गत हप्तामात्र प्योङ्गयाङ्ग नजिकै होवासोङ् –12 बैलिस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गर्दै यस्ता कार्यहरु जारी रहने चेतावनी दिएको छ। सुरक्षा नीतिसम्बन्धी विशेषज्ञहरुका अनुसार– उत्तर कोरियाले यस्ता परीक्षणहरुबाट नै उपलव्धी हासिल गर्ने विश्वास लिएकोछ।
कोरियाली सेन्ट्रल न्यूज एजेन्सी अनुसार गत बुधवार सर्वोच्च नेता किम जोंगले भनेका छन् ” अगस्त २९ को परीक्षण “प्रशांत क्षेत्र [कोरियाली पीपुल्स आर्मी] को सैन्य अभियानको पहिलो पाइलो हो र गुआमलाई अस्तव्यस्त पार्न सकिने एक अर्थपूर्ण शुरुवात हो।”
सुरक्षाविद्हरुका अनुसार हाल गरिएका हाइड्रोजन बम लगायत होवासोङ् -12 बैलिस्टिक मिसाइलको परीक्षणका पछाडि उत्तर कोरियाका ४ नियतहरु हुनसक्छन्। जस अनुसार –
पहिलो नियत
उत्तर कोरिया यस्तै परीक्षणहरुबाट उसका मिसाइलले गुआमसम्म मार हान्न सक्छ भन्ने देखाउन चाहन्छ। यो मिसाइल उत्तरी जापानमाथि २७९९ किलोमीटर (प्योङ्गयाङ्ग र गुआमबीचको लगभग ५०० किलोमीटरभन्दा कम दूरी) सम्म उड्यो, जवकि यो ४००० किलोमीटरसम्म पुग्न सक्थ्यो। यसरी वरै खसाल्नुको पनि कारण छ, सो मिसाइल गुआम तर्फ नउडाई प्योङ्गयाङ्गले अमेरिकी क्षेत्रमाथि मिसाइलले मार गर्यो भन्ने आरोप नखेप्न हो।
दोस्रो नियत
यो प्रक्षेपणले प्योङ्गयाङ्गको होवासोङ् -12 मिसाइल र यसको नेभिगेशन प्रणाली भरपर्दो छ भन्ने दर्शाउँछ, जुन पहिलो चरणमा मिसाइल जापानको सागरमा र दोस्रो चरणमा – उत्तर कोरिया र गुआमको दूरी बराबर प्रशान्त महासागरमा पुग्यो ।
तेस्रो नियत
यो परीक्षण राष्ट्रपति ट्रम्पको “क्रोध र आगो” को धम्कीबाट उत्तर कोरिया डराएको छैन भन्ने सन्देश दिन हो।
चौथो नियत
उत्तर कोरियाले एक उच्च स्तरको आत्मविश्वास प्रदर्शन गर्न चाहेको छ, अब अरु देशहरुले पनि बचावटका कार्यहरु गरेर अमेरिकालाई अल्झाइराख्ने प्रयत्न गर्नसक्ने छन् ।
विशेषज्ञहरुको राय छ- यस मिसाइलको प्रविधिक विशेषताहरुसम्बन्धी परीक्षण तथा यस क्षेत्रमा तनाव बढाउने यो प्रक्षेपणको परिणामतः जापान, चीन, रूस, दक्षिण कोरिया तथा अमेरिका लगायतका अन्य मुलुकहरुबीच नजिक ल्याई तिनीहरुलाई समाधान खोज्न बाध्य पार्ने हुनसक्छ ।
निष्कर्षमा के भन्न सकिन्छ – यस प्रक्षेपणको दुरगामी दुस्परिणामको भविष्यवाणी गर्न कठिनाई छ, तर तुरुन्तै भने यस प्रक्षेपणको प्रतिक्रयास्वरुप माथिउल्लेखित मुलुकहरुलाई केही हदसम्म नजिक ल्याउनसक्नेछ।