Date
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
Friday, December 8, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महङ्गीबारे रहस्यमय मौनता

महङ्गी नियन्त्रण गर्ने सवाल होस् वा रोजगारी सिर्जना गर्ने सवालमा काठमाडौं, ललितपुर, भक्तपुरको नेतृत्व मात्रै होइन केन्द्र सरकार पनि निकम्मा सावित भएको छ। आम मानिसले दिनरात श्रम गर्दा पनि उसँग भविष्यमा आइपर्ने समस्या समाधान गर्नका लागि कुनै जोहो छैन।

नरेश ज्ञवाली नरेश ज्ञवाली
कार्तिक १४, २०८०
- विमर्शका लागि, समाज, सिफारिस
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    खाध्य सामाग्री लगायत दैनिक उपभोग्य सामग्रीको उच्च महङ्गीले समाजमा एउटा आक्रोशपूर्ण मनोविज्ञानलाई जन्म दिई रहेको छ। गरिब त यसै गरिब नै भए शहरीया निम्न तथा मध्यम वर्गीय परिवारलाई समेत यसले आफ्नो बाहुपासमा कस्दै लगिरहेको छ।

    अनौठो के छ भने यति साह्रो महङ्गी बढ्दा पनि राजनीतिक तथा सामाजिक मुद्दाहरुमा मुखर भएर बोल्ने सामाजिक तप्कासमेत लामो समयदेखि मौन छ। एकातर्फ राज्यले न्यूनतम सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न सकेको छैन, अर्कोतर्फ सामाजिक सुरक्षाबाट बञ्चित समुदायको आफ्नो बलियो आवाज पनि छैन। न त उनीहरुको पक्षमा कुनै सरोकारवाला अभियन्ताहरुले मुखर भएर बोल्न सकेका छन्।

    चार दशक अघि उज्यालो भविष्यको खोजीमा जानुका पोखरेल मोरङ्गबाट काठमाडौं आइन्। यी चार दशकहरुमा उनले आफ्नो र परिवारको जीवन धान्न के नै पो गरिनन् र? तर, काठमाडौं छिर्ने बित्तिकै उनले जे–जति संघर्ष गर्नु परेको थियो, त्यसको अन्त्य यो चार दशकमा पनि हुन सकेन।

    हामी थापाथलीको सुकुम्बासी बस्तीमा जाँदा उनी बाख्रालाई घाँस हालिरहेकी थिइन्। गरिबी र भोकले गाँजेको वर्तमान र अध्यारो भविष्यको चिन्ताले गर्दा केही बेर अघिसम्म एक्लै रुँदै गरेको सुनाइन्।

    ‘तपाईंहरु आउनु अघिसम्म यत्तिकै सोचेर रुँदै थिएँ… कति रुनु भनेर बाख्रालाई घाँस हाल्न आएँ।’ भारी मन बनाउँदै उनले भनिन्।

    चार दशक अघि पहिलो पटक काठमाडौं टेक्दा आफूलाई जति निरिह र एक्लो पाएकी थिइन्, हिजोआज फेरि त्यही ठाउँमा आई पुगेको महशुस गर्न थालेकी छन् जानुका।

    एक्लो र निरिह…

    ‘पहिलो चोटी काठमाडौं आउँदा, चिनजानका मानिसहरु कोही नहुँदा, बालबच्चाहरु च्यापेर काम खोज्दै भौतारिँदा जस्तो समस्या भएको थियो, अहिले मलाई त्यस्तै लागिरहेको छ मनमा’, उनी भन्छिन्।

    महङ्गी विरुद्धको यो मौन अवधीमा आर्थिक हैसियत कमजोर भएकाहरु कि त आफ्नो पुरानै थातथलो तर्फ फर्कन विवस छन् वा पारिवारिक खर्चलाई कति सकिन्छ खुम्च्याउन बाध्य छन्।

    बबरमहलमा बस्ने बिना परियार गृहणी हुन्। महङ्गीले उनको परिवारका आकांक्षा र सपनाहरुलाई खुम्च्याई दिएको छ। परिवार चलाउनका लागि लाग्ने खर्च पहिले हिसाब गर्न सकिए पनि अहिले खर्चको हिसाब नै गर्न नसकिएको उनको अनुभव छ।

    परियार भन्छिन्, ‘मूल्यवृद्धिले गर्दा जे–सुकै सामानको पनि भाउ बढेको छ। महिनामा ३० दिन काम गरेर पाँच दिन रमाउने परिवार हो क्या हामी भनेको।’

    उच्च शिक्षाका लागि दैलेखबाट काठमाडौं आई पुगेका उमेशकुमार विके किर्तिपुरमा डेरा गरी बस्छन्। आफ्नो र परिवारको खर्च धान्न उनी दिउँसो जागिर गर्छन् भने बिहान कलेज जान्छन्। उनलाई भेट्न किर्तिपुरको डेरामा पुग्दा उनी हतार–हतार खाना खाएर अफिस जानका लागि तयार हुँदै थिए।

    कोठामा को–को बस्नु हुन्छ?

    ‘बहिनी, भाइ, म र दाइ गरी हामी चार जना बस्छौँ।’

    घर कति–कति समयमा जाने गर्नु हुन्छ? भनेर हामीलाई जान्ने उत्सुकता लाग्यो। उनले भने, ‘दशैंमा एक पटक।’

    किन?

    उनले हाँस्दै भने, ‘गर्मी बिदा, बर्खे बिदामा आमाबुबालाई भेट्न, गाउँ जान मन त हुन्छ, तर त्यहाँ आर्थिक कुरा पनि त जोडिन्छ।’

    कुराकानीका क्रममा उनले अति न्यून खर्च गर्दा पनि घर पुगेर काठमाडौं फर्किन एकजनालाई १० हजार लाग्ने बताए। अर्थात् चार जनालाई ४० हजार। ‘एकदमै नर्मल के। सामान्य भन्दा सामान्य। बाटोमा कुनै तडक–भडक नगरी, मासु–भात पनि नखाईकन जाने हो भने एकजनालाई कम्तिमा १० हजार लाग्छ।’

    बाग्मती किनारमा रहेको थापाथली सुकुम्बासी बस्तीमा अष्टबहादुर खड्गीलाई भेट्दा उनी हाँस र कुखुराले खाने सिमझार पकाइरहेका थिए। काठमाडौंमा सिमझारलाई पट्पटेको झार पनि भनिन्छ। ५२ वर्षीय खड्गीले आफ्नो बैंशमा धेरै घामपानी खपेर आए तर बुढेसकालले उनीलाई दिनुसम्म दुःख दिई रहेको छ।

    मासु पसलमा काम गर्दैगर्दा एक दिन दाउ झरेर तिनको खुट्टामा बज्रियो तर खासमा उनको खुट्टामा नभई जीवनमै दुःख बज्रिएको थियो। सुखसयलको जीवन के हो भन्ने थाहै नपाई जीवनका पाँच दशक पूरा गरेका उनले यो उमेरमा आएर भोकै सुत्नु पर्ला भन्ने कल्पना पनि गरेका थिएनन्।

    तर, नागरिकहरुको सामाजिक सुरक्षामा भन्दा शहरको चिल्लो सडकमा ध्यान दिने सरकार र महानगरलाई उनको दुःखसँग खासै वास्ता छैन।

    उनी बस्ने छाप्रोको छेवैमा उफान साथ बगिरहेको छ बाग्मती जस्तै उनको मनमा पनि कम्ता उफान उठेको छैन। तर, हिजोआज उनलाई धेरै बोल्न मन लाग्दैन।

    जानुका पोखरेलसँगै उनको छाप्रोमा जाँदा उनी भान्सामा केही पकाई रहेका थिए।

    के पकाई राख्नु भएको छ?

    उनले विस्तारै भने, ‘साग।’

    सागमा आलु मिसाउनु भएको भए अलि मिठो हुँदो हो नि?

    छैन। उनले टाउको हल्लाए।

    छेवैमा बसेकी पोखरेलले भनिन्, ‘कहाँबाट आलु हाल्नु नी! यही त धन्न पकाउनु भाछ। सम्धीनीले अस्ती दुई दिनदेखि चामल छैन भन्दै हुनुहुन्थ्यो। मेरोमा पनि थिएन।’

    अरु दिन तपाईंको भान्सामा के पकाउनु हुन्छ?

    ‘त्यही हो कर्कला र सिमझार। छोराले काम पायो भने दाल–भात पाक्छ।’

    उनले कयौँ रात भोकै सुत्नु परेको सुनाउँदै भने, ‘बुढी विरामी छ, म हिड्नै नमिल्ने भाछु। कान्छो छोराले सिमेन्ट बोक्ने काम पायो भने खान पाउँछौँ। त्यही भएर अहिले बुढी विरामी हुँदाहुँदै पनि काम गर्न गएकी छ।’

    श्रीमतिले कपडा र भाँडा धुने कामबाट महिनाको ४ हजार कमाउँछिन्। यो कमाई खड्गीको परिवारको भोक मेट्न अपर्याप्त छ। तर उनीहरुका लागि यतिपनि नहुनु भनेको आठै प्रहर भोकै हुनु हो।

    कयौँ रात भोकै सुत्नु पर्छ। दिन त जसो तसो बित्छ रात भने निकै पीडादायी हुने उनको अनुभव छ। जति हाड घोट्दा पनि दुई छाक भात र एउटा छानोको व्यवस्था हुन नसकेपछि उनीहरु सुकुम्बासी बस्तीमा छिरेका थिए।

    तर, भोकको राजनीति गरेर आएका कुनै पनि राजनीतिक दलहरुलाई आजका दिनमा उनको भोकसँग सरोकार छैन। यता खड्गी र उनको परिवार भोकबाट छुटकारा पाउन सिमझार खाईरहेको छ।

    खड्गीको छाप्रोबाट बाहिरिँदै गर्दा पोखरेलले सुकुम्बासी बस्तीको हिलोमा उम्री रहेको सिमझार देखाइन्। उनले आफ्नै जीवन र राज्यप्रति ठट्टापूर्ण हाँसो हाँस्दै भनिन्– ‘म पनि खान्छु कहिले काँही केही भएन भने।’

    सुकुम्बासी बस्तीदेखि केही पर सिंहदरबार नजिकैको बिजुलीबजार पुलमा रातको समय झकिझकाउ बनाउनका लागि काठमाडौं महानगरपालिकाले बत्ति लगाई दिएको छ। साँझ परेसँगै शहरबासीलाई बत्तिले झुम्याउँछ। मानिसहरु आउँछन्, खुसी हुँदै सेल्फी खिच्छन् र जान्छन्।

    बानेश्वरमा बस्ने एकजना स्थानीयले आफ्नी बहिनीलाई पुलमा घुमाउनका लागि ल्याएका रहेछन्। उनले भने, ‘पहिले पुलमा यस्तो थिएन। फोटो खिच्नका लागि कि त टावरमै पुग्नु पर्थ्यो कि रिसोर्टहरुमा। अहिले बालेन शाहले पुलमा बत्तिहरु हालेर एक्दमै राम्रो भएको छ। रमाइलो फिल भइरहेको छ।’

    तर, झकिझकाउ बत्ति लगाईएको विजुलीबजार पुल र सिंहदरबारदेखि जम्मा ढेड किलोमिटर पर सुकुम्बासी बस्तीलाई भने निस्पट अँध्यारोले निल्ने गर्छ।

    पहिले २६५ परिवारले आश्रय लिई रहेको थापाथली सुकुम्बासी बस्तीमा हाल २०० परिवार मात्रै बासोबास गर्छन् र अधिकांशको आजीविका अनौपचारिक क्षेत्रमा गर्ने कामले धानीरहेको छ।

    बस्तीमा अशिक्षा, विपन्नता, बेरोजगारीको एकछत्र राज चलेकोछ। त्यसले अन्ततः शहरमा बसोबास गर्ने निम्न आयस्रोत भएका मानिसहरुलाई झन् भन्दा झन् आफ्नो पाशोमा कस्दै लगेको बुझ्न सकिन्छ।

    यहीँ नेर जोडिन आई पुग्छ, राज्य र नेतृत्वको सन्दर्भ।

    काठमाडौं महानगरपालिकाको नेतृत्व बालेन शाहले गरिरहेका छन्। सडकमा साना साना कारोवार गरेर जीवन धानिरहेकाहरुलाई धपाएर शहर सफा बनाउने बालेनको नीति र शैलीले निम्न तथा मध्यम वर्गीय परिवारलाई झनै सिमान्तमा धकेलीदिएको छ। जिजिविषाका लागि काठमाडौंमा साग, तरकारी, फलफुल, भाँडा, कपडा, जुत्ता तथा इलेक्ट्रोनिक सामान बेचेर तथा मकै पोलेर गुजारा चलाउनेहरु आफ्नो परिवार के गरी पाल्ने होला भन्ने कठोर प्रश्नको सामना गरिरहेका छन्।

    बिहार, मोतीहारीका ६५ बर्षिय शंकर साह काठमाडौं छिरेको ३२ बर्ष भइसक्यो। उनी साईकलमा फलफुल बेच्ने काम गर्छन्। रोजगारको खोजीमा उनी काठमाडौं छिरे पनि उनको परिवार भने मोतीहारीमै बस्छ। उनलाई काठमाडौंका मान्छे र मौसम दुबै मन पर्छ।

    काठमाडौंका सडक र गल्लीहरुमा घुम्दै साइकलमा फलफुल बेचेर महिनाको १५ हजार घर पठाउने गरेका उनलाई हिजोआज भने सहज छैन। फुटपाथमा फलफुल बेचेको भनेर महानगरले उनको साईकल तीन पटक लगी दिएको छ। तर, उनलाई यो बाहेक अर्को कुनै पेशा गरेर परिवार धान्न सकौँला भन्ने लागेको छैन।

    ‘यहाँ आएर व्यापार गर्‍यौं भने हाम्रा लागि अलिकति भए पनि केही बच्छ तर पञ्जाब एरियामा गएर काम गर्‍यौं भने हाम्रो कमाईले भ्याउँदैन। बुढो पनि भइयो, अब अरु काम गर्न सकिँदैन।’, नेपाल रिडर्ससँग उनले भने।

    ‘महानगरले एकचोटी साईकल लगीदियो। यो थोत्रो साईकल किन्यो भने पनि ३५ सयदेखि चार हजार पर्छ। हामी त शहरमा बस्नै नसक्ने भईसक्यौँ।’, उनले थपे।

    काठमाडौं महानगरपालिकाले लिएको नीतिले गएको एक बर्षमा कति मानिस पलायन भए भन्ने हालसम्म आधिकारिक अध्ययन भएको छैन। तर, यस क्षेत्रमा काम गरिरहेका अध्ययेताहरुका अनुसार झण्डै ४० प्रतिशत निम्न आय भएका परिवारहरु आफ्नो बस्तीमा देखिन छाडेका छन्।

    यति मात्र होइन यसको प्रभाव काठमाडौंको छिमेकी जिल्ला ललितपुर र भक्तपुरमा समेत देखिन थालेको छ। त्यहाँ पनि बिहानबेलुकी गरिने फुटपाथ व्यवसायलाई निषेध गरिएको छ। सानो–सानो व्यवसाय चलाएर परिवार धान्नेहरुले अप्ठेरोको सामना गर्नु परेको छ।

    ‘महिनौसम्म मासु खुवाउन सकिन मैले बच्चाहरुलाई। अनि अस्ती जनै पूर्णिमामा छोरीले ममी तपाईंले खसीको मासु खाने कि माछा खाने भनेर २५ सय दिएकी थिई। भाइहरुलाई राखी बान्न आउँछु भन्दै उसैले छोडिदिएको पैसाले मासु खायौँ।’ पोखरेलले आँसु मिश्रित हाँसोमा भनिन्– ‘खसीको मासु नखाएको त… ६ महिना भयो होला। त्यो त सम्झिने मात्रै हो।’

    निम्न आय भएका मानिसलाई गाँस, बास, कपासकै समस्या पर्न थालेपछि होला शायद उनीहरु काठमाडौंका मेयर बालेन शाहबारे सकारात्मक हुन सकेका छैनन्। थापाथली सुकुबासी बस्तीकै एकजना गृहणीले आक्रोश पोख्दै भनिन्, ‘बालेनले जे गर्‍यो ठीक छ भन्नी, सुकुम्बासी खराब हुन् भनी लेखेर पठाउने त हो सबैले। त्यही भएर हामीले बोल्नै छोडी सक्यौँ।’

    जीवनयापन गर्नका लागि प्रत्येक दिन फुटपाथमा सानो स्केलमा काम गरिरहेकाहरुलाई एकातर्फ तपाईं बञ्चित गर्नु हुन्छ, अर्कोतर्फ फ्रि–भिसा, फ्रि–टिकट भन्नु हुन्छ भने तपाईंले भन्न खोजेको के हो बुझ्न गाह्रो छैन।’ डा. सचिन घिमिरे, मानवशास्त्री भन्छन्।

    जब शासकलाई शहर सुन्दर बनाउने नाममा गरिबले आफ्नो रोजिरोटीका लागि मकै पोलेको, ठेलागाडा ठेलेको दृष्य असुन्दर, कुरुप देखिन थाल्छ तब विदेशिनुको विकल्प रहँदैन। मानवशास्त्री डा. सचिन घिमिरे भन्छन् ‘एकातर्फ तपार्इँ जीवनयापन गर्नका लागि प्रत्येक दिन फुटपाथमा सानो स्केलमा काम गरिरहेकाहरुलाई बञ्चित गर्नु हुन्छ अर्कोतर्फ फ्रि–भिसा, फ्रि–टिकट भन्नु हुन्छ भने तपाईंले भन्न खोजेको के हो बुझ्न गाह्रो छैन।’

    सामाजिक मुद्दामा आवाज उठाई रहने सामाजिक तप्का र नागरिक समाजसमेत महङ्गाइलाई लिएर किन मौन छ भन्ने प्रश्नमा डा. घिमिरेले भन्छन्, ‘सामाजिक तप्का तथा नागरिक समाज आफैमा अमूर्त संस्था हुँदैनन्, त्यहाँ पनि सबैका आ–आफ्ना स्वार्थले काम गरिरहेका हुन्छन्। कसले, कस्का लागि, किन बोल्ने भन्ने प्रश्न त्यहाँ पनि हुन्छ।’

    महङ्गी नियन्त्रण गर्ने सवाल होस् वा रोजगारी सिर्जना गर्ने सवालमा काठमाडौं, ललितपुर, भक्तपुरको नेतृत्व मात्रै होइन केन्द्र सरकार पनि निकम्मा सावित भएको छ। आम मानिसले दिनरात श्रम गर्दा पनि उसँग भविष्यमा आइपर्ने समस्या समाधान गर्नका लागि कुनै जोहो छैन। घिमिरे भन्छन्– ‘जब, त्यत्रो लामो युद्ध लडेर आउनु भएको व्यक्ति नै प्रधानमन्त्री बन्दासमेत गरिब तथा निमुखा वर्गका मानिसलाई लक्षित गरेर राहतको कार्यक्रम घोषणा गर्नुहुन्न भने अरुको के कुरा?’

    किर्तिपुरमा डेरा गरी बस्ने बिकेले महिनामा १५–२० हजार कमाउँछन् र त्यति नै उनलाई घरबाट पनि पठाई दिने गरेका छन्। तर, उनले भविष्यमा आइपर्ने कुनै भवितव्यका लागि कुनै जोहो गर्न सकेका छैनन्।

    तपाईंले आफ्नो घर चलाउन महिनामा कति खर्च गर्नु हुन्छ? भन्ने प्रश्नमा विकेले भने, ‘हामीले नजिकैको पसलबाट महिनाभरको रासन ल्याउने गरेका छौँ, त्यहाँ १० देखि १२ हजारसम्म बिल उठ्छ। कोठभाडा र बत्तिको गरेर ५५ सय उठ्ने गर्छ। त्यसपछि मेरो, बहिनी र भाइको फि तिर्नुपर्छ। दिउँसोको खाजा, गाडी भाडासमेत जोड्दा हामीसँग कुनै पनि महिना बचत रहँदैन।’

    उनले थपे, ‘समग्रमा हामी लसमै हुन्छौँ । दाइहरुले ऋण काढेर वा इण्डिया गएर काम गरेर पठाएको रकमबाटै हामी धानिनु पर्छ।’

    किर्तिपुरमा डेरा गरी बस्ने उमेशकुमार विकेलाई हजार प्रयास गर्दा पनि काठमाडौंमा बचत गर्न जति गारो छ त्यो भन्दा धेरै गारो पोखरेललाई छ। उनी श्रीमान र छोराहरुले काम नपाएसम्म कसरी बिहान–बेलुका भात खाने होला भनेर सोचमा चिन्तित छिन्।

    डाक्टरले उनलाई चिन्ता नलिन र उच्च रक्तचापको औषधि नियमित खान भनेको छ। तर, उनलाई चिन्ता र रक्तचापले कुनै घडी छोडेकै छैन। महिनाको ८ हजारमा चार जनाको परिवार कसरी चलाउने होला भन्ने नै उनको अहिलेको सबै भन्दा ठूलो चिन्ता हो।

    ‘एउटा विदेशी संस्थाले यहाँका केटाकेटीका लागि लिटोपिठो कार्यक्रम चलाएको छ। म त्यसमै काम गर्दैछु। त्यसबाट महिनाको आठ हजार आउँछ। छोराहरु र बुढाले केही काम पाएका छैनन्। मेरो त्यही आठ हजारको तलबबाट प्रेसरको, युरिक एसिडको दबाइ खानुपर्छ। त्यसबाट कति बच्छ र घर चलाउनु।’, पोखरेलले मलीन स्वरमा भनिन्।

    सरकारले चालू आर्थिक बर्षमा मूल्यवृद्धि ७ प्रतिशत भन्दा बढ्न नदिने लक्ष्य लिए पनि त्यो लक्ष्य प्राप्ति हुनेमा आशंका छ।

    अचम्म यो छ कि राजनीतिक दल, तिनका भातृसंगठनहरु र नागरिक समाज समेत यसमा मौन छन्। जब प्रतिपक्षी राजनीतिक समूह समेत आम जनताको दैनिक जीवनसँग जोडिएको यस्तो विषयलाई मुद्धा बनाउन अस्वीकार गर्छन् तब आक्रोसले ढिलोचाँडो विष्फोटको रुप नलेला भन्न सकिन्न।

    भिडियो:

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नरेश ज्ञवाली

      नरेश ज्ञवाली

      ज्ञवाली नेपाल रिडर्सका संवाददाता हुन् ।

      Related Posts

      नेपाली कम्युनिष्टहरुलाई प्रश्न

      नेपाली कम्युनिष्टहरुलाई प्रश्न

      झलक सुवेदी
      मंसिर १९, २०८०

      नेपालका कम्युनिष्ट पार्टी, तिनका नेता, कार्यकर्ता, नेपाली समाजलाई प्रगतिशिल रुपान्तरणतिर लिएर जान विभिन्न ठाउँमा बसेर भूमिका निर्वाह गर्ने, चिन्त–चासो गर्ने,...

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      सनी
      मंसिर १९, २०८०

      च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता...

      नेपाली समाजको मुख्य अन्तरविरोधः एक छलफल

      नेपाली समाजको मुख्य अन्तरविरोधः एक छलफल

      सङ्गीत
      मंसिर १६, २०८०

      विषय उठान कमरेड पुष्पलालको नेतृत्वमा सन् १९४९ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५औं वर्ष चल्दैछ। कम्युनिस्ट पार्टी गठनको त्यही...

      हमास कसरी जन्मियो, कसले हुर्कायो ?

      हमास कसरी जन्मियो, कसले हुर्कायो ?

      रोहेज खतिवडा
      मंसिर १६, २०८०

      यो शृङ्खलामा हामी गत अक्टोबर ७ मा हमास र इजरायलबीच युद्धको सुरूवात भएपछि यो युद्धलाई बुझ्न प्यालेस्टाइनको तीन हजार वर्ष...

      गोर्खा सैनिकको विरगाथाः छायाँमा छुटेका महिलाका कथा

      गोर्खा सैनिकको विरगाथाः छायाँमा छुटेका महिलाका कथा

      मेनुका बस्नेत
      मंसिर १५, २०८०

      सानैदेखि आफ्ना बज्यै र बाजेहरूबाट पल्टनको कथा सुन्दै हुर्केकी सुजना श्रीसको मनमा गोर्खा सैनिकको इतिहासमा महिलाहरूको योगदानबारे उत्सुकता जाग्न थाल्यो।...

      के प्राचीन भारत हिन्दू राष्ट्र थियो?

      के प्राचीन भारत हिन्दू राष्ट्र थियो?

      पार्थ चटर्जी
      मंसिर १४, २०८०

      सिन्धु सभ्यताका मानिसहरुबारे हुने एउटा ठूलो बहसको कुरा गरौं। उनीहरु को थिए? कम्तिमा विद्वानहरुको खोजका आधारमा मैले संकलन गरेको तथ्यहरुका...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist