Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘तलाक तलाक तलाक’बिरुद्ध अदालत पुग्ने साहसी महिलाहरु

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ ६, २०७४
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतीय सर्वोच्च अदालतलद्वारा तीन पटक तलाक भनेर गरिने सम्बन्ध विच्छेद असंवैधानिक ठकर

    भारतको सर्वोच्च अदालतले मंगलबार मुस्लिम धर्माबलम्बीहरुको शरिया कानुनअनुसार तीन पटक तलाक भनेर वा लेखेर गरिने सम्बन्ध विच्छेदलाई असंवैधानिक घोषणा गरेको छ ।

    विभिन्न समयमा यसैगरी सम्बन्ध विच्छेद गरिएका पाँच महिलाले दायर गरेको मुद्दामा भारतीय सर्वोच्च अदालतको पाँच न्यायाधीशमध्ये ३–२ को बहुमतको आधारमा उक्त फैसला गरिएको हो ।

    भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणका अनुसार  यसरी तलाक भनेर वा लेखेर गरिने सम्बन्ध विच्छेल संविधानको धारा १४ ले सुनिश्चित गरेको समानताको हकविरुद्ध रहेको उल्लेख गरिएको छ । यस फैसलालाई भारतीय मुस्लिम महिलाहरुले भने ऐतिहासिक जीतको संज्ञा दिएका छन् ।

    यस प्रकारको प्रथाजनिक व्यवस्थाले नेपाली मुस्लिम महिलाहरुलाई पनि आक्रान्त बनाएको छ । बिशेष गरेर भारतसँग सीमा जोडिएका जिल्लाहरुमा हरेक वर्ष यसप्रकारका दर्जनौं घटनाहरु बाहिर आउने गरेको छ ।

    सदियौंदेखि चल्दै आएको यो परम्पराको बिरुद्धमा सर्वोच्चको अदालतको ढोका ढक्ढक्याउने साहसी महिलाहरुको बारेमा पनि चर्चा सुरु भएको छ ।

    यहाँ तिनै महिलाहरुको बारेमा बिभिन्न भारतीय तथा अन्तर्रााष्ट्रिय सञ्चार माध्यममा आएको समाचारको आधारमा जानकारी दिइएको छ ।

    आफरीन रहमान, जयपुर, राजस्थान 

    उनको बिहे २०१४ सालमा जयपुरको एक पाँच तारे होटलमा धुमधामका साथ भएको हो । त्यसबेला उनी एमबीए पूरा गरेर जागिर खाइरहेकी थिइन् । वकिल पतिसंगको नयाँ जिन्दगीका लागि यि सबै कुरा छाडिन् ।

    तर, बैबाहिक जीवन भनेजस्तो भएन । दाइजो मगेर हैरानै बनाए । ‘दाइजो ल्याउन नमान्द कुटपिट सुरु भयो । त्यसैले म डिप्रेसनमा गएँ’ उनले भनिन् ।  बिहेको एक वर्षभित्रै उनलाई माईती पठाइयो । एउट दुर्घटनामा आमा बितिन् । बाबु पहिले नै बितिसकेका थिए । उनी एक्लै परिन्, त्यही बेला लोग्नेको पत्र आयो । त्यसमा लेखिएको थियो, ‘तलाक तलाक तलाक’ । पछि उनलाई सहयोगी हातहरु प्राप्त भए । अनि उनी त्यसको बिरुद्ध सर्वोच्च अदालत पुगिन् ।

    अतिया साबरी, सहारनपुर, उत्तर प्रदेश

    अतिया । तस्बिर: बीबीसी । 

    अतियाको अढाई वर्षे बैबाहिक जीवन राम्रो हुन सकेन । त्यसको कारण उनले २ छोरी जन्माउनु थियो । पतिका परिवारका सबै सदस्यहरु मिलेर उनलाई कुटपिट गर्थे । एक पटक त उनलाई घरबाटै निकालि दिए । त्यसपछि उनी अस्पतालमा उपचारका लागि भर्ना भइन् ।

    केही समयपछि भाईकोमा एउटा लिखत आयो । दश रुपियाँको टिकट टाँसिएको थियो । त्यसको तल ‘तलाक तलाक तलाक’ लेखिएको थियो । अतिया भन्छिन्, ‘शरिया अनुसार सम्बन्ध बिच्छेदका लागि दुई जनाबीच सहमति हुनुपर्दछ । तर, मसंग कुरा भएकै छैन् ।’

    त्यसैले उनी आफ्नो सम्बन्ध विच्छेद मान्न तयार छैनन् । उनले यो प्रथालाई असंवैधानिक घोषणा गर्न माग गरेकी छन् । साथै उनले मुस्लिम महिलाहरुलाई सम्बन्ध बिच्छेदको समान अधिकारको फैसला गर्न माग गरेकी छन् ।

    शायरा बानो, काशीपुर, उत्तराखण्ड

    शायरा । हिन्दुस्तान टाइम्स ।

    शायरा एक छोरा र छोरीलाई पतिसंगै घरमा छाडेर माइत आएकी थिइन् । उनी माथि घरेलु हिंसा त थियो नै पतिले बाहिर निस्कन पनि दिंदैन थे । तर, माइत आएको मौका पारेर पतिले  द्रुत हुलाकमार्फत एउटा चिट्ठी पठाए । त्यसमा तीन पटक तलाक लेखिएको थियो ।

    आफ्ना बच्चाहरुको लागि घरेलु हिंसा त पचाएकै थिइन् । तर, अव सम्बन्ध बिच्छेद नै गराएपछि त्यसको विरुद्ध न्यायलयको ढोका ढक्ढकाइन् । उनी अहिले फेरी एमवीएको पढाइतिर समेत लागेकी छिन् । ‘लड्नका लागि पनि त तयार हुनु पर्यो’ उनी भन्छिन् ।


    इशरत जहां, कलकत्ता, पश्चम बंगाल 

    दुवईमा रहेका पतिले फोनमा तीन पटक तलाक भनिदिएपछि उनको १५ बर्ष लामो बैबाहिक जीवन टुङ्गियो ।  इशरतका अनुसार तीन छोरीहरुको जन्मपछि समस्या सुरु भएको हो । यतिसम्म की पतिले आफ्ना भइसंगसमेत शारीरि सम्पर्क राख्न बाध्य बनाए ।

    सन् ०१५ मा छोरा त जन्म्यो । तर, यो धेरै ढिला भइसकेको थियो । पतिले अर्को विहे गर्ने तयारी गरिसकेका थिए । अनि तीन चोटी तलाक लेखेको पत्र हातमा पर्यो । अनि उनी अदालतको ढोक ढक्ढक्याउन पुगिन् ।

    गुल्शन परभीन, रामपुर, उत्तर प्रदेश

    गुल्शन दाइजोका कारण दुई बर्षदेखि घरेलु हिंसाको शिकार भइरहेका थिए । अंग्रेजी साहित्यका पोष्टग्राजुयट उनका अनुसार दश रुपैयाँको टिकट टाँसेर उनको तलाकनामा पतिले माइतीमा छाडेका थिए ।

    उनले आफु र आफ्नो दुई बर्षको छोरा दुवै घरवार बिहीन भएको बताएकी छिन् । उनले त्यो तलाक लेखेर गरिएको सम्बन्ध बिच्छेदको विरुद्धमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याएकी हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.