भारतीय सर्वोच्च अदालले समलिंगी यौनसम्बन्धलाई वैधानिक ठहर गरेको छ । सर्वोच्चले दुई वयस्क व्यक्तिको सहमतिमा हुने यौनसम्बन्धलाई वैधानिक ठहर गरेको हो ।अदालतले भारतमा रहेको समलिंगी यौनसम्बन्धलाई अप्राकृतिक कसुर मान्ने कानुनी प्रावधानको अन्त्य गर्दै वैधानिक ठहर गेको हो । भारतीय सर्वोच्च अदालतका पाँच न्यायाधीश रहेको संयुक्त इजलासले यस्तो निर्णय गरेपछि सबै समलिंगीले यसको स्वागत गरेका छन्।
समलिंगी यौनलाई ‘अप्राकृतिक कसुर’ मान्ने ‘सेक्शन ३७७’ को पुरानो कानुनी प्रावधानलाई सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेको हो।
यसअघि सन् २०१३ मा त्यहाँको सर्वोच्च अदालतले पुरानो कानुनलाई निरन्तरता दिएपछि समलिंगी यौनसम्बन्धले वैधानिकता पाउन सकेको थिएन । यो विषयमा न्यायाधीशहरुले पुनरावलोकन गरेका हुन्।भारतका समलिंगी लामो समयदेखि उक्त कानुनविरुद्ध सक्रिय थिए । सबै समलिंगीले यो फैसलासँगै अब आम मानिसको सोच र व्यवहार परिवर्तन हुने अपेक्षा गरेका छन्।