Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतीय समाजको नाजीकरण भइसक्यो!

भारतमा जे हुँदैछ, त्यो सामान्य इन्टरनेटमा चलाइएको फासीवाद होइन। यो धरातलीय वास्तविकता हो। हामी नाजी भइसकेका छौँ– हाम्रा नेताहरु मात्रै होइनन्, हाम्रा टिभी च्यानल र अखबार मात्रै होइनन्, हाम्रो जनसंख्याको व्यापक हिस्सा नै नाजीवादी भइसकेको छ। अमेरिका, युरोप र दक्षिण अफ्रिकामा बसोबास गर्ने व्यापक हिन्दू समुदायले राजनीतिक र भौतिक रुपमा फासीवादलाई सघाई रहेको छ। आफ्नो अन्तस्करण, आफ्ना केटाकेटीको अन्तस्करण र आफ्ना केटाकेटीका पनि केटाकेटीको अन्तस्करणका लागि हामी उठ्नै पर्नेहुन्छ। हामी सफल हुन्छौँ कि असफल त्यसले धेरै माने राख्दैन।

अरुन्धती रोय अरुन्धती रोय
कार्तिक ११, २०८०
- विचार, विमर्शका लागि, सिफारिस
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हिजोआज हामीलाई आफ्ना नेताहरुसँग मात्रै होइन, जनसंख्याको ठूलै तप्कादेखि डर लाग्न थालेको छ। यति नै बेला सडक, कक्षाकोठा र कयौँ सार्वजनिक स्थानहरुमा क्षुद्रतालाई दैनन्दिनको सामान्य विषय जस्तै बनाइएको छ। वास्तवमा भारतको संविधानलाई किनारा लगाइएको छ। भारतीय दण्ड संहिता पुनः लेख्न थालिएको छ। वर्तमान सत्ताधारीहरुले सन् २०२४को निर्वाचनमा बहुमत हासिल गरे भने सम्भवतः हामीले नयाँ संविधान हेर्न पाउने छौँ। के पनि सम्भव छ भने जेलाई हामी परिसीमा भन्छौँ त्यो पनि भत्किने छ। हुनसक्छ, यसैको प्रयोग गरेर भाजपाको जनाधार भएको उत्तर भारतको हिन्दीभाषी राज्यहरुमा संसदीय सिट बढाइने छ।

    दक्षिणका राज्यहरुमा यसले ठूलो असन्तोष पैदा गर्नेछ। यो कदमले भारतलाई एउटा त्यस्तो देशमा परिणत गरिदिनेछ, जहाँ छुट्टा–छुट्टै राज्यबीच चिसोपना र द्वन्दले निश्चित आकार ग्रहण गर्नेछ। यिनीहरु निर्वाचनमा पराजित हुने सम्भावना निकै न्यून छ। तर, उनीहरु पराजित भए पनि आफूलाई श्रेष्ठ ठान्ने भावको विष गहिरोगरी तलसम्म पुगिसकेको छ। यसले ‘चेक एण्ड ब्यालेन्स’ बनाइराख्ने प्रत्येक सार्वजनिक संस्थालाई पङ्गु बनाइदिएको छ। हाल एउटा कमजोर र पङ्गु बनाइएको सर्वोच्च न्यायालय बाहेक निगरानी र अंकुश लगाई राख्ने कुनै पनि संस्था बाँकी छैनन्। पछिल्ला दुई दशकमा खुला बजार, फासीवादी अभ्यास र तथाकथित स्वतन्त्र प्रेसको गठजोडमा भारतलाई यस्तो ठाउँमा पुर्‍याइएको छ, जसलाई कुनै पनि मूल्यमा लोकतान्त्रिक भन्न सकिँदैन।

    गत जनवरीमा भएका दुईवटा परिघटनाले यसको त्यस्तो दृष्टान्त पस्कन्छन्, जुन सम्भवतः अन्य घटनाले कहिल्यै देखाउन सक्ने थिएनन्। बीबीसीले ‘इण्डियाः द मोदी क्वेश्चन’ नाममा दुई भागमा एउटा डकुमेन्ट्री सार्वजनिक गर्‍यो र त्यसको केही दिनपछि अमेरिकाको सानो कम्पनी हिन्डनबर्ग रिसर्चले एउटा प्रतिवेदन प्रकाशित गर्‍यो। हिजोआज यसलाई ‘हिन्डनबर्ग रिपोर्ट’ भन्ने गरिन्छ। हिन्डनबर्ग रिसर्चको विशेषज्ञता ‘एक्टिभिस्ट शर्ट शेलिङ’ मा छ। उनीहरुले भारतको सबैभन्दा ठूलो कर्पोरेट कम्पनी अदाणी समूहको छक्कै पार्ने खालको उच्चस्तरको ठगीलाई सबैसामु उजागर गरिदिए। बीबीसी–हिन्डनबर्गको मामिलालाई भारतीय मिडियाले यसरी प्रस्तुत गरे मानौँ यो भारतको ट्विन टावरमाथि गरिएको हमला भन्दा कम थिएन। यी ट्विन टावर हुन्, प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका लागि सबै भन्दा ठूला उद्योगपति गौतम अदाणी। अदाणी हालसम्म संसारका तेस्रा सबै भन्दा धनी भारतीय व्यक्तिमध्ये पर्छन्। यी दुवै विरुद्ध लगाइएको आरोप हलुका खालका थिएनन्।

    बीबीसीको डकुमेन्ट्रीले गुजरातको सामूहिक कत्लेआममा मोदीको सहभागिता थियो भन्नेतर्फ संकेत गर्छ। हिन्डनवर्ग रिपोर्टले अदाणीमाथि ‘कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो ठगी’ गरेको आरोप लगाएको छ। गत ३० अगस्टका दिन द गार्जियन र फाइनान्शीयल टाइम्सले अपराधको सबूत स्थापित गर्ने गरी दुईवटा दस्तावेजका आधारमा लेख प्रकाशित गर्‍यो। ती रिपोर्ट अर्गनाइज्ड क्राइम एण्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (ओसीसीआरपी) ले गरेको थियो।

    यसमा पनि हिन्डनबर्ग रिपोर्टलाई थप पुष्टि गरिएको छ। भारतका अनुसन्धान निकायहरु र धेरैजसो भारतीय मिडिया संस्थानहरु यी तथ्यहरुको अनुसन्धान गर्न सक्ने वा यी लेखहरु प्रकाशित गर्न सक्ने अवस्थामै छैनन्। जब अन्तर्राष्ट्रिय मिडियाले यस्ता सामाग्री प्रकाशित गर्छन्, त्यसपछि निस्सारताले परिपूर्ण आक्रामक राष्ट्रवादको वर्तमान धरातलमा यसलाई सम्प्रभुतामाथिको प्रहार हो भन्न सजिलो भइजान्छ।

    मोदी सरकारले यसमाथि प्रतिबन्ध लगाइदिएको छ। प्रत्येक सामाजिक सञ्जालका प्लेटफर्महरुले प्रतिवन्धलाई पूर्ण रुपमा स्वीकारेका छन् र उपलब्ध सबै लिंक तथा सन्दर्भहरु मेटाइदिएका छन्। डकुमेन्ट्री रिलिज भएको हप्ता दिनमै बीबीसीको कार्यालयलाई प्रहरीले आफ्नो नियन्त्रणमा लियो र राजश्व अनुसन्धान विभागका अधिकारीहरुले ती कार्यालयमा छापा मारे।

    गौतम अदाणी संसारका सबै भन्दा धनी व्यक्तिहरु मध्ये एक हुन् तर तपाईंले निर्वाचनका बेलामा भारतीय जनता पार्टीको तडक–भडक हेर्नु भयो भने भारतको मात्रै होइन संसारकै सबैभन्दा धेरै धनी राजनीतिक दल भाजपा भएको चाल पाउनु हुनेछ। भाजपाले सन् २०१६ मा निर्वाचन बोन्ड योजना लागू गर्‍यो। यसले कर्पोरेट कम्पनीहरुले आफ्नो पहिचान सार्वजनिक नगरिकनै राजनीतिक दलहरुलाई ‘कर्पोरेट फण्ड’ उपलब्ध गराउन सक्ने अनुमति दियो। हालसम्म भाजपा सबै भन्दा धेरै ‘कर्पोरेट फन्डिङ’ हासिल गर्ने पार्टी हो। लाग्छ, ट्विन टावरको नाभी एकै ठाउँमा जोडिएको छ।

    भारतको जनसंख्याको उपल्लो १० प्रतिशत मानिससँग देशको कुल सम्पत्तीको ७७ प्रतिशत रहेको सार्वजनिक गरेको छ। सन् २०१७ सृजना भएको कुल सम्पत्तीको ७३ प्रतिशत सबै भन्दा धनी १ प्रतिशत मानिसको हातमा संकुचित हुन पुगेको छ। जबकि भारतको सबैभन्दा गरिब ६७ करोड अर्थात आधा भारतीयको सम्पत्ती जम्मा १ प्रतिशतले बृद्धि भएको छ।

    जसरी मोदीलाई चाहिएको बेला अदाणी उनीसँगै उभिएका थिए, मोदी सरकार पनि अदाणीसँगै उभिएको छ। र, यिनले संसदमा विपक्षद्वारा सोधिएको एउटा प्रश्नको पनि जवाफ दिन उपयुक्त ठानेनन्। यो अवस्था कहाँसम्म पुगेको छ भने उनीहरुले विपक्षका सांसदको भाषण संसदको रेकर्डबाट समेत मेटाइदिएका छन्।

    एकातर्फ भाजपा र अदाणीले आ–आफ्नो भागको कुस्त सम्पत्ति कुम्लयाएका छन् भने अर्कोतर्फ अक्सफामको प्रतिवेदनले भारतको जनसंख्याको उपल्लो १० प्रतिशत मानिससँग देशको कुल सम्पत्तीको ७७ प्रतिशत रहेको सार्वजनिक गरेको छ। सन् २०१७ सृजना भएको कुल सम्पत्तीको ७३ प्रतिशत सबै भन्दा धनी १ प्रतिशत मानिसको हातमा संकुचित हुन पुगेको छ। जबकि भारतको सबैभन्दा गरिब ६७ करोड अर्थात आधा भारतीयको सम्पत्ति जम्मा १ प्रतिशतले बृद्धि भएको छ।

    विश्वभर भारतलाई एउटा विशाल बजार भएको आर्थिक शक्तिका रुपमा चिन्ने गरिन्छ तर वास्तविकता के हो भने भारतको अधिकांश जनसंख्या पूर्णतयाः बर्बादोन्मुख गरिबीमा बाँच्ने गर्छ। लाखौँ मानिस गुजारा चलाउनका लागि उपलब्ध गराइने खाद्य थैलोको भरमा जिउन अभिसप्त छन्। त्यही थैलोमा पनि मोदीको अनुहार छापेर वितरण गरिन्छ। भारत– निकै गरिब जनताको निकै धनी देश हो। संसारको सबैभन्दा असमानता भएको समाजहरु मध्ये एक।

    अक्सफाम इन्डियाले पनि आफ्नो परिश्रमको फल पायो। उनीहरुको कार्यालयमा छापा मारियो। सरकारका लागि अवरोध खडा गर्ने एमेनेस्टी इन्टरनेशनल र अन्य केही गैरसरकारी संगठनहरुलाई त कतिसम्म दुःख दिइयो भने उनीहरुले भारतमा काम गर्नै छाडे। यी कुनै पनि विषयले पश्चिमी लोकतन्त्रका नेताहरुलाई छोएन। हिन्डनबर्ग–बीबीसी मामिलाको केही दिन भित्रै ‘न्यानोपन र उपयोगी’ बैठकसँगै प्रधानमन्त्री मोदी, राष्ट्रपति जो बाइडेन र राष्ट्रपति इमानुएल म्याक्रोंले भारतले बोइङ र एयरबस हवाइजहाज किन्न सहमत भएको घोषणा गरे।

    बाइडेनले दुई देशबीच भएको व्यापार सम्झौताबाट १० लाख भन्दा धेरै अमेरिकीले रोजगारी पाउने बताए। एयरबसमा रोल्स रोयसको इन्जिन हुनेछ। ‘ब्रिटेनको उदाउँदो विमान निर्माण क्षेत्रका लागि आकाश नै सिमा हो।’ ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनकले भने।

    जुलाईमा मोदीले अमेरिकाको राजकीय भ्रमण गरे र राष्ट्रिय दिवसका अवसरमा प्रमुख अतिथीका रुपमा फ्रान्स गए। के तपाईं यसमा विश्वास गर्न सक्नु हुन्छ ? बाइडेन र म्याक्रों बडो शर्मनाक ढंगले मोदीको चाकडी गरिरहेका थिए। जबकि उनीहरुलाई राम्रैसँग के थाहा छ भने सन् २०२४को चुनाव प्रचारमा यसले मोदीलाई बरदानको काम गर्नेछ। जुन व्यक्तिलाई उनीहरु अंगालोमा बेरिरहेका छन्, यसबारे उनीहरुले थाहा पाउनु पर्ने त्यस्तो केही बाँकी छैन।

    जतिबेला उनीहरु मोदीसँग अंगालो मारिरहेका थिए, ठ्याक्कै त्यति नै बेला उत्तर भारतको एउटा सानो गाउँबाट मुसलमानहरुले आफ्नो घर छोडेर भाग्नु परेको थियो भन्ने उनीहरुलाई पक्कै थाहा थियो। ‘मुसलमान–मुक्त’ उत्तराखण्डको चर्चा खुलेआम भइरहेको छ। उनीहरुलाई थाहा थियो होला– मोदीको शासनकालमा भारतको पूर्वोत्तर राज्य मणिपुर बर्बर गृहयुद्धको आगोमा जलिरहेको छ। त्यहाँ एक प्रकारको नश्लीय सफाया नै गरिएको छ। सुरक्षा संस्थानहरु सुस्पष्ट रुपमा दुई खेमामा विभाजित छन्। एकातर्फ प्रहरी छ त अर्कोतर्फ व्यवस्था शुन्य छ। इन्टरनेट बन्द छ। समाचार चुहिएर आउन हप्तौँ लागीरहेको छ।

    यति हुँदा पनि संसारका शक्तिशालीहरु मोदीलाई त्यो सबैथोक उपलब्ध गराइरहेका छन्, जुन उनलाई भारतको सामाजिक तानाबाना बर्बाद गर्नका लागि र जलाउनका लागि चाहिन्छ। मलाई सोध्नु हुन्छ भने यो एक प्रकारको नश्लवाद हो। यी शक्तिहरु लोकतान्त्रिक भएको दाबी त गर्छन तर ती नश्लवादी छन्। उनीहरु जुन ‘मूल्य–मान्यता’ मान्छौं भनेर दाबी गर्छन्, त्यो अश्वेत देशहरुमा लागू हुनुपर्छ भन्ने कुरामा विश्वास गर्दैनन्।

    तर, यसले केही फरक पर्दैन। हामीहरु आफ्नो लडाईं लड्ने छौं र अन्ततः आफ्नो देशलाई पुनः प्राप्त गर्नेछौं। भारतको लोकतन्त्रलाई टुक्रा–टुक्रा पार्दा यसले संसारमा केही असर पर्दैन भनेर उनीहरु सोच्छन् भने यो निश्चित रुपमा खयाली पुलाउ पकाए जस्तै हो।

    हामी एउटा भिन्न परिस्थितिमा पुगिसकेका छौं भनेर भन्दै गर्दा खासमा मैले यसैबारे कुरा गरिरहेकी थिएँ। चेतावनीको समय सक्किसकेको छ र हामीलाई आफ्नै जनताको एउटा हिस्सासँग त्यति नै डर लाग्न थालेको छ जति आफ्ना नेताहरुसँग।

    सन् २०२४ मा मोदी विजयी भए भने असहमतीका सबै मार्ग बन्द गरिनेछन्। तपाईंहरु मध्ये कसैले पनि जे भइरहेको छ, त्यसबारे मलाई थाहा थिएन भनेर ढोंग गर्न मिल्दैन।

    यस विषयमा कुरा गर्नका लागि प्रधानमन्त्रीसँग कुनै शब्द छैनन्। यो निर्वाचनको मौसम हो र आगामी मे सम्ममा निर्वाचन भइसक्छ। त्यसैले यो सबै चुनावी अभियानको अंश हो। हामी झनै धेरै रगतको होली, सामूहिक हत्या, षडयन्त्रपूर्ण झुठा हमला, नक्कली युद्ध र त्यस्ता प्रत्येक घटनाका लागि तयार छौं, जसले पहिलेदेखि नै विभाजित समाजलाई झनै विभाजित बनाइदिनेछ।

    भारतमा जे हुँदैछ, त्यो सामान्य इन्टरनेटमा चलाइएको फासीवाद होइन। यो धरातलीय वास्तविकता हो। हामी नाजी भइसकेका छौँ– हाम्रा नेताहरु मात्रै होइनन्, हाम्रा टिभी च्यानल र अखबार मात्रै होइनन्, हाम्रो जनसंख्याको व्यापक हिस्सा नै नाजीवादी भइसकेको छ। अमेरिका, युरोप र दक्षिण अफ्रिकामा बसोबास गर्ने व्यापक हिन्दू समुदायले राजनीतिक र भौतिक रुपमा फासीवादलाई सघाई रहेको छ। आफ्नो अन्तस्करण, आफ्ना केटाकेटीको अन्तस्करण र आफ्ना केटाकेटीका पनि केटाकेटीको अन्तस्करणका लागि हामी उठ्नै पर्नेहुन्छ। हामी सफल हुन्छौं कि असफल त्यसले धेरै माने राख्दैन।

    सन् २०२४ मा मोदी विजयी भए भने असहमतीका सबै मार्ग बन्द गरिनेछन्। यो हलमा उपस्थित तपाईंहरु मध्ये कसैले पनि जे भइरहेको छ, त्यसबारे मलाई थाहा थिएन भनेर ढोंग गर्न मिल्दैन।

    एउटा लेखकले आफ्नो लेखनले संसारै बदल्न सक्छु भन्नु आफैमा अलिकति अशिष्ट, उदण्ड र मूर्खतापूर्ण पनि सुनिन सक्छ। तर, उसले अलिकति प्रयाससमेत पनि गरेन भने साँच्चै दुःखद हुनेछ।

    (अरुन्धती रोयले ‘युरोपियन एस्से प्राईज फर लाईभ टाइम एचीभमेन्ट’ स्वीकार गर्न स्विजरल्याण्ड गएको बेला दिएको मन्तव्य। नेपाल रिडर्सका लागि नरेश ज्ञवालीले गरेको अनुवाद।)

    मन्तव्यको भिडियो:

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अरुन्धती रोय

      अरुन्धती रोय

      रोय बुकर प्राप्त विजेता लेखक हुन्।

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.