सामाजिक-न्याय आन्दोलनका अगुवा बलदेव रामको अाज बिहान हृदयघातका कारण निधन भएको छ।
दलित अधिकार, भुमिअधिकार र सामाजिक-न्याय आन्दोलनका प्रतिनिधि अभियानकर्ता, अगुवा तथा चर्चित चमार बहिष्कार विरुद्धको प्रतिरोध आन्दोलनका नेता बलदेव रामको आज विहान आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो। सप्तरी मधुपट्टी निवासी आदर्णीय बलदेवजी पुराना कम्यूनिष्ट नेता पनि हुनुहुन्थ्यो।
उहाँ भूमिअधिकार आन्दोलनका लोकप्रिय नेता तथा उच्चस्तरीय भूमिसुधार आयोगका सदस्य, जनचेतना दलित संगम सप्तरीका अध्यक्ष तथा राष्ट्यि दलित नेटवर्कका सल्लाहकार एवं हरुवाचरुवा, भूमिहिन, सुकुम्वासी, हलिया, कमैया, उखडा, गुठी, निकुन्ज पीडित, छुवाछूतका पीडित दलित समुदायका भरोसायोग्य अविभावक, दर्जनो राष्ट्यि तथा अन्तराष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित हुनुहुन्थ्यो।
यस दुखको घडीमा नेपाल रिडर्स परिवार स्वर्गीय बलदेव रामप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।