चालु आर्थिक बर्षको पुष महिनामा मात्रै ५ अर्ब ९८ करोड बढी रकमान्तर भएको छ ।
अर्थमन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार प्रतिनिधिमण्डलको बैदेशिक भ्रमण, आर्थिक सहायता, अतिथि सत्कार लगायत बिषयमा सो रकमान्तर भएको छ । यो अवधीमा सबैभन्दा बढी नेपाली सेनाका लागि हेलिकप्टर खरिदका लागि १ अर्ब ७० करोड रकमान्तर भएको छ । यस्तै, नेपाली सेनाका लागि डबल वेश प्रोपेलमेन्ट प्लान्ट खरिदका लागि १ अर्ब ५० करोड रुपैयाँ रकमान्तर गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
यस्तै, सातै वटा प्रदेशमा व्यवस्थाविका एवं कार्यपालिका सञ्चालन गर्नअस्थायी कार्यालय र आवास भवनको व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई १ अर्ब ५ करोड रकमान्तर गरिएको छ ।
गत साउनमा बाढीपहिरोबाट घर पूर्ण रुपमा क्षति पुगेकाको परिवारलाई राहत वितरणका लागि अर्थमन्त्रालयले १ अर्ब ४ करोड निकासा गरेको जनाएको छ । पुषमा प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागतमा मात्रै १ कोड १५ लाख रुपैयाँ रकमान्तर भएको छ ।