाथि उडेको मिसाइललाई रोक्न सक्ने कुनै शस्त्र नभएको तथ्य जोसेफ शिसिनिओनले खुलासा गरेकाछन्, जो विश्व सेक्योरिटी फाउण्डेशन, प्लगशेयर्स फण्डका संस्थापकसमेत हुन्।
अझ यतिसम्म भनिदै छ कि हालसम्म उत्तर कोरियाले गरेको परिक्षणको मिसाइलले लिएको उचाइमा पुग्नसक्ने व्यालिस्टिक मिसाइल रक्षा प्रणाली हालसम्म निर्माण नै भएकै छैन। अमेरिकासँग भएको सबैभन्दा आधुनिक मिसाइलबाट प्रतिरक्षा गर्ने THAAD ले २०० किमि उचाइसम्म पुगेर प्रतिरक्षा गर्नसक्छ । जबकी उत्तर कोरियाली व्यालास्टिक मिसाइल ७७० कि मि माथि र ३७०० सम्मको दुरि पार गर्दै जापान भन्दा पर प्रशान्त महासागरमा खसेको कुरा अमेरिकी सेना र दक्षीण कोरियाले नै पुष्टि गरेका थिए।
स्मरण रहोस् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ सेप्टेम्वर २०१७ मा ७२ औं संयुक्त राष्ट्र महासभामा उत्तर कोरियालाई नष्ट गर्ने धम्की दिएका थिए।