बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ स्वदेश फर्कनु भएको छ । यस्तै, भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन्। शुक्रबार दिउँसो गान्धी काठमाडौं आइपुगेका हुन्।राहुल निजी भ्रमणका लागि नेपाल आएका हुन्। उनी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोबर जाने बुझिएको छ। गान्धी इन्डिगोको जहाजबाट काठमाडौं आएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएकै बेला विपक्षी दलका नेतासमेत रहेका गान्धी नेपाल आइपुगेका हुन्।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलन सहभागी हुन आएका मोदी आज स्वदेश फर्किएका छन् । गान्धी सामान्य ढंगले दुई सहयोगीको साथमा नेपाल आएका हुन् । शुक्रबार काठमाडौंमै बस्ने र शनिबार नेपालगञ्ज जाने कार्यक्रम सार्वजनिक भए पनि अन्य भ्रमण तालिका भने सार्वजनिक भएको छैन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ स्वदेश फर्कनु भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री मोदीलाई बिदाइ गर्नुभयो । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति थियो । त्यसअघि भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा आयोजित नवनिर्मित धर्मशाला हन्तान्तरण समारोहमा सहभागी हुनुभयो । बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन मोदी बिहीबार काठमाडौँ आउनु भएको थियो ।