Wednesday, April 14, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home विमर्शका लागि

‘तलाक तलाक तलाक’बिरुद्ध अदालत पुग्ने साहसी महिलाहरु

by पत्रपत्रिकाबाट
August 22, 2017
- विमर्शका लागि, समाचार
‘तलाक तलाक तलाक’बिरुद्ध अदालत पुग्ने साहसी महिलाहरु
Share on FacebookShare on TwitterEmail

भारतीय सर्वोच्च अदालतलद्वारा तीन पटक तलाक भनेर गरिने सम्बन्ध विच्छेद असंवैधानिक ठकर

भारतको सर्वोच्च अदालतले मंगलबार मुस्लिम धर्माबलम्बीहरुको शरिया कानुनअनुसार तीन पटक तलाक भनेर वा लेखेर गरिने सम्बन्ध विच्छेदलाई असंवैधानिक घोषणा गरेको छ ।

विभिन्न समयमा यसैगरी सम्बन्ध विच्छेद गरिएका पाँच महिलाले दायर गरेको मुद्दामा भारतीय सर्वोच्च अदालतको पाँच न्यायाधीशमध्ये ३–२ को बहुमतको आधारमा उक्त फैसला गरिएको हो ।

भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणका अनुसार  यसरी तलाक भनेर वा लेखेर गरिने सम्बन्ध विच्छेल संविधानको धारा १४ ले सुनिश्चित गरेको समानताको हकविरुद्ध रहेको उल्लेख गरिएको छ । यस फैसलालाई भारतीय मुस्लिम महिलाहरुले भने ऐतिहासिक जीतको संज्ञा दिएका छन् ।

यस प्रकारको प्रथाजनिक व्यवस्थाले नेपाली मुस्लिम महिलाहरुलाई पनि आक्रान्त बनाएको छ । बिशेष गरेर भारतसँग सीमा जोडिएका जिल्लाहरुमा हरेक वर्ष यसप्रकारका दर्जनौं घटनाहरु बाहिर आउने गरेको छ ।

सदियौंदेखि चल्दै आएको यो परम्पराको बिरुद्धमा सर्वोच्चको अदालतको ढोका ढक्ढक्याउने साहसी महिलाहरुको बारेमा पनि चर्चा सुरु भएको छ ।

यहाँ तिनै महिलाहरुको बारेमा बिभिन्न भारतीय तथा अन्तर्रााष्ट्रिय सञ्चार माध्यममा आएको समाचारको आधारमा जानकारी दिइएको छ ।

आफरीन रहमान, जयपुर, राजस्थान 

उनको बिहे २०१४ सालमा जयपुरको एक पाँच तारे होटलमा धुमधामका साथ भएको हो । त्यसबेला उनी एमबीए पूरा गरेर जागिर खाइरहेकी थिइन् । वकिल पतिसंगको नयाँ जिन्दगीका लागि यि सबै कुरा छाडिन् ।

तर, बैबाहिक जीवन भनेजस्तो भएन । दाइजो मगेर हैरानै बनाए । ‘दाइजो ल्याउन नमान्द कुटपिट सुरु भयो । त्यसैले म डिप्रेसनमा गएँ’ उनले भनिन् ।  बिहेको एक वर्षभित्रै उनलाई माईती पठाइयो । एउट दुर्घटनामा आमा बितिन् । बाबु पहिले नै बितिसकेका थिए । उनी एक्लै परिन्, त्यही बेला लोग्नेको पत्र आयो । त्यसमा लेखिएको थियो, ‘तलाक तलाक तलाक’ । पछि उनलाई सहयोगी हातहरु प्राप्त भए । अनि उनी त्यसको बिरुद्ध सर्वोच्च अदालत पुगिन् ।

अतिया साबरी, सहारनपुर, उत्तर प्रदेश

अतिया । तस्बिर: बीबीसी । 

अतियाको अढाई वर्षे बैबाहिक जीवन राम्रो हुन सकेन । त्यसको कारण उनले २ छोरी जन्माउनु थियो । पतिका परिवारका सबै सदस्यहरु मिलेर उनलाई कुटपिट गर्थे । एक पटक त उनलाई घरबाटै निकालि दिए । त्यसपछि उनी अस्पतालमा उपचारका लागि भर्ना भइन् ।

केही समयपछि भाईकोमा एउटा लिखत आयो । दश रुपियाँको टिकट टाँसिएको थियो । त्यसको तल ‘तलाक तलाक तलाक’ लेखिएको थियो । अतिया भन्छिन्, ‘शरिया अनुसार सम्बन्ध बिच्छेदका लागि दुई जनाबीच सहमति हुनुपर्दछ । तर, मसंग कुरा भएकै छैन् ।’

त्यसैले उनी आफ्नो सम्बन्ध विच्छेद मान्न तयार छैनन् । उनले यो प्रथालाई असंवैधानिक घोषणा गर्न माग गरेकी छन् । साथै उनले मुस्लिम महिलाहरुलाई सम्बन्ध बिच्छेदको समान अधिकारको फैसला गर्न माग गरेकी छन् ।

शायरा बानो, काशीपुर, उत्तराखण्ड

शायरा । हिन्दुस्तान टाइम्स ।

शायरा एक छोरा र छोरीलाई पतिसंगै घरमा छाडेर माइत आएकी थिइन् । उनी माथि घरेलु हिंसा त थियो नै पतिले बाहिर निस्कन पनि दिंदैन थे । तर, माइत आएको मौका पारेर पतिले  द्रुत हुलाकमार्फत एउटा चिट्ठी पठाए । त्यसमा तीन पटक तलाक लेखिएको थियो ।

आफ्ना बच्चाहरुको लागि घरेलु हिंसा त पचाएकै थिइन् । तर, अव सम्बन्ध बिच्छेद नै गराएपछि त्यसको विरुद्ध न्यायलयको ढोका ढक्ढकाइन् । उनी अहिले फेरी एमवीएको पढाइतिर समेत लागेकी छिन् । ‘लड्नका लागि पनि त तयार हुनु पर्यो’ उनी भन्छिन् ।


इशरत जहां, कलकत्ता, पश्चम बंगाल 

दुवईमा रहेका पतिले फोनमा तीन पटक तलाक भनिदिएपछि उनको १५ बर्ष लामो बैबाहिक जीवन टुङ्गियो ।  इशरतका अनुसार तीन छोरीहरुको जन्मपछि समस्या सुरु भएको हो । यतिसम्म की पतिले आफ्ना भइसंगसमेत शारीरि सम्पर्क राख्न बाध्य बनाए ।

सन् ०१५ मा छोरा त जन्म्यो । तर, यो धेरै ढिला भइसकेको थियो । पतिले अर्को विहे गर्ने तयारी गरिसकेका थिए । अनि तीन चोटी तलाक लेखेको पत्र हातमा पर्यो । अनि उनी अदालतको ढोक ढक्ढक्याउन पुगिन् ।

गुल्शन परभीन, रामपुर, उत्तर प्रदेश

गुल्शन दाइजोका कारण दुई बर्षदेखि घरेलु हिंसाको शिकार भइरहेका थिए । अंग्रेजी साहित्यका पोष्टग्राजुयट उनका अनुसार दश रुपैयाँको टिकट टाँसेर उनको तलाकनामा पतिले माइतीमा छाडेका थिए ।

उनले आफु र आफ्नो दुई बर्षको छोरा दुवै घरवार बिहीन भएको बताएकी छिन् । उनले त्यो तलाक लेखेर गरिएको सम्बन्ध बिच्छेदको विरुद्धमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याएकी हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

5 months ago
कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

4 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.