सार्सको आतड्‍क नेपालमा वि. सं. २०६० साल यता हरेक वर्ष चर्चा बढ्दो छ। विश्वमा यसको वारम्वार महामारी फैलींरहँदा यसको बचाउ र उपचारको खोजी भइरहेको छ तर यसको उत्पति कारण र उत्पति स्थलमा समेत अस्पष्टता छ।

यसको संक्रमण पहिलो पटक नोभेम्वर २००२ मा चीनको डुआडोङ प्रान्तमा भएको पश्चिमाहरुले प्रचारमा ल्याएका थिए। तर जरो पत्ता लगाउँदै जाँदा २० फरवरी २००३ मा मात्र हनोइको अस्पतालमा एउटी भियतनामी विरामी भर्ना हुन आइपुगिन्:–क्यानडाको टोरन्टोबाट।

अहिलेसम्म यस रोगको उत्पति कारकमा समेत सन्देह नै छ। कोरोना जातिको कुनै आनुवांशिक विकसित गरिएको भाइरसले यो महामारी गराइरहेको छ। तर, फ्लू गराउने कोरोना भाइरसले रोगको प्राकृतिक इतिहास चक्र अनुरूप आफ्नो रोग लगाउने शक्ति (virulence) विकास गरेको हो कि? कुनै प्रयोगशालामा कोरोना जातिको रोग लगाउने शक्तिलाई विकसित गराइएको हो ? यी प्रश्नहरूका उत्तर समयक्रममा जनस्वास्थ्य शास्त्रीहरूले दिनेछन्।

‘सार्स जैविक आतड्‍क हो?’ यस्तो प्रश्न सोध्दै विश्व स्वास्थ्य संगठन सिएरो, न्यु दिल्लीले एउटा पर्चामा “त्यस्तो नहुन सक्छ” भन्ने लेखेको छ। यो जैविक आतड्‍क होइन, भने यसवारेमा किन विश्वका संचारमाध्यमहरू क्षणक्षणमा मृत्युसंख्या गनिरहेका छन्। जब कि २००० सालको जनगणना अनुसार सवा २ करोड जनसंख्या भएको हाम्रो मुलुकमा स्वास–प्रस्वाससम्बन्धी संक्रमणहरुकै कारणले हरेक वर्ष १५ हजारको मृत्यु भइरहेको छ। २०६० वैशाख २२ गते यो लेख तयार गरिरहेका दिनको समाचार अनुसार नेपालको सुदूर पश्चिमाञ्चलमा ३८ व्यक्तिको दादुराले मृत्यु भएको छ, अन्ततः दादुराबाट हुने मृत्यु प्रायजसो स्वास–प्रश्वासको जटिलताले हुने गर्दछ। तर डेढ अरव जनसंख्या भएको मुलुकमा २०० व्यक्तिको मृत्यु हुँदा संसार कमाउने गरी किन कोकोहोलो मच्याइँदैछ ? यसैगरी १९९४ मा १ अरव जनसंख्या भएको भारतको गुजरातमा प्लेगले ६८ जनाको ज्यान लिँदा पनि मच्याइएको थियो।

प्रचार आतड्ढ मच्चाउने कार्यमा आमसंचार/स्याटेलाइट संचारमात्र सकृय छैनन्: – इन्टरनेट र अवैध तरिकाले सूचना संकलन मार्फत् आतड्‍क मच्चाउन विभिन्न गिरोहहरू सकृय रहेको पर्दाफास भइरहेकोे छ। विभिन्न समयमा तेस्रो विश्वका आर्थिक वृद्धि र विकासमा गति लिन शुरू गरेका मुलुकहरूमा वारम्वार किन महामारी चल्ने गर्दछन् र यस्ता माहामारीको कुरालाई भय सिर्जना गर्नेगरी किन प्रचार हुने गर्दछन् ?

यी महामारीको सन्दर्भमा पश्चिमाहरू प्रचारमा मात्र सकृय रहेका छैनन्, संक्रामक किटाणु/ जिवाणुहरूको विकास र प्रसारण कार्यमा समेत संलग्न रहेका देखिन्छन्। अझ पेकिड्स्थित विश्वस्वास्थ्य संगठनका पदाधिकारीले डुआड्जोड्बाट १००० किलोमिटर दूरी नाघेर (यी बीचको स्थानमा नफैलिइकन) पेकिड्मा सार्सको महामारी आइपुग्नुलाई महाआश्चर्य मानेका छन्। यसरी दिनहुँ रहस्यमय बन्दै गइरहेको सार्स माहामारीलाई सन्दर्भको रुपमा लिदैं पश्चिमाहरुको विगतका कृयाकलापहरुबारे र तिनीहरुको लक्ष्य र चर्चा गर्नु सान्दर्भिक बनेकोछ। सार्स र अन्य संक्रामक माहामारी विशाल र घना जनसंख्या भएका मुलुकहरूमा बेलाबेलामा देखिइनुको कारणकावारेमा गरिएका विभिन्न अनुमानहरू अध्ययनबाट सत्य सावित हुदै गएका छन्।

यसपटकको सार्स महामारी द्रूततर आर्थिक वृद्धि हासिल गर्न लागेका चीन र भियतनाम मात्र होइन, एशियाली दैत्य सिड्डापुर र ताइपेइमा समेत फैलिएको छ। यस माहामारीले विकासको नमूना भनिने अमेरिकाको नाकैमुनी पश्चिमा संसारको अर्को नमूना क्यानडा समेतलाई लपेट्यो। माहामारी शास्त्र (Epidemiology) ले अबको विश्वले संक्रामक रोगको भन्दा असंक्रामक रोगको भार बोक्ने अनुमान गरिरहेको थियो, तर सार्स देखिनु र एड्स जस्ता संक्रामक रोगहरूको महामारी चल्नुले सो अनुमानलाई पुष्टि गर्न सकेन। यसैगरी क्यानडामा पनि यस्तो माहामारी चल्नुको कारणले तेस्रो विश्वका मुलुकहरूमा जनस्वास्थ्यको अव्यवस्थापनका कारणले महामारी हुने मान्यतालाई समेत खण्डित गर्‍यो। हाम्रो देशमा पनि सरूवा रोगको भार कम हुँदै गएको र असंक्रामक रोगको भार बढ्न थालेको भनिन्छ। यसै निहुँमा मुटु रोग, क्यान्सर, स्नायुरोग सम्बन्धित विशेषज्ञजन्य अस्पतालहरू राष्ट्रले सहनै नसक्ने व्ययभार बोकेर निर्माण र स्थापना हुन थालेका छन्। यी अस्पतालहरूले जिल्ला र गाउँस्तरका स्वास्थ्यसंस्थाहरूलाई थोत्रा धर्मशालामा परिणत गरिदिएका छन् भने विश्व बैड्कलगायत अन्तर्राष्ट्रिय वित्तीय संघ–संस्थाहरूले हाम्रा जस्ता मुलुकहरूलाई सामाजिक सेवाहरूमा व्यय नगर्न निर्देशन दिएकाले जनस्वास्थ्य सेवा पड्गु वनेको छ। यस्तो अवस्थामा संक्रामक महामारी फैलनु आश्चर्यको विषय नै होइन।
संक्रामक माहामारी फैलनु विकसित मुलुकका लागि गोहीका आँसु बगाउने र आफूसँग भएका पुराना प्रविधिहरू फोहोरको डालोमा विसर्जन गर्ने सुनौलो अवसर हो। विगतको ५० को दशकमा विकसित मुलुकहरुले तेस्रो विश्वका मुलुकहरूलाई औलो उन्मूलनका लागि डिडिटी पाउडर र टिवि नियन्त्रणका लागि मोवाइल एक्सरे मेसिन फाल्ने डम्पिङ बनाएका थिए । वर्तमानमा पनि सार्स माहामारीको कारण तेस्रो विश्वका मुलुकहरूले टि.एन. ९५ र टि.एन. १०० नामक प्रयोग गरेको आठ घण्टापछि फाल्नुपर्ने मुखौटो र पञ्जाहरूको भिक्षादानले उनीहरुका कमण्डलु भरिनेछन्। तर, अन्तर्राष्ट्रिय औषधि व्यापारी तेस्रो विश्वका मुलुकहरूमा खपत हुनसक्ने एन्टिभाइरल औषधि, स्टेराइड औषधि (यी दुवै औषधिहरूको कामबारे औषधिशास्त्रले सन्देह मान्ने गरेको र स्टेराइडलाई ज्यादै खतराजनक औषधि मानेको छ), पारासिटामोल, कृत्रिम सास फेराउने खलाँति (Ventilator) को बजार सर्वेक्षण गर्ने तयारीमा जुटेका छन्। सार्स माहामारीका अहिलेको परिप्रेक्ष्यमा विकसित राष्ट्रको तत्कालीन कार्यनीति व्यापार बनेको छ भने रणनीति खतरनाक छ।

सार्स महामारीको प्रसारण भएका मुलुकलाई हेर्दा तिनीहरूवीचका स्वभाव मिल्दाजुल्दा देखिन्छन्– त्यो के भने घना आवादी वा विशाल जनसंख्या र ती मुलुकहरूमा विकसित मुलुकलाई थर्काउने गरी भइरहेको आर्थिक वृद्धि। यो स्वभाव विकसित साम्राज्यवादी मुलुकका लागि सहन सकिने विषय होइन। आफुद्वारा कच्चामालको शोषण र स्रोतको दोहन गरेर तयारी वस्तुको बजारकारूपमा रहेका मुलुकमा आर्थिक वृद्धि हुनु र आफ्नो वजार विस्तार हुन नसक्नु साम्राज्यवादी मुलुकका लागि सैह्य विषय नुहनु स्वाभाविक हो। अनि अर्को स्वभाव तेस्रो विश्वको जनसंख्याको वृद्धि उनीहरूका लागि सैह्य विषय नभएको आजको सन्दर्भ होइन, बिशौ शताव्दीदेखि नै हो। त्यसैले तेस्रो विश्वका मुलुकमा “जनसंख्या बढ्न नदिन जस्तोसुकै मूल्य चुकाउन” उनीहरू लागेका थिए र छन् पनि।

विकसित मुलुकका लागि तेस्रो विश्वमा भइरहेको जनसंख्या विस्तारबारे ज्यादै चनाखो रहेको कुरा प्रशिद्ध दार्शनिक बर्टेण्ड रस्सेलले १९२९ मा राम्ररी पर्दाफास गरेका छन्। उनले लेखेका छन् – “जनसंख्या राजनैतिक भाषामा शक्तिको प्रमुख स्रोत हो …जनसंख्या बृद्धि पश्चिमीहरूको निष्कर्षमा राजनैतिक, आर्थिक तथा सैनिक शक्तिको फेरबदल हो, त्यसले पश्चिमाहरूको शक्ति घटाउँछ र अपश्चिमाहरूलाई शक्तिशाली बनाउँछ।” पश्चिमाहरू जनसंख्यासँग ज्यादै गम्भिर छन् भन्ने कुरा अमेरिकी सरकारले १९७४ मा तयार पारेको राष्ट्रिय सुरक्षा अध्ययन मेमोर्‍याण्डम–२००० मा “तेस्रो विश्वका बढ्दो जनसंख्यालाई अमेरिकी सुरक्षामा एउटा बढ्दो खतरा” को रूपमा चित्रण गरेकाले बताउँछ। यसैगरी समाजवादीहरूले पनि विशाल जनसंख्यालाई राजनैतिक शक्तिका रूपमा व्याख्या गर्ने गरेका छन्। चीन १९५०को दशकमा परिवार नियोजन लागूू गराउन तयार भइसकेको थियो । तर, १९५७ मा माओ र ख्रुस्चेभको कुराकानी पछि सो योजना लागूू गर्न रोकियो। यस भेटघाटमा ख्रुस्चेभले भने “सोभियत संघ अबको १५ वर्ष पछि अमेरिकीको हाराहारीमा पुग्नेछ”। यस कुराको सहमतिका साथ माओले भने “चीन वेलायत सरह हुनेछ।” यसैवेला माओले युद्धको सम्भावनाको चर्चा गर्दै भने “मानौ युद्ध भयो, कतिको ज्यान जाला ? अहिले संसारको जनसंख्या करीव २ अरव ७० करोड छ, सो युद्धमा एकतिहाई या भनौ आधा संख्या मर्लान् । जनसंख्याको आधा भाग बाँच्लान्। तव साम्राज्यबाद उन्मूलन हुनेछ र समाजवादले विश्व विजय गर्नेछ।” यस्तो किसिमको बातचित भएकोवारेमा जिसेन नामक एक चीनिया“ अनुसन्धानकर्ताले एक लेखमा लेखेका छन्।

यसैवेला देखि जनसंख्या अन्तर्राष्ट्रिय राजनीतिको एउटा एजेण्डा बन्यो  पश्चिमाहरू जनसंख्या नियन्त्रणको लडाईमा “जस्तोसुकै मूल्य चुकाउन तथा माध्यम र तरिका अपनाउन” तयार भए  उनीहरूको लुप्त रणनीतिक लक्ष विश्वमा रहेको अपार सम्पत्ति र आफुसँग रहेको अधिकारको पुनर्वितरण हुन नदिन रह्यो र रहेको छ।  तेस्रो विश्वमा भएको जनसंख्या बृद्धिले ती राष्ट्रहरूमा मात्र उथलपुथल ल्याउँदैन, अन्तर्राष्ट्रिय आर्थिक सम्वन्धहरूलाई समेत राजनीतिकरण गर्दै पुनर्वितरणको माग गर्दछ। यसो हुनाले पश्चिमाहरूले अफ्रिकी र एशियाली मुलकहरूमा जनसंख्या नियन्त्रण गर्न विभिन्न हत्कण्डा अपनाइरेहका छन्।

हाल एड्सलगायत अन्य महामारीहरू पोलियो, विफरका खोपहरू तथा अन्य तरिकाहरूद्वारा जानाजान विकसित वा प्रसारण गराइरहेको कुरा लाओसका उस्मान नासरा गसिड्डेले एचआइभी/एड्स र दमन कूटनीति नामक एक लेखमा विस्तारपूर्वक चर्चा गरेका छन्। १९५७ देखि १९६० सम्म लाखांैको संख्यामा दिइएको खोपहरू मार्फत् एचआइभी अफ्रिकामा पुग्यो (सुरुमा पोलियो खोपको सूईमात्र थियो, खाने थोपा थिएन)। यस कुरालाई वैज्ञानिकहरूले ठाडै अस्वीकार गरे तर १९९० को शुरूमा ६०० व्यक्तिलाई लिइएको अन्तर्वार्ताले एड्स भाइरस पोलियो खोपबाट नै पुगेको ९७ प्रतिशत ठोकुवा गरिएको कुरा गसिड्गेले लेखेका छन्।

एड्स माहामारी फैलाउन विफरको खोप पनि प्रयोग गरिएको थियो भनिन्छ। वेलायतबाट प्रकाशन हुने लण्डन टाइम्स मइ ११, १९८७ ले त्यसको मुख पृष्ठमा लेखेका थियो “विफरको वचाउका लागि ५–७ करोड अफ्रिकालीलाई विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा दिइएको खोपले एड्सको संख्यामा बृद्धि ल्यायो”। खोपको प्रयोग त विवादको विषय बन्यो। त्यो भन्दा पर इजरायलले समेत आनुवांशिक परिवर्तित ब्याक्टेरिया तयारी गरी अरबवासीको संहार गर्ने प्रयत्न गरेको थियो। यस सन्दर्भमा १५ नवेम्वर १९९८ को लण्डनबाट प्रकाशित हुने सण्डे टाइम्सले यस्तो व्याक्टेरिया हावामा छर्किइने र पानीमा मिसाइने योजना रहस्योद्घाटन गर्‍यो। यस्तै प्रकृतिको संहार कार्य भने दक्षिण अफ्रिकाका काला जातिमाथि भएको थियो। दक्षिण अफ्रिकाको रसायन तथा जैविक गट्ठाघरका निर्देशकले उनलाई ८० को दशकमा “पिगमेन्टेशन वेपन” काला जातिमाथि वर्साउन उत्पादन गर्न लगाइएको बताएका थिए। यो कुरा उनले छानविन तथा मेलमिलाप आयोगमा बकपत्र गरेका छन्। सो आयोगको प्रतिवेदन अनुसार काला जातिलाई संहार गर्न प्रदुषित वियर, खोपहरू तथा खाद्यपदार्थ मार्फत् संक्रमण प्रसारण गरिएका थिए। उनीहरूलाई संहार गर्न अन्य तरिकाका रूपमा चुरोटमा एन्थ्राक्स, दूधमा वोटुलिज्म र रक्सी तथा पेय पदार्थमा पुराक्सोन मिलाइएका थिए।

यस्ता खाले धेरै दुष्प्रयत्नहरू तेस्रो विश्वमा पटक पटक गरिएका छन्। यस्तो प्रयत्नबाट क्युवा समेत वच्न सकेन। १९९७ मा क्यूवाले उसको आलु खेतीमा अमेरीकी जहाजले ‘थ्रिप पालमी’ नामक जैविक तत्व खसालेको कुरा संयुक्तराष्ट्र संघका अधिकारी समक्ष बतायो तर अमेरिकी सरकारले यसको खण्डन गर्दै क्युवाको अनुमति लिएर लागूू औषधको खेती नाश गर्न कोलम्वियामा प्रवेश गरेको बतायो। यस कुरालाई क्युवाले स्वीकारेन र खण्डन गरिरह्यो र उसको लेनीन स्टेटको वागवानी फाराममा अमेरिकाले सेतो खैरो घोल छरेको प्रत्यक्षदर्शीको हवाला दिइ नै रहयो।

रसायन तथा जैविक उत्पादनहरू चतु¥याइपूर्वक उत्पात मच्चाउने कार्यका लागि प्रयोग भइरहेका छन्। सि.आई.एको संलग्नतामा नै अमेरिकाले फोर्ट ड्रेटिकमा राष्ट्रिय क्यान्सर संस्थाद्वारा संचालित भाइरल क्यान्सर प्रोग्रामलाई बढाएको थियो। १९६९ मा रिचार्ड निक्सनको जैविक युद्ध र हातहतियार भन्डार गर्ने योजनाका साथ सो संस्थालाई नयाँ अनुसन्धानात्मक कार्यहरू गर्न लगाएका थिए। सो समय क्यान्सरजन्य भाइरसको उत्पादन व्यापक मात्रामा गरिएको थियो।

जनसंख्या नियन्त्रण गर्न विकसित मुलुकहरूले विश्वमा खासगरी अफ्रिका माहादेशमा अनेकौं प्रयोग गरिएका छन्। एड्सको बचावटको नाममा गर्भनिरोधक कण्डमको प्रबर्द्धन गरिएको छ। एड्स भाइरसको प्रसारण रोक्नमा यो जायज मान्न सकिन्छ तर यसको लुप्त मनशाय तेस्रो विश्वमा जनसंख्या नियन्त्रण गर्ने उनीहरुको रणनीतिक कार्य हो भन्ने विर्सन हुँदैन। किनकि उनीहरूले जनसंख्या नियन्त्रण गर्न अमानवीय तरिकाहरू समेत अपनाइरहेकोवारे गसिड्गेले पर्दाफास गरेका छन्। पूर्वी अफ्रिकामा बारम्बार चलेको इवोला संक्रमण, एड्सका व्यापक प्रसारण, वारम्वार युवतिहरूको गर्भ तुहिनु र निदान गर्न नसकिएका कैयन रोगहरू अमेरिकी सहयोगबाट प्राप्त पोलियो खोपको कारण हो। यस्ता घटना संसारमा बढी जनसंख्या दर भएको मुलुक नाइजेरियामा हुनुलाई पनि उनले पश्चिमाको जनसंख्या नियन्त्रणको रणनीतिको सीमाभित्र व्याख्या गरेका छन्।

माथिका प्रयत्न र क्रियाकलापहरू अहिलेको सार्स माहामारीसँग सम्बन्धित नरहेको जस्तो लागेपनि हरेक माहामारी विकासोन्मुख मुलुकबाट नै शुरूवात हुनुले तेस्रो विश्वका मुलुकहरू जैविक तथा रसायन शास्त्रहरूको जुनैबेला पनि शिकार हुनुपर्ने सम्भावना रहेको सूचना दिन्छ। सरूवा रोगको माहामारी जनस्वास्थ्यको अव्यवस्थापनको कारणले हुने गर्दछ भन्ने अव तथ्यसंगत देखिएन। यसो भए क्यानडाको टोरन्टोलाई यस महामारीले छुन सक्ने थिएन।

यस महामारीलाई प्लेग, एड्स जस्तो घातककारूपमा तुलना गर्न सकिँदैन र हुँदैन। यो हल्ला गरिए जस्तो ज्यानमारा होइन। तर, यी क्षेत्रहरूमा गरिने हवाइ उडानहरुसमेत निषेध गरिएका छन् र प्रचारका पश्चिमा संयन्त्रहरू अहोरात्र यी मुलुकहरूका सरकारको असक्षमता(?) बारे फुकिरहेका छन्। यसो गर्नुमा एशियाली मुलुकहरूमा भइरहेको बढ्दो आर्थिक तथा पर्यटन विस्तारलाई बाधा पुर्‍याउने पश्चिमा शक्तिहरूको लुप्त रणनीति हो। यस रणनीतिभित्र जनसंख्या नियन्त्रणदेखि आर्थिक बृद्धि हुननदिने वातावरण निर्माण गर्ने लक्ष्यहरू समेत समाविष्ट छन्। अन्तत यस्ता महामारीका घटनाहरू चिकित्सकीय हस्तक्षेपले मात्र हुननसक्ने कुरालाई स्मरण गर्दै विकसित मुलुकको शक्तिआर्जन गर्ने र तेस्रो विश्वलाई विकसित हुन नदिने कुटिल मनशायको संगठित भण्डाफोर गर्नु आवश्यक छ, नत्र घना आवादी, बढी जनसंख्या दर भएका मुलुक र आर्थिक विकास गरिरहेका र सम्भावित मुलुकहरूमा बारम्वार घटिरहने छन्।
(नेकपा एमालेको राजनैतिक मुखपत्र नवयुग मासिक जेठ २०६० वर्ष १३ अंक ७ जुन–जसलाइ २००३ बाट साभार)

फेसबुकबाट तपाईको प्रतिक्रिया
कोमल भट्टराई
लेखक समसामयिक राजनीति, समाज र जन-स्वास्थ्य सम्बन्धमा कलम चलाउछन्।