राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । अपराहृन ४ बजेबाट मतगणना सुरु हुनेछ ।
राष्ट्रपति चयनका लागि बिहान १० बजे देखि ३ बजेसम्म नयाँ बानेश्वरमा मतदान भएको थियो। निर्वाचन आयोगले उम्मेद्वारका प्रतिनिधि टुङ्गो लागेपछि बानेश्वरमै मतगणना प्रारम्भ हुने जानकारी दिएको छ।
८ सय ८० मतदाता मध्ये संघीय संसदका ५ र प्रदेश संसदका १४ जना भने मतदानमा अनुपस्थित भएको आयोगले जानकारी दिएको छ। आयोगले साँझसम्म मतपरिणाम समेत आउने जानकारी दिएको छ।