Tuesday, April 13, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

दुई नम्बर प्रदेशमा एमाले किन पराजीत भयो ?

by पत्रपत्रिकाबाट
September 21, 2017
- समाचार
Share on FacebookShare on TwitterEmail

६ वटा प्रदेशमध्ये ५ वटामा पहिलो पार्टी भएको एमाले २ नम्बर क्षेत्रमा दोस्रो  पनि नहुने संकेत देखिएको छ । टिकट बितरणमा लोकप्रियतालाई भन्दा गुटलाई आधार मान्दा एमालेले २ नम्बर प्रदेशका धेरै स्थानीय तहमा पराजयको सामना गर्नुपरेको छ । २ नम्बर प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले स्थानीय तहमा लोकप्रिय ब्यक्तिलाई भन्दा गुटगत र आर्थिक चलखेलका आधारमा टिकट दिंदा धेरै जित्ने निश्चित भएका ठाउँमा पनि एमाले पराजित हुन पुगेको छ।

टिकट बितरणमा भएको मनपरीकै कारण रौतहटको चन्द्रपृुर नगरपापालिका, सर्लाहीको बरहथवा, बागमती नगरपालिका समेत गुमाउने निश्चित भएको छ । पर्साको ठोरी समेत टिकट बितरणमा भएको पक्षपातका कारण गुमाउन पुगेको छ । ठोरीमा माओवादी केन्द्रले जितिसकेको छ।

चन्द्रपुरमा बाबुराम दाहाललाई दिइसकेको टिकट खोसेर उद्धव रेग्मीलाई दिएका कारण अपमान गरिएको छ । बाबुराम दाहाललाई बाजागाजासहित शुभसाइतको दही खुवाएर लिएर उम्मेदवारी दिन जाँदा रेग्मीले सत्यनारायण मण्डलको सही गराई उम्मेदवारी दिइसकेका थिए । प्रदेशका सहइन्चार्ज नागेन्द्र चौधरी र जिल्ला अध्यक्ष कमलदेव यादवलाई जानकारी नै छैन । सरसल्लाह नै नगरी अपमानपूर्वक दाहाललाई मनोनयन गर्न नदिएर चन्द्रपुर गुम्न पुगेको छ । बरहथवामा माधव काफ्ले जस्ता लोकप्रिय ब्यक्तित्वलाई नदिएर कल्पना कटवाललाई दिइयो, जसका कारण पराजित हुन पुग्यो । यदि काफ्लेलाई दिएको भए जित्ने थियो । इश्वरपुरमा मनोज देवकोटाजत्तिकै लोकप्रिय थिए काफ्ले । उनी बरहथवा नगरपालिकाको मेयरका लागि तयारी गरी रातदिन लागेका थिए । कल्पना कटवाल केन्द्रमा नेताहरुको चाकरी गरी टिकट गरी टिकट लिनाले गर्दा पनि बरहथवा पराजित हुन पुगेको छ । हरिवन जस्तो एमालेको किल्लामा डिल्ली उप्रेतीलाई नदिएर गणेश उप्रेतीलाई दिएका कारण माओवादीले पसिना छुटाइदिएको छ।

बागमती नगरपालिकामा बसन्त भट्टराई स्थानीय जनसमुदायमा लोकप्रिय ब्यक्तिलाई टिकट नदिई विष्णु पुलामी मगरलाई गुटका आधारमा दिएका कारण त्यहाँ पनि माओवादीले जितेको छ। बर्दिबासमा पैसाको बलमा सुरेश राउतलाई दिनाले त्यहाँ पनि गुम्यो। भानुभक्त पोखरेललाई दिएको भए जित्ने थिए । उनी लोकप्रिय थिए । पोखरेल माधव पक्षका भएका कारण टिकट दिइएन। अरबपति राउतलाई दिएका कारण तेस्रो हुनपुगेको छ । नेतालाई पैसा बुझाएर उनले टिकट पाएको गुनासो कार्यकर्ताको छ। महोत्तरीकै रामगोपालपुरमा पनि लोकप्रिय ब्यक्तिलाई दिएकाले पराजित हुन पुगेको छ।

उम्मेदवारी चयनमा धेरै ठाउँमा संस्थापन पक्षले एकलौटी गर्दा परिणाम सन्तोषजनक नआएको माधव नेपाल पक्षको निष्कर्ष छ । एमालेले आज बोलाएको स्थायी समिति बैठकमा नेता नेपाल पक्षले उक्त कुरा उठाउन लागेका छन्। दृष्टि अनलाइनमा समाचार छ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

4 years ago
कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

4 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.