Wednesday, April 14, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

तिहार अाफन्तमाझ रमाइलाे गर्दै दुःख भुलाउने समय, संस्कृति मानव जातिकै पूँजीः सत्यमोहन जोशी

by पत्रपत्रिकाबाट
October 21, 2017
- समाचार
Share on FacebookShare on TwitterEmail

तिहारको रमझम भनेकै लोकगीतको रमझम पनि हो। शरद ऋतुको अंश बाँकी छँदै गर्दा तिहारको रमझम सुरु हुन्छ। पञ्चक लागेपछि काग, कुकुर, गाई, गोरु हुँदै दाजुभाइको पूजा गरिन्छ। नेवारहरुले म्हः पूजा भनेर आफ्नै शरीरको पूजा गर्छन्। यहीबेला नेपाल संवत् पनि मनाइन्छ।

जातजातिअनुसार आआफ्नो लोकगीत हुन्छ। नेवारहरुले यतिबेला धनाश्री रागमा मिश्रित तिहारका गीतहरु गाउने चलन छ। त्यसलाई भट्यारी पनि भनिन्छ। यहीबेला समुदायले खासगरी ब्राह्मण क्षेत्रीले देउसी–भैलो गाउँछन्।

लोकगीतकै आधारमा नेपाललाई ‘ल्यान्ड अफ फोक सङ्ग्स’ भनिएको हो। हरेक ऋतुअनुसारको लोक गीत गाउने यहाँको परम्परा छ। देउसी–भैलोमा स्वतन्त्र रुपले आफ्ना विचार पोख्न पाइन्छ, खासै रोकटोक हुँदैन। यो आध्यात्मिक, धार्मिक पृष्ठभूमिमा पनि चलिरहेकै छ। यसमा वैदिक संस्कृति र मिथ पनि मिसिएको छ।

सामाजिक रीतितिथिका आधारमा यसरी पूजाआजा गर्ने, यसरी दियो बाल्ने, यसरी भैली वा देउसी खेल्नेहरुलाई अतिथि सत्कार गर्ने, देउसी–भैलो खेलेवापत उनीहरुलाई दान दक्षिणा र खानेकुरा दिने काम गरिन्छ। यसको रमाइलो पक्ष पनि यही हो। यो नेपालको मौलिक अभ्यास पनि हो। यसलाई म नेपाली लोकगीत र लोक संस्कृतिको विशेषता भन्छु।

नेपालमा लोक गीत माया पिरती र प्रेमकै निम्ति मात्रै नभएर यसको ऋतु र रीतितिथिसँग पनि अभिन्न रुपमा जोडिएको छ। त्यसैले देउसी–भैलो जीवन पद्दति र लोक जीवनमा आधारित गीतहरु हुन्। देउसी वा भैलो एक्लै नभएर समूहमा मिलेर गाइनु पनि यसको खास विशेषता हो। यसले लोकको मर्म र अर्थलाई बोकेको छ।

समयअनुसार, देउसी–भैलोको विषयवस्तु हेरफेर हुँदै आएको छ। राजनीतिक विषयले पनि यसमा महत्व पाउँदै आयो। पहिलाचाहिँ सामाजिक कुरा मात्रै बढी भट्याइन्थ्यो। पहिला रमाइलो गर्दै खेल्न आयौं भन्ने कुरा नै केन्द्रमा हुन्थ्यो। अचेल यो ठाउँमा जाने, यसरी भट्याउने भनेर बढी व्यवसायिक जस्तो बनेको स्थिति छ। स्वास्थ्य, शिक्षा वा अरु कुनै रचनात्मक कामका लागि अर्थ संकलन गरी चन्दा उठाउने माध्यम पनि बनाइएको छ। कतिले यसलाई विकृति, विसङ्गति पनि मान्छन्।

तर वास्तवमा तिहार वा यस्ता चाडपर्व जीवनको आनन्द लुट्नकै लागि बनेका हुन्। नाचगान त्यसका अवयव हुन्। यस्ता सांस्कृतिक गतिविधिले खाने लाउने चपेटामा अल्झिनेबाहेक जीवनमा रमाइलो पनि गर्नुपर्छ है भन्ने सन्देश दिन्छन्।

जीवनको मज्जा नै यही हो। यो भएन भने जीवन सुख्खा, शुष्क बन्छ। यो जीवन फेरि पाइने कुरा त होइन नि। जीवनमा खुसी र सुख हेर्न पनि एकछिन जीवनमा खुसीलाई चिहाउने र यसलाई देख्ने समय पनि चाहिन्छ। चाडपर्वले हामीलाई त्यही समय दिँदै आएको छ। तिहार पनि एउटा यस्तै समय हो, जहाँ विश्राम गरेर चिहाउँदा हामीले हाम्रा खुसी र उमङ भेट्छौँ। घरबारीसँगै हाम्रो शरीर र मन सफा गर्ने समय हो तिहार। नाच्दै गाउँदै दुःख भुलाउने समय हो तिहार।

कति काम मात्रै गर्ने, दुःख र मिहिनेत मात्रै गर्ने, जिन्दगीमा रमझम पनि त चाहियो। वर्षमा एकदिन नयाँ लाउने, मीठो खाने अभ्यास वास्तवमा खुसी हुने बहाना हो। त्यसैले यसलाई बिलकुल विकृति र विसङ्गति भन्न मिल्दैन। चाँडपर्वले सबै जातजाति, भाषाभाषी र सबै वर्गकालाई मुस्कुराउने अवसर र बहाना पनि त दिन्छ। तिहारमा महिलाका लागि भैलो र पुरुषका लागि देउसी लैङ्गिक सन्तुलनको दृष्टान्त पनि हो।

तिहारमा प्रयोग हुने बत्ती, फूल सबै विम्ब हुन्। नेवार समुदायमा कटुस नभइ हुँदैन। यो भनेको कटुसजस्तै जीवनमा सुख र ऐश्वर्य पनि धेरै फलोस् भन्ने हो। अरु फूलजस्तो मखमली फूल सितिमिति ओइलाउँदैन। हेरौं हेरौं, छोऊ छोऊ लाग्ने फूलहरु। ओखरजस्तो कडा शरीर बनोस् भन्ने कामना गरिन्छ। तिहारमा गाईको मात्रै नभएर गोरुको पनि पूजा गरिने कारण गोरु नभई त खेतीपाती चल्दैन। यसरी तिहार ऋतुदेखि आस्थासम्म जोडिएको पर्व बनेको छ।

यी सबै इन्टान्जिबल कल्चर (अस्पृश्य संस्कृति) भित्र पर्छन्। ऋुतु आएसँगै मान्छेले स्वस्फूर्त गाउन थाल्छन्। यो इन्टान्जिबल कल्चर (अस्पृश्य संस्कृति) सिर्जनशीलतासँग जोडिएको छ। युनेस्कोको परिभाषाअनुसार यसलाई ‘जिनियस अफ ह्युमानिटी’ भनिन्छ। यस्तो सिर्जनशीलता नेपाली वा हिन्दुहरुको मात्रै नभई सम्पूर्ण मानव जातिकै पूँजी हो।

यस्तो सिर्जनशीलता हरेक देशभित्रका समुदायमा हुन्छ। आदिवासी हुन् वा अन्य समुदाय, पढेका हुन् वा अनपढ सबैमा हुन्छ। ‘फोक कल्चर’ कहिलेदेखि कसले सुरु गर्यो थाहा नभए पनि मान्छेको सिर्जनशील प्रतिभा विश्वव्यापी गुण हो। सांस्कृतिक सम्पदाको रुपमा यसको संरक्षण गरिनुपर्छ। यसलाई हामीले आफ्ना सन्ततिहरुमा हस्तान्तरण गर्न सक्नु पर्छ। यसो गर्न नसकिए विश्व मानव सभ्यतालाई नै घाटा लाग्छ। यसको अभावमा पुराना कुरा सबै हराएर जान्छ।

तिहारका गीतहरु पनि नेपाली समाजको यही सिर्जनशील प्रतिभाको उपज हो। देउसी–भैलो कसले पहिला गायो त्यसको अत्तोपत्तो छैन। तर यो आफैं उब्जेको त होइन नि। हाम्रा पूर्खाले तयार पारेको न हो। एउटै व्यक्ति र एउटा खास समयमा बनेको भने होइन। त्यसैले परम्पराका रुपमा यसले निरन्तरता पाइरहेको छ। केही परिमार्जनसहित भए पनि नयाँ नयाँ पुस्तामा हस्तान्तरण भइरहेको छ।

देउसी–भैलोको सूत्रलाई जुनसुकै विषयमा ढाल्न सकिन्छ। लोकलय उही हो, शब्द जे हाले पनि भयो। देउसी रे वा भैलिनी भन्दै यसलाई जति तन्काउन पनि सकिन्छ। यसमा ईश्वरदेखि लोकमानसम्मलाई अटाउन सकिन्छ। नेपालखबर डटकमबाट साभार ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

1 year ago
प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.