मलेशियामा ६ दशकदेखि निरन्तर सत्तामा रहेकाे दललार्इ पराजित गर्दै डा. महाथिर मोहमद सत्तामा अाएका छन् । बुधबार भएकाे चुनावले पूर्व प्रधानमन्त्री समेत रहेका ९२ वर्षका डाक्टर महाथिरलार्इ सत्तामा पुनरागमन गराएकाे हाे ।
सन् १९५७ देखि निरन्तर सत्तामा रहेको पार्टी संयुक्त मलेशिया राष्ट्रीय संगठन (यूएमएनओ) लाई आम चुनावमा हराउँदै महाथिरले सानदार राजनीतिक पुनरागमन गरेका हुन् । कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन नेशनल पार्टी र आँफैले हुर्काएका नेता नजिब रजाकलाई चुनौती दिन राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएका थिए। निवर्तमान प्रधानमन्त्री नजीब रजाक र उनकाे कार्यकाललाई लामो समयदेखि भ्रष्टाचारकाे मूल कारकका रूपमा आरोप लगाइँदै अाएकाे थियाे । भ्रष्टाचारकाे अाराेपले नजीब छायाँमा परेपछि त्यसकाे फाइदा महाथिरलार्इ भएकाे छ । नजीबकाे शासनकालमा मलेशियाली नागरिकहरूले बढ्दो जीविकोर्पजन खर्च व्यहोर्नुका साथै जातीय तनावहरू पनि खेपेकाे बताइन्छ । यद्यपि आफ्नो ऐतिहासिक पराजयबारे उनले सार्वजनिक रुपमा प्रतिक्रिया दिइसेकेका छैनन्।
नवनिर्वाचित प्रधानमन्त्री डाक्टर माहथिरको बिहीवार (अाज) सपथग्रहण गर्ने अपेक्षा गरिएको जनाइएकाे छ । कतिपयले पछिल्लो चुनावी परिणामलाई ‘नाटकीय’ समेत भनेका छन्। सरकार गठनका लागि ११२ सिट आवश्यक रहेकाेमा महाथिर नेतृत्वको विपक्षी दलले ११५ सिट जितेको हाे।