सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे) लाई प्रहरीले पक्राउ गरेको छ ।
३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जनाएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो ।
समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो । गृह मन्त्रालयले बनाएको छानबिन समितिले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको हो।
आजै जिल्ला अदालत मोरङमा पेश गरिने
मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा समिति संयोजक सहसचिव ईश्वर पोखरेलले उनलाई आजै जिल्ला अदालत मोरङमा पेश गरिने जानकारी दिए। ‘मुख्य अभियुक्त भएकाले उनलाई आजै अदालतमा पेश गर्छौं,’ संयोजक पौडेलले भने, ‘सुन तस्करी जेरीजस्तै जेलिएको छ। हामीले थप सूचना पनि पाएका छौं। त्यसको अनुसन्धान जारी राख्छौं।’
पौडेलले गोरेलाई काठमाडौंको गौरीघाटबाट मंगलबार बिहान पक्राउ गरिएको बताए।
https://youtu.be/YcvK-mzFq6Y
https://youtu.be/kHIQNcFH9zg