Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यसकारण अमेरिकाले रसियासँग संवाद गर्नुपर्छ

पेपे एस्कोबार पेपे एस्कोबार
साउन २५, २०७५
- रिडर्स डिस्कोर्स, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भविष्यका इतिहासकारहरूले एक्काइसौं सदीको युरेसियाको नयाँ र भब्य खेलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मार्च १ को भाषणलाई खेलनै उलटपुलट गर्ने चालका रुपमा बुझ्नुपर्छ। यसका कारणबारे सुक्ष्म व्याख्या रुसी सैन्य/जलसैन्य विश्लेषक एन्द्रेइ मात्र्यानोभको पुस्तक, लुजिङ्ग मिलाटरी सुप्रिम्यासीट ; दी मायोपिया अफ अमेरिकन स्ट्राटेजिक प्लानिङ मा गरिएको छ।

     यस्तो विश्लेषण गर्न मात्र्यानोभ उपयुक्त पात्र हुन्। सन् १९६० को दशकको सुरुवाति वर्षमा बाकुमा जन्मिएका मात्र्यानोभ सन् १९९० सम्म सोभियत संघका जलसैन्य अधिकृत थिए। १९९० को मध्यमा अमेरिका आएका उनी हाल एक एरोस्पेस फर्ममा प्रयोगशाला निर्देशकका रूपमा कार्यरत छन्। अमेरिका–रुसमा विशेषज्ञता प्राप्त उच्च सैन्य/जलसैन्य विश्लेषक समूहका उनी विशिष्ट श्रेणीको समूहमा पर्दछन् ।

    सोभियत युग र त्यसपछिको शक्ति सन्तुलन पुनस्मरण गर्न एलेक्सिस् दे टोक्वेभाइल र लियो टोल्स्टयको वार एण्ड पिस बाट उद्दरण गर्दै मात्र्यानोभले “अमेरिकी राजनीतिज्ञहरू र रुस बिच अर्थपूर्ण संवाद लगभग समाप्त भएको” अवस्थामा “परम्परागत युद्धमा अमेरिकालाई पछार्न सक्ने” विश्वको एकमात्र राष्ट्र रुसले कसरी प्रतिक्रिया जनाएकोछ भन्ने कुरालाई बडो सतर्कतापूर्वक पहिल्याएका छन् ।

    अन्त्यमा “तपाईंले शत्रुलाई र आफूलाई चिन्नु भएकोछ भने सयौं युद्धहरूको चिन्ता गर्नु पर्दैन,” उजागर हुने तथ्य सुन–त्जुको आधारभूत कथनलाई उपेक्षा गर्नुभन्दा पनि– बढाइचढाई गरिएको र दयनीय तालिमप्राप्त सद्दाम हुसेनको सेनालाई डेजर्ट स्टोर्मको नाममा “एक तर्फी ध्वङ्गसबारे” गरिएको श्रृङ्खलाबद्ध र भ्रामक सकारात्मक प्रचारको जालो च्यात्नु हो ।

    अमेरिकी औद्योगिक–सैन्य–जासुस–सुरक्षा जटिलसाङ्गलोले लगभग वार्षिक १ ट्रिलियन अमेरिकी डलर बजेट प्राप्त गर्छ। यति विंघ्न ठूलो खर्चको औचित्य एउटा घातक बाह्य थ्रेट एक रसिया उत्पादन गर्नु हो। यसै कारणले उक्त जटिसाङ्गलोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रसियासँगको सम्बन्धलाई सामान्यिकरण गर्ने प्रयाससम्म गर्न पनि दिदैन।

    हाल आएर अमेरिकाले एउटा बलियो प्रतिद्वन्दी रुसको सामना गर्नु परिरहेको छ र यो बिल्कुलै नयाँ खेल बन्न गएको छ। यस सन्दर्भमा मात्र्यानोभले सैनिक शक्तिको अर्थमा रुसले पोज गरेका पाँच महत्वपूर्ण क्षमताबारे होसियारीपूर्वक खुलाएका छन् ।

    १. सैन्य कमाण्ड, नियन्त्रण, सञ्चार, कम्प्युटर, जासुसी सूचना, निगरानी र रेकी जस्ता सबै क्षमताहरुमा अमेरिका बराबर वा त्यो भन्दा उन्नत।

    २. इलेक्ट्रोनिक युद्ध क्षमता अमेरिका बराबर वा त्यो भन्दा उन्नत ।

    ३. नयाँ हातहतियार प्रणाली अमेरिका बराबर वा त्यो भन्दा उन्नत ।

    ४. अमेरिकी वायुसेना शक्तिको दाँजोमा उन्नत वायु सुरक्षा व्यवस्था ।

    ५. अमेरिकी साम्राज्यका सैनिक अखडाहरू र सिङ्गो अमेरिकी भूमिमा निसाना साँध्न सक्ने लामो दुरीका सबसोनिक, सुपरसोनिक र हाइपरसोनिक क्रुज मिसाइलहरू।

    यस्तो अवस्थामा कसरी पुगियो त?

    अमेरिकी सैन्यको पौराणिक कथनको खण्डन

    मात्र्यानोभको तर्क छ कि नयाँ सहश्राब्दीको पहिलो दशकभर रुसले “संलग्न प्रविधि–चक्र, स्थानीयकरण र म्यानुफ्याक्चरिङको सम्बन्धमा आफ्नो स्थानबारे बुझ्नमा नै समय व्यतित गर्‍यो।”

    यसको विपरित ठूलो र विकसित अर्थतन्त्र भएर पनि जर्मनीले, “आफ्नै स्रोतस मग्रीबाट एउटा उत्कृष्ट फाइटर–जेट निर्माण गर्न सक्दैन” जबकी रुसले सक्छ। जर्मनीमा अन्तरिक्ष उद्योग छैन रुसमा छ ।”

    अमेरिकामा रुससम्बन्धी “विशेषज्ञ” भनिन्छन्, – तिनीहरुले प्रविधिमा भएको यस्तो छलाङ्लाई देख्न सकेनन्: “तिनीहरूले वास्तविक मुद्रीकृत अर्थतन्त्र र आधुनिक युद्ध सूचना नियन्त्रण व्यवस्था वा अत्याधुनिक फाइटर जेट उत्पादनमा संलग्न अर्थतन्त्र बिचको भिन्नतालाई पहिल्याउनै सकेनन् ।”

    सो पुस्तकमा मात्र्यानोभले प्रसस्त उदाहरणहरू प्रस्तुत गरेका छन्। उदाहरणका लागि, “कुनै अनावश्यक तामझाम बिनै… रुसले आफ्नो बोरे–क्लास नामक प्रोजेक्ट 955 र 955A को ब्यालेस्टिक मिसाइल पनडुब्बीहरु (SSBNs) जडित जलसैनिक परमाणु प्रतिरक्षा प्रणाली अपग्रेड (उन्नत) गरेको छ।… यो त्यो कार्यक्रम हो जसबारे सुन्दा १० वर्ष अगाडि रुससम्बन्धी ‘विशेषज्ञहरू’ हाँसेर उडाउँथे। अहिले उनीहरू हाँसिरहेका छैनन्।”

    पुस्तकको मूख्य मनशाय एउटा अमेरिकी सेनासम्बन्धी पौराणिक कथनहरुलाई पर्दाफास गर्नु हो। त्यसमा गम्भीरताका साथ दोस्रो विश्व युद्धको पुनर्मूल्याङ्कन र साथै कसरी सोभियत जलसेनाले अमेरिकी जल सेनासँगको प्राविधिक कमीलाई १९७० को मध्य तिर नै पुरा गर्दै थियो भनेर पुनर्लेखाजोखा गरिनुपर्छ। त्यसबेलासम्म यसले प्रतिरक्षाका लागिमात्र समुद्रीबल तयार गर्दैथियो। “सोवियत जलसेना, आज रूसी जलसेना,” व्यापक अर्थमा एक उद्देश्यका लागि बनाइएको थियो: त्यो हो, समुद्रबाट सोवियतसंघमाथि नाटो (NATO) ले गर्नसक्ने हमला रोक्नु।

    सोभियत संघ अन्त्य पछि, रूसलाई अनवरत पूर्वतर्फ अघि बढिरहेको नाटोका कदम– (जुन पिता जर्ज बुस र मिखाइल गोर्वाचोभ बिच भएको भनिएको सहमतिको उल्लङ्घन), रोक्न ठोस रणनीति तयार गर्नु अपरिहार्य बनेको थियो।

    यसले हामीलाई पवित्रमध्ये पनि पवित्र प्रिय फराकिलो मार्ग लाग्ने मन्त्र “रुसी आक्रमण” जप्ने अवस्थामा पुर्‍याउँछ। “नाटोलाई ठूलै क्षति पुर्‍याउन सामर्थ्य भएता पनि” मात्र्यानोभ हामीलाई स्मरण गराउँछन् “रुसले युरोपेली देशहरूलाई आक्रमण वा ध्वस्तु गर्नु जब कि ध्वंश भएका वा सैद्धान्तिकरूपले अधिनस्थ युरोपेली देशहरू भन्दा स्वन्त्र र सम्पन्न युरोपेली देशहरू नै रुसका लागि उपयोगी छ” ।

    ब्रेजेन्स्कीको दुःस्वप्नको प्रभाव

    “आधुनिक भु–राजनीतिक पुनव्यवस्थालाई पकडमा राख्ने असफलता” पुस्तकको सातौं अध्यायले हामीलाई अर्को अप्रत्यासित अवस्थामा पुर्‍याउछ । यसले सन् २०१५ मा मस्कोमा आयोजना गरिएको विजय परेडमा पुटिन र चिनिया राष्ट्रपति सि जिन पिङ मञ्चमा सगैं बसेर– “युरेसियाका दुई शक्तिशाली राष्ट्रहरु अब अमेरिकी विश्व दुरदृष्टिबाट पूर्ण स्वतन्त्र गरिरहेको घोषणा” दृष्यले ब्रेजेन्स्की दुस्वप्न सम्झना गराउँछ ।

    त्यसपछि सिरियामा रुसको अभियान; ७ अक्टोबर, १९१५ का दिन, क्यासपियन सागरमा रहेको सानो रुसी पनडुव्वी सैनिक जहाजबाट सिरियाको आईएसआई लक्षित ६ वटा ३ एम१४  क्रुज मिसाइल पापाँच सेकेण्डको अन्तरालमा बर्सायो। अमेरिकी थियोडर रुज्बेल्ट र त्यसका युद्धपोतहरूले तुरन्तै सन्देश पाए– यथासक्य चाँडो पर्सियन गल्फ त्याग।

    त्यसपछि, सन्देश चर्को हुँदैछ: पूर्वीमध्य, ब्ल्याक सी वा “रुसी जलसैन्य क्षेत्र” अरु खाले विरोधी निषेधित क्षेत्र बन्दैछन् ।”

    मात्र्यानोभ लेख्छन्– क्यास्पियन गाथाको यस रसियाली क्यालिबर शस्त्रको मारले सिकाएको पाठ भनेको, “पहिलो पटक शक्तिको प्रतिक ठानिने अमेरिकी एकाधिकार खुलारूपले आधिकारिक रूपमै तोडियो र विश्वले पनि यो पाठलाई मनन गर्‍यो।

    कसरी डोनबास क्षेत्रमा र विशेष गरि सिरियामा रुसले अमेरिकी भुराजनीतिक र सैनिक फाँइफुट्टी उदाङ्गो बनायो” भनी मात्र्यानोभले स्पष्ट पारेका छन् । मेरो विश्लेषणमा सिरिया–युक्रेन अन्तरसम्बन्ध हालको “अमेरिकामा इतिहासमा कहिल्यै नदेखिएको रुस विरोधी हिष्टेरियाको कारण हो ।

    हेल्सिन्कीमा पुटिनले ट्रम्पलाई प्रदान गरे जस्तै फेरि बल अमेरिकी कोर्टमा पुगेको छ। तर “ अमेरिकी इलाइटको अज्ञानता, चरम घमण्ड र निराशाको घातक मिश्रणलाई नजरअञ्दाज गर्न सकिदैन,” मात्र्यानोव सचेत रहन आग्रह गर्छन्।

    आफ्नो निर्वाचन अभियानको क्रममा, ट्रम्पले शित–युद्ध पछिको अन्तर्राष्ट्रिय (अ)ब्यवस्थाको सामना गर्नेछु भनेर अनेकौं पटक बोलेका थिए। तर हेल्सिन्कीले ट्रम्पको “ दलदल सफाई अभियान” को सामू एउटा हलचल नै गराउन नसकिने वस्तु (रुस) उभिएको देखाएको छ किनभने “दलदल”ले कसैको ट्रिलियन डलरको शक्ति बचाइ राख्न कसैलाई बन्दी बनाउन दिनेछैन ।

    यसको विपरित, रुसी कुटनीतिले (एक पटक यसै हप्ता पुटिन स्वयंले) पुनपुष्टि गरेका छन् – दोस्रो शित युद्धबाट बच्नका लागि जे पनि गर्न छूट छ भन्नु अशिष्टता हो ।
    तर रुसका नयाँ पुस्ताका हातहतियारहरु रक्षा मन्त्रालयले अनावरण गरेको छ र ती मध्ये केही पहिले नै सञ्चालनमा आईसकेका छन् ।

    ‘पर्ल हावरको स्टालिनग्राडसँग भेट’

    यो एकदमै प्रष्ट छ कि किसिंजरको लडाई गराएर शासन गर्ने रणनीतिहरु झै राष्ट्रपति ट्रम्पले पनि दुई ध्रुवका युरोशियाली चीन र ईरानसँगको रूसी राजनीतिक / आर्थिक कनेक्टिविटीलाई कमजोर बनाउने नीति अख्तियार गर्न खोज्दैछन् ।

    तर पनि सम्भवत दलदलले बृहत दृष्य आंकलन गर्न सक्दैन— जस्तो रुसबारे वास्तव मै गहिरो ज्ञान राख्ने दुई अमेरिकी विद्वानहरूको हेर्नै पर्ने वार्तालाप । प्रोफेसर स्टेफन कोहेन र प्रोफेसर जन मियरसेइमर भन्दछन्: केही पनि गर्न सकिने छैन जब रुसोफोबिया (रुसी त्रास) नै देशको मुलुकी ऐन बन्दछ ।

    बारम्बार, हामीले पुटिनको मार्च १ को भाषणमा दोहोर्‍याउनु पर्ने हुन्छ, जसले मात्र्यानोभको बुझाईमा अमेरिकालाई, “सैनिक–प्राविधिक ‘पर्ल हावरको स्टालिनग्राडसँग भेट’ गरायो ।”

    मात्र्यानोभले कसरी अत्याधुनिक रुसी हतियार प्रणालीले विशाल रणनीतिक–र ऐतिहासिक–विध्वङ्श ल्याउँछ भनी सविस्तार ब्याख्या गरेका छन्। हाल आएर सबै प्रकारका ब्यालिस्टिक प्रतिरक्षा प्रणालीलाई निकम्मा बनाउन सक्ने” प्रक्षेपण क्षमतासहितका ब्यालिस्टिक मिसाइलले अमेरिका र रुस बिचको मिसाइल ग्याप केवल “प्रविधिगत तलवितल” मात्र हो भन्ने सावित गरेको छ । ट्रम्पवादको शब्द सापटी लिंदा अब स्टार वार र त्यसका सह–उत्पादनहरू “रद्दि” बनेका छन् ।

    मात्र्यानोभले ब्याख्या गरे जस्तै किन्झलले “ भूराजनीतिक, रणनीतिक, कार्यनीतिक, मनोवैज्ञानिक रूपमा र सञ्चालन क्षमताले नै पूर्ण रूपले खेल परिवर्तन गर्न सक्छ ।” सारमा “नाटोका कुनै आधुनिक र भावी आकाश–सुरक्षा प्रणालीले माथि उल्लेख गरे जस्तो क्षमतताको एउटा मिसाइललाई पनि छेक्न सक्नेछैन ।

    यसको अर्थ, अन्य कुराहरूसहित-बारम्बार जोड दिएर भन्दा-सिङ्गो पर्सियन खाडीको कुरा छोडौं, सिङ्गो पूर्वी भुमध्यसागर पनि पूर्णरूपले निषेधित बन्न सक्छ। यस्तो विषमता भन्दा धेरै अगाडि पनि कुरा बढ्ला, यो युद्ध र सैन्य–प्रविधिमा नयाँ नमूनाको पूर्ण अवतरणको विषय हो।

    मात्र्यानोभको पढ्नै पर्ने पुस्तक वास्तवमा मिथकको भ्रम तोड्ने हतियार हो । यो सद्दाम हुसेन संस्करण जस्तो होइन, यो वास्तव मै अस्तित्वमा छ। पुटिनले चेतावनी दिए जस्तै “त्यस बखत उनीहरूले हाम्रा कुरा सुनेनन्।” के अहिले सुनिरहेका छन् त?

    JULY 21, 2018 1:06 PM  को एशिया टाइमस्को लेख जसलाई  दामोदर उपाध्यायले भावानुवाद गर्नु भएको हो ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पेपे एस्कोबार

      पेपे एस्कोबार

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.