Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

नेपाल रिडर्स नेपाल रिडर्स
मंसिर ९, २०७७
- इतिहास, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाली राजनीतिमा एकै बाका तीन छोरा प्रधानमन्त्री बने : मातृकाप्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला। ती बा कृष्णप्रसाद कोइराला थिए। तीन प्रधानमन्त्रीमध्ये  पहिलो नागरिक प्रधानमन्त्रि मातृकाप्रसाद कोइरालाका कान्छा छोरा हुन् कमल कोइराला। परिवारका अधिकांस सदस्यहरू कांग्रेस राजनीतिमा होमिए तर कमल कम्युनिष्ट राजनीतिमा ख्यालख्यालमै होमिए र रमाए। उनै पाका राजनीतिज्ञ कमल कोइरालासँग नेपाल रिडर्सले उहाँका बारे तथा उहाँले देखेभोगेका नेपालको राजनीति र अभ्यासबारे श्रृंखलावद्ध कुरा गरेको छ। यो पहिलो श्रृंखला हो :

    बगाउने घट्टेकुलो र न्युरोडको फोटो स्टुडियो
    मेरो जन्म बिराटनगरमा वि.सं. १९९८ साल वैशाख ९ गते भएको हो। म अहिले ८३ वर्षको भएँ। सात महिनाको उमेर हुँदा मलाई काठमाडौं ल्याइएछ। मेरो वाल्यसम्झनामा अहिले पनि घट्टेकुलो छ। उतिखेर घट्टेकुलो बार्है‍ महिना बग्थ्यो। सानातिना माछा खेलेको पनि देखिन्थ्यो। त्यस सामुन्ने सडक थियो। शहर बाक्लो र घना थिएन।

    ‘धियापुता’ भन्दै रूवाबासी गर्दै शवका पछाडि हिँड्थे बच्चाका आमाहरू। मेरी आमा भने मलाई ‘के हेरेको झ्यालबाट ?’ भन्दै कोठातर्फ तान्नुहुन्थ्यो। शोकको दृश्य हेर्न दिनुहुन्नथ्यो।

    यतिखेरको सम्झनामा मैतिदेवी मन्दीर आइरहन्छ। त्यहाँ  खास जातिका बच्चाहरूको शव जलाउने चलन थियो क्यार। ‘धियापुता’ भन्दै रूवाबासी गर्दै शवका पछाडि हिँड्थे बच्चाका आमाहरू। मेरी आमा भने मलाई ‘के हेरेको झ्यालबाट ?’ भन्दै कोठातर्फ तान्नुहुन्थ्यो। शोकको दृश्य हेर्न दिनुहुन्नथ्यो। सम्भवत: त्यतिखेर म चार वर्षको हुँदो हुँ। मलाई बच्चामा बिराटनगर लैजाने र काठमाडौं ल्याउने गरिँदो रहेछ।

    त्यही भएर मैले एकपटक आमालाई सोधें, ‘मेरो जन्म त बिराटनगरमा भएको हो। तर पनि मलाई किन काठमाडौंको धेरै सम्झना छ?’ आमाले भन्नुभयो, ‘तिमी बिराटनगरमा जन्मिएतापनि तिमीलाई सात महिनाकै उमेरमा काठमाडौं ल्याइएको हो।’ म आठ महिनाको हुँदा मेरा बाआमाले काठमाडौंमा फोटो खिचाउनु भएको रहेछ। त्यतिखेर नेपालमा एउटा मात्रै स्टुडियो थियोः विष्णुध्वजले चलाएको काठमाडौं न्युरोडको ग्रयान्ड स्टुडियो। पछि त्रिभुवनको पालामा ती फोटोग्राफर सर्दार भए; सर्दार विष्णुध्वज।

    उलिनकाठ र घोडा चढेर काठमाडौं 

    उतिखेर बिराटनगरबाट काठमाडौं आउन ४–५ दिन लाग्थ्यो। बिराटनगरबाट बयलगाडीमा जोगबनीसम्म अनि त्यहाँ उत्रेर रेल चढ्ने। एक रात रेलमा, एक रात रक्सौलमा र एक रात भीमफेदीमा। काठमाडौं आइपुगिसकेपछि पनि एक रात थानकोटमा बास बसेर मात्रै भित्री काठमाडौं आइपुग्न सकिन्थ्यो। कुलेखानी हुँदै काठमाडौं आइपुगिन्थ्यो। त्यति सानो उमेरमा आमा र मेरा माइला काका बिपी कोइराला मलाई लिएर काठमाडौं आएका रहेछन् ।

    विश्वेश्वरचाहिँ घोडामा चढेर आएका रहेछन् त्यतिखेर। आमा उलिनकाठमा, मचाहिँ आमाको काँखमा बसेर आएको रहेछु।

    ‘देवर विश्वेश्वर पनि सँगै आउनु भएको हो’ भनेर आमाले पछि मलाई बताउनुभएको हो। विश्वेश्वरचाहिँ घोडामा चढेर आएका रहेछन् त्यतिखेर। आमा उलिनकाठमा, मचाहिँ आमाको काँखमा बसेर आएको रहेछु। उलिनकाठलाई डोली पनि भनिन्छ, जसलाई चारजना डोलेले बोक्ने गर्छन्। गुन्टाहरूचाहिँ सिपाहीहरूले आफ्ना डोकामा बोकेका हुँदाहुन्। उतिखेर अति सस्तोमा श्रम गर्थे मान्छेहरू। गुन्टा र बाकस नबोकी यात्रा गर्न सम्भव हुन्थेन त्यस समय। किनभने कतै पनि होटल र लजहरू थिएनन्। एकाध ठाउँमा बास बस्न मिल्थ्यो, खाना खाएपछि मात्र बास बस्न पाइने हुन्थ्यो।

    टंकप्रसाद आचार्यका बाको होटल थियो भीमफेदीमा। चित्लाङ र काठमाडौंको थानकोटमा पनि थिए उहाँका होटलहरु। उतिखेर होटलमा बस्न पाइए पनि बिच्छ्यौना उपलब्ध हुन्थेन, यात्रुले आफैं बोकेर हिँड्नुपर्थ्यो। त्यतिखेर मेरा बाआमा काठमाडौं भोटेबहालको सर्दार कालीदासको घरमा बस्नुहुँदो रहेछ। त्यो घर पछि लिलाम भयो क्यार। त्यस घरको भने मलाई याद छैन। आमाले भनेका कारण मात्र थाहा पाएको हुँ।

    झण्डै बगाएन घट्टेकुलोले 
    सानो बेलाको एउटा घट्ना थोरैथोरै याद छ। हामी खेलिरहेका थियौं क्यार घट्टेकुलातिर। मोहन कोइराला (कवि र सुशील कोइरालाका सहोदर ठूलोबाको छोरा) र मेरा दाजु विमलको साथमा थिएँ म। घट्टेकुलामा बाढी आएको थियो। हामीहरू खेल्दै थियौं र कुनै स्थानीय किसानले ‘बच्चा बग्यो, बच्चा बग्यो’ भनेर करायो। दाइहरू अल्लि ठूला थिए, म सानो। कोइराला– कोइराला भएका हुनाले मोहन पनि घट्टेकुलैतिर बस्थे। पछि दाइहरूले मसँग भने –एक फेर तँ झण्डै खोलामा बगेको थिइनस्, ज्यापुले ननिकालेको भए के पो हुन्थ्यो! आमाले पनि त्यसबारे बताउनुहुन्थ्यो। बगाउँथ्यो वा बगाएको थियो भन्ने मलाई त पत्यार छैन। सत्यभन्दा गफ पनि हुनसक्छ। केटाकेटी छ, खोलाले बगाउला भनेर यसै घिच्याएर त्यस किसानले अत्याइदिएको मात्र पनि हुनसक्थ्यो।

    कोइराला–कोइराला भएका हुनाले मोहन पनि घट्टेकुलैतिर बस्थे। पछि दाइहरूले मसँग भने –एक फेर तँ झण्डै खोलामा बगेको थिइनस्, ज्यापुले ननिकालेको भए के पो हुन्थ्यो!

    हजुरबासँगको भेट
    मेरो हजुरबा कृष्णप्रसाद कोइरालासँग भएको भेटचाहिँ मलाई प्रष्ट याद छ। विक्रम सम्वत्‌को एक सालको घटना हुनुपर्छ। मेरा बा मातृकाप्रसाद कोइरालाको बन विभागको जागिर राणाहरूले खाइदिएका थिए। बिराटनगरबाट हजुरबा कृष्णप्रसाद कोइरालालाई राणाहरूले पक्रेर काठमाडौं ल्याएका थिए। तर राणाहरूले जागिर फुस्केको एक वर्षसम्म जागिर थामिदिने गर्दा रहेछन्। वैशाखसम्म थाम्ने चलन रहेछ। हजुरबालाई माघ–फाल्गुणतिरै काठमाडौं ल्याइएको थियो। २२ दिन लगाएर बयलगाडीमा हालेर राजविराज, सिरहा, सर्लाही आदि ठाउँ हुँदैहुँदै काठमाडौं ल्याइएको थियो उहाँलाई। मभन्दा २–३ वर्ष जेठा गणेशराज शर्मा (प्रसिद्ध वकिल तथा स्वर्गीय) ले पनि बरियारपुरमा मेरो हजुरबालाई देखेको बताउनु भएको थियो पछि। बरियारपुरमा हाम्रो खेती र बसोबास पनि थियो।

    उतिखेर सिंहदरबार अगाडिबाट सर्वसाधारण हिँड्न पाउँदैनथे। त्यसो हुँदा घट्टेकुलोबाट डिल्लीबजार, डिल्लीबजारबाट वीर अस्पतालको सामने भएर त्रिपुरेश्वर हुँदै त्यहाँ पुगेको थिएँ।

    त्रिपुरेश्वरमा अहिले पनि जुद्ध धर्मशाला छ। सानोमा त्यस दुईतल्ले घरमा पुगेको याद छ मलाई। आमासँगै त्यहाँ गएको थिएँ म। फेरि उतिखेर सिंहदरबार अगाडिबाट सर्वसाधारण हिँड्न पाउँदैनथे। त्यसो हुँदा घट्टेकुलोबाट डिल्लीबजार, डिल्लीबजारबाट वीर अस्पतालको सामने भएर त्रिपुरेश्वर हुँदै त्यहाँ पुगेको थिएँ। राणाकाल नहटुन्जेलसम्म सिंहदरबार अगाडिबाट सर्वसाधारणलाई हिँड्न छुट थिएन क्यार! सेना, प्रहरी र सिंहदरबारमा काम गर्ने प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरू हिँड्न पाउँथे।

    त्यस घरमा हजुरबा कृष्णप्रसादलाई नजरबन्दमा राखिएको थियो। हजुरबालाई भेट्न आउँदै गर्दा बाटोमा मैले एउटा सेतो ढुंगा हातमा लिएको थिएँ। शायद, अन्य ढुंगाभन्दा बेग्लै लागेर होला, ढुंगो हातमै लिइराखेको थिएँ। त्यस घरमा पुगेपछि आमाले त्यहाँ रहेका सबैलाई ढोग्नुभयो। मेरो हजुरआमा र विपीको आमा दुबैजना हुनुहुन्थ्यो त्यहाँ। हजुरबा त्यहाँ नजरबन्दमा हुनुहुन्थ्यो तर ‘कैदी भाग्दैन’ भन्ठानेर होला, प्रहरी भने कतै बाहिर गएको थियो। प्रहरीको पोशाक भने एउटा काठमा झुण्डिरहेको देख्न सकिन्थ्यो। आमाले मलाई  ‘बालाई ढोग्’ भन्नुभयो। मैले ढोगिदिएँ। एकछिनमा मलाई त्यहाँ बस्दाबस्दा पट्ट्याई लाग्यो, झ्यालबाट यताउति हेर्न थालें।

    भिडियो:

    ढुंगो उपहार र काठमाडौंको मुहार
    एकछिनमा हजुरबाले मलाई सोध्नुभयो–तेरो हातमा के छ? मलाई ढुंगा दिन मन नभएका कारण झनै मुठ्ठी कसिदिएँ। तरपनि उहाँले ढुंगा देख्नुभयो र भन्नुभयो–यो ढुंगा मलाई दे, तेरो चिनो राख्छु। मेरी आमाले पनि ‘देदे’ भन्नुभयो। घर र्फकँदा बाटोमा फेरि अर्को ढुंगो टिप्लास् भनेर उहाँले सम्झाएपछि सेतो ढुंगा उहाँलाई दिएँ। उहाँ छुटेर बिराटनगर पुग्न पाउनु भएको भए ‘लौ हेर तैंले दिएको चिनो’ भनेर पछि मलाई देखाउनु पनि हुन्थ्यो होला। तर दुःखको कुरो माघ महिनामा नजरबन्दकै क्रममा उहाँको देहान्त भयो। हामीचाहिँ त्यही सालको कुनै गर्मी महिनामा बिराटनगर फर्क्यौं। हजुरबासँग याद भएको घट्ना यत्ति मात्र हो। अरुले सुनेका, भनेका र सुनाएका किस्सा त थुप्रै छन्।

    केटीहरू चाहिँ ह्वाङलाङ्ङ परेको चीनियाँ सुरूवाल लगाउँथे। स्वास्नी मान्छेहरू चोलो, साडी र फरिया नै लगाउँथे। सानासाना केटाकेटीहरू भने प्रायः नाङ्गैभुतुङै हुन्थे।

    म जतिखेर अलिअलि बुझ्नसक्ने भएँ, त्यतिखेर प्रायः पुरुषहरू दौरा, सुरुवाल र कमिज लगाउँथे। यो काठमाडौं र तराईको कुरा हो। सरकारी कर्मचारीहरू दौरा, सुरुवाल, कोट र टोपी नै लगाउने गर्थे। केटीहरू चाहिँ ह्वाङलाङ्ङ परेको चीनियाँ सुरूवाल लगाउँथे। स्वास्नी मान्छेहरू चोलो, साडी र फरिया नै लगाउँथे। सानासाना केटाकेटीहरू भने प्रायः नाङ्गैभुतुङै हुन्थे।

    जाडोमा स्वेटर अनिवार्य हुन्थ्यो। बिहान–बेलुका त बार्है महिना बच्चाबच्चीलाई स्वेटर लगाउनु आवश्यक थियो।  पछि म बिराटनगर गएरै धेरै बसें।  सबै वर्ष जोड्दा काठमाडौं र बिराटनगरमा बराबर पनि हुन आउला तर बिराटनगरमा धेरै लामो काल बसें। १६–१७ वर्ष भारतमै बसे। आठ कक्षादेखि एलएलबी पास गरून्जेल र निर्वासनमा पुष्पलालहरूसँग बस्दासमेत गर्दा १६–१७ वर्ष भारतमै बित्यो।

    गर्मी र दशैंको छुट्टीमा म नेपाल आउँथे। पंचायती व्यवस्था हुँदा लुकीलुकी नेपाल आउँथे। पंचायथी व्यवस्थाविरुद्ध काम गरेको आरोपमा २ वर्ष काठमाडौंको जेलमा पनि बसें म । २०४६ पछि त प्रायः म काठमाडौंमै बसें। वामदृष्टि राख्ने “दृष्टि” साप्ताहिक पत्रिकाको प्रधानसम्पादक समेत भएँ। मेरो स्थायी बसोबास काठमाडौंको थापागाउँमा भएपनि हरेक वर्ष एक पटक बिराटनगर जान्छु। प्रायः साउनतिर म बिराटनगर पुग्नेगर्छु।

    अपुतालीमा प्राप्त कोइराला वंशको सम्पत्ति
    कोइरालावंश परिवारको सम्पत्तिका बारेमा थुप्रै भ्रमहरू छन् आम जनमानसमा। बिराटनगरमा हाम्रो जुन सम्पत्ति छ, त्यो सबै पुतालीमा प्राप्त सम्पत्ति हो। बाजे कृष्णप्रसाद कोइरालाको आर्जन होइन त्यो। कोइरालाका बारेमा चासो राख्ने धेरैमा भ्रम छ–बिराटनगरको घर कृष्णप्रसादले बनाएको घर हो। बिपी कोइरालाको आफ्नो आत्मवृत्तान्तमा एक ठाउँमा उल्लेख गरेका छन्, ‘हामीहरू बिराटनगरमा बस्दाखेरि हामी नारायणप्रसादको घरमा बस्यौं।’ कोइरालाका हाम्रो पुस्तालाई त थाहै छैन किनभने अरुहरूले त कृष्णप्रसादलाई पनि देख्न पाएनन्। नातिनातिनाहरूमा कृष्णप्रसादलाई मैले र मेरा दाजुले मात्र देखेका हौं। जहाँसम्म अपुतालीको कुरा हो, त्यो नारायणप्रसाद सुब्बाका श्रीमति नैन कुमारी सुवेदीबाटप्राप्त भएको हो।

    कोइरालावंश परिवारको सम्पत्तिका बारेमा थुप्रै भ्रमहरू छन् आम जनमानसमा। बिराटनगरमा हाम्रो जुन सम्पत्ति छ, त्यो सबै पुतालीमा प्राप्त सम्पत्ति हो। बाजे कृष्णप्रसाद कोइरालाको आर्जन होइन त्यो। कोइरालाका बारेमा चासो राख्ने धेरैमा भ्रम छ–बिराटनगरको घर कृष्णप्रसादले बनाएको घर हो।

    हाम्रो परिवारमा खानपिनको कुनै समस्या थिएन। सम्पन्न परिवारमा जन्मेका कारण हामीले नजिकबाट गरिबी पनि देखेनौं। नोकरचाकरहरूबाट मात्रै हामीले समाजमा गरिबी हुन्छ भन्ने भेउ पाएका हौं। उतिखेर बिराटनगरको हाम्रो घरमा दाउरा चिरूवा, भैंसी चरुवा, गाई चरुवा र खाना पकाउने बाजेबज्यै गरेर ४–५ जना भन्दा बढि नोकरचाकर थिए।

    हाम्रो हजुरबाको घरमा अरबी र भोटे घोडा थिए। काका विपी कोइरालालाई घोडाको धेरै नै सोख थियो। आफ्नो जमिन्दारी र खेती हेर्नका लागि घोडा चढेरै जानुपर्ने भएका कारण घोडा आवश्यक थियो त्यतिखेर। गोठमा गाईहरू नै ५०–६० वटा थिए। हामी बस्ने घरपछाडि केवट टोल थियो। उनीहरू खानै नपुग्ने अवस्थाका भने थिएनन्।

    बच्चाहरू किन रोए ?
    बाल्यकालमा मैले खानै नपुग्ने गरीवहरु देख्न परेन। पञ्चायतकालमा आफू भूमिगत भएर हिँड्दा खानै नपुग्ने गरिबहरू पहिलो पटक देखें। पंचायत व्यवस्थाविरुद्ध संगठन गर्दै हिँड्दा म एक पटक मोरङ (झोराहट) बाट ४–५ किलोमिटर टाढाको  गाउँमा आइपुगेको थिएँ। त्यस ठाउँमा हाम्रो खेतीकामत पनि थियो। हाम्रो हजुरआमाका नाममा भएको जग्गा थियो त्यहाँ। शायद, चैत्र–वैशाखतिरको याम थियो होला। गर्मीको बेला थियो। साँझतिर त्यस गाउँमा पुग्दा प्रायः धेरैजसो घरका केटाकेटीहरू रोइराखेका थिए। मैले उनीहरूमध्ये कसैलाई सोधें– किन सबै घरका बच्चाहरू रूँदैछन् ? भोकले गर्दा बच्चाहरू रोएको बतायो कसैले।

    अहिले पनि मुसहर वस्तीहरूमा भोकमरी लाग्नेगर्छ। प्रायः मुसहरहरूको घरमा पेट धान्ने अन्न हुँदैन। उनीहरूको त घर बनाउने जमिन पनि मुस्किलले हुन्छ। घर भन्नु के, छाप्रो न हो।

    त्यतिखेर कतिपय वस्तीमा हरेक वर्ष चैत्र–वैशाखतिर भोकमरी चल्थ्यो। खेतीपाती सुरु भएपछि त ज्याला र मजदुरीका काम पाउँथे मान्छेहरूले। जस्तो कि : हलो जोत्ने, धान रोप्ने र गोड्नेगायतका काम वर्षायाममा पाइन्थ्यो। र, काम नपाइने बेलामा महिनाको २–४ छाक भोकै बस्नुपर्ने वाध्यता हुन्थ्यो उनीहरूलाई। अहिले पनि मुसहर वस्तीहरूमा भोकमरी लाग्नेगर्छ। प्रायः मुसहरहरूको घरमा पेट धान्ने अन्न हुँदैन। उनीहरूको त घर बनाउने जमिन पनि मुस्किलले हुन्छ। घर भन्नु के, छाप्रो न हो।

    डोम जातिका मान्छेहरू भने ढक्कीसक्की बुनेर उनीहरू दुईचार पैसा बटुल्छन् र पेटमा आहारा हाल्छन्। डोमहरू बार्है महिना काम गरिराखेका हुन्छन्। तर मुसहरहरू तथाकथित् ठूला जातकहाँ काम गर्न नपाउँदा भोकै पर्न जान्छन्। कमाएको दिनमात्रै खान पाउँछन्। आज पनि मोरङ र सुनसरीका गाउँहरूमा भोकका कारण बच्चाहरू रोइरहेका भेटिन्छन्।

    भारतबाट नेपाल बसाईँ आएकाहरु निर्धन तर थारू समृद्ध
    विक्रम सम्वत् १५–२० सालसम्म भारतबाट नेपालतर्फ मान्छे बसाईँसराईँ व्यापक भइरहन्थ्यो। कोशी नदीको बिहारका वस्ति बगाउँथ्यो र त्यहाँका मानिसहरु नेपालमा पस्थे। त्यतिखेर कोशीलाई ‘बिहारको अभिशाप’ भनिन्थ्यो। बाढीले पार्ने वर्वादीका कारण त्यो उपमा पाएको थियो कोशीले। त्यतिखेरसम्म कोशी बाँध बनेको थिएन। अहिले त कोशी ब्यारेजका कारण ‘चामलको कचौरा’ बन्यो बिहार।

    त्यतिखेर पहाडेहरूको जनसंख्या पनि कम थियो तराईमा। बिराटनगर–मोरङमा सबैभन्दा बढी जनशंख्या थारूहरूको थियो। १५ सालको भोटर लिस्टमा नाम हेर्ने हो भने थारूहरूकै जनसंख्या बढी थियो।

    त्यतिखेर पहाडेहरूको जनसंख्या पनि कम थियो तराईमा। बिराटनगर–मोरङमा सबैभन्दा बढी जनशंख्या थारूहरूको थियो। १५ सालको भोटर लिस्टमा नाम हेर्ने हो भने थारूहरूकै जनसंख्या बढी थियो। सबैभन्दा बढी नामावली भएकामा राजवंशी, सतार, थारू, गन्गाईँ, कोच, राजबाँतर लगायतका थिए।

    मधेसीहरूमा पनि दुई प्रकारका मधेसी छन्। दक्षिणबाट आएका मधेसी र यहीँका आदीवासी मधेसी। म जन्मेताक तराईमा थारुहरूको वाहुल्यता थियो। कैयन थारूहरूले आफ्ना घरमा कमसेकम १०० वटा हात्ती पालेका हुन्थे। हात्ती पाल्नेहरू त्यतिखेर धेरै धनी र जमिन्दारमा कहलाइन्थे। उतिखेर मोरङ र सुनसरी एउटै थियो, छुट्ट्याइएको थिएन। एक दुई कोस हात्तीका लागि केही पनि होइन, माहुतेले चराएर ल्याउँथ्यो। पर्याप्त जमिन र बन भएका कारण हात्ती पाल्न सहज थियो। धेरैपछि सम्म पनि थारूहरू समृद्ध थिए।

    दानालाल थारुको ३२ सय बिघा जमिन थियो। चैतु चौधरीको ९ सय बिघा जमिन थियो। बद्री मण्डलका पिता लेलु मण्डलको ७ सय बिघा जमिन थियो। गोपीनाथ लप्टनको २५ सय बिघा जमिन थियो। इश्वरचन्द्र ढाडेवा नामका मारवाडीको ३२ सय बिघा जमिन थियो। त्यतिखेर प्रायः सबै जमिन्दारहरू आदिवासी नै थिए। तर सधैं उनीहरूको अवस्था त्यस्तो रहेन। खानलाउन पुगेकै थियो, हात्ती चढ्न पुगेकै थियो। सोही कारण कम परिवारले मात्र स्कुल विश्वविद्यालय गएर पढे।

    विस्तारै उनीहरूमध्ये धेरैले जग्गा बेचे। अहिले थारूहरू पहिलेजस्तो समृद्ध र सम्पत्तीवाल छैनन्। उतिखेर थोरै मात्र आप्रवासीहरू जमिन्दार थिए। दुई तीन जना गुप्ता र एक दुई जना यादवहरू पनि पाइएलान्। सप्तरीतिर चाहिँ सिंह, यादवहरू जमिन्दार थिए।

    सिन्धुलीबाट तराई र चन्द्रशम्सेरको कारवाही
    माथि उल्लेख गरें, बिराटनगरको सम्पत्ति नारायणप्रसाद सुब्बाबाट प्राप्त अपुताली हो। कृष्णप्रसादका जम्मा चार भाइ थिए। बाजे कृष्णप्रसाद पहिले सिन्धुलीबाट काठमाडौंबाट र जनकपुर हुँदै तराई आएका रहेछन्। श्री ३ रणोद्दिप सिंहका पालामा नन्दीकेशर अर्थात् कृष्णप्रसादका पिता कुनै सानोतिनो जागरिमा पनि संलग्न रहेछन्। नन्दीकेशर सिन्धुलीका ठूला विद्धानका रूपमा कहलिएका रहेछन्। कस्ता विद्वान भने उनी पात्रो र चिना मात्र हेर्न जान्ने थिए रे! त्यो जमानामा कसैले काशीमा गएर पढेर–सिकेर आएको छ भनेपछि पुगिहाल्यो। मेरो बाजे ४ वर्षको हुँदा नन्दीकेशर बितिसकेका थिए। जनकपुरबाटै काशीबास गर्न भनेर बुढी हजुरआमा राज्यलक्ष्मी काशीवास गर्न गइछन्। र, पछि कृष्णप्रसादले नेपालको सबै भन्सारको ठेक्का पाएछन्। काका विपी कोइराला र बा मातृका प्रसाद कोइरालालगायतका पुस्तकहरूमा त्यो विषय उल्लेख छ।

    श्री ३ रणोद्दिप सिंहका पालामा नन्दीकेशर अर्थात् कृष्णप्रसादका पिता कुनै सानोतिनो जागरिमा पनि संलग्न रहेछन्। नन्दीकेशर सिन्धुलीका ठूला विद्धानका रूपमा कहलिएका रहेछन्। कस्ता विद्वान भने उनी पात्रो र चिना मात्र हेर्न जान्ने थिए रे!

    कुनै बेला कृष्णप्रसादको ठूलो सम्पन्नता थियो। कलकत्ता गएर वा झिकाएर ब्रिटिस कम्पनीका जुत्ता, कोट र कुक ब्रान्डका घडी लगाउँथे। त्यस समयका चर्चित ब्रान्डहरूको सोख थियो कृष्णप्रसादलाई। भन्सारको ठेक्का पाएकै भएकै कारण उहाँको कमाई राम्रो थियो र सम्पन्न जीवन जिउन असहज थिएन। उहाँले ठेक्का पाएका गोर्खेबजार, दार्जिलिङ, रङ्गेली, हनुमाननगर, सिराहा माडर र कृष्णनगरका भन्सार अड्डाहरु थिए। उहाँ माडरमा बस्नुहुन्थ्यो। त्यहाँ मनमोहन अधिकारीका बा रामचन्द्र अधिकारी पनि बस्नुहुन्थ्यो।

    कृष्णप्रसादले भन्सार उठाएर सरकारलाई पठाउनुपर्थ्यो तर एक सालचाहिँ सरकारलाई तिर्नुपर्ने पैसोमध्ये ९० हजार अड्कन पुगेछ। सबैतिर पैसा उठाउन असहज हुँदा उहाँले तिर्न समयमै सक्नुभएन होला। हजुरबाले केही पैसा तिर्ने म्याद थप गराउन राणाहरूसँग आग्रह गर्नुभयो र तर सरकारले मानेन।

    चिठीमा बाजेले ‘सरकार, जनताको हालत यस्तै छ’ आदि व्यहोरा उल्लेख गर्दै दरबारी भाषामा केके लेखेर पठाउनुभयो कुन्नि। सुनेको न कुरो हो। मलाई अपमान गर्‍यो, गिज्यायो भन्ठाने होलान् चन्द्रशम्सेरले। त्यही रिसमा राणाहरूले कृष्णप्रसादलाई पैसा तिर्ने म्याद थप नगरेका हुन् भन्ने किस्सा पनि छ।

    त्यसमा अर्को किस्सा पनि छ। काका बिपी र बा मातृकाको किताबमा त्यो किस्सा उल्लेख छ। चन्द्रशम्सेरले मेरा प्रजा सम्पन्न छन् भनेर कतै भाषण गरेछन्। अनि त्यसको उत्तरमा कृष्णप्रसाद कोइरालाले उदयपुर या सिन्धुलीतिरबाट आएको कुनै पहाडेको च्यातिएको टोपी र झुत्रे कपडासहितको पार्सल गरेर चन्द्रशम्सेरकहाँ पठाएछन्। सँगै चिठी संलग्न गराएर पठाएछन्।  चिठीमा बाजेले ‘सरकार, जनताको हालत यस्तै छ’ आदि व्यहोरा उल्लेख गर्दै दरबारी भाषामा केके लेखेर पठाउनुभयो कुन्नि। सुनेको न कुरो हो। मलाई अपमान गर्‍यो, गिज्यायो भन्ठाने होलान् चन्द्रशम्सेरले। त्यही रिसमा राणाहरूले कृष्णप्रसादलाई पैसा तिर्ने म्याद थप नगरेका हुन् भन्ने किस्सा पनि छ।क्रमश…

    (नेपाल रिडर्सका लागि प्रकाश अजातले कमल कोइरालासँग गरेको कुराकानीमा आधारित)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.