नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो। समसामयिक नेपाली विमर्शको महत्वपूर्ण दृष्टि आजको ‘समृद्ध नेपाल’ का लागि हुनुपर्छ । यसर्थ यस मञ्चले नीति तथा मुद्दाहरुलाई सघन विमर्श गर्नेछ, प्रसार गर्नेछ र निष्कर्षमा पुर्याउन प्रयत्न गर्नेछ र प्राप्त निष्कर्षहरुलाई अभिलेख गर्नेछ ।
यो नेपालभित्रका मात्र होइन, विश्वमा विस्तारित नेपाली राष्ट्रियताका साथै नेपालसम्बन्धी सकारात्मक चासाे व्यक्त गर्ने हरेक प्राज्ञहरुको पनि मञ्च हो ।
यस अनलाइनबाट प्रसारण हुने सामग्रीहरु न्यूनतम बौद्धिक तथा प्राज्ञिक स्तर हुनेछन्। यस अनलाइनमा हाम्रो विमर्शलाई सान्दर्भिक हुने नयाँका साथै,अन्यत्रै प्रकाशित भएका भए पनि लेख–रचना राखिनेछन्। ती विभिन्न संघ–संस्थाहरुले आयोजना गरेका गोष्ठी तथा छलफल कार्यक्रमका श्रव्यदृष्य सामग्री तथा प्रतिवेदन, प्रकाशित भैसकेका पुस्तकका सान्दर्भिक परिच्छेद, अध्ययन–अनुसन्धान प्रतिवेदन, पुराना दस्तावेजहरु समेत हुनसक्छन् । त्यस्ता सामग्रीहरु उपलब्ध गराइदिनु हुन सबैमा हाम्रो अनुरोध छ।
यसमा प्रकाशित कुनै पनि सामग्रीमाथि तपाईँको पूरक विचार, समानान्तर विचार, आलोचनात्मक टिप्पणी, प्रश्न या प्रतिक्रियालाई हामी स्वागत गर्दछाै। तपाईँका विचारमाथि अरु कसैका प्रश्न, आलोचना, टिप्पणी वा प्रतिक्रिया आएपछि फेरि तपाईँको प्रतिक्रियाको अपेक्षा गर्दछाै । बहस–विमर्शको यस्तो प्रक्रिया निरन्तर चलिरहने छ।
नीतिगत मुद्दाहरुसम्बन्धी विमर्शलाई जति सकिन्छ सघन बनाउनु हाम्रो उद्देश्य हो। यसर्थ अहिले नभैरहेको तर हुनुपर्ने बहस, छलफल, खोज, अनुसन्धानको विषयका बारेमा हामीलाई जानकारी दिनुहुनेछ भन्ने अपेक्षा राख्दछौं।
अन्तमा स्मरण रहोस् कि यो समाचारप्रमुख अनलाइन होइन तर राज्य, सरकार तथा कर्पोरेट हाउसका साथै सामाजिक जीवनका सबै क्षेत्रका सार्वजनिक नीतिमा सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने गतिविधिहरु यसका डोमेन भित्र पर्नेछन्।
अस्तु ।
नेरि संचार फाउण्डेसनद्वारा सञ्चालित नेपाल रिडर्स डटकम
नेरि सञ्चार फाउण्डेसनका अध्यक्ष श्री विष्णु पन्थीद्वारा प्रकाशित नेपाल रिडर्स डटकमका लागि
सञ्चालकः द्वारिका प्रसाद न्याैपाने
प्रधान सम्पादक : कोमल भट्टराई
उप सम्पादक : गौतम राई
बरिष्ठ संवाददाता: मेनुका बस्नेत
डेस्क एडिटर : महेश पाण्डेय
व्यवस्थापन : उषाकिरण तिम्सेना
बजार तथा लेखा : बिदुर शमशेर रोका
कम्पनी दर्ता नं. – २१७६१३/७५/०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. – १४५३/०७६-७७