नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकता नहाेस् भनेर विश्वका प्रतिक्रियावादीहरू नेपालीका दुस्मनहरूले धुप बालिरहेकाे तर वाम एकता गरेर त्याे पक्षकाे छातीमा ढ्याङ्गाे हान्नु पर्ने बताउनुभएकाे छ ।
वरिष्ठ नेता खनालले उपभोक्तावादी चिन्तन र बुर्जुवा संस्कृतिलाई अन्त्य गर्दै समाजवादको आधारशीला खडा गर्न कम्युनिष्ट एकीकृत हुनुको विकल्प नभएको बताउनुभयो । ‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति’ ले आयोजना गरेको ‘आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन शत्रमा मन्त्यव राख्दै उहाँले नेकपा (माअाेवादी) सँगको एकतामा ढिला गर्न नहुने र पार्टी एकतामा जाेड दिनुभयाे बताउनुभयो ।
साथै पूर्वप्रधानमन्त्री खनालले अबका पाँच वटा कार्यभारमा हिड्नुपर्ने बताउनुभएकाे छ । पाँच कार्यभार मध्ये संविधान र लाेकतन्त्रलार्इ बलियाे बनाइ संस्थागत गर्दै जन जनसम्म लाेकतन्त्र पुर्याउनुपर्ने, दास्राे हामीले स्वतन्त्र राष्ट्रका रूपमा बलियाे बनाउने राष्ट्रिय एकता बलियाे गर्ने , तेस्राे कार्यभार भनेकाे देशमा व्याप्त शिक्षा, स्वास्थ्य लगायतका समस्या समाधान गर्दै समृद्वी तर्फ लैजाने, चाैथाे कार्यभार हाम्राे देशकाे विभिततालार्इ संरक्षण गर्ने, साँस्कृतिक एकता बलियाे बनाउने र पाँचाैं हामी सबै मुलुक बराबर छाैं र संसारका सबै मुलुकसँग सन्तुलित सम्बन्ध राख्न सक्नुपर्छ । खनालले भन्नुभयाे ।
कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समाराेह राष्ट्रिय गाेष्ठीमा कार्ल मार्क्स र मार्क्सवादबारे मन्तव्य राख्नुहुँदै पुर्वप्रधानमन्त्री झलनाथ खनाल । हेर्नुहाेस् भिडियाेः
https://youtu.be/SbIzhTkIMGI
कार्यक्रममा समितिका अध्यक्ष एवं एमालेका उपमहासचिव घनश्याम भुषालले दुई दिनसम्म चल्ने गोष्ठीमा माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवादबारे विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । उहाँले १० हजार युवालाई माक्र्सवादबारे प्रशिक्षण दिने तयारी भएको पनि बताउनुभयो ।