राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना हुनुभएको छ ।
राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेका अनुसार मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उहाँलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियाे ।
आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उनान्सय वर्षीय घिमिरेको उपचार उपचार हुँदै आएको छ ।