क्रिस्टोफर कोलम्बसलाई अमेरिका पत्ता लगाएको जस दिइन्छ,  तर उनीभन्दा धेरै पहिले भाईकिङहरू त्यहाँ पुगिसकेका थिए। यसैगरी नयाँ खोजहरूले सदियौ देखि चिनियाहरू पहिले त्यहाँ पुगेको देखाएकाछन्।

अनुसन्धाताहरूले चट्टानमा कुँदिएका लेखाइहरूले कुनै युरोपेली भन्दा धेरै अघि नै चिनियाहरु अमेरिका पुगेकोतर्फ संकेत गर्दछन्। ती अक्षरहरू हजारौं वर्ष पहिला नै चिनियाहरूले त्यहाँका अमेरिकी रैथानेका चित्रहरूसँगसँगै लेखेका थिए- अनुसन्धाताहरूको विस्वास छ।

शिलालेखसम्बन्धी एक अनुसन्धाता रसायनशास्त्री जोन रसक्याम्पले न्यु मेक्सिकोको राष्ट्रिय शिलाचित्र स्मारक, अल्बुक्युर्क्यूमा अचानक केही अनौंठा चित्रहरु देखे।

ती चित्रहरुको अनुसन्धान पछि उनी भन्छन् – ती चित्रहरुले प्राचिन चिनीया अन्वेषकहरू १३०० बिसी अगाडि नै अमेरिका पुगेका कुरालाई संकेत गर्दछन्। यसरी सन् १४९२ मा दुर्घटनावस नयाँ विश्वमा टेक्न पुगेका कोलम्बस भन्दा करीव २५०० वर्ष अघि चिनीया अन्वेषकहरू त्यहाँ पुगेका छन्। रसक्याम्प भन्छन्ः “उत्तर अ‍मेरिकाका यी प्राचिन चिनिया लेखोट नक्कली हुन सक्दैनन् किनभने यसका लेखाइका ढाँचा र लिपी पनि प्राचिन छन्। यसकारण यस वैज्ञानिक अनुसन्धानको नतिजाबाट आजभन्दा २५०० वर्ष भन्दा अघिदेखि नै चिनिया अन्वेषणहरुले रैथानेहरूसँग सकारात्मक अन्तरक्रिया गरिरहेका थिए भनेर पुष्टि गर्न सकिन्छ। तर, उनीहरूको आगमन बसोबासका लागि भन्दा पनि अन्वेषणतर्फ लक्षित थियो।”

तर, कैयन विज्ञहरूको यससम्बन्धमा असहमति रहेको छ। तिनीहरु औल्याउँछन्- रसक्याम्पको दावीलाई समर्थन गर्ने यथेष्ट पुरातात्विक तथ्यहरू उपलब्ध छैनन्। यसकारण चिनिया अन्वेषकहरूले नयाँ विश्वमा पाइला टेकेका थिए भन्न कठिन पर्छ।

यहाँ हेक्का राख्नुहोस् कि चिनियाहरूले पहिले अमेरिका पत्ता लगाएका हुन् भनी दावी गर्ने पहिलो ब्यक्ति रसक्याम्प होइनन्। चिनीयाहरू सन् १४२१ अगावै उत्तर अमेरिकामा आएका थिए भन्ने दावी गर्ने पनडुब्बी जहाजका एक अवकाशप्राप्त लप्टन गेभिन मेन्जेइस्ल हुन्। उनका अनुसार चिनीयाहरु क्रिस्टोफर कोलम्बस जन्मनु भन्दा पूरा ३० वर्ष अघि नै त्यहाँ पुगेकाथिए।

रसक्याम्पले ८४ वटा संकेतचित्रहरू फेला पारेकाछन्, जुन क्यालिर्फोनिया, उटाह, एरिजोना, ओक्लाहमा र नेभाडा लगयातका अन्य राज्यहरूमा पाइएकासँग धेरै मिल्दाजुल्दा छन्।

रस्क्याम्पले अल्बुक्युर्क्यूका चट्टानहरूमा प्राप्त गरेका संकेतचित्रहरू प्राचीन ढाचाका लेखाइ जस्ता छन्, जुन शाङ वंशको अन्त्यसम्म प्रयोगमा थिए।

न्यु मेक्सिकोको अल्बुक्युर्क्युको ठूलो चट्टानमा भेटिएका शिलाचित्रहरूका आधाजसो चिह्नहरु मात्रको पहिचान भएको र ती चिनिया लिपी नै हुन् भनेर प्रष्ट भएको छ। तापनि यस सन्देशका मुख्य चार संकेतचित्र— जिई, दा, च्छ्वान र श्यान—लाई परम्परागत चिनिया तरिकाले दाहिनेबाट देब्रेतर्फ पढ्दा हामी एउटा ब्यक्तिले कुनै उच्च पदासिन व्यक्तिलाई कुकुरको वली दिएर सविनय सम्मान प्रकट गरिरहेको बुझ्न सक्छौं।

यी संकेतचित्रलाई ओराकल बोन पिक्टोग्राम भनिन्छ। सम्भवतः यी चिह्नहरू वलिप्रथाको अभिलेखहरु हुन सक्छन्। जसले शाङ वंशका तेस्रो सम्राट दा जीया र दश दिने पर्वबारे संकेत गरेको हुनसक्छ।

रसक्याम्प भन्छन्,“न्यु मेक्सिकोको अल्बुक्युर्क्युको ठूलो चट्टानमा भेटिएका शिलाचित्रहरूका आधाजसो चिह्नहरु मात्रको पहिचान भएको र ती चिनिया लिपी नै हुन् भनेर प्रष्ट भएको छ। तापनि यस सन्देशका मुख्य चार संकेतचित्र— जिई, दा, च्छ्वान र श्यान—लाई परम्परागत चिनिया तरिकाले दाहिनेबाट देब्रेतर्फ पढ्दा हामी एउटा ब्यक्तिले कुनै उच्च पदासिन व्यक्तिलाई कुकुरको वली दिएर सविनय सम्मान प्रकट गरिरहेको बुझ्न सक्छौं।”

“विशेषगरी, वाक्य-विन्याससँगसँगै यी चिन्हहरूका लेखनक्रमले शाङ र झाऊ वंशको शासनकालमा प्राचिन चिनिया संस्कारहरुको अभिलेख राखिने गरिने पुष्टि हुन्छ। इशापूर्व दोश्रो सहश्राब्दीको मध्यताका कुकुर वली दिने प्रथा प्रचलित थियो।”

रस्क्याम्पले अंक ५ को लिपी र पानीमा तैरिरहेको नाउ जनाउने संकेतचित्र पनि भेटेको बताएका छन्। उनले यी कुराहरू क्यालिर्फोनियाको लिटल लेक किनारमा भेटे। उनले राष्ट्रिय शिलाचित्र स्मारकमा चट्टानहरूमा कोरिएका कुकुर, फूल र पृथ्वी जनाउने लिपीहरु पनि भेटे।

त्यस्तै एरिजोनाको पेट्रिफाइड फरेस्ट नेसनल पार्कमा इशा पूर्व ५०० ताकाको एउटा हात्तीको चित्र भेटिएको छ। नेभाडाको ग्रेपभाइन उपत्यकामा पत्ता लागेको इशा पूर्व १३०० को दाँतहरूको एउटा शिलाचित्र ओराकल बोन युगको सङ्केत जस्तो लाग्छ । यी सबै खोजहरूले चिनिया अन्वेषकहरू संयुक्त राज्यका धेरै भूभागमा फैलिएका थिए भन्ने देखाउछन्।

एरिजोनामा संरक्षित एउटा प्राचिन सन्देशको अर्थ यस्तो छः “दश वर्षको बसाइ सकेर; सुर्यको घरतिरको; यात्रा पुरा भएर फर्कने घोषण गर्दै सँगसँगैको यात्रा पूरा भयो।

पाठको अन्त्यमा पढ्न नसकिने अक्षर छ, संभवत त्यो लेखकको हस्ताक्षर हुनसक्छ।

रस्क्याम्प भन्छन् “ यहाँ प्राचिन लेखकको उद्देश्य पढ्न सकिने सन्देश छोड्नु भन्दा पनि एउटा घटनाको लिखत राख्नु थियो।”

रस्क्याम्पले एउटा पुस्तक र एक अनुसन्धानमूलक लेख -जसको सहकर्मीहरूद्वारा पुनरावलोकन भइरहेका छन् – मा उनी भन्छन् ती ढलोट अक्षरहरु कैयन वर्षको घामपानीले फूङ्ग भइसकेका छन्। तथापी, ती चित्रहरू धेरै समय अगाडि कोरिएका थिए भन्ने जनाउँछ।

उनको दावी छ- त्यो शाङ लिपी इशा पूर्व १०४६ मा शाङ वंशको पतनपछि प्रयोगमा आउन छाड्यो र पछि सन् १८९९ तिर मात्र चीनमा त्यो लिपि पत्ता लगाइयो र पढ्न सकिने बनाइयो। यी सबै तथ्यलाई मध्यनजर गर्दै रस्क्याम्प यी कुरा वास्तविक हुन भन्ने कुरामा दृढ छन्। उनी डिएनए प्रमाण तर्फ औंल्याउँछन् जसले एसियाली र आदिम अमेरिकीहरूका डिएनए गुणहरू समान भएको  दर्शाउछ।

उनी भन्छन्,“शदियौ देखि अनुसन्धाताहरू कोलम्बिया बन्नु अघिकै समय एसियाका आदिवासी र अमेरिकीहरू माझ अर्थपूर्ण सम्बन्ध तथा आवतजावत भएको हुनसक्ने कुरामा वादविवाद गरिरहेका छन्।”

“यहाँका चट्टानमा कुँदिएका चित्रअक्षरहरू नै कुनै युरोपेली अन्वेषण भन्दा धेरै पहिला एसियाली अन्वेषकहरू अमेरिका पुगेकामात्र हैनन, बरु उनीहरूले उत्तर अमेरिकी रैथाने जनतासँग कैयौं पटक सकारात्मक सार्थक अन्तरक्रिया गरेका थिए भन्ने बलिया प्रमाण हुन्।”

बिस्तारै तर निश्चय नै धेरै भन्दा धेरैविज्ञहरूले उनका खोजहरूलाई गम्भीरतापूर्वक लिइरहेका छन्, किनभने यी खोजहरू स्मिथसोनियन इन्स्टीट्युसनका डा. डेनिस स्ट्यानर्फोडका सिद्धान्तहरूसँग मिल्दाजुल्दा छन्। डा. स्ट्यानर्फोड उत्तर अमेरिका प्रथम हिम युग ताका एसियालीहरूबाट पत्ता लागेको र आवाद भएको थियो भनी विश्वास गर्छन्।

इपोक टाईम्स्‌का अनुसार डा. डेभिड केइथ्लेई रसक्याम्पका निष्कर्षका कट्टर समर्थक हुन्। उनले चट्टानहरूमा कुँदिएका लिपीहरूलाई अर्थ लगाउने काम पनि गरिरहेका छन् किनभने उनी क्यालिर्फोनिया विश्वविद्यालय, बर्कलेका नियोलिथिक चिनिया सभ्यतासम्बन्धी विज्ञ हुन्।

राष्ट्रिय शिलाचित्र स्मारकको स्रोत ब्यवस्थापन विभाग प्रमुख डा. माइकल मेड्रानोले पनि रस्क्याम्पका खोजहरूको अध्ययन गरेका छन्।

उनले इपोक टाईम्स्‌लाई दिएको बक्तब्य यसप्रकार छः “यी चित्रहरूले स्थानीय  कविलायी अस्तित्व सम्बन्ध राख्छन् जस्तो देखिदैन। कैयन वर्षदेखिका घामपानी झेलेकाले यी लेखोटहरू पुरातन लाग्छन्।”

सेप्टेम्वर २०१६ को  दी भिन्टेज न्यूजबाट साभार। दामोदर उपाध्यायबाट संक्षेपीकृत र भावानुवाद।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया