Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आब०७४/०७५ मा मात्रै ३० अर्ब मूल्य बराबरको धान-चालम आयात

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन २५, २०७५
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत वर्ष नेपालमा झण्डै ३० अर्ब मूल्य बराबरको धान-चालम आयात भयो । कुनै बेला नेपालको चामल निर्यात भएर सार्क मुलुकमा मात्रै हैन, दक्षिण कोरिया, चीन, मलेसियादेखि अमेरिकासम्म चामल पुग्थ्यो । ०३६ सालसम्म पनि नेपालको चामल विदेशी बजारसम्म पुग्दै थियो । आर्थिक वर्ष ०३५/३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजार मूल्यको चामल निर्यात गरेको थियो ।

    तर, पछिल्लो समयमा स्वदेशी धान र चामललाई भारतीय उत्पादनले नेपालमै भित्रिएर चुनौती दिँदैछन् । सरकारी अनुदानमा उत्पादित भारतीय प्रिमियम किसिमका चामल नेपाली बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । जसका कारण नेपाली धान र चामल प्रतिस्पर्धा गर्न नसकेर आन्तरिक बजारमै ‘हेपिएका’ छन् ।गाउँघरमा ढिँडो र च्याख्लाको खान्कीलाई भातले नै विस्थापित गर्ने अवस्था देखिएको छ । जसले गर्दा चामलको माग तीव्र गतिमा बढेको छ ।जनसंख्या र मागमा भएको वृद्धिअनुरुपको उत्पादन नहुँदा नेपाल चामलमा समेत परनिर्भरताको मार्गमा अघि बढेको धेरैको तर्क छ । यसमा नेपाली समाजमा विस्तार भएको ‘भात नै खाने संस्कार’ पनि प्रमुख कारण भएको अर्थविदहरु बताउँछन् ।

    कतिपय अर्थविद भने चामल आयातको तथ्यांक हेरेर ‘नर्भस’ नहुन सुझाव दिन्छन् । अर्थशास्त्री विश्व पौडेल नेपालबाट चामल निर्यात हुने समयमा नेपालमै कुपोषण र भोकमरीको समस्या ब्याप्त रहेको तथ्य भुल्न नहुने बताउँछन् ।नेपालमा हुने धान र चामलको आयात एक वर्षका बीचमा २० प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार एक वर्षका बीचमा २९ अर्ब ३४ करोड मूल्य बराबरको धाान तथा चामल नेपाल भित्रएको छ । यसमा केही प्रतिशत हिस्सा कनिकाको पनि छ ।‘त्यतिबेला धेरै खतियोग्य जमिन जमिन्दार र धनी वर्गको हातमा थियो । यहाँ गरिबीका कारण भोकमरीको स्थिति हुँदा पनि चामल निर्यात हुन्थ्यो,’ अर्थशास्त्री पौडेल भन्छन्,’चामल आयातमा भएको वृद्धिले आत्तिनु पर्दैन । यसकै कारण नेपालमा पोषणको अवस्थामा आएको सुधार र त्यसले प्रत्यक्षरअप्रत्यक्ष रुपमा अर्थतन्त्रमा देखिएका सकारात्मक प्रभावहरु पनि हेर्नुपर्छ ।’

    मानव विकासका विभिन्न पााटोमा नेपालले विस्तारै सुधार गर्दै लगेकाले चामलको प्रयोगमा भएको वृद्धि पनि त्यसको संकेतका रुपमा देखिएको उनको तर्क छ ।परिवारलाई मीठो खुवाउने अभिलाषाले कामका लागि विदेशिएका युवाले पठाएको रेमिट्यान्सका कारण पनि चामलको आयात बढाएको उनको आँकलन छ ।

    चामल सस्तो र आधारभूत खाद्यान्न भएकाले यसको आयात बढ्नु समग्रमा नकारात्मक पक्षबटै हेर्नु नपर्ने पौडेलको तर्क छ ।‘एउटै मात्र पक्षबाट हेरेर हुँदैन । नेपालमा पर्यटक आगमन बढेर वर्षको १० लाख पुगिसक्यो । नेपालीहरुको आर्थिक अवस्था पनि सुध्रदैछ। यी सबै कारण चामलको माग बढेको छ,’ उनले दोहोर्‍याए,’अर्थतन्त्रको आयम फेरिँदै जाँदा यस्ता विभिन्न बदलावहरु आउँछन् । यस्तो बेला नर्भस हुनुहुँदैन ।’उनले निर्माणधीन सिचाइँका ठूला परियोजनाहरु बेलैमा सम्बोधन गरेर आन्तरिक रुपमा धान उत्पादन बढाउँदै लैजान सरकारलाई सुझाए ।

    नेपालमा हुने धान र चामलको आयात एक वर्षका बीचमा २० प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार एक वर्षका बीचमा २९ अर्ब ३४ करोड मूल्य बराबरको धाान तथा चामल नेपाल भित्रएको छ । यसमा केही प्रतिशत हिस्सा कनिकाको पनि छ ।नेपालमा मुख्यरुपमा भारतबाटै धान र चामल भित्रिन्छ । आर्थिक वर्ष २०७३/७४मा २३ अर्ब ८५ करोड बरारबरको चामल भित्रिएको थियो । गत आर्थिक वर्षमा भने ५ अर्ब बढीको चामल नेपाल आएको विभागको तथ्यांकले दोखाएको छ ।गत वर्ष नेपालमा धान उत्पादनमा एक लाख मेट्रिक टनले कमी आएको थियो । अघिल्लो पटक रकर्ड राख्दै ५२ लाख मेट्रिक टन फलेको गत वर्ष ५१ लाख मेट्रिक टनमा खुम्चिएको थियो ।

    नेपालमा आउने ब्राउन राइसमा पनि वृद्धि हुँदैछ । स्वस्थकर मानिने यस्तो चामल विशेषगरी धनाढ्य वर्गले रुचाउँछन् । गत वर्ष ३५१ मेट्रिक ब्राउन चामल भित्रिएको छ ।त्यसैकारण पनि धान र चामलको आयात बढेको दावी कृषि मन्त्रालयका अधिकारीहरुको छ । गत वर्ष झण्डै ७ लाख ३५ हजार मेट्रिक टन धान नेपाल भित्रिएको छ । अघिल्लो वर्ष ५ लाख ८८ हजार मेट्रिक टन धान नेपाल भित्रिएको थियो ।गत आर्थिक वर्षमा तयारी चामल मात्रै ४ लाख ९७ हजार मेट्रिक टन आयात भएको छ । अघिल्लो वर्ष यस्तो चामलको परिमाण ३ लाख ९३ हजार मेट्रिक टन मात्रै थियो । गतवर्ष तयारी चामल मात्रै झण्डै १ लाख मेट्रिक टन बढी भित्रिएको छ । यसका लागि नेपालले २२ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेको छ ।

    यस्तै धान पनि ठूलो मात्रामा नेपाल भित्रिरहेको छ । वर्षौसाल धानको आयत पनि बढ्दै गएको देखिन्छ । गत वर्ष २ लाख ९ हजार मेट्रिटन चामल नेपाल आएको विभागले जानकारी दिएको छ । यो भन्दा अघिल्लो वर्ष १ लाख ६३ हजार मेट्रिक टन मात्रै धान भित्र्याइएको थियो । गत वर्ष ५ अर्ब ८२ करोड रुपैयाँ बराबरको धान नेपालले भारत लगायतका मुलुकबाट खरिद गरेको छ ।कनिकाको आयात भने गत वर्ष सामान्य मात्रामा घटेको छ । प्रायः कनिका दाना उद्योगहरुले ल्याउने गरेका छन् । यस्तै घरेलु मदिरा बनाउन पनि यसको प्रयोग हुने गरेको पाइनछ । गत वर्ष २९ हजार मेट्रिक टन धान नेपाल भित्रिएको तथ्यांकले देखाएको छ । यसका लागि मात्रै ७३ करोड विदेशी मुद्रा विदेशिएको छ । यसभन्दा अघिल्लो वर्ष ३२ बजार मेट्रिक कनिका नेपाल भित्रिएको विभागले जानकारी दिएको छ ।नेपालमा आउने ब्राउन राइसमा पनि वृद्धि हुँदैछ । स्वस्थकर मानिने यस्तो चामल विशेषगरी धनाढ्य वर्गले रुचाउँछन् । गत वर्ष ३५१ मेट्रिक ब्राउन चामल भित्रिएको छ । यसभन्दा अघिल्लो वर्ष २८७ मेट्रिक टन मात्रै खैरो चाल भित्रिएको तथ्यांकमा देखिन्छ । समग्र चामल आयतबाट सरकारले २ अर्ब १५ करोड राजस्व असुलेको छ । अनलाइनखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.