जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत ज्येष्ठ नागरिकको रहेको पाइएको छ । बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो । दोस्रो विश्वयुद्ध पश्चात् अत्यधिक जन्मिएका बालबच्चानै अहिले बुढ्यौली उमेरमा प्रवेश गरेका हुन् । सरकारले आइतबार सार्वजनिक गरेको विवरणमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिको जनसंख्या तीन करोड ३६ लाख पुगेको छ, अर्थात् यो कूल जनसंख्याको २८.१ प्रतिशत हो ।राष्ट्रसंघीय तथ्याङ्कका अनुसार, विश्वमै यो अनुपात सर्वाधिक बढी हो । इटालीमा यो अनुपात २३.३ प्रतिशत, पोर्चुगलमा २१.७ प्रतिशत र जर्मनीमा २१.७ प्रतिशत रहेको छ । सरकारी विवरणमा ७० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति २०.७ प्रतिशत रहेको पाइएको छ ।जनसांख्यिक परिवर्तन हुनुमा जापानको लगातारको न्यून जन्मदर र औसत आयूमा वृद्धि मुख्य कारणहरु रहेका छन् ।कपाल फुलेका व्यक्तिको जनसंख्याको तिब्र वृद्धिले जापानका नीतिनिर्मातामाथि पेन्सन भुक्तानीको व्यवस्थापन गर्न ठूलो दबाब सिर्जना भएको छ ।
मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने
मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...










