काठमाडौंमा भएको ग्लोबल सम्मेलनबाट भवन भट्ट अध्यक्ष निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै भट्ट निर्वाचित भएका हुन्।
मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार प्रतिस्पर्धी जमुना गुरुङ घलेलाई करबि ५ सय मतले हराउँदै भट्ट अध्यक्षमा विजयी भएका हुन् । भट्टले मत ११९७ मत ल्याएका छन् । यो भनेको कुल मतको करिब ६० प्रतिशत पनि हो ।
उपाध्यक्ष खुल्लातर्फ जर्मनीका कुमार पन्त ७४४ मत र यूकेका कुल आचार्य १०३० मत लिएर विजयी भएका छन् । महिला उपाध्यक्षमा रसिया निवासी शपिला राजभण्डारी १०५४ मत पाएर विजयी भएकी छिन् ।
महासचिवमा डा.बद्री केसी ७६८ मत लिएर पुनः निर्वाचित भएका छन् । सचिवमा ओमनका डीबी क्षेत्री र बेल्जियमकी जानकी गुरुङ विजयी भए । यसैगरी, कोषाध्यक्षमा हिक्मत थापा पुनः विजयी भएका छन् । सहकोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन् ।
युवा संयोजकमा जापानका सुदन थापा विजयी भएका छन् । महिला संयोजकमा बेल्जियमकी रजनी प्रधान विजयी भएकी छिन् । युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन् ।युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये शिव बरुवाल विजयी भएका छन् । युरोप क्षेत्रीय महिला संयोजकमा संगीता मरहठ्ठा विजयी भएकी छिन् । ओशिनिया क्षेत्रीय संयोजकमा धर्मराज अधिकारी विजयी भएका छन् । ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएकी छिन् ।
मध्यपूर्व क्षेत्रीय संयोजकमा आरके शर्मा विजयी भएका छन् । मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ विजयी भएका छन् । क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् । अमेरिका क्षेत्रीय संयोजकमा गौरीराज जोशी विजयी भएका छन् । अमेरिका क्षेत्रीय उपसंयोजकमा नवीन शेरचन विजयी भएका छन् । क्षेत्रीय महिला उपसंयोजकमा संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् ।
एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी भएका छन् । एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन् । यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन् ।अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् । उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् । नयाँपेज डटकमबाट ।