आइतवार, जेष्ठ १२, २०७६
मत-अभिमत

त्रिदेशीय सहकार्य र एशियाली युग(श्रृङ्खला-१)

27 Comments
प्रा. चैतन्य मिश्र

एसिया त्यसमा पनि हाम्रो दुई छिमेकीहरु चीन र भारतको उदयलाई बृहत दृष्टिकोणले हेर्नु पर्दछ। यसलाई विश्व र क्षेत्रीय परिप्रेक्ष्यमा हेर्नु पर्दछ। यस प्रस्तुतीमा अहिलेको विश्व र क्षेत्रीय परिवेशमा नेपाल, भारत र चीन कहाँ छ  चर्चा गर्ने कोशिस हुने छ। यसमा तीन चरणको विश्व ऐतिहासिक अवस्था बारे केही कुरा भन्नेछु।

विश्वको इतिहासमा अहिलेको समय तेस्रो चरणको एशियाली युग हो। पहिलो चरण इशापूर्वको ६ सयदेखि इस्वी सन् २०० सम्मको ८ सय वर्षको युग हो । यस युगलाई  छोट्याएर ४–५ सय वर्षको भनेपनि हुन्छ वा करिव ८ सय वर्षको भनेपनि हुन्छ। दोस्रो एशियाली युग सन् ११०० देखि १६५० सम्मको समय हो। अहिले हामी तेस्रो एशियाली युगमा छौं।

राज्यहरुको उदय, पतन, बन्ने वा टुक्रिने काम किन हुन्छ ? अहिले नेपालको सन्दर्भमा पनि यो निकै महत्वपूर्ण छ जस्तो लाग्छ।  सबैभन्दा पहिले यस्तो मुलुक बिग्रने, भत्किने, विकास नहुने, टुक्रिने धेरै कारणहरु हुन्छन्।  त्यस मध्ये तीन चार वटा कारणहरु बारे म यहाँ छलफल गर्ने छु।

पहिलो, विभिन्न प्रकारका सामाजिक तत्वहरु, जस्तो किन टोलको दादा, राजाकाजी, कुलीन वर्गदेखि पार्टी र पार्टीभित्र पनि गुट आदिले उत्पादक वा व्यापारीबाट पैसा लुट्छन्। त्यसले जाँगर पनि मार्छ, लगानीको लागि थप पैसा पनि हुँदैन अनि किन काम गरिराख्ने भन्ने हुन्छ। पुँजी नै हराएर जान्छ। लगानी गर्नुपर्ने पैसा अर्कैतर्फ चुहिएर जान्छ। यस्तो व्यवस्थामा नवप्रवर्धक, उद्यमशील, उत्पादकबाट स्रोत तथा सम्पदा खिचिन्छ। जस्तो राणाकालमा देशको बजेट र राणा परिवारको बजेटमा केही फरक थिएन। उठेको राजश्वमा खर्च गरेर जे जति बाँच्यो यो प्रधानमन्त्रीको कोषमा जान्थ्यो।

मधेश पहाडको सन्दर्भमा कुरा गर्दा राजनीतिक र साँस्कृतिक रुपमा पहाडले लामो समयसम्म मधेशलाई थिचेको हो तर आर्थिक रुपमा होइन भन्ने मेरो दावी रहँदै आएको छ। खासगरी लोकतन्त्रकालमा जनताको आवाज उठ्नु स्वाभाविक हो किनकी लोकतन्त्रभन्दा अन्य समयमा यस्तो असमानता क्षम्य हुन्छ।  अन्य अवस्थामा मानिस बोल्न नसक्के अवस्थामा हुन्छ। लोकतन्त्र आएपछि मुख खुल्छ।

दोस्रो, जब समाजमा असमानता धेरै हुन्छ वा त्यसको दर बढ्दै जाने क्रममा राज्य भत्किने, बिग्रने, टुक्रिने आदि प्रक्रिया हुन्छ। असमानता भनेको मुल रूपमा आर्थिक हो तर सामाजिक र राजनीतिक असमानता पनि यसैभित्र पर्छ। अहिलेको नेपालमा यस्ता धेरै विषय देखिन्छन्। विभिन्न जात, दलित, गैर दलित, मधेश, पहाड आदि। मधेश पहाडको सन्दर्भमा कुरा गर्दा राजनीतिक र साँस्कृतिक रुपमा पहाडले लामो समयसम्म मधेशलाई थिचेको हो तर आर्थिक रुपमा होइन भन्ने मेरो दावी रहँदै आएको छ। खासगरी लोकतन्त्रकालमा जनताको आवाज उठ्नु स्वाभाविक हो किनकी लोकतन्त्रभन्दा अन्य समयमा यस्तो असमानता क्षम्य हुन्छ।  अन्य अवस्थामा मानिस बोल्न नसक्के अवस्थामा हुन्छ। लोकतन्त्र आएपछि मुख खुल्छ। संविधान, कानुनमा त्यो बोल्न पाइने  व्यवस्था हुन्छ। मानिस संगठित पनि हुन्छन् अनि वाक स्वतन्त्रताको पनि व्यवस्था भएको हुन्छ। तर यसलाई उचित व्यवस्थापन गर्न नसक्दा  राज्य एकदमै धरापमा पर्छ।

तेस्रो, औपनिवेशिक शोषण हो जसमा सबै केन्द्रतर्फ शोषणमा पर्छ।

चौथो, विभिन्न क्षेत्रमा देखा पर्ने असन्तुलन। जुन–जुन मुलुक मिलेर बसेको हुन्छ त्यस क्षेत्रमा असमानता धेरै भएपछि सम्बन्धमा असन्तुलन आउँछ। यसको मुख्य कारणमा आर्थिक वृद्धिको असमानता हो। आर्थिक वृद्धिको असमानतामा लगानी, दक्ष जनशक्ति, सैनिक क्षमता लगायत विभिन्न प्रकारको असन्तुलन कारक हुन सक्दछन्। आधारभूत रुपमा भन्दा यो पूँजी निर्माणको असन्तुलन हो।

त्यस्तो हो भने क्षेत्र किन महत्वपूर्ण भयो भन्ने प्रश्नबारे विचार गरौं। विगत २–४ हजार वर्षको इतिहासमा अर्थतन्त्रको चक्रमा उतार चढावहरु देखिन्छ। आधारभूत रुपमा भन्ने हो भने विकास एउटा मात्रै देशको हुँदैन, पुरै क्षेत्रको हुन्छ। क्षेत्र भनेको प्राकृतिक रुपमा कुनै निश्चित क्षेत्र होइन। क्षेत्र एउटा देशको मात्रै हुँदैन। यसमा ८, १० वा २० वटा मुलुकको झुरुप्प विकास हुन्छ। एउटा मात्रै देशको विकास विरलै हुन्छ। आर्थिक विकास आधारभूत रुपमा क्षेत्रमा हुन्छ। आन्तरिक कारण पनि होला तर त्यस क्षेत्रको देश भएको नाताले त्यसको विकास हुन्छ। त्यसैले विकास भनेको क्षेत्रीय विषय हो। क्षेत्रको विकासबारे कुरा गर्दा ५०, १०० वर्ष वा सो भन्दा अझै लामो समयको बारेमा सोच्नु पर्छ। अहिले जस्तो काँग्रेस वा एमालेले दैनानुदिन के गर्छ भनेर सोचेर हुँदैन। यसका लागि क्षेत्रीय सोच ल्याउनु पर्दछ वा त्यो सोच ल्याउनका लागि विश्वभरको सोच आवश्यक पर्छ। यसरी व्यापक  स्तरमा दीर्घकालीन सोचको योजना ल्याइएन भने दिनानुदिन मात्रै आज वा भोली कसले कसलाई पछार्र्ने भनेर सोच्यौं भने अघि बढ्न सक्दैनौं।

क्षेत्रको कोर, त्यसको मार्जिन र पेरिफेरी हुन्छ। क्षेत्र भन्ने बित्तिकै सोलोडोलो हुँदैन। यो भित्र प्रशस्त रूपमा असमानता हुन्छ। प्रशस्त विविधता हुन्छ। क्षेत्रको विकास हुने पनि त्यसै कारणले हो। क्षेत्र भनेको ठूलो बजार हो। यो वस्तु, श्रम र लगानीका लागि ठूलो र विविधतायुक्त बजार हो। सस्तो वा महँगो ज्यालावाला पनि त्यही हुन्छन्। क्षेत्रले सबै विषयहरुलाई एकै स्थानमा ल्याउँछ।

आर्थिक बिस्तार भएको तीनवटा एशियाली युगको देशहरुको विकास र अविकासबारे कुरा राखें। विकास हुने वा नहुनेको माझ निकै उतार चढाव देखिन्छ। त्यस्तो किन हुन्छ ? त्यसको बीच–बीचमा के भयो ? क्षेत्र कुनै बेलामा खुम्चिन्छ कुनै समयमा फुक्छ। तेस्रो युगमा एशिया फुकेको समय हो। एशियाली क्षेत्र बिस्तार भैरहेको समयमा नेपाल कहाँनिर छिर्ने भनेर छलफल गर्नु आवश्यक हुन्छ। अहिले हामी एउटा विशिष्ट ऐतिहासिक चरणमा रहेका छौं। सधैंको जस्तो समय होइन अहिले। बिस्तारको यो चरणमा भारत र चीनको नीति के हुन्छ ?  बिस्तार हुने र खुम्चिने यो क्रममा पूँजीवादका केन्द्रहरु सरेका छन्। एकै स्थानमा छैनन्। पछिल्लो ५ सय वर्षको इतिहास हेर्ने हो भने पनि सबैभन्दा विकसित क्षेत्र भनेको युनाइटेड प्रोभिन्सेस वा अहिलेको नेदरल्यान्डको क्षेत्र हो। चार पाँच सय वर्षअघि त्यो इलाका संसारको केन्द्र थियो। त्यसपछि बेलायत हो। बेलायत सूर्योदयदेखि सूर्यास्तसम्म एकछत्र राज्य राख्ने साम्राज्य भयो। पहिलो विश्वयुद्धमा केही र दोस्रो विश्वयुद्धपछि राम्रोसँग पूँजीवादी विकासको केन्द्र अमेरिका सर्‌यो। अहिले हामीले भन्न थालेका छांै कि त्यो एशियातर्फ स¥यो। त्यो सरेको नै हो। पहिले जापान हुँदै अहिले  मुल रुपमा चीन र भारतमा सर्‌यो। अहिले चीन र भारत ठूलो आर्थिक संभावना भएको क्षेत्र भयो। अहिले भारतभन्दा चीन धेरैमाथि छ तर भारतले त्यसलाई भेटाउँछ भन्ने पनि रहेको छ। लामो समयका लागि हेर्ने हो भने चीन र भारत मध्ये छोटो समयका लागि चीन प्रधान रहेको छ। धेरै आधारहरु हेर्दा भारतले चीनलाई भेटाउने देखिन्छ।
छिमेकी साट्न मिल्दैन तर छिमेकीसँगको सम्बन्ध परिवर्तन हुन्छ। क्षेत्र भनेको छिमेकबीचको सम्बन्ध हो। भौगोलिक क्षेत्र होइन। अनि त्यो सम्बन्ध कस्तो कायम हुन्छ भन्ने कुरा आफ्नो विकास, सैनिक लगायतका विषयहरुले देखाउछ। त्यसैअनुसार पुनर्गठन हुन्छ। छिमेकीलाई साट्न सकिँदैन तर पुनर्गठन गर्न सकिन्छ। क्षेत्र भनेको कुनै प्रकृतिले बनाएको वा ऐतिहासिक कारणले हुने होइन। क्षेत्रको सीमाहरु निरन्तर रुपमा परिवर्तन भैराखेको हुन्छ। क्षेत्र भनेको भौगोलिक क्षेत्र होइन। कहिलेकाँही त्यो हो भनेर भान पार्न खोजिन्छ। पत्रिकामा के लेखिन्छ भने छिमेकी साट्न मिल्दैन हामीसँगै बस्नु पर्छ भनिन्छ। छिमेकी साट्न मिल्दैन तर छिमेकीसँगको सम्बन्ध परिवर्तन हुन्छ। क्षेत्र भनेको छिमेकबीचको सम्बन्ध हो। भौगोलिक क्षेत्र होइन। अनि त्यो सम्बन्ध कस्तो कायम हुन्छ भन्ने कुरा आफ्नो विकास, सैनिक लगायतका विषयहरुले देखाउछ। त्यसैअनुसार पुनर्गठन हुन्छ। छिमेकीलाई साट्न सकिँदैन तर पुनर्गठन गर्न सकिन्छ। हाम्रो धेय त्यो पुनर्गठन गर्ने हो। भारतको पनि हो। अझै बढी भन्ने हो भने छिमेक, क्षेत्र र विश्वमै सबै देशको त्यो हुनु स्वभाविक नै छ। भारत त्यस्तो भयो भनेर अचम्म मान्नु पर्दैन यति मात्रै हो कि हामी पनि त्यस्तै हुनुपर्योे भन्ने मात्रै हो।

पहिलो एशियाली युग:
इशापूर्व ६ सयदेखि सन् २००–३०० को झण्डै ८–९ सय वर्षको समय पहिलो एशियाली युग भन्दा हुन्छ।  यो समयमा पश्चिम एशिया वा अमेरिका र पश्चिमाहरुले भन्ने गरेको मध्यपूर्व अहिलेको इराक, सिरिया,  इजिप्टदेखि त्यो पुरै क्षेत्र लगायत सबै एशिया त्यसमा भारत र चीन विकासको चुलीमा पुगेको समय हो। त्यो बेला निकै ठूलो राजनीतिक र सामरिक उतार चढाव भएको समय पनि हो।  यो वेला धेरै वटा साम्राज्यहरु बनेका थिए। त्यस्तो साम्राज्य बन्ने समय भनेको उथल पुथलको समय हो। देश बन्ने र भत्किने सबै भैराखेको समय हो।  आर्थिक वृद्धि पनि निकै छिटोछिटो भैराखेको समयमा त्यस्तो हुन्छ।  त्यस समयमा मानिसको नाम सुन्दा पनि छक्क लाग्छ। । महावीर, बुद्ध, चाणक्य, कौटिल्य, कन्फुसियस, अलेक्जेन्डर द ग्रेट आदिको समयको बेला हो यो। एउटा उपन्यास छ ‘क्रिएसन’, त्यो पढ्दा हुन्छ। मानव सभ्यता कसरी शुरु भयो भन्ने विषयमा आधारित छ। उपन्यासको विषयवस्तु इशापूर्व ६ सय देखि सन् ३०० को समयसम्मको छ। त्यस उपन्यासमा माथि उल्लेख गरेको सबै मानिसहरु भेट भएको र कुराकानी भएको देखाउँछ।  यो काल्पनिक हो तर झण्डै झण्डै साँच्चिकै समयमा हो। विचित्रको कालखण्ड हो। त्यस्तो मानिस अर्थतन्त्र उच्चबिन्दुमा पुगेको समय मात्रै उब्जिन्छन्। उथलपुथलको समयमा मात्रै उब्जिन्छन्। यसै समयमा मौर्य साम्राज्य, गुप्त साम्राज्य बनेको हो। साम्राज्य भनेको देश बन्ने र भत्किने समय हो। यस्तो प्रक्रिया हुने एउटै समयमा हो। यो तेस्रो एशियाली युगमा पनि त्यस्तै हुन्छ। अहिलेको परापूर्वकाल हेरिरहेका छौ भने पनि हुन्छ। त्यस समयको दृश्यहरुले अहिले नेपाल कहाँ छ भनेर सोच्नका लागि, के नीति भयो भने नेपाल र यस क्षेत्रलाई फाइदा हुन्छ भनेर सघाउने छ। यो एउटा विचित्रको काल पनि हो। पर्सियन सम्राट थिए डेरियस भन्ने, व्याकरण लेख्ने पाणिनी यस समयका हुन्। अफगानिस्तानको गान्धार (अहिले कान्धार भनिन्छ) यो मानव इतिहासको विलक्षण समय हो।

एउटा उपन्यास छ ‘क्रिएसन’, त्यो पढ्दा हुन्छ। मानव सभ्यता कसरी शुरु भयो भन्ने विषयमा आधारित छ। उपन्यासको विषयवस्तु इशापूर्व ६ सय देखि सन् ३०० को समयसम्मको छ। त्यस उपन्यासमा माथि उल्लेख गरेको सबै मानिसहरु भेट भएको र कुराकानी भएको देखाउँछ।  यो काल्पनिक हो तर झण्डै झण्डै साँच्चिकै समयमा हो। विचित्रको कालखण्ड हो।

६–७ सयवर्षको इतिहास हेर्ने हो भने चीनमा यो समयमा तीन वटा वंशको शासन रह्यो। युद्धकालीन राज्यको समय, हान वंश,  किन वंश थियो। यो समय चीनको अभूतपूर्व विकासको समय थियो। दुई वटाको तुलनामा हान वंशको शासन अलि लामो रह्यो। चीनको इतिहासको तीन स्वर्णकाल मध्ये यो एउटा हो भन्ने गरिन्छ। त्यस समयमा नयाँ व्यापार मार्ग बने। निजी सम्पति निकै वृद्धि भयो। जमिन, व्यापार र उत्पादनको काम निकै तीब्र गतिमा अघि बढ्यो। पहिला सहरहरु राजा कुलीनहरु मात्रै बस्ने थियो। त्यसै समयमा सहर बन्द व्यापार र उत्पादनको स्थल बन्न थाल्यो। विश्व इतिहासमा पहिलो पटक यस्तो भएको थियो। ‘सिल्क रोड’ केही बन्यो र केही पहिले भैराखेको प्रयोग भयो। सिल्क रोडको एउटा लामो भाग पर्सियन इम्पायर (हालको इरान तर भुभाग अहिलेको मात्रै होइन धेरै विशाल थियो) भैरहेको समयमा बनेको हो, चीनमा मात्रै होइन। यो रुटको प्रयोग गरेर संसारका विभिन्न स्थानमा आयात निर्यात गर्ने गरिरहन्थ्यो।

यस समयमा नेपालको बारेमा थोरै मात्र सूचना थियो, त्यसैले धेरै भन्न सकिँदैन। इशाको चार सय वर्ष यताको मात्रै अर्थात् लिच्छवी कालदेखिको मात्रै इतिहास छ। त्यसअघिको इतिहास निकै थोरै छ त्यसैले विस्तृत रुपमा भन्न सकिँदैन। तर केही रुपमा उत्पादनको विकास भएको थियो भनेर भन्न सकिन्छ। निर्यात पनि हुन्थ्यो भनेर भन्न सकिने सामान्य संकेत मात्रै देखिन्छ। कौटिल्यको अर्थशास्त्रमा नेपालबाट उच्च गुणस्तरको उनीका ब्लाङ्केटहरु निर्यात हुन्थ्यो भनेर लेखेको छ।

भारत र चीन आर्थिक वृद्धिको उच्चबिन्दुमा त्यसकालमा पुगेको भनिएको थियो। तर यो दुवै कसरी मिसिएका थिए भन्ने सूचना छैन। त्यो सूचना आवश्यक छ। के आयात गर्दथे ? के निर्यात गर्दथे ? एकले अर्कोबाट के सिक्यो ? एक अर्काकोमा लगानी हुन्थ्यो कि हुँदैनथ्यो ? भन्ने विषयमा हामी जानकार छैनौं। त्यो थाहा पाउन आवश्यक छ। यी विषयहरु पक्कै पनि हुनुपर्छ भन्ने लाग्छ। यस्तो विषय दुवैको बीचमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भएको हुनुपर्छ। दुवैले सिल्क रोडबाट बेच्थे। यसमा भारत र चीन मात्रै छैन संसार छ। संसारको व्यापार पछिल्लो तीन चार सय वर्षमा मात्रै भएको होइन। पहिलेदेखि नै हो। दुवैले तेस्रो बजारमा निर्यात र आयात गर्ने प्रकृया ठूलो परिणाममा हुन्थ्यो होला। भारतले चीनलाई के बेच्यो त्यसबाट के किन्थ्यो ? भनेर खोज्न पनि आवश्यक छ। त्यसका साथसाथै एउटा बृहत बजारमा उनीहरु दुवैको साझा पहुँच के–के थियो ? त्यसबाट के–के फाइदा लिन्थे भनेर सोच्न पनि आवश्यक छ।

दोस्रो एशियाली युग:
मोटामोटी रुपमा भन्दा यो युग सन् ११०० देखि १७०० सम्मको समय हो। त्यसभन्दा अघि अर्थात एघारौं शताब्दीमै पाइला टेकिसकेको जस्तो देखिन्छ। पहिलेको भन्दा यो कालखण्डको सूचना भने पर्याप्त मात्रामा छ। सन् १६०० मा संसारको कुल गार्हस्थ उत्पादनको ५५ प्रतिशत चीन र भारतबाट उत्पादन हुने गरेको थियो। ३० प्रतिशत जस्तो चीन र २५ प्रतिशत जस्तो भारतबाट हुन्थ्यो। यो ठूलो अर्थतन्त्र थियो। संसारमा यत्रो ठूलो अर्थतन्त्र कही पनि थिएन। त्यो हुनाको मुख्यकारण मानिस धेरै भएर पनि हो। धेरै मानिस भएपछि धेरै उत्पादन हुन्छ। तर त्यति मात्रै होइन प्रतिव्यक्ति उत्पादन नै धेरै थियो। हामी विद्यालय र विश्वविद्यालयमा एक प्रकारले अन्धो भएर पढ्यौ जस्तो लाग्छ। लामो समय त्यसबाट चेतेको हुनाले अहिले विश्वविद्यालयमा पठाउन शुरु गर्दा मल्लकालबाट शुरु गर्छु। त्यस समयमा नेपाल संसारको विकसित मुलुकहरु मध्ये थियो। १३, १४ र १५ औ शताब्दीमा पुरै नेपाल नभनौं काठमाडौं विकसित मुलुकहरुको हैसियतमा थियो। संसारको उच्चतम विकास भएको स्थानहरु मध्ये  काठमाडौं एक थियो। एमए पढ्ने विद्यार्थी छक्क पर्छ। किनभने उसले जहिले पनि नेपाल सधै गरिब भन्ने बाहेक मन्त्र सुनेकै छैन। त्यसैले राम्रो हुनसक्छ भनेर कल्पना नै गर्दैनथ्यो। पहिले भयो भने पछि पनि हुनसक्छ भन्ने संभावना खुल्छ। विद्यार्थीमा एक्कासी अनुहार उज्यालो हुन्छ। आखाँमा आशा पलाउँछ।

संसारको कुल गार्हस्थ उत्पादनको चीनले ३० र भारतले २५ प्रतिशत योगदान दिएको यो विचित्रको समयको बीचमा नेपालमा मल्लकाल छ। मल्लकालको बारेमा थोरै मात्रै इतिहास लेखिएको छ। तर काठमाडौमा देखिने यो सारा बैभव काठमाडौंको मठ, मन्दिर, धारा त्यसमा एउटा खानेपानी र अर्को ढलको छुट्टाछुट्टै भूमिगत पाइपको व्यवस्था। त्यो देख्यौ भने नेपालमा उच्चस्तरको शहरी विकास भएको थियो भन्न सकिन्छ। यो कसरी जोडिएको थियो भनेर भन्न सक्दिन तर मेरो दावी के छ भने तीन वटा मुलुक जोडिएकाले त्यो भएको हो। मल्लकाल सम्पन्न हुनु पछिको कारण व्यापार हो। राम्रो कृषि प्रणाली थियो र कुशल कालिगढ थिए। अरनिकोका साथ ८० जना कालिगढलाई चीन पठाइएको थियो भने काठमाडौंमा उनीहरु संख्या ८० मात्रै त थिएन होला ! नेपालमा त्यस्ता कुशल कालिगढ छ्यालब्याल थियो होला। एउटा प्रतिनिधि मण्डल पो चीन गएको होला। त्यही समयमा भएको हो जुन समयमा संसारको कुल जिडिपीमा भारतको  २५ र चीनकोे ३० प्रतिशत हिस्सा हुने गरेको थियो। क्षेत्रको विकास प्रभावको बारेमा कुरा गर्दा रोग त होइन तर सरुवा रोग जस्तो हो। एक स्थानबाट अर्को स्थानमा विकास सर्छ। छिमेकीको विकास नगरी आफ्नो विकास पनि दिगो हुँदैन। के बुझिराख्नु पर्छ भने नेपाल गरिब रहिरहेर चीन र भारत धनी हुनसक्दैन। इतिहासमा त्यस्तो भएको छैन।

क्षेत्रको विकास प्रभावको बारेमा कुरा गर्दा रोग त होइन तर सरुवा रोग जस्तो हो। एक स्थानबाट अर्को स्थानमा विकास सर्छ। छिमेकीको विकास नगरी आफ्नो विकास पनि दिगो हुँदैन। के बुझिराख्नु पर्छ भने नेपाल गरिब रहिरहेर चीन र भारत धनी हुनसक्दैन। इतिहासमा त्यस्तो भएको छैन।

चीनको तीन वटा स्वर्णकाल मध्ये सोङ र मिङ युग यसमा पर्छ। यस कालमै चीनमा राजनीतिक स्थायित्व लगायत धेरै विकास र आर्थिक वृद्धि भएको थियो। मैले क्षेत्रमा जे हुन्छ त्यसले मुलुक बनाउन, बिगार्छ र भत्काउछ भन्दै आएको छु। सिङ्गो नेपालको निर्माण यसै समयमा भएको हो। भारतमा मुगल साम्राज्य भत्किने र अंग्रेज साम्राज्य आउने क्रममा भारतभर उथलपुथलको प्रकृया भएको थियो। अहिलको भारत, पाकिस्तान, बंगलादेश आदि क्षेत्रमा यस्तो भएको थियो। राज्यहरु बन्ने विग्रने भएको थियो। त्यो मध्ये नेपाल एउटा मात्रै हो। यसलाई राजनीतिक, आर्थिक, विश्व र क्षेत्रीय परिप्रेक्ष्यमा राखेर हेर्नुपर्छ। साँधुरो रुपमा हेर्दा पृथ्वीनारायण शाह हिरो भन्ने की भिलेन भन्ने बहस होला तर यसको बृहत पृष्ठभूमि मुगल साम्राज्यको पतन र अंग्रेज साम्राज्य उदाउँदाको कथा हो। यस क्षेत्रमा उथलपुथल निकै भएको थियो। नेपालको मात्रै कुरा होइन। त्यस मध्येको एउटा बाँछिटा नेपाल हो।

नक्सा हेर्ने हो भने त्यसले त्यस बेलाको नेपालको अवस्थालाई देखाउँछ। अहिले नेपालको जति भूभाग छ त्यो भन्दा निकै कम छ ताप्लेजुङबाट कोलकोता। नेपाल किन पहाडमा गोबर फ्यालेको जस्तो रह्यो ? किन कोलकातासम्म हुन सकेन ? हाम्रो इट्टा जस्तो नक्सा किन बन्यो ? यो कुनै प्राकृतिक विषय होइन ? यो आपसेआफ भएको पनि होइन। मुगल साम्राज्य भत्किने क्रममा के भयो, अंग्रेज साम्राज्य के भयो भन्ने कुरा ध्यान दिनु पर्छ। किनभने अंग्रेज साम्राज्यको शुरुवात बंगालबाट भएको थियो। नेपाल कसरी त्यहाँसम्म पुग्न सक्छ ? धेरै तराईसम्म फैलिन कसरी जान सक्थ्यो या सक्दैनथ्यो। नेपालको नक्शा या  भौतिक अवस्थिति पनि त्यो बृहत परिस्थितिमा निर्माण भएको हो। यो क्षेत्र बन्दा नेपालले आकार ग्रहण गर्‌यो।

साँधुरो रुपमा हेर्दा पृथ्वीनारायण शाह हिरो भन्ने की भिलेन भन्ने बहस होला तर यसको बृहत पृष्ठभूमि मुगल साम्राज्यको पतन र अंग्रेज साम्राज्य उदाउँदाको कथा हो। यस क्षेत्रमा उथलपुथल निकै भएको थियो। नेपालको मात्रै कुरा होइन। त्यस मध्येको एउटा बाँछिटा नेपाल हो।

मल्लकालमा देखेका र पढेका छौं तर त्यसलाई आत्मसात गर्न बाँकी छ। पछिका लागि त्यसले के के सम्भावना खोल्छ  भनेर हामीले ग्रहण गर्न बाँकी छ। त्यसको बारेमा विस्तृत रुपमा खोज्न पनि बाँकी छ र समकालीन समयमा त्यसको महत्व बुझ्न बाँकी छ।

तेस्रो एशियाली युगः
शुरुमै चर्चा गर्दा एशियामा फेरि एउटा विचित्रको कालखण्ड आएको छ। त्यसैले तेस्रो एशियाली युग भन्न मिल्छ यसलाई। अघिल्लो दुई वटा युग जस्तै यसका महत्वपूर्ण गुण अहिले दोहोरिन लागेको छ। विश्व पुँजीवादी प्रणाली स्थानान्तरण हुँदैछ। युरोप अमेरिकाबाट एशियातर्फ सर्दै छ। त्यसमा भारत र चीनले मुल स्थान ओगट्दैछ। त्यसको ठ्याक्कै बीचमा नेपाल छ। यो कति महत्वपूर्ण कुरा हो भनेर अझै मनन गर्न बाँकी छ जस्तो लाग्छ। चीन र भारतको बीचमा नेपाल भएको लामो समय भयो। साढे २ सय वर्ष भयो। त्यस समयमा भएको भिन्दै हो र अहिले भएको भिन्दै हो। यो पूर्ण रूपमा नयाँ परिस्थित हो। फरक हो। पृथ्वीनारायण शाहको पालामा ‘दुई ढुंगाबीचको तरुल’ भन्नु एउटा कुरा हो र अहिले भन्ने अर्को कुरा हो। यसलाई उही नै बुझियो भने अनर्थ हुन्छ। त्यसरी बुझ्यौ भने अहिलेको ऐतिहासिक परस्थितिमा हामीले टेक्दैनौ। अहिले यथार्थमा टेकेर पहिलेको अवस्थालाई विश्लेषण गरिनुपर्छ। अहिलेको विशिष्ट विश्व ऐतिहासिक र क्षेत्रीय परिस्थितिलाई टेकेर दुई वटा एशियाली युगमा के–के भएका थिए, यो क्षेत्र कस्तो थियो भन्ने विषयमा विश्लेषण गरिनुपर्छ।
विश्व पुँजीवादी प्रणाली स्थानान्तरण हुँदैछ। युरोप अमेरिकाबाट एशियातर्फ सर्दै छ। त्यसमा भारत र चीनले मुल स्थान ओगट्दैछ। त्यसको ठ्याक्कै बीचमा नेपाल छ।
जसरी राज्य बन्ने बिग्रने कुरा पहिलो र दोस्रो एशियाली युगमा भयो, यस युगमा पनि हुने सम्भावना प्रशस्त छ। टुक्रिने, चिरिने वा च्यातिने त्यसै भनेको होइन। मैले एक दशकअघि नै च्यातिने सम्भावनाको बारेमा बोलेको थिएँ। दुई वटा एशियाली युगमा यो देखिएको हो। त्यसैले त्यस्तो हुने सम्भावना अहिले पनि छ। यो भनेको नेपालका लागि मात्रै होइन, यो भन्दा बाहिरका लागि पनि लागू हुन्छ। पछिल्लो दश वर्षमा चीन आक्रमक नीतिका साथ अघि बढेको छ। चाहे त्यो नेपालको उत्तर भूभागमा हुने गतिविधि लिएर होस वा सुरक्षा निकायमा अलि बढी नै हात हालेर होस्। त्यस्तै, अन्तर सीमा सडक वा रेलका साथै जलविद्युत लगायतको विषयमा चिनियाँ सहभागिता निकै बढेको छ। त्यो चीनको मात्रै बढेको छैन भारतको पनि धेरै बढेको छ।

मधेशलाई राजनीतिक तथा साँस्कृतिक रूपमा पहाडी राज्य वा शासकले थिचेकै हो तर आर्थिक रुपमा भने होइन। तर त्यसको उत्तर नाकाबन्दी हो कि होइन ? त्यो, घाँटीमा छुरा रोपेको हो कि होइन ?  यो चीन कसरी आक्रमक भैराखेको छ र त्यो सँग भारतको प्रतिद्वन्द्विताको कुरा सापेक्षित विषय हो। यो यतिकै भएको छैन। यो विश्व प्रणाली र क्षेत्रीय प्रणाली सम्बन्धी विषय हो। यो नितान्त दुई देशको मात्रै कुरा होइन। आज मधेश खोज्यो भोली अर्को कारण खोज्छ। मधेश रणनीतिक विषय मात्रै हो भारतका लागि। नेपालका लागि भने प्रजातन्त्र कुरा गर्ने र प्रजातान्त्रिक हौ‌ भन्ने हो भने सबै नागरिकलाई समान रूपमा व्यवहार गर्नु पर्छ। त्यसबाट एक इन्च पनि पछि हट्ने विषय होइन। कानुनअनुसार मधेशी, दलित र महिला लगायत सबैलाई बराबरीको अधिकार सुनिश्चित गर्नै पर्छ। सबैलाई एकै पटक गर्न सकिँदैन होला तर नेपाल त्यसतर्फ जाँदैछ है भनेर पारदर्शी रूपमा देखाउन सक्नु पर्छ। नेपालको आन्तरिक समस्या छँदैछ तर नाकाबन्दी, लगातारको हस्तक्षेप, यो परिवर्तित आक्रामकता चीन र भारतको र परिवर्तित क्षेत्रीय सम्बन्ध कसरी निर्माण हुँदैछन् भन्ने विषयसँग गाँसिएको विषय हो।

अन्तमा अहिलेसम्म जोखिमको मात्रै विषयमा चर्चा भयो। यसले नेपालका लागि ठूलो अवसर पनि सँगै लिएर आएको छ। ५–७ सय वर्षमा गुमेको वा नपाएको अवसर फेरि एक पटक आउँदैछ। प्रथमतः चीन र भारतलाई यो अवसर आएको छ र उनीहरु अघि छन्। यो अवसर नेपालका लागि पनि आएको छ। दुवै देशसँग समन्वय गर्न सक्यो भने धेरै ठूलो अवसर पनि छ। त्यसबाट आफै फाइदा लिन र  आफै आर्थिक विकास गर्न सक्यो भने यो ठूलो अवसरको विषय हो।  त्यो मल्लकालभन्दा धेरै ठुलो वैभव सिर्जना गर्न सकिन्छ। मल्लकालले बाटो मात्रै देखाएको हो। त्यसैले त्यो अवसर छ। छिमेकी देशहरुको बजार नै ठूलो छ। यो अवसर देखेनौं र जोखिम मात्रै देख्यौ‌ भने नेपाललाई पाइला चाल्न डराउँछ। त्यसैले बलियोसँग खुट्टा टेक्ने समय हो। यसले नेपाललाई धेरै फाइदा दिने छ। तर उच्च जोखिम पनि छ। ती क्षेत्रहरु के–के हुन्। अहिले सीमा र संविधानको विषय धेरै उठेकाले पानीको विषय आउन पाएको छैन। त्यसो त, भारतसँग कतिवटा नदीको लाइसेन्स लगायत के–के भइ नै सक्यो। संविधानको विषय सल्टिने बित्तिकै भारत जलस्रोतको विषयमा घनीभूत रुपमा जानेछ। भारतका लागि  पानी र सुरक्षा आधारभूत स्वार्थ हो। संविधान सल्टिने बित्तिकै यो विषय राम्रोसँग प्रस्तुत हुनेछ। भारतसँग नेपालविरुद्ध प्रयोग गर्ने सक्ने प्रशस्त हतियारहरु छन्। नाकाबन्दी नै दुई तीन पटक प्रयोग भैसक्यो। त्यो भन्दा शक्तिशाली हतियार चाहिँ भारतमा काममा जानेहरुलाई बन्द गर्ने भन्नु नै पर्दैन, कागत मात्र बोकेर आउन भन्न थाल्यो भने गाह्रो पार्छ। नेपाल त्यत्तिको जोखिममा छ। यो जोखिमको समाधान कसरी खोज्ने हो त्यस विषयमा समेत विचार गर्नुपर्छ। अरु छिमेकीले बोल्दैनन्। नाकाबन्दीमै बोलेनन्। त्यसतर्फ काम गर्न बाँकी नै छ। नेपालले आफूले आर्थिक वृद्धि हासिल गर्न सकेन भने छिमेकी झन् झन् नबोल्ने हुन्छन्। धेरै प्रकारका विषयहरु छन् तर आर्थिक समृद्धि प्रमुख हो।

संविधानको विषय सल्टिने बित्तिकै भारत जलस्रोतको विषयमा घनीभूत रुपमा जानेछ। भारतका लागि  पानी र सुरक्षा आधारभूत स्वार्थ हो। संविधान सल्टिने बित्तिकै यो विषय राम्रोसँग प्रस्तुत हुनेछ। भारतसँग नेपालविरुद्ध प्रयोग गर्ने सक्ने प्रशस्त हतियारहरु छन्। नाकाबन्दी नै दुई तीन पटक प्रयोग भैसक्यो।

एथनिफिकेसन चीनबाट पनि हुनसक्छ जबकि भारतबाट भैरहेको छ। बेलाबेलामा यसको विभिन्न प्रकारको प्रयोग हुन्छ। त्यस मध्ये एक हो मधेश। पहाडीबाट हेपाइ खाएको कारणले कतिपय विषय मधेशको जायज चासो पनि होला तर २००६–७ मा मधेश आन्दोलन भारतको सिर्जना हो। त्यसमा दुविधा नराखे हुन्छ। भुटानमा पनि त्यही भयो। पाकिस्तान र बंगलादेशलाई त्यसकै आधारमा टुक्य्राइयो। नेपालमा मधेश र पहाडको आफ्नै समस्या छँदैछ। भारतको चासोको विषय भने अर्को कुरा हो। मधेश भएन भने उसले अरु खोज्छ। उदाहरणका लागि सुरक्षाको विषय आउन सक्छ। भारतीय संस्थाहरुमा, यहाँका उद्योगहरुमा, वा जलविद्युतमा भारतीय सेना राख्ने भनेर आउन सक्छ। कानुनविहीन अवस्थामा पुगेको नेपालमा आतंकवाद बढ्न पनि सक्छ नभएपनि त्यो एउटा वहाना हुनसक्छ। हाम्रा अगाडि यस्ता चुनौतीहरु छन् तर ठुलो अवसर पनि छ।

(नेपाल अध्ययन केन्द्रले ०७३ कात्तिक २६ गते  आयोजना गरेको ‘नेपाल, भारत र चीन बीच त्रिदेशीय सहकार्य’ कार्यक्रममा समाजशास्त्री मिश्रद्वारा प्रस्तुत विचारको सम्पादित अंश)

 

सोमवार, साउन २३, २०७४ मा प्रकाशित
Print Friendly, PDF & Email

फेसबुकबाट तपाईंको प्रतिक्रिया

सम्बन्धित शीर्षक