Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मल नल्याएर कारबाहीमा परेको शैलुङ र केही ठेकेदारलाई भौतिक मन्त्रालयले पनि गर्‍यो कडाइ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १०, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    समयमा मल नल्याएका कारण हालै कृषि मन्त्रालयको कारबाहीमा परेको शैलुङ समुहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत उसले लिएका ठेक्का छिटो पुरा गर्न कडाइ गरेको छ।

    ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनसहित उपत्यकाका सडक ठेक्का लिने अन्य कम्पनीमाथि काम समयमा सक्न मन्त्रालयले ताकेता बढाएको हो।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सार्वजनिक सूचना प्रकाशित गर्दै अधिकारीको शैलुङ र अन्य ठेकेदार कम्पनीलाई सात दिनभित्र काम सक्ने आधार प्रस्तुत नगरे ठेक्का तोडिने र कालोसूचीमा राख्ने जनाएको छ।आयोजनाले बुधबार सूचना प्रकाशित गरी चावहिल–जोरपाटी–साँखु तथा ललितपुरको ढोलाहिटी–सुनाकोठी–चापागाउँ रोड बिस्तारसम्बन्धी काममा ताकेता गरेको छ।

    चावहिल–साँखुको ३.६ किलोमिटर सडक युनाइटेड बिल्डर्स एण्ड इन्जिनियरिङ प्राली र ढोलाहिटी–चापागाउँको ३.२ किलोमिटर सडक निर्माणको ठेक्का शैलुङ र दिवा निर्माण कम्पनीले संयुक्त ठेक्का लिएका छन्।युनाइटेड सकुन्तला हिराचन र शैलुङ शारदाप्रसाद अधिकारीको कम्पनी हो। अधिकारी सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्ने घरधनी हुन्।

    ‘कम्पनीले तदारुकताका साथ काम गर्‍यो भने लकडाउनका कारण थपिएको अवधीमा काम सकिने अवस्था छ,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले भने, ‘कम्पनीहरुले आयोजनालाई स्रोत र साधन परिचालनको विश्वासिलो आधार प्रस्तुत गर्नुपर्छ। अन्तिम समयमा आएर केही काम गरेको जस्तो गर्ने र ठेक्का अवधि थप्ने कार्य अब मान्य हुँदैन। हामी ठेक्का तोडेर कारबाही प्रक्रियामा थाल्छौं।’

    चावहिल–जोरपाटी–साँखुको सडक विस्तारको ठेक्का २०७२ कार्तिक १३ गते लागेको थियो।युनाइटेडले तोकिएको समयमा काम सकेको भए साढे दुई वर्षअघि नै सो सडक निर्माण भैसक्नु पर्थ्याे।आयोजना प्रमुख अधिकारीले सो कम्पनीले अहिलेसम्म ८० प्रतिशत मात्रै काम सम्पन्न गरेको बताए।

    ‘यो कम्पनीले आज (शुक्रबार) पत्र पठाएर भोली (शनिबार)बाट काम सुरु गर्ने र समयमा सक्ने जनाएको छ,’ अधिकारीले भने, ‘समयमा सक्ने आधार देखिएन भने ठेक्का रद्द गरेर धरौटी जफत गर्ने र कालोसूचीमा राख्नका लागि प्रक्रियाअघि बढ्छ।’

    पछिल्लो पटक भएको सम्झौताअनुसार सो कम्पनीले चैत मसान्तसम्म निर्माण कार्य पुरा गरिसक्नु पर्ने थियो।तर सरकारले लकडाउनका कारण सबै निर्माण कार्यहरु सक्ने समयमा ६ महिना थपिदिएको थियो।त्यसअनुसार सो कम्पनीले असोज ३० गतेसम्म त्यहाँको निर्माण सम्पन्न गरिसक्नु पर्ने छ।

    ‘बाँकी रहेको काम कम्पनीले चाह्यो भने सक्नसक्छ’ आयोजना प्रमुख अधिकारीले भने ‘समयमा काम सकेर कारबाहीबाट जोगिने वा कारबाहीमा परेर कम्पनीलाई व्यावसायिकरुपमा धरासायी बनाउने भन्ने त्यो उनीहरुको कुरा हो।’

    सो कम्पनीले ८० प्रतिशत कामको ३२ करोड ४५ लाख रुपैयाँ भुक्तानी भने लिइसकेको अधिकारीले बताए। ठेक्का पाउनासाथ पाइने मोविलाइजेसन खर्च वापत् ७८ लाख रुपैयाँ कटौति हुन बाँकी छ।

    ढोलाहिटी–चापागाउँ सडक
    शैलुङ र दिवा निर्माणले संयुक्त रुपमा निर्माण ठेक्का लिएको ढोलाहिटी सुनाकोठी चापागाउँ सडक निर्धारित समयमा निर्माण सुरु गरेको भए दुई वर्षअघिनै सम्पन्न भैसक्ने थियो। अन्तिम पटक समय थपिएको समयको म्याद पनि असार ३० गते गुज्रिसकेको छ। लकडाउनका कारण थपिएको म्याद पुस मसान्तसम्म छ।

    सो खण्डको ३.२ किलोमिटर लामो सडकको निर्माणकार्य ती कम्पनीले २३ करोड ३१ लाख ४६ हजारमा ठेक्का हात पारेका थिए।आयोजना प्रमुख अधिकारीका अनुसार अहिले त्यहाँको काम ४० प्रतिशत मात्रै सकिएको छ।

    ‘सुरुमा जग्गा प्राप्तिका लागि केही समस्या उत्पन्न भएको थियो। तर कलंकी–नागढुंगाको सडक निर्माणलाई समेत ध्यान दिँदै सरकारले प्राप्त भएको जग्गामा मात्रै सडक बनाउने भनेर त्यो समस्या सुल्झाइसकेको हो। त्यसैले गर्न चाहने हो भने काम गर्नका लागि कुनै गाह्रो छैन। दैनिक रुपमा काम गर्ने हो भने मंसिरको १५ गतेसम्म काम सकिन्छ।’

    अधिकारीले कुनै ठेक्कामा ६ महिनाको अबधि तोकिएको छ भने ठेकेदारहरुले ५ महिना काम नगरेर अन्तिम एक महिना काम गर्ने र त्यसपछि समय थप्नका लागि दबाब दिने प्रवृत्ति रहेको बताए।अधिकारीकाअनुसार अहिलेसम्म सो सडक आयोजनाबाट ठेकेदारले ७ करोड ८२ लाख रुपैया भुक्तानी लगिसकेको छ।

    कुनै ठेक्का हात पार्नासाथ कुल ठेक्का रकमको १० प्रतिशत पैसा पाउने व्यवस्थाअनुसार शैलुङ र दिवा निर्माणले मोविलाइजेसनका लागि २ करोड ५५ लाख रुपैयाँ सुरुमै लिएका थिए।‘हामीले सूचना जारी गरेपनि उहाँहरु सम्पर्कमा आउनु भएको छैन,’ अधिकारीले भने।शैलुङ ठेकेदार कम्पनी न्यून रकममा सडक निर्माणको ठेक्का हात पार्ने र समयमा निर्माण सम्पन्न नगर्ने कम्पनीको रुपमा बदनाम छ।

    कृषि मन्त्रालयले पनि समयमा रासायनिक मल नल्याएको भन्दै शैलुङ कम्पनीको धरौटी जफत गरेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।यसैबीच क्षेत्रीय सडक कार्यालय हेटौडाले समयमा ठेक्का पुरा नगर्ने २१ वटा कम्पनीलाई एकै पटक कारवाही गरेको छ।

    बुधबार पत्रिकामा सूचना प्रकाशित गरेर २१ वटा सडक आयोजनाको ठेक्का तोडिएको र धरौटी जफत गरिएको र कालोसूचीमा राख्ने काम अघि बढाएको कार्यालयले जनाएको छ।त्यसैगरी सडक डिभिजन कार्यालय लाहानले पनि १२ वटा सडक निर्माण आयोजनाका ठेकेदार कम्पनीहरुलाई समयमा काम नसकेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

    सो कार्यालयले किन कारबाही नगर्ने भन्दै कम्पनीहरुलाई स्पष्टिकरण सोधेको हो।गत महिना वार्षिक सडक निर्माण समीक्षा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सबै डिभिजन प्रमुखहरुलाई यसबारे निर्देशन दिएका थिए।

    उनले समयमा काम नसक्ने कम्पनीलाई कारवाही गर्न मन्त्री र सचिवको आदेश आवश्यक नपर्ने र कानुनमा भएको अधिकार प्रयोग गरेर दण्ड र पुरस्कार दिन निर्देशन दिएका थिए।नेम्वाङले कुनै ठेकेदार कम्पनीले समयमा काम नगरेको भए डिभिजन प्रमुखहरुले नै कानुनबमोजिम कारबाही गर्न सक्ने र राम्रो काम गर्नेलाई पुरस्कृत पनि गर्नसक्ने बताएका थिए।

    त्यसपछि सडक कार्यालयहरुले समयमा निर्माण नसक्ने कम्पनीमाथि कारबाही प्रक्रिया सुरु गरेका हुन्। – नेपालखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.