प्रदेश नम्बर दुईमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम अब अन्तिम चरणमा पुगेको छ।
१३६ मध्ये १३२ स्थानीय तहको नतिजा आइसकेको छ भने ४ वटा स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ।
वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगर पालिका, बारागढी गाउँपालिका र राजवीराज नगरपालिकाको मतगणना बाँकी रहेको छ।
पछिल्लो मतपरिणाम अनुसार २५ नगरपालिका र १३ गाउँपालिका जितेर काँग्रेस ३८ स्थानीय तह जित्दै पहिलो हुने निश्चित देखिएको छ।
दोस्रो स्थानमा ९ नगरपालिका र १६ गाउँपालिकासहित २५ स्थान जितेर संघीय समाजवादी फोरम नेपाल दोस्रो स्थानमा कायम छ।
तेस्रो स्थानमा १ उपमहानगरपालिका, १२ नगरपालिका र ११ गाउँपालिकासहित २४ स्थान जितेर राष्ट्रिय जनता पार्टी नेपाल रहेको छ।
माओवादी केन्द्रले १३ नगरपालिका र ८ गाउँपलिका जितेर माओवादी केन्द्रले जम्मा २१ स्थानीय तह जितेको छ । नगरपालिका जित्ने पार्टीमध्ये माओवादी दोस्रो स्थानमा छ।
मधेसमा अप्रत्यासित रुपमा कमजोर प्रदर्शन गरेको नेकपा एमालेले १ उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिकासहित १८ स्थानीय तह जितेको छ।
नेपाल लोकतान्त्रिक फोरमले १ नगरपालिका र २ गाउँपालिकामा विजयी हासिल गरेको छ भने नेपाल जनता दलले १ नगरपालिका र १ गाउँपालिका जितेको छ।
नयाँ शक्ति नेपाल पार्टीले मात्र १ गाउँपालिका जितेको छ। रातोपाटी