दिल्लीको हैदरावाद हाउसबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले अमलेखगञ्ज(मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् ।
हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा दुई प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् । भारतबाट सिधै नेपालको अमलेखगञ्जको डिपोसम्म इन्धन ओसार्न यो पाइपलाइन निर्माण गर्न लागिएको हो । पट्रोलियम पाइपलाइन मोतिहारी–रक्सौल हुँदै अमलेखगञ्जसम्म निर्माण गरिने छ । त्यस्तै वीरगञ्जको एकीकृत जाँच चौकीको उद्घाटन समेत गरिएको छ ।
भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेट गर्नुभएको छ ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो ।
सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा प्रम ओलीलाई बधाई दिनुभएको थियो । उहाँले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो दिनुभएको थियो ।