Saturday, July 2, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » भारतबाट ‘दशैं’ लिएर फर्कंदै नेपाली

भारतबाट ‘दशैं’ लिएर फर्कंदै नेपाली

पत्रपत्रिकाबाट by पत्रपत्रिकाबाट
September 20, 2017
- समाचार
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

दशैं नजिकिँदै गर्दा भारतका विभिन्न ठाउँमा काम गर्न गएकाहरु ‘दशैं’ लिएर फर्कन थालेका छन् । प्रदेश ६ र ७ का पहाडी जिल्लामा वर्षे बाली लगाएर उनीहरु रोजगारीको खोजीमा भारत पसेका थिए ।

भारतको गुजरात राजकोट पुगेका सुर्खेत बजेडीचौरका लालबहादुर विक सोमबार घर आइपुगे । उनी डेढ वर्षअघि कमाउन भारत गएका थिए ।

यस पटक सीमामा पहिलेजस्तो सास्ती भोग्नु परेन, उनले । ‘कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशंकामा डराई–डराई जमुनहासम्म आइपुगेँ,’ भारतको चेन्नईमा साढे चार वर्ष काम गरेर फर्केका सोमबहादुर थापाले भने, ‘तर, त्यस्तो केही भएन, ढुक्कसँग नेपाल प्रवेश गरें ।’

जाजरकोट जगतीपुरका आइते विक पनि हिमाचलको सिमलाबाट दशैं मनाउन घर फर्के ।

वर्षे बाली लगाएर असार र साउनमा भारत पसेकाहरु दशैंमा फर्किन्छन् । मंसिरमा धान भित्र्याउने र हिउँदे बाली लगाउने काम सकिएपछि उनीहरु फेरि भारत पस्छन् ।

रोल्पा, रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, सल्यानलगायत जिल्लाका बासिन्दाको रोजागारीको मुख्य गन्तव्य भारतका गढवाल, चण्डीगढ र सिमला हुन् । त्यसबाहेक नयाँदिल्ली, मुम्बईलगायत शहरी पनि पुग्छन् ।

RelatedPosts

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

June 30, 2022
Auto Draft

कम्युनिष्ट नेताहरूले कम्तिमा सरल जीवनशैली अपनाऔँ

June 28, 2022
प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

June 25, 2022
धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

June 24, 2022

त्यसरी जानेहरु युवा मात्र हुँदैनन्, महिला, अधवैंशे पुरुष र बालबालिका पनि हुने गर्छन् ।

प्रहरी सक्रियता

इलाका प्रहरी जमुनहाका सई सुधीर खड्काका अनुसार भारतीय प्रहरीसँग समन्वयमा रुपैडिहा रेल्वे स्टेसन र बसपार्कसम्म पुगेर नेपाली यात्रुलाई सुरक्षित रुपमा स्वदेश भित्र्याइने गरेको छ । ‘लुटपाट र ठगी हुन नदिन हामी सक्रिय छौं,’ उनले भने ।

त्यसका लागि प्रहरीले जमुनहामा यात्रु सहायता कक्ष नै स्थापना गरेको छ । खड्काका अनुसार दैनिक करिब चार सय जना भित्रिइरहेका छन् ।

उनीहरु फर्किंदा लुटपाट हुन नदिन दुवैतर्फका प्रहरी सक्रिय देखिन्छन् । रिक्सा, अटो र टाँगामा आउँदै गरेका यात्रीलाई भाडा कति लिएको छ भनेर सोध्ने तथा अरुले दिएका वस्तु नखान सचेत गराउने काम भइरहेको छ ।

यसैबीच, काउछो र बिस्कुटको लेदो छर्केर लुट्ने गिरोहका दुई भारतीयसहित तीन जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा भारत गोरखपुरका सोनु दास र जोनी दास छन् ।

उनीहरुले गत वर्ष सिटिजन बैंक अगाडिबाट काउछो छर्केर ६ लाख रुपैयाँ लुटेका थिए । सेन्चुरी विकास बैंक अगाडिबाट पक्राउ पर्दा पनि उनीहरुसँग लुट्न प्रयोग हुने सामान थिए ।

यस्तै, रुपैडिहा बसपार्कबाट अटोमा सँगै आएका जाजरकोटका एक व्यक्तिलाई नेपालगन्ज भन्सार नजिकै लुट्न खोज्ने दाङ घोराही १० का खिमराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हामीले याे खबर अनलाइनखबरबाट लिएका हाैं।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Related Posts

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

by पत्रपत्रिकाबाट
June 30, 2022

पुँजीवाद, र त्यसबाटै विस्तारित साम्राज्यवाद, वर्गीय शोषण र उत्पीडनको सबैभन्दा उन्नत र विकसित स्वरूप हो । श्रमिकलाई श्रमको प्रतिफलबाट विमुख...

Auto Draft

कम्युनिष्ट नेताहरूले कम्तिमा सरल जीवनशैली अपनाऔँ

by nepal_readers
June 28, 2022

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले जित्नकै लागि मात्र जस्तोसुकै कदम पनि चालेको देखियो। दलहरू नैतिकता, मूल्य र जनतालाई दिने सेवाको...

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

by पूजा राठी
June 25, 2022

कल्पना गर्नुहोस् त, यदि तपाईँले कुनै पार्कमा एउटी युवती निस्फक्री र निर्धक्क सुतिरेहेको देख्नुभयो भने तपाईँको मनमा कस्तो विचार आउला?...

धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

by प्रशान्त ‘पुष्प’ रिजाल
June 24, 2022

सन् १९४८ मा बेलायती उपनिवेशबाट मुक्त भएपश्चात् श्रीलङ्का राष्ट्र बन्ने प्रक्रियामा बिधिवत रूपमा प्रवेश गर्यो। तत्कालिन श्रीलङ्कामा तीनवटा राज्यहरू थिए।...

पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

by संजय श्रमण
June 23, 2022

अघिल्लो सालको कुरा हो, कक्षा १२ मा टप गरेका मेरा मित्रको छोरासँग मेरो कुराकानी भइरहेको थियो। उ आफ्नो कुकुरलाई लिएर...

फेरि पनि ओलीजी र प्रचण्डजीहरूकै नेतृत्वमा एकता हुन्छ भन्ने लाग्दैन

फेरि पनि ओलीजी र प्रचण्डजीहरूकै नेतृत्वमा एकता हुन्छ भन्ने लाग्दैन

by हेमराज भण्डारी
June 22, 2022

गठबन्धनको अपेक्षाअनुसारको निर्वाचन परिणाम आएन। गठबन्धन गरिएका ठाउँमा क्रस चुनाव चिन्हका कारणले धेरै भोट बदर पनि भए। धेरै मात्रामा भोट...

Leave Comment

Recommended

सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

2 years ago
निरुता सिंहले यत्रा वर्षसम्म आफ्नो ‘जात’ किन ढाँटेको?

निरुता सिंहले यत्रा वर्षसम्म आफ्नो ‘जात’ किन ढाँटेको?

7 months ago

Connect with us

Popular Post

  • मदन भण्डारीको त्यो व्याख्यालाई पनि यिनीहरूले फालिदिए

    मदन भण्डारीको त्यो व्याख्यालाई पनि यिनीहरूले फालिदिए

    0 shares
    Share 0 Tweet 0
  • मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

    0 shares
    Share 0 Tweet 0
  • पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

    0 shares
    Share 0 Tweet 0
  • ‘तन्नेरी शरीरमा गाँसिएका बुढा टाउकोहरू’ले यो आन्दोलनलाई लैजान सक्दैनन्

    0 shares
    Share 0 Tweet 0
  • नेपालका वामपन्थीहरू एकताबद्ध हुनुपर्छ, यो राष्ट्रिय आवश्यकता हो

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In