केही महिना अघि मैले भेटेको यो लेख कसले लेखेको हो स्पष्ट छैन । हामीले यसको आधिकारिकताबारे ब्याङकक र कम्बोडियामा रहेका हाम्रा अनुयायीहरूसँग बुझ्यौं। उनीहरुले हामीलाई ती माग्नेलाई खानेकुरा र पानी दिनु तर पैसा नदिनू भने। पैसा, त्यो पनि ठूलो नोट दिनाले माग्ने उद्योगलाई प्रोत्साहन मिल्छ, त्यसैले तपाईंहरू पनि यस कुरालाई मनन गरेर मात्र निर्णय गर्नुहोस्।

“मेट्रो स्टेसन नजिकै एउटी उमेर ठम्याउन नसकिने माग्ने महिला बस्छिन्। उनका लुगा फोहोर छन् कपाल पनि फोहोर र जिङ्रिङ्ग छ। उनी उदास अनुहार लिएर घोसे मुन्टो लाएर बसेकी छन्। उनको काँधमा एउटा दुई बर्ष जतिको बच्चा छ र उ पनि त्यतिकै फोहोरी छ। उनको छेवैमा एउटा थोत्रो थाल छ, जसमाथि मानिसहरू पैसा फालेर हिड्छन्, एउटा ठूलो पुण्य गरेको ठान्दै। हामी धेरैलाई पनि त्यस्तै अनुभव हुन्छ।

म महिना दिनजसो त्यो बाटो नै भएर हिंडे तर मैले पैसा दिइन। किनभने यो काम माग्नेहरूलाई नियन्त्रण गर्ने एउटा ग्याङ सञ्चालित धन्दा हो । त्यहाँ सङ्कलित रकमलाई यस एरियाका माग्नेहरूले ग्याङलाई बुझाउने गर्छन्। त्यस्ता ग्याङका सञ्चालकहरूसँग अकूत सम्पत्ति, गाडी र बङ्गला हुन्छन्। माग्नेले पनि केही न केही त पाउँछ नै, जस्तो दुई छाक खाना र केहीलाई बेलुका एक क्वाटर भोड्का।

त्यो बाटो हिडेको एक महिनापछि एक दिन अचानक मेरो मनमा एउटा कुरा खड्क्यो, महिनाको हरेक दिन विभिन्न समयमा त्यो बाटो हिड्दा बच्चा उस्तै फाहोर थियो तर कहिल्यै रुदैनथ्यो वा चिच्याउँदैनथ्यो। ऊ जहिले पनि ‘आमा’ को घुँडा छेउ मुन्टो लुकाएर चुपचाप सुतिरहन्थ्यो। जसका घरमा बालबालिका छन् उहाँहरूलाई एक दुई वर्षका ससाना बच्चा कस्ता हुन्छन् थाहा नै छ। बच्चाहरू २–३ घण्टा सुत्छन् र उठेर रुन्छन् चिच्याउँछन् र फेरि सुत्छन्। यस्तो प्रक्रिया चलिरहन्छ । तर यो बच्चा एक महिनासम्म हर समय सुतिरहेको भेटिइन्थ्यो। मेरो शंका झन् बढ्दै गयो र एक दिन मैले सोधे, यो बच्चा किन सधै सुतिरहन्छ?

उदार र करुणाका खानी भएका भद्रभलाद्मीहरु हो!माग्नेले सडकमा सुताइरहेका बच्चालाई करुणामय भएर हेर्नुको साटो त्यसका पछाडि लुकेको भयानक तस्विरलाई सम्झनुहोस् 

ती माग्नेले नसुने झै गरिन् र घोसे मुन्टो लगाएर आफ्नो टाउको अाफूले लगाएको ज्याकेटले छोपिन्। मैले फेरि आफ्नो प्रश्न दोहोर्याएँ। उनले टाउको उठाइन् र दिक्क लागेको भावसहित मेरो पछाडि कतै टाढा हेरिरहिन्।

भागी हाल यहाँबाट” अस्पष्ट फुस्फुसाहट निस्क्यो मुखबाट।

बच्चा किन सुतिरहन्छ, म झण्डै चिच्याँए। पछाडिबाट एक बृद्ध मानिसले मेरो काँधमा हात राखेर भने, तिमी उनबाट के चाहन्छौ देख्दैनौ उनको जीवन कति कठिन छ?,  हँ ? यसो भन्दै उनले एक मुठी चानचुन पैसा माग्नेको थालमा हालिदिँए। माग्ने महिलाले आफ्ना हात आकाशतर्फ उचालिन् र सर्वकालिक पिडित र करुण अनुहार बनाइन्। वृद्धले मेरो कुमबाट हात हटाए र घरतर्फ लागें। मलाई पक्का विश्वास छ, उनले आफ्ना परिवारजनलाई आज मेट्रो स्टेशनमा आफूले कसरी एक अवला नारीको एक हृदयहिन मानिसबाट रक्षा गरे भनी सुनाउनेछन् ।

अर्को दिन मैले आफ्नो एउटा साथिसँग कुरा गरें। यो साथी रमाइलो थियो। रुमानियन नागरिक उसले साढे तीन बर्ष जतिमात्र विद्यालयको मुख देखेको थियो र पनि शहरमा महङ्गा विदेशी गाडीमा घुम्न र झ्यालै झ्याल र बालकोनीहरू भएको घरमा बस्थ्यो, उसले नपढेर के भयो र? उसबाट मैले माग्ने व्यवसाय ठूलो ब्यापारको सानो हिस्सा मात्र भएको चाल पाँए। हेर्दा वास्तविक लागे पनि यो ब्यवसाय संगठित छ र संगठित अपराधिक समुहहरूबाट सञ्चालित हुन्छ। यसमा प्रयोग भएका बच्चाहरू जड्याहाहरूका परिवारबाट भाडामा ल्याइएका वा चोरिका हुन्छन्।

म बच्चा सधै किन सुतिरहन्छ भन्ने आफ्नो प्रश्नको उत्तर खोजिरहेको थिए। मेरा मित्रबाट शान्त स्वरमा आएको जवाफले मलाई अशान्त तुल्यायो। उसले सहजताका साथ, उनीहरूलाई लठ्याउने वा मादक पदार्थ दिइएको हुुन्छ” भन्यो।

मैले चकित भएर सोधे, के तिनीहरुलाई हेरोइन वा भोड्का दिइएको हुन्छ?

हो त नि, त्यसैले त ती बच्चाहरु दिनभरी चिच्याउदैनन्” उसले भन्यो।

दिनभरी बच्चा शान्त रहोस् भनेर बच्चालाई भोड्का वा कुनै नसालु पर्दाथ दिइन्छ। बच्चाको शरीरले त्यस्ता पदार्थ पचाउन सक्दैन र धेरै बच्चाहरू मर्छन्। अझ खराब त के छ भने कहिलेकहीं बच्चा दिनमै मर्छ र आमा बन्नेले दिनभरी उसलाई काखमा लिएर बस्छिन्। यो नियम नै हो। बटुवाहरूले थालमा केही पैसा हालिदिन्छन् र बिचरी एक्ली आमालाई सहयोग गरी पुण्य कमाइयो भन्ने ठान्दछन्।

भोलिपल्ट म आफ्नो पत्रकारिताको आत्मविश्वास बोकेर फेरि त्यो ठाउँमा गए। तर सबै उल्टो भयो। ती महिला सधै झै भुईमा बसेकी थिइन् तर उनको हातमा अर्कै बच्चा थियो। मैले ती महिलालाई यो बच्चासम्बन्धी कुनै कागजात छन् र हिजो अस्तीको बच्चा कता गयो भनी सोधे। उनले मेरो प्रश्नलाई बेवास्ता गरिन् तर बटुवाहरूले त्यसो गरेनन्। उनीहरूले दिमाग खुस्किएको भनेर स्टेसन बाहिर निकाले। पुलिस बोलाइयो तर ती महिला र बच्चा त्यहाँबाट बिलाइसकेका थिए। मलाई लाग्यो म पहरामा टाउको ठोक्दैछु।

जब तपाई बाटोघाटोका छेउकुनामा काखमा बच्चा लिएर माग्दै गरेकी महिलालाई देख्नुहुन्छ र पैसा दिने सुरमा हुनुहुन्छ भने एकपटक गम्भीर भएर सोच्नुहोस्। यदि हजारौं लाखौं रूपैयाँ यसरी भिक्षा दिइरहने हो भने यो ब्यवसाय बाच्न सक्छ, तर भोड्का र नशालु वस्तु दिइएका अनगिन्ति बच्चाहरु भने अकालमा मरिरहनेछन् ।

उदार र करुणाका खानी भएका भद्रभलाद्मीहरु हो!माग्नेले सडकमा सुताइरहेका बच्चालाई करुणामय भएर हेर्नुको साटो त्यसका पछाडि लुकेको भयानक तस्विरलाई सम्झनुहोस् ।

auxx.me बाट साभार याे लेख नेपाल रिडर्सका लागि दामोदर उपाध्यायले भावानुवाद गर्नुभएकाे हाे । 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया