‘ठाडोभाका शिरोमणि’ को उपाधि पाएका ठाडोभाका गायक भेंडीखर्के साइँला (दीर्घराज अधिकारी) को निधन भएको छ । सुन्दरबजारस्थित जेठी छोरीज्वाइँको घरमा पत्निसहित बस्दै आएका अधिकारीको ८५ बर्षको उमेरमा निधन भएको हो।
यही भदौ २९ गते ८५ बर्षको उमेरमा उनलाई सरकारद्धारा ‘ठाडोभाका शिरोमणि’ को उपाधि दिलाउन लागिपरेका बेला उनको सोमबार साँझ सवा ५ बजे निवासमै निधन भएको हो। परेवाडाँडा घर भएका उनी केही बर्षदेखि विरामी थिए तीन बर्षअघि पनि भेंडीखर्के बिरामीले थला पर्दा देशविदेशका शुभचिन्तकको सहयोगमा एक महिनासम्म बीर अस्पतालमा राखेर उपचार गराइएको थियो। त्यसपछि फोक्सो विशेषज्ञ डा अर्जुन कार्कीबाट उपचार गराइरहेका थिए।
लमजुङको तत्कालिन सिन्दुरे गाविस वडा नम्बर ७, तुर्लङकोटमा वि.सं. १९९० भदौ ३१ गते बाबु बलभद्र अधिकारी र आमा नन्दकुमारीको कोखबाट जन्मीएका अधिकारीले ९ बर्षको उमेरदेखि अहिलेको ८४ बर्षको उमेरसम्म ठाडो भाका गाउँदै आएका थिए। उनका दर्जन बढी गीतहरु रेकर्ड भएका छन्।
पहिले देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले यस भाका प्रचलनमा ल्याएपनि देश विदेश फैलाउने काम भेडीखर्के साइँलाले गरेका हुन् । २० बर्षअघिसम्म भक्तिमाया दुरासंग विभिन्न कार्यक्रममा ठाडो भाकामा रातदिन छर्लंगै हुने गरि गाउने उहाँले सवै सहयात्रीलाई गुमाएपछि पछिल्लो समय बन्दीपुरकी उत्तम गुरुङसंग ठाडोभाका गीत गाउँदै आएका थिए। उहाँको निधनमा नेपाल रिडर्स टिमले उहाँलाई हार्दिक श्रद्धाञ्जली गर्दै उहाँका परिवारलाई समवेदना प्रकट गर्दछ।(फाइल फोटो : डा. अर्जुन कार्की)