उत्तर कोरियाले परमाणु बम पड्काएपछि, अब विश्वको ध्यान उत्तर कोरियाको स्वतन्त्रता दिवशतर्फ मोडिएको छ।
उत्तर कोरियाले गत सप्ताहान्त परमाणु बमको परीक्षण गरेपछि, अमेरिका र उत्तर कोरियाका बीच तनाव अरु समयभन्दा धेरै उच्चस्तरमा पुगेकोछ।
अमेरिकाले किम जोंग-यूनमाथि “युद्धको भीख मागेको” आरोप लगाएका छन्, भने उत्तर कोरियाले उसका परमाणु परीक्षणहरु अमेरिकाका लागि “उपहार” हुन् र यी भन्दा बढी उपहारहरु अबका दिनमा आउने जवाफ दिएकोछ।
यसैवीच कैयन विशेषज्ञहरु उत्तर कोरियाले एक अर्को मिसाइल परीक्षण गर्न सक्छ भन्नेमा बढी चिन्तित छन्, जुन आउने शनिवार गर्ने सम्भावना छ।
शनीवार नै किन?
उत्तर कोरियाले हरेक वर्ष ९ सेप्टेवरमा राष्ट्रीय दिवस पर्छ मनाउने गर्छ। यही दिन यो आधिकारिकरुपमा एक गणराज्य र डेमोक्रेटिक पीपुल्स रिपब्लिक अफ कोरिया (डीपीआरके) को रुपमा स्थापित भएको थियो।
यो स्वतन्त्रता दिवस या राष्ट्रीय दिवस, उत्तर कोरियाली पात्रोमा सबैभन्दा महत्वका साथ मनाइने र प्रतिक्षित उत्सवहरु मध्ये एक हो। कोरिया सन् १९४५ सम्म जापानी उपनीवेश थियो। दोस्रो विश्व युद्धको अन्तमा सोवियत संघका सेना रहेको भूभाग उत्तर कोरिया भयो र अमेरिकी सेना पुगेको भूभाग दक्षीण कोरिया भयो। उत्तर कोरियाका नेता किम इल-सुङ बने, जो किम जोङ्ग युनका हजुरबा हुन्।
यस दिनलाई स्वतन्त्रता दिवस मानेर भाषण, सैन्य परेड र राजधानी प्योङ्गयाङ्गमा शक्ति प्रदर्शन गर्ने गरिन्छ। यसरी नै कारखानामा विदा दिइन्छ, नागरिकहरुलाई मनोरञ्जन र वनभोज गर्न प्रोत्साहन गरिन्छ र साँझमा आतसवाजी गरिन्छ।
यसै खुशीयाली तथा अमेरिकी दवावलाई जवाफ दिन हरेक वर्षमा देखाइने शक्ति प्रदर्शनमा यस पटक शक्तिशाली परमाणु वम परीक्षण गरिने अनुमान गरिएकोछ।
विगतमा त्यस मुलुकले के गर्थ्यो?
हरेक देशले परम्परागतरूपमा नै सही वर्षका कुनै दिनमा सैन्य तागत प्रदर्शन गर्ने गर्दछ, शक्तिशाली मुलुकले अरु शक्तिशाली मुलुकलाई धमाश दिन प्रदर्शन गर्ने गर्दछ भने नेपाल जस्ता मुलुकहरुले जनता र आतङ्ककारीलाई थर्कमान पार्न गर्दछ।
यसै अनुरुप आउने शनिवार उत्तर कोरियाले कुनै न कुनै नवीनतम हथियार परीक्षण गर्छ भनेर सबैले कान ठाडो पारेर राखेका छन्। किनकि यसले आफ्नो राष्ट्रीय दिवसमा नवीनतम हथियार परीक्षणका साथै “एक विशाल प्रदर्शन गर्न सक्छ”। पोहोर यस्तै समारोहमा उत्तर कोरियाले आफ्नो पाँचौं परमाणु परीक्षण सफलतापूर्वक गरिने दावा गरेको थियो।
विश्व नै थर्कमान छ
विशेषज्ञहरुले अनुमान गरेका छन् कि यो शनिवार उत्तर कोरियाले आफ्नो नवीनतम अन्तरमहाद्वीपीय बैलिस्टिक मिसाइलको परीक्षण शुरु गर्नेछ।
वॉशिंगटनस्थीत सेन्टर फर दी नेशनल इन्ट्रेस्टका निर्देशक काजियनिसले सीएनबीसीलाई बताएका छन्: “मेरो अनुमानमा अर्को एक अन्तरमहाद्वीपीय बैलिस्टिक मिसाइलको परीक्षण ९ सितम्बरमा गर्नेछ। उनी थप्छन् “उत्तर कोरियाले आफ्नो राष्ट्रीय स्वतन्त्रता दिवशका दिन एक विशाल प्रदर्शन गर्न चाहेकोछ।”
काजियनसका अनुसार प्योङ्गयाङ्गले आफ्नो स्वतन्त्रता दिवसका दिन अर्को उत्तेजना फैलाएर विश्व दुनियालाई सतर्क गराउनेछ। उनी भन्छन् “त्यसले उतिर ध्यानाकर्षण गराउने कुनै न कुनै कार्य गर्नेछ।”
किम जोंग-यूनले बैलिस्टिक मिसाइलमा लादिएको परमाणु हथियार हेरिरहेको तस्वीरले अर्को नयाँ परीक्षण गरिने संकेत दिएकोछ, सम्भव छ ९ सेप्टेम्वरमा।