Date
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
Friday, December 8, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

दुनियाँ बदल्न चाहने सकेसम्म हामीभन्दा बाहिरका धेरैलाई संगठित गरौं। यदि हामीबीच रहेको भिन्नतालाई बदल्न चाहनुहुन्छ भने यसको मतलव छैन कि प्रगतिशील हुनैपर्छ, वामपन्थी हुनैपर्छ र जण्ड क्रान्तिकारी हुनैपर्छ। ज्यादै महत्वपूर्ण प्रगतिशील कुरा भनेको हामी एक गठ होऔं र कारबाही थालौं। र, मलाई आशा छ– तपाईंहरुले यसो गर्न शुरू गर्नुहुनेछ।

नालेदी पान्दोर नालेदी पान्दोर
कार्तिक १०, २०८०
- विचार, विमर्शका लागि, विश्व, सिफारिस
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सर्वप्रथम म यहाँ उपस्थित हुन पाउनुलाई अहोभाग्य हो भन्दै मेरा कुरा शुरु गर्दछु। हालको विश्व अत्यन्त अशान्त वातावरणमा छ। यहाँ सहज छ भनेर म पाखण्ड्याइँ गर्दिन। हामी एक अत्यन्तै चुनौतीपूर्ण विश्व अवस्थालाई सामना गरिरहेका छौं। मलाई यस्तो महशुस कहिले भयो भने सन् २०२१ मा म अफ्रिकी यूनियनको कार्यकारी परिषदको शिखर सम्मेलनमा भाग लिइरहेकी थिएँ। त्यहाँ मलाई कानमा खुसुक्क भनियो, अफ्रिकन यूनियन कमिसनका अध्यक्षले इजराइललाई पर्यवक्षेकका रुपमा आमन्त्रण गरेका छन्। त्यसबेला म कति आतङ्कित भएँ कल्पना गर्नुहोस् त ?

    मैले तत्कालै यसको विरोध गर्ने निर्णय गरें, प्रस्ताव राखेर त्यसलाई रद्द गराउन चाहें। म मेरो प्रस्तावको समर्थन गर्ने राष्ट्रहरु खोज्न थालें। नभन्दै मैले तीनजनाको साथ पाउने भएँ। यसमा मैले The Southern African Development Community (SADC) लाई सामेल गरें। मैले यसलाई कुनै पनि हालतमा हुन दिन्न भनें। यसकारण मैले हात उठाउँदै भने – यहाँ म एक प्रश्न उठाउन चाहन्छु। मलाई (इजरायललाई पर्यवक्षेकका रुपमा आमन्त्रण गर्ने) एक सूचना प्राप्त भएको छ र दक्षिण अफ्रिकी भएको नाताले हामीलाई यसमाथि आपत्ति छ। यो कुनै पनि हालतमा लागू हुनुहुँदैन। हामी चाहन्छौं यसबारे हाम्रा नेताहरुले छलफल गरुन् र दक्षिण अफ्रिकी भएर हामी यसलाई कहिल्यै स्वीकार गर्न सक्दैनौं।

    दक्षिण अफ्रिकी भएर यस्तो निर्णयलाई कहिल्यै स्वीकार गर्दैनौं। हामी हाम्रो स्वतन्त्रता प्राप्त गर्न अफ्रिकी एकता संगठन (Organization of African Unity) ले खेलेको भूमिकाको कदर गर्दछौं।

    तर अफ्रिकन यूनियन कमिसनका अध्यक्षको यस निर्णयबाट हामी अफ्रिकी संघमा रहिरहन सक्छौं र? भन्नेमा हामी सोच्न बाध्य भएका छौं। यस सभामा एकत्रित कैयन मुलुकहरुबाट हामीलाई समर्थन मिल्ला मैले सोचेको थिएँ, तर मैले चाल पाइसकें – उत्पीडक र औपनिवेशिक कब्जाकारी देशहरुले अफ्रिकी देशहरुलाई सहायता तथा अनुदान दिने र गैर–राजनीतिक समर्थन हासिल गर्ने वित्तीय ताकत देखाउँदैछन्। यी दमनकारी राष्ट्रहरु इजराइल र मोरक्को समेत हुन्। तिनले अफ्रिकामा अत्यन्त नकारात्मक भूमिका निभाइरहेका छन्।

    कमरेडहरु! म प्रष्टाप्रष्टी भन्दैछु किनकि यस बैठक–कक्षमा तपाईंहरुमध्ये बहुसंख्यक ट्रेड यूनियन नेताहरु हुनुहुन्छ या प्रगतिशील संगठनका अगुवाहरु हुनुहुन्छ। तर, तपाईंहरुले अफ्रिका महाद्वीपका सरकारहरुलाई सम्झाउने आफ्नो कर्तव्य निर्वाह गर्न विफल भइरहनु भएको छ। र, दक्षिणका अन्य मुलुकहरुले यस्ता स्थितिहरुलाई सहन गर्न सक्दैनन्।
    प्रगतिशील संगठनहरुले एक शव्द पनि नबोली सरकारको सदस्यका रुपमा यस्तो विषयलाई हाम्रो जिम्मामा मात्र छोड्न मिल्दैन । यो असहनीय हो र यसलाई जारी राख्न सकिदैंन। यसकारण म यस सम्मेलनबाट आशा गरिरहेकी छु – तपाईंहरु निर्णय लिन लाग्दै हुनुहुन्छ– व्यूँझनुहोस्! व्यूँझनुहोस्!! व्यूँझनुहोस्!!!

    इजरायलसम्बन्धी भएको निर्णय कार्यान्वयन भएको छैन र कमरेड तपाईं त्यहाँ होउन्जेलसम्म हुने छैन भनी नभन्नुहोस्। अब विश्वभरका सबै प्रगतिशील युनियनहरूसँग कुरा गरेर तपाईंहरुले के गर्ने हो भन्नुहोस्।

    संयुक्त राज्य अमेरिकामा यूनियनहरु कमजोर या बलिया जे सुकै हुन्, तिनीहरुले राष्ट्रपति बाइडेनलाई यो स्पष्ट गरिदिनु पर्छ– हालको नरसंहारलाई हौस्याउने तिम्रो वक्तव्यलाई प्रशंसा गर्दैनौं। बेलायतका यूनियन आन्दोलनहरुबाट पनि यस्तै नै गरिनु पर्छ। हामीलाई हाम्रा कर्तव्यहरु थाहा छ, यद्यपि हाम्रो सांगठनिक क्षमता के कस्तो अवस्थामा छ मलाई जानकारी छैन, किनकि अत्यन्त दमनकारी राज्यमा शासित हुँदा पनि दक्षिण अफ्रिकी नेताका रुपमा हाम्रो ट्रेड यूनियन आन्दोलन सक्षम थियो। रङ्गभेद राज्यका विरुद्धको संघर्षपछि यस्तो देखिएको छैन।

    प्रगतिशील मूल्य र सिद्धान्तहरुको ह्याक भइसक्यो र ह्याक गरिरहेका छन् र ह्याक गर्नेछन्। अब वामपन्थको आवाज सुन्न र खोज्न कठिन छ, यहीकारण हामीहरु पुनर्जीवित हुनु या बौरिनु जरुरी छ। हामीहरु संगठित हुनु जरुरी छ, हामी स्मार्ट हुनु जरुरी छ, हामी रणनीतिक हुनु जरुरी छ।

    हैन, यस्ता सबै प्रगतिशील नेता कहाँ हराए र हामी किन संगठित हुन सकिरहेका छैनौं ? हामी एउटा कोठामा करीव ३०० जनामात्र बस्ने अवस्थामा किन आइपुग्यौं, यस्तो वेला कम्तिमा ३,००० हुनुपर्ने होइन र?

    यहाँ केही न केही गडबडी भएको छ र यसैकारण म भनीरहेकी छु– हामी एक अशान्त विश्वमा छौं र यसलाई हामीले बुझ्नु जरूरी छ कि विश्व वातावरणमा परिवर्तन आएको छ। यहाँ जे जस्तो हुँदैछ– त्यो एक नजानिदों तरिकाबाट हुँदैछ। प्रगतिशील मूल्य र सिद्धान्तहरुको ह्याक भइसक्यो र ह्याक गरिरहेका छन् र ह्याक गर्नेछन्। अब वामपन्थको आवाज सुन्न र खोज्न कठिन छ, यहीकारण हामीहरु पुनर्जीवित हुनु या बौरिनु जरुरी छ। हामीहरु संगठित हुनु जरुरी छ, हामी स्मार्ट हुनु जरुरी छ, हामी रणनीतिक हुनु जरुरी छ।

    एउटा कुरा मैले महसुस गरेकी छु– कुनै पनि मिठा भाषणले सहयोग गर्दैन, यस्तो महान प्लाटफर्ममा राम्रो भाषण गरें भनेर मलाई राम्रो लाग्न सक्छ। तर भोलिका दिनमा मेरा आग्रहहरु कार्यान्वयनमा आएनन् भने त त्यो मेरो भाषण बेफ्वाँकको भइहाल्यो नि।

    त्यसैले मलाई आशा छ, अब एक प्रक्रिया अगाडि बढ्दैछ– यसका लागि कमरेड इरिन जिम र कमरेड चिराले सबै युनियनहरूका जो सुकै हुन् आफ्ना समकक्षीहरूसँग भेट गर्नु हुनेछ। र, उहाँहरुले भन्नुहोस्– दक्षिण अफ्रिकी ट्रेड यूनियन आन्दोलनको नेतृत्व हामीलाई गर्न दिनुहोस् र आउनुहोस् हामी एक महिनासम्म हाम्रा कुनै पनि यूनियनहरुले कुनै पनि परिवहनबाट इजरायली सामान नउठाउने कुरामा सहमत होऔं।

    केवल एउटा कुरा, हाम्रो नेतृत्वको आह्वान शक्ति छ वा छैन, हामीले ध्यान पुर्‍याईं राखौं। यो हप्ता संयुक्त राष्ट्र संघ समक्ष धेरै प्रस्तावहरू आउँदैछन्। हामीले त्यो प्रक्रियामा हाम्रो नजर राख्नुपर्छ। के त्यहाँ ठीक प्रस्तावहरु आइरहेका छन् । आज प्यालेस्टाइनी जनताहरुलाई सहयोगको सख्त आवश्यकता छ। उनीहरूलाई औषधि–उपचारका सामानहरु चाहिएको छ। उनीहरूले घाउहरूमा पट्टी बाध्न पाएका छैनन् । त्यहाभित्र ठीकठीकै व्यवस्था थियो तर तिनीहरुलाई ध्वस्त बनाइएको छ। हामी यस बारेमा के के गर्न सक्छौं। प्रत्येक दक्षिण अफ्रिकीलाई सोधौं।

    हामी सवा ६ करोड दक्षिण अफ्रिकी सबैले भनौं – हामी सबैले केही न केही खाद्य या चिकित्सा सामानहरु सहयोग गर्नु पर्छ र ती सामानहरुलाई प्यालेस्टिनीसँगैको इजिप्टसीमामा पुर्‍याइदिन कुनै न कुनै एयरलाइनलाई मनाऔं। यी सामानहरु वितरित गर्न राजी गराऔं। केही न केही गरौं, कमरेडहरु कुरा गर्न बन्द गरौं किनकि विश्वको अवस्था आतङ्कपूर्ण छ। यसकारण हामीलाई केही रणनीतिकार संगठनकर्ताहरुका लागि असल मानिसहरुको खाँचो छ। हामीले केही संख्यामा मात्र होइन, दुनियाँ बदल्न चाहने सकेसम्म हामीभन्दा बाहिरका धेरैलाई संगठित गरौं। यदि हामीबीच रहेको भिन्नतालाई बदल्न चाहनुहुन्छ भने यसको मतलव छैन कि प्रगतिशील हुनैपर्छ, वामपन्थी हुनैपर्छ र जण्ड क्रान्तिकारी हुनैपर्छ। ज्यादै महत्वपूर्ण प्रगतिशील कुरा भनेको हामी एक गठ होऔं र कारबाही थालौं। र, मलाई आशा छ– तपाईंहरुले यसो गर्न शुरू गर्नुहुनेछ।

    जहाँसम्म अफ्रिकी यूनियनमा इजरायलको पर्यवक्षेकको रुपमा उपस्थित गराउने प्रस्ताव थियो, मेरा अध्यक्षका सहयोगका कारण हाललाई स्थगन गर्न सकिएको छ। तर अफ्रिकी यूनियनको टेबलबाट फिर्ता नै भइसकेको भने होइन। त्यसकारण तपाईंहरुलाई यसबारे चनाखो भइरहन अनुरोध गर्दछु। यति भन्दै म आफ्ना भनाइ अघि बढाउँछु।

    एक प्यालेस्टिनी पत्रकारको हत्या गरिनु ठिक तर क्यानडाको पत्रकारको हत्या हुनु बेठिक। यो कुन प्रकारको मूल्य प्रणाली हो?

    हामीले स्वीकार गर्नु जरुरी छ, विकासशील दक्षिण बढ्दो वैश्विक तनावका बीच फसेको छ। दक्षिण एक सजातीय इकाई भएकाले यो कुरा यहाँ बोल्नु हुँदैन भन्ने मलाई थाहा छ। तर आफ्नो अनुभवका आधारमा म तपाईंहरु समक्ष भन्न सक्छु– यो, यो क्षेत्र हो, जहाँ हामीलाई चाहिएको जण्ड क्रान्तिकारी परिवर्तन गर्ने जग र विचार छ। यसकारण म उत्तर (विकसित मुलुक) लाई होइन दक्षिणका मुलुकहरुतर्फ हेर्छु।

    मेरो विचारमा हामीले देखिरहेको वैश्विक तनावलाई प्रतिक्रिया दिन सामूहिक कारबाही अन्तर्राष्ट्रिय ऐक्यवद्धता र वैश्विक सहयोगलाई प्रवर्द्धन गर्नु जरुरी छ। हामीले दक्षिणपंथी राष्ट्रवाद, उग्रवादका साथ–साथै पपुलिज्म बढिरहेको देखिरहेका छौं।

    कमरेडहरु!
    एकातिर खटाइएका मिडियाहरुलाई संलग्न गराएर हल्लाबोल गरिन्छ एक प्यालेस्टिनी पत्रकारको हत्या गरिनु ठिक तर क्यानडाको पत्रकारको हत्या हुनु बेठिक। यो कुन प्रकारको मूल्य प्रणाली हो? हिजो इराक घटनादेखि आज हाम्रा आँखा नै अगाडि शिरिन अबूको हत्या गरिदाँसमेत हामी चुपचाप बस्ने गरेका छौं। म दुखित छु– तर तपाईंहरु उद्देश्यपूर्ण मिडियाको सक्रिय समर्थक हुनु जरुरी छ, जुन मिडियाले संतुलित र सत्य लेख्न तथा बताउन सकोस्। त्यो मिडिया नै होइन जसले झूट्टो बोल्छ/लेख्छ र घटनाको एक चौथाई बोल्छ। त्यसैले हामीले विश्वमा बढिरहेको असमानता लगायत सबै कुराहरुमाथि ध्यान दिऔं। हामीलाई थाहा छ कि विश्वको अर्थव्यवस्थाले असमान वितरण र अन्यायपूर्ण परिणाम तथा उपलव्धीहरु ल्याइरहेको छ। चुनिन्दा विकसित देशहरुलाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्न बाध्य पारिदैन तर विकासशील मुलुकहरुलाई आफ्ना जनतालाई सेवाहरु उपलव्ध गराउन समेत नदिई ती नियमहरु पालना गर्न जवरजस्ति गरिन्छ।

    गत वर्ष घाना अविश्वसनीय वित्तीय मन्दीको सामना गर्दैथ्यो, त्यसले आईएमएफको सहयोग माग्यो। र यसै वर्ष आईएमएफबाट ऋण प्राप्त गरेपछि घानामा आश्चर्यजनक वृद्धि भएको भनेर आईएमएफले अचानक रिपोर्ट दियो। तर त्यहाँ कुनै कुराको लेखाजोखा गरिएको छैन। घानाका बालबच्चाहरु कतिले स्कुल जान सके, के उनका स्कूलमा शिक्षकहरु भर्ति गरिए, के बालबच्चाहरुले अस्पताल गएर उपचार पाए? कतिले आवास पाए?

    आईएमएफ ऋणको पहिलो तारो नै सार्वजनिक सेवा हो। यसकारण यो महत्वपूर्ण छ, हामीले केवल सहायता प्रदान गरियो भन्ने मात्र हेर्नु हुदैंन। कुनै पनि विकसित देशहरुले विकासशील विश्व र जलवायु परिवर्तनप्रति आफ्ना प्रतिबद्धताहरुलाई पूरा गरेका छैनन्। हामीलाई भनिदैंछ– तपाईं कोइला प्रयोग गर्न बन्द गर्नुस्। तपाईंहरु कार्वन उत्सर्जन कम गर्नुस्। तपाईंहरु यो गर्नुस् त्यो गर्नुस् आदि। ती विकसित मुलुकहरुसँग विकसित हुन हजारौं वर्ष थियो तर तिनीहरुका मागहरु पूरा गर्न हामीले यति चाडै नै विकासका कामहरु रोक्नु पर्छ– भनिन्छ। मैले यसो भन्न खोजेको होइन कि कोइला हामीले प्रयोग गर्नै पर्छ। म यो भनिरहेको छैन कि हामीले कार्वन उत्सर्जन गर्न कम गर्नु हुँदैन। मलाई गलत नसम्झनुस्, मैले भन्न खोजेको के हो भने उपयुक्त संसाधन उपलव्ध नभई विकासशील देशहरुसँग जे मागहरु गरिदैछ ती मागहरु असम्भव हुन्। त्यसैले यसको परिणाम यस्तो भयो कि दीगो विकास लक्ष्यहरुलाई हासिल गर्न कठिन हुँदै गएको छ।

    यसै वर्ष हामीले संयुक्त राष्ट्र संघको महासचिवबाट संकेत के पायौं भने आजको विश्व सकारात्मक दिशामा बढ्न त टाढाको कुरा वास्तवमा पछाडितर धकेलिदैंछ। अत्यधिक गरीबी, अत्यधिक असमानता, अत्यधिक बेरोजगारी बढ्दो छ। यसकारण हाम्रो विचारमा हाम्रो समयको मूलभूत संकटहरुले अन्तर्राष्ट्रिय अनुक्रियाको माग गर्दछ। हामीले स्वीकार गर्ने हो भने विश्व तीव्रताका साथ विभाजित हुँदैछ। तर यसले आर्थिक न्यायका पक्षपातिहरुलाई वास्तवमा प्रगतिशील विकल्प बनाउने दिशामा काम गर्न अवसर दिदैंछ। विश्वभरमा प्रगतिशील शक्तिलाई वैश्विक बहसहरुमाथि अत्यधिक प्रभावित गरेर बहुध्रुवीयता र एक सुदृढ निष्पक्ष तथा अत्यधिक समावेशी बहुपक्षवादमा जोड दिनु अति जरूरी छ।

    आईएमएफबाट ऋण प्राप्त गरेपछि घानामा आश्चर्यजनक वृद्धि भएको भनेर आईएमएफले अचानक रिपोर्ट दियो। तर त्यहाँ कुनै कुराको लेखाजोखा गरिएको छैन। घानाका बालबच्चाहरु कतिले स्कुल जान सके, के उनका स्कूलमा शिक्षकहरु भर्ति गरिए, के बालबच्चाहरुले अस्पताल गएर उपचार पाए? कतिले आवास पाए?

    हामी चुप लागेर बस्नु हुँदैन, उच्च आवाजले हाम्रो विचारलाई प्रसार गर्नु जरुरी छ। हामीले आफ्नो अर्थव्यवस्थालाई आम लोककल्याणका लागि उन्मुख गराउनु आवश्यक छ। हामीले यस पृथ्वीको रक्षाका लागि सबै आवश्यक उपाय अपनाउनु आवश्यकता छ। विश्वको चुनौतिहरु सुहाँउदो एक भिन्न प्रकारको बहुपक्षीय संस्थाहरुको आवश्यकता भएको हामीले स्वीकार गर्नै पर्छ।
    मेरो विचारमा कैयन अपर्याप्तता हुँदाहुँदै पनि संयुक्त राष्ट्र संघ राजनीतिक सुरक्षा र विकाससम्बन्धी निर्णय लिनका लागि प्राथमिक केन्द्र बनिरहोस्। हामीले यूएन प्रणालीलाई पूर्णरुपमा मर्मतसंभार गर्नु जरुरी छ।

    यसो गर्न सकिए संयुक्त राष्ट्र सुरक्षा काउन्सिल लोकतान्त्रिक हुन सक्नेछ र वैश्विक प्रणालीको शक्तिहरुको वर्तमान सन्तुलनलाई दर्शाउन सक्नेछ। करीव ८० वर्ष अघिको निर्माण भएको सुरक्षा परिषद अब अस्वीकार्य छ। अझै पनि पाँच राष्ट्रहरुले सुरक्षा परिषदमा असंगत निर्णय गर्ने शक्ति राखेका छन्। र यी पाँच देशहरु दुनियाका सबैभन्दा बढी समस्याग्रस्त देशहरु मध्ये नै हुन्। जो कैयन समस्याहरुका कारण बन्ने गरेका छन्।

    आज म जुन समस्याहरुको उल्लेख गर्दैछु, त्यसमा समग्ररूपमा भन्दा संयुक्त राष्ट्र संघीय प्रणालीमा गरिएका निर्णयहरु लागू गर्ने कुरा पनि हो। संयुक्त राष्ट्र महासभामा विशाल बहुमतबाट अनगिन्ती प्रस्ताव पारित गरिन्छ। तर कैयनलाई नजरअन्दाज गरिएको छ। जस्तो कि अघिमात्र कमरेड खालाले भन्नु भयो– बार–बार संयुक्त राष्ट्रका सदस्य देशहरुले सन् १९६७ मा इजरायलले कब्जा गरेका क्षेत्रहरुबाट हट्नका लागि भनियो तर यस निर्णयलाई वेवास्ता गर्दै यसको विरुद्ध झन् बढि क्षेत्र कव्जा गरेको देख्नु पर्‍यो। प्यालेस्टिनी भूमिमाथि अवैध बस्तीहरु, प्यालेस्टिनी जनताहरुमाथि बढ्दो अत्याचार, उनीहरुका मानवाधिकारहरुको घोर उल्लंघन र गाजा पट्टीलाई एक खुला जेलमा परिणत गर्नु, नियमित रूपमा बिजुली, पानी र इन्धन आपूर्ति रोकिनु जस्ता कार्यहरु भइरहेका छन्। १६ वर्षदेखि गाजा क्षेत्र घेराबन्दीमा छ। र त्यहाँका जनताहरु इजरायल द्वारा लगाइएको भूमि, आकास र समुद्री नाकाबन्दीबाट बच्नका लागि संघर्ष गर्दैछन्। प्यालेस्टिनीलाई गाजा क्षेत्रबाट बाहिर निस्कन र प्रवेश गर्न मनाही गरिएको छ।

    म त आतङ्कित भएको थिए जब हाम्रा पूर्व नेताहरुमध्ये एक, कमरेड लियोट जसलाई अब कमरेड भन्न हुने नहुने थाहा छैन, ले भन्नु भयो, इजराइल एक रङ्गभेदी राज्य होइन। ल ठिकै हो भनेपनि, प्यालेस्टिनी जातिलाई आफ्नो भूमिमा स्वतन्त्र निकास र प्रवेशबाट वञ्चित गरिएकै छ, उनीहरु स्वतन्त्र आवातजावत गर्न पाउँदैनन्, प्यालेस्टिनी जनताहरु बेग्लै प्रवेशद्वार उपयोग गर्छन्। बच्चाहरुलाई निशुल्क शिक्षामा पहुँच छैन। हाम्रा मुलुकमा रङ्गभेदी शासनमा रहँदा यस्तै थियो। यसकारण कमरेड लियोटलाई इजराइलको परिचय कसरी गराउने हो मलाई थाहा छैन।

    आजसम्मको सबैभन्दा दक्षिणपन्थी इजरायली सरकारको अगुवाइमा इजरायली आक्रामकता अति नै बढी भएको छ। यसमा सुरक्षा परिषदको निस्कृयता छर्लङ्गै छ, जसको कर्तव्य र अधिकार नै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्नु थियो। यो संघर्षको मूल कारण अवैध रङ्गभेदी कब्जा हो। हामीले पश्चिमी शक्तिहरुबाट प्याल्स्टिनीहरुको आलोचना र कब्जावाला शक्तिलाई बलियो समर्थन गरेको सुनेका छौं। रुस र यूक्रेनका बारेमा दोहोरो मानकलाई मैले हमेशा आपत्ति जनाएकी छु। यसप्रकारको दोहोरो मानक हालको वैश्विक प्रणालीको एक परिणाम हो। यो प्रणाली जो आफ्नो अधिकारहरु र आत्मनिर्णयका लागि संघर्षरत पक्षलाई नोक्सान गर्ने शक्तिशाली शक्तिको पक्षमा नतमस्तक छ। म दोहोर्‍याउँछु – सामाजिक आन्दोलनले प्यालेस्टिनी जनताहरुसँगको ऐक्यबद्धतामा आफ्नो आवाज उठाओस्।

    हामीले संयुक्त राष्ट्र संघभित्र विद्यमान हिंसाका पक्षपाती मिडिया कवरेज देखेका छौं। ६१ वर्षदेखि क्यूबामाथि लगाइएको अवैध आर्थिक नाकाबन्दीलाई अन्त गर्न राष्ट्र संघका सदस्य देशहरुबीच लगभग सर्वसम्मत समर्थन रहेको छ। क्यूबाका जनताहरुलाई कुनै पनि अरु सम्प्रभु राष्ट्र सरह जीवनरक्षक औषधि तथा उपचारका साधनहरु र व्यापारको अधिकारसम्मको पहुँचबाट बञ्चित गरिरहिएको छ। यो अन्याय हो जसको कारण एक पटक फेरि वैश्विक दक्षिण र दुनिया भरका प्रगतिशील शक्तिहरुद्वारा आवाज उठाउन जरुरी छ ताकि लोकप्रिय जनमतको एक आधार तयार गर्न सकियोस्। क्यूबाका जनताहरु सँगसँगै प्यालेस्टिनी जनता र दुनियाभरका सबै उत्पीडित जनतालाई दक्षिण अफ्रिकाको समर्थन रहनेछ।

    हामी यो पनि आह्वान गरिरहेका छौं – वर्तमान वैश्विक वित्तीय र व्यापार व्यवस्थाको सुधार गर्न आवश्यक छ। यसका लागि विश्वका अधिकांश जनताहरु हामीसँग सामेल भइरहेका छन्। हाम्रो भनाइ छ – आईएमएफ विश्व व्यापार संगठनसहित ब्रेटन वुड्सका अन्य संरचनाहरुमा पनि आमूल पुनर्व्यवस्था गर्नु जरुरी छ। विश्व बैंक र विश्व व्यापार संगठनका बहुपक्षीय विकास वित्त संस्थानहरुलाई हाम्रो सामुन्ने आउनसक्ने चुनौतीहरुलाई सम्वोधन गर्न र दीगो विकास लक्ष्यहरुलाई पूरा गर्न सक्नेगरी देशहरुलाई सहायता गर्न पनि पुनः डिजाइन गर्नुपर्ने आवश्यकता छ। तिनीहरुले आपतकालीन सार्वजनिक स्वास्थ्य स्थितिहरुलाई प्रभावकारी ढंगबाट अनुक्रिया गर्न र जलवायु परिवर्तनलाई कम गर्नमा हामीलाई मदद गर्नु आवश्यक छ।

    आईएमएफको उद्देश्यहरु पुनः खेस्रा गरिनु आवश्यक छ। वित्तीय दायित्वहरू पूरा गर्न नसक्दा वा पहिले नै ऋण पुनर्संरचना गर्दैगर्दाको ऋण संकटको समयमा काउन्टर चक्रीय ऋण उपलब्ध गराइनुपर्छ। यो ऋणको पुनर्संरचना र राहतलाई सक्षम बनाउन आवश्यक पर्ने भएकाले सबै देशहरूलाई तरलता प्रदान गर्नुपर्दछ। कमरेड! म यी सबै कुराहरू किन उठाइरहेको छु भने यस बैठकमा बहसहरू हुँदा हामीले विश्वको वास्तविक अवस्थालाई केलाउनै पर्छ र अबका चुनौतीहरूसँग कसरी सामना गर्ने भनेर तय गर्नैपर्छ।

    १६ वर्षदेखि गाजा क्षेत्र घेराबन्दीमा छ । र त्यहाँका जनताहरु इजरायल द्वारा लगाइएको भूमि, आकास र समुद्री नाकाबन्दीबाट बच्नका लागि संघर्ष गर्दैछन्।

    दक्षिण अफ्रिका ब्रिक्स (BRICS) साझेदारीको हिस्सा बन्न पाउनु खुशीको कुरा हो। हामी ब्रिक्सका सदस्यहरुले समतामूलक सन्तुलित र प्रतिनिधियुक्त एक वैश्विक शासन प्रणालीको विकास गर्ने दिशामा काम गरिरहेका छौं। यसमा वैश्विक वित्तीय संस्थाको पुनरसंरचना गर्दैछौं, जुन ब्रिक्सको स्वामित्वमा रहेको नयाँ विकास बैंक हो। यसले हामीजस्ता उदीयमान अर्थतन्त्र भएका देशहहरुलाई ऋण दिइँदा बढी नियन्त्रण र हाम्रो विकासको प्रगति तथा मार्गमा बढी स्वायत्तता दिने कुरा हामीले दक्षिण अफ्रिकामा हाम्रो सत्कारमा आयोजना भएको हालैको ब्रिक्स शीखर सम्मेलनमा छलफल गरेका छौं। यसैवेला मुलुकहरुले आफ्ना मुद्राहरुमा व्यापार गर्नसक्ने विकल्पसम्बन्धी अवधारणा र यसलाई कसरी व्यवहारमा ल्याउन सकिन्छ सोबारे अध्ययन गर्दैछौं। उदीयमान अर्थतन्त्रहरू विश्वव्यापी सुशासनका लागि महत्वपूर्ण कुञ्जी हुन्। यिनीहरुले गत ४ वर्षदेखि जी ट्वाइन्टी को अध्यक्षता गरिरहेका छन्। सन् २०२५ मा दक्षिण अफ्रिकाले गर्नेछ। अब हामीहरु दक्षिणको हितार्थ एजेन्डा उठाउन सक्ने अवस्थामा हुनेछौं। यो वास्तविक परिवर्तनलाई अघि बढाउने अवसर हो। आजभन्दा ५० वर्षअघि दक्षिणले एक छुट्टै विकल्प दिन खोजेको हो। त्यो अंसलग्न आन्दोलन (NAM) ले परिचित थियो। अन्तर्राष्ट्रिय व्यापार सुधारका नियमहरु, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली र आफ्ना प्राकृतिक संसाधनहरुमाथि सो राज्यको संप्रभुतालाई मान्यता दिनेसम्बन्धी व्यवस्थामा व्यापक सुधार गर्नु पर्छ। करीव ५० वर्षअघि सुत्रबद्ध गरिएका यी सबै कुराहरुले आजका दिनमा गति लिइरहेका छन्।

    वैश्विक दक्षिणले ऐतिहासिक ऋण रद्द गरिनु पर्छ भनेर आह्वान गरिरहेका छन्। स्पेसल ड्रइङ राईट्‍स (SDR) (सदस्य देशहरूको आधिकारिक भण्डारलाई पूर्ति गर्न सिर्जना गरिएको अन्तर्राष्ट्रिय अमौद्रिक रिजर्भ सम्पत्ति) केही त हो तर हाम्रो प्रगतिशील एजेण्डाको विषयवस्तुमा नयाँ चरित्रको आईएमएफ पनि सामेल हुनु पर्छ। दक्षिण अफ्रिकाले सहुलियत विकास वित्त सहयोग र प्रविधि हस्तान्तरणको विस्तारमा जोड दिइरहेको छ। यी सबै विकासको अधिकारको अवधारणामा आधारित छन् जसलाई हामीमध्ये धेरैले बिर्सेका छौं। विडम्बनापूर्ण नै भनौं सबै सिद्धान्तहरू संयुक्त राष्ट्र संघले सन् १९७४ मा निर्णय गरेको घोषणाभित्र कै हुन्। तर बहुपक्षीय निकायहरूले यसलाई अति नै बेवास्ता गरे। बरु तिनीहरुले विकासशील देशहरुमाथि नवउदारवादी नीतिहरु लागू गराउन बाध्य पारे।

    हालै अफ्रिकी समूह, भारत र क्यूबा सम्मिलित विकासशील देशहरुबाट विकास र समावेशीता प्रवर्द्धन गर्न डब्ल्यूटिओको सुधार गर्नका लागि ’डब्ल्यूटिओको सुदृढीकरण’ सम्बन्धी एक प्रस्ताव पेश गरिएको छ। यस प्रस्तावमा विश्व बैंक स्थापना भए यताका तथ्याङ्कले देखाएबमोजिम विकसित र विकासशील विश्वबीचको प्रतिव्यक्ति जीडीपीमा अन्तर फराकिलो भएको देखाइएको र त्यसका लागि भविष्यका सम्झौताहरूमा विशेष र भिन्न–भिन्न निवारण उपाय अपनाइयोस् भनी आह्वान गरिएकोछ। प्रस्तावले विभिन्न आर्थिक मोडलहरू र विविधीकरण तथा विकासलाई अपनाउन सक्ने देशहरूको अधिकारको सम्मान गर्न आह्वान गर्दछ।

    हामीलाई बहुपक्षीय सुरक्षा व्यवस्था पनि चाहिन्छ। हामीले सैन्य गठबन्धनहरूलाई अस्वीकार गर्न आवश्यक छ जसले विश्वलाई ब्लकहरूमा विभाजित मात्र गर्दछ तर चुनौतीहरूको अनुक्रिया गर्दैन। हामी अहिले इन्डोप्यासिफिक गठबन्धन र यस्तै यस्तैको महासागरमा सशस्त्रीकरण गरिएको देखिरहेका छौं। यो सबै महासागरहरूको एकध्रुवीय नियन्त्रण लिन र हामीलाई शान्तिको अधिकार र महासागरहरूबाट विश्वलाई सहयोग हुनसक्ने विकासलाई अस्वीकार गर्ने प्रयाश हो।

    यो सम्मेलन मेरो लागि महत्त्वपूर्ण छ। हामीलाई अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक छ। हामीले सामना गरिरहेको संकटको अनुक्रिया गर्न तत्काल आवश्यकता छ। दक्षिण अफ्रिकाको संघर्षका दौरान हाम्रो सामू आएका संकटहरुको अनुक्रिया गर्न यस्तो ऐक्यबद्धताले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। अन्तर्राष्ट्रिय ऐक्यबद्धताको सिद्धान्त हाम्रो संघर्षको प्रमुख स्तम्भहरुमध्ये एक थियो। यस स्तम्भको माध्यमबाट विश्वभरका नागरिक समाज, राजनीतिक दलहरु, वौद्धिक जगत र विभिन्न क्षेत्रहरुलाई रङ्गभेदी शासनका विरुद्ध परिचालित गरिएको थियो। अन्तर्राष्ट्रिय ऐक्यबद्धताको यो स्तम्भले रंगभेद विरुद्धको हाम्रो विजयमा ठूलो योगदान पुर्‍यायो। कतिपय विश्लेषकहरूले यस स्तम्भलाई अन्य महत्वपूर्ण स्तम्भहरू जस्तो कि भूमिगत परिचालन, सशस्त्र सङ्घर्षहरु भन्दा पनि माथि उठाउने प्रयास गरेका छन्। तर एक जना कमरेडले भन्नुभएजस्तै जनसंघर्षलाई हामीले कहिल्यै भुल्नु हुँदैन। संघर्षका यी चार स्तम्भहरुले एकअर्कालाई भरथेग गरेका र बल पु‍र्‍याएकाले नै रङ्गभेदी शासन व्यवस्थालाई अन्त्य गर्न सकियो। यसैकारण पुन एक स्तम्भको रुपमा अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई पुनर्जीवित गर्नु आवश्यक छ। हामीले भूमिगत गतिविधिहरुलाई एक स्तम्भका रुपमा पुनर्जीवित गर्नु आवश्यक छ। हामीले सशस्त्र गतिविधिहरुलाई एक स्तम्भका रुपमा पुनर्जीवित गर्नु आवश्यक छ र हामीले जनसंघर्षलाई एक स्तम्भका रुपमा सुनिश्चित गर्नु आवश्यक छ।

    रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय सङ्घर्ष मानव–मानवबीचको भेदभाव र सामाजिक बहिष्कारविरुद्धको सङ्घर्ष हो। हाम्रो दक्षिण अफ्रिकाले अफ्रिका महाद्वीपभित्र र विश्वव्यापी रूपमा सक्रिय अन्तर्राष्ट्रियवादको परम्परालाई जारी राख्ने प्रयास गरेको छ। हामीले अफ्रिकाको नविकरणमा भूमिका खेल्ने, दक्षिण–दक्षिण सहयोगलाई प्रवर्द्धन गर्ने, उत्तरका देशहरूलाई अफ्रिकाको हितमा संलग्न गराउने र विश्वव्यापी शासन प्रणालीको रूपान्तरणको लागि गतिविधिहरुलाई अघि बढाउने प्रयास गरेका छौं। हामीलाई थाहा छ, वैश्विक शासन प्रणालीमा आएको परिवर्तनबाट हामीले लाभ उठाएका छौं र हाम्रा लाभलाई अरूको हितमा कसरी उपयोग हुनसक्छ भनेर प्रयास गरिरहेका छौं।

    आजका दिनमा सार्थक रूपान्तरणका लागि राजनीतिक शक्तिहरू संगठित गर्ने नयाँ रूपहरूलाई मूर्तरुप दिन अन्तर्राष्ट्रियवाद निर्णायक हुँदैछ भन्ने हाम्रो विश्वास छ। तर मैले पहिले भनेझैं, हामीलाई राम्रो अन्तर्राष्ट्रिय व्यवस्थाको खोजीमा रणनीतिक दृष्टिकोणको खाँचो छ, जुन समतामूलक, मानवीय समावेशी र लोकतान्त्रिक हुनुपर्छ।

    बहिष्कार, बञ्चित र प्रतिबन्ध (Boycott, Divest and Sanctions/BDS) र यसको जोडबल गराइमा म सहमत हुँदाहुँदै पनि यसलाई केवल संगठित गर्ने हाम्रो क्षमताको दृष्टान्तको रूपमा मात्र होइन, यसबाट हामीले चाहेका परिणामहरु हासिल गर्ने उपायलाई कसरी सक्रिय गराउने भनेर छलफल गर्न आवश्यक छ भन्ने आग्रह गर्न चाहन्छु। तर मसँग अहिलेसम्म त्यस्तो रणनीतिक सुझाव छैन।

    सन् २०१७ को अफ्रिकी नेशनल कन्फरेन्समा बीडीएस (बहिष्कार, बञ्चितिकरण र प्रतिबन्ध) हस्तक्षेप गर्दै संयुक्त राष्ट्र संघले इजराइलबाट एक राजदूतलाई हटाउन सकेकै भएपनि यूएनले शान्तिको एजेण्डा अघि बढ्न सकेन। यसैकारण हामी एकसाथ मिलेर कारबाहीको चित्रण गर्नुको बदला संघर्षबाट लाभ प्राप्त गर्ने कामहरु गरौं। यो एक प्रकारको रणनीतिक चर्चा हो। म आशा गर्छु कि हामी कुनै समय यसै गर्न सक्छौं। मेरा मान्यता छ– वैश्विक प्रगतिशील आन्दोलनको निर्माणमा योगदान पुर्‍याउनका लागि हामी दक्षिण अफ्रिकाकै रुपमा रहनु आवश्यक छ, बेहतर अफ्रिका र बेहतर दुनिया। जनतालाई आत्मसंतुष्टि र व्याकुलता भन्दा बाहिर निकाल्नु जरुरी छ। प्रगतिशील शक्तिभित्रको वामपन्थ अगाडि आउनु जरूरी छ। आशा र दृष्टि प्रदान गर्न र राजनीतिक कारबाहीका लागि ठोस मार्ग पेश गर्न जरूरी छ। वैश्विक दक्षिणमा प्रगतिशील समुदायको र्‍याली शुरू भइसकेको छ। हामी बहादुरपूर्ण जीवन्त संयुक्त सामाजिक आन्दोलनहरुको विस्तार हुने आशा गर्दछौं। जस्तो कि क्यूबाली महान क्रान्तिकारी नेता राष्ट्रपति फिडेल कास्ट्रोले भनेका थिए– हामी भविष्य निर्माणका लागि आज एकजुट हुनुपर्ने जरुरी छ, जसका लागि हामी हरहमेशा बहिष्कृत जनताहरुलाई न्याय दिलाउन र मानवताको विश्वास बचाइराख्न उत्सुक छौं। मलाई विश्वास छ– हामी यसै गर्न सक्छौं। अन्तमा मेरा भनाइ सुनिदिएकोमा सबैलाई धन्यवाद दिन्छु

    (दक्षिण अफ्रिकी विदेशमन्त्री पान्दोरले जोहनसवर्गमा गतसाता सम्पन्न वर्ल्ड सोसीयल फोरममा दिएको मन्तव्य। नेपाल रिडर्सका लागि कोमल भट्टराईले गरेको अनुवाद। तस्बिर: राफेल स्टेडाइल)

    यो पनि हेर्नुहोस्-

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नालेदी पान्दोर

      नालेदी पान्दोर

      पान्दोर दक्षिण अफ्रिकाकी विदेशमन्त्री हुन्।

      Related Posts

      नेपाली कम्युनिष्टहरुलाई प्रश्न

      नेपाली कम्युनिष्टहरुलाई प्रश्न

      झलक सुवेदी
      मंसिर १९, २०८०

      नेपालका कम्युनिष्ट पार्टी, तिनका नेता, कार्यकर्ता, नेपाली समाजलाई प्रगतिशिल रुपान्तरणतिर लिएर जान विभिन्न ठाउँमा बसेर भूमिका निर्वाह गर्ने, चिन्त–चासो गर्ने,...

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      सनी
      मंसिर १९, २०८०

      च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता...

      नेपाली समाजको मुख्य अन्तरविरोधः एक छलफल

      नेपाली समाजको मुख्य अन्तरविरोधः एक छलफल

      सङ्गीत
      मंसिर १६, २०८०

      विषय उठान कमरेड पुष्पलालको नेतृत्वमा सन् १९४९ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५औं वर्ष चल्दैछ। कम्युनिस्ट पार्टी गठनको त्यही...

      हमास कसरी जन्मियो, कसले हुर्कायो ?

      हमास कसरी जन्मियो, कसले हुर्कायो ?

      रोहेज खतिवडा
      मंसिर १६, २०८०

      यो शृङ्खलामा हामी गत अक्टोबर ७ मा हमास र इजरायलबीच युद्धको सुरूवात भएपछि यो युद्धलाई बुझ्न प्यालेस्टाइनको तीन हजार वर्ष...

      गोर्खा सैनिकको विरगाथाः छायाँमा छुटेका महिलाका कथा

      गोर्खा सैनिकको विरगाथाः छायाँमा छुटेका महिलाका कथा

      मेनुका बस्नेत
      मंसिर १५, २०८०

      सानैदेखि आफ्ना बज्यै र बाजेहरूबाट पल्टनको कथा सुन्दै हुर्केकी सुजना श्रीसको मनमा गोर्खा सैनिकको इतिहासमा महिलाहरूको योगदानबारे उत्सुकता जाग्न थाल्यो।...

      के प्राचीन भारत हिन्दू राष्ट्र थियो?

      के प्राचीन भारत हिन्दू राष्ट्र थियो?

      पार्थ चटर्जी
      मंसिर १४, २०८०

      सिन्धु सभ्यताका मानिसहरुबारे हुने एउटा ठूलो बहसको कुरा गरौं। उनीहरु को थिए? कम्तिमा विद्वानहरुको खोजका आधारमा मैले संकलन गरेको तथ्यहरुका...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist