Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

डा. मदन रिमाल डा. मदन रिमाल
भदौ १०, २०७४
- इतिहास, विचार, विमर्शका लागि, समाज, सँस्कृति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    फेसबुक, ट्वीट र सामाजिक सञ्जालमा नेपाल र यहाँको हिन्दु धर्मको ईतिहास सम्बन्धमा लेखिएका भ्रमपूर्ण लेख वा समाचारलाई नै पाठक–दर्शक र स्रोताहरुले लाइक वा सेयर गरेको देखिन्छ। त्यसो भए कस्तो थियो हाम्रो प्रारम्भिक इतिहास?

    इतिहास–संस्कृति भनेर प्रकाशन–प्रसारणमा आएका कुरा कति भ्रम र कति वास्तविक हुन्?

    नेपाली समाज–धर्म–संस्कृतिवारे अहिलेसम्म थाहा पाइएका सत्य–तथ्य सामाजिक संजालका प्रयोगकर्ताहरुलाई विषयविदहरुले जानकारी गराउनु अत्यावश्क भैसकेको छ। त्यसैका लागि संक्षिप्त जानकारी दिन यो लेख तयार पारिएको हो।

    हिन्दु शब्द धर्म होइन !

    हिन्दु शव्द धर्म (रिलिजन) होइन । यो शव्दले संस्कृतिलाई जनाउछ। पर्सीयालीहरुले पाँचौं शताव्दी इसापूर्व ताका सिन्धु नदी पश्चिमको भूभागमा शासन गरेका थिए। उनीहरु “स” लाई “ह” उच्चारण गर्दथे।

    स को सट्टा ‘ह’ उच्चारण गरेपछि सिन्धु, सप्ता, असुरलाई क्रमश हिन्दु, हप्ता र अहुर आदि। उनीहरु सिन्धु नदीदेखि पूर्व बङ्गालको खाडी सम्मको मानव संस्कृति, समाज, धर्म आदिलाई सिन्धुपूर्वको भनेर हिन्दु भनी सम्बोधन गर्दथे।

    नेपालको ईतिहासमा यस्तो संस्कृतिका मानिसहरु आज भन्दा लगभग तीन हजार वर्ष पहिले प्रवेश गरेको देखिन्छ। उनीहरुले काठमाडौंमा गोपाल र महिषपाल वंशीको रुपमा शासन गरे।
    उनीहरु पछि यस क्षेत्रमा किरातेश्वर शिवका उपाशक किरात वंशी ३०–३२ राजाहरुले शासन गरे। लगभग दुई हजार वर्ष अघि यहाँ लिच्छवी राजाहरुले शासन गरेका थिए ।

    प्रामाणिक इतिहास

    नेपालको प्रामाणिक इतिहास लिच्छवि राजा मानदेवदेखि शुरु हुन्छ।
    चाँगुनाराणमा पाइएको अभिलेख (इस्वी ४६४) बाट त्यस समयमै नेपाली समाजमा हिन्दु संस्कृति अनुरुपको वर्ण व्यवस्था कायम भएको जानकारी पाइन्छ।

    लगभग ८–९ सय वर्षसम्म शासन गर्ने लिच्छवी राजाहरुका लगभग २५० भन्दा बढी अभिलेख प्राप्त छन्। ती अभिलेखहरु अनुसार लिच्छविकालिन नेपालमा वर्ण व्यवस्थामा आधारित ४ वर्ण बाहेक १८ अन्य जातजातिका समाज पनि थिए।

    त्यो समयमा नेपाली समाजमा बौद्ध धर्म पनि निकै लोकप्रिय थियो। तसर्थ हिन्दु संस्कृतिमा आधारित नेपाली समाजको प्रामाणिक इतिहास दुई हजार वर्ष भन्दा पुरानो छ।

    उदाहरणको रुपमा चाँगु, बालाजु बुढानिलकण्ठ, शोभा भगवती, नक्साल भगवती, उमा–महेश्वर आदिका मूर्तिहरु र लिच्छवी राजाहरुको अभिलेखमा उल्लेखित वर्णनहरुलाई लिन सकिन्छ।

    खस जाती होइन

    अहिले केही विद्वानहरु हिन्दु संस्कृतिलाई हिन्दु धर्मको रुपमा खसहरुले नेपालमा भित्राएको कुरा लेख्ने गर्दछन्।

    माथि गरिएको वर्णनवाट खश एक जाति हो भन्ने कुरा स्वतः गलत ठहरिन्छ। यो जातिले इसपूर्व २००० तिर क्यास्पियन सागरतिरबाट आएर लगभग १७००–१५०० इसापूर्व बेबिलोनियामा शासन गर्‍थ्यो। इसापूर्व ५०० तिर यिनको राज्य नष्ट भए पछि यिनीहरु पूर्व तर्फ सिन्धु नदी उपत्यका हुँदै काश्मीर तथा कुमाउँ–गढवाल क्षेत्रमा शासकको रुपमा देखा पर्दछन्।

    नेपालमा लिच्छवि शासन हुँदा यिनीहरु इस्वी ५०० तिर कुमाउँवाट पश्चिम नेपाल आएको थाहा हुन्छ। त्यस सम सम्म यिनीहरु प्राचीन आर्यसँगको समिश्रणवाट खश–आर्य भैसकेका हुन्छन्।

    राजा नागराज

    काठमाडौंमा लिच्छवि शासनको अन्त र राजनीतिक अस्थिरता भएकाले यहाँका शासकको ध्यान पश्चिम नेपालतर्फ जान सकेको थिएन। तसर्थ, इस्वीको १२०० तिर प्रशिद्ध खश राजा नागराजले कर्णाली प्रदेशमा खश राज्य कायम गरे।

    यिनी आफु बौद्ध धर्मका अनुयायी भएता पनि हिन्दु संस्कृतिका देवदेवीलाई सम्मान गर्दथे। यिनी र यिनका वँशजले बौद्ध धर्म मानेता पनि पछिसम्म पनि यिनी भने धर्म र राजनीतिलाई अलग्गै मान्ने गर्दथे।

    खसपूर्व नै हिन्दू

    यसप्रकार खशहरुले मात्र नेपालमा हिन्दु संस्कृति र धर्म भित्राए भन्नु पनि गलत हो। उनीहरु १२०० इस्वी तिर मात्र नेपाल पसेका हुन्।

    जबकि उनीहरु आउनु भन्दा २००० वर्ष अघिनै नेपालमा हिन्दु संस्कृति देखा परिसकेको देखिन्छ । प्रामाणिक श्रोतलाई मान्ने हो भने पनि इस्वीको ५०० वर्ष तिर हिन्दु संस्कृतिको जग निकै बलियो भै सकेको बुझिन्छ।

    यदि हिन्दु संस्कृति उनीहरुले भित्राए भन्ने मान्ने हो भने बौद्ध धर्म पनि उनीहरुले नै भित्राए भन्नु पर्ने हुन्छ। उनीहरुको हिन्दु संस्कृति र बौद्ध धर्मको बिकासमा महत्वपूर्ण योगदान अवश्य रहेको छ।

    मात्र पछिल्लो समय आएका खश राजा मानिएका पृथ्वीनारायण शाह र तिनका वँशजको रिसले वा उनीहरुसँग आएका खश (आर्य) समुदायको रिसले नेपालको सांस्कृतिक ईतिहासलाई गलत ढंगले प्रस्तुत गर्नु सांस्कृतिक अपराध हो।

    लगभग तीन हजार वर्ष अघि संचार, यातायातको विकास नभएको र अत्यधिक चिसो मौसम भएको कारणले काठमाडौं उपत्यका निकै विकट क्षेत्र मानिन्थ्यो। पाषाण युगका स–साना मानव समुह यस ठाउमा कहिलेकाही मात्र विचरण गर्ने गर्दथे।

    गोपाल र महिषपाल

    लगभग तीन हजार वर्ष तिर पशुपालनमा निर्भर समाजको निर्माण गरेर गोपाल र महिषपाल समुदायका मानिसले काठमाडौं उपत्यकामा समाज र संस्कृतिको प्रारम्भिक जग हालेका थिए। नामको आधारमा उनीहरु हिन्दु आर्य सांस्कृतिक समुहका थिए भन्ने बुझिन्छ। उनीद्वारा नै पशुपतीनाथको स्थापना भएको थियो, लगभग २ हजार ७ सय वर्ष अघि।

    प्रकृति निर्भर कृषिको सामान्य ज्ञान भएका किरात समुदायका मानिसहरुले उपत्यकाको सामाज र संस्कृतिको विकास निर्माणमा लगभग ८ सय वर्षसम्म योगदान दिएका थिए।

    ऊनबाट बनेका राडी पाखी जस्ता सामानका साथै हिमाल, पहाड तथा तराईका जङ्गलबाट प्राप्त सामग्री तथा जडिबुटीको व्यापार भारतीय मैदानी राज्यहरुमा गरेर उनीहरुले सम्पन्न नेपाली समाजको निर्माण गरे।

    उनीहरुद्वारा निर्मित ऊनका कम्बल उत्कृष्ट थिए भन्ने चौथो शताव्दी इस्वी पूर्वका कौटिल्यले पनि आफ्नो अर्थशास्त्रमा उल्लेख गरेका छन।

    हिमाल, पहाड र तराई

    काठमाडौं उपत्यकावाट प्रारम्भ भएको समाज र संस्कृतिले त्यस समय हिमाल, पहाड र तराइका घना जङ्गलभित्र रहेको समाजलाई नेपाली समाज र संस्कृतिको स्वरुप दियो। कृषि पशुपालन तथा व्यापारको समिश्रणवाट संगठित नेपाली समाजलाई किरातहरुले सर्वप्रथम नेपाल देश वा राष्ट्रको रुपमा पहिचान दिलाए।

    यो देशको समाज र संस्कृतिको निर्माणमा सम्भवत त्यसै समयदेखि प्राचीन मिथिला, कपिलवस्तु, तिब्बत र मङगोलियामा विकसित मानव समाज र संस्कृतिको योगदान हुन थाल्यो।

    त्यस समयदेखि नै विभिन्न मानव समुदायका समाज र संस्कृति सम्मिलित नेपाल देशले सांस्कृतिक पूर्णता पायो। हिन्दु संस्कृति अनुरुपको सामाजिक सङगठनका चार वर्ण तथा त्यस बाहेकका अन्य समुदायका सामाजिक संगठन गरी दुई थरिका समुदाय सौहाद्रपूर्ण वातावरणमा बसेका थिए।

    समाजमा हिन्दु संस्कृति तथा बौद्ध धर्म अनुरुपको धार्मिक आस्था र विश्वास कायम थियो। केहि समूहहरु आफ्नै परम्परागत धर्म तथा आस्था अनुसारका क्रियाकलाप गर्ने गर्दथे। धार्मिक, सामाजिक तथा सांस्कृतिक समिश्रणको फलस्वरुप पशुपति, चाँगु, स्वयम्भु, बौद्ध जस्ता मन्दिर, विहार तथा गुम्बा आदि स्मारकहरु स्थापित भए।

    त्यसै समयदेखि बिभिन्न धर्म, आस्था, परम्पराको समिश्रण अनुरुपको रितीरिवाज, चाडपर्व, तीर्थ, जात्राहरु संयुक्त रुपमा मनाउने संस्कृतिको विकासले प्रारम्भिक नेपाली संस्कृति र समाज अन्य ठाउँका संस्कृति तथा समाज भन्दा भिन्न स्वरुपमा विकसित हुन थाल्यो।

    प्राचिन समाजको इतिहास

    नेपालको प्राचिन समाजको इतिहास तर्फ एक दृष्टि दिने हो भने इस्वीको दोस्रो शताव्दीदेखि नवौं शताव्दीसम्मको इतिहासलाई नेपालको प्राचिन वा लिच्छवि कालिन इतिहास भनिन्छ ।

    प्राचिन भारतमा काठमाडौं उपत्यका अति विकट र चिसो वातावरण भएको ठाउ थियो। पहाड र जङ्गलले गर्दा यो सुरक्षित स्थल पनि मानिन्थ्यो।

    इस्वीको प्रथम शताव्दीतिर विभिन्न कारणले प्राचीन भारतवाट विस्थापित वा पलायन भएर लिच्छवि, गुप्त, वर्मा, मल्ल आदि राजवंशका मानिसहरु काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा शरण लिन आउथे।

    यी राजवंशहरु मध्ये मल्लले मध्य पश्चिम नेपालमा शरण लिई त्यस क्षेत्रमा इस्वीको पाचौ शताव्दी तिर राज्यको स्थापना नै गरे।
    काठमाडौं उपत्यकामा प्रारम्भमा वर्मा तथा लिच्छविहरु शासन सञ्चालनमा सक्रिय भए। लिच्छविवंशीले किरातवशी राजालाई जिती नेपालको शासन सन्चालन गर्न थाले।

    प्रसिद्ध लिच्छवि राजा मानदेवको इस्वी ४६४ को चाँगुको अभिलेखदेखि नेपालको प्रमाणिक इतिहास प्रारम्भ हुन्छ।

    लिच्छवि राजा तथा उनीहरुसँग आएका मनिसका समूहले उपत्यकाका वासिन्दाहरुलाई प्रकृतिमा निर्भर नभई कुलोद्वारा पानी ल्याई सिँचाइ गर्न सिकाए।

    नयाँ प्रविधिले कृषि तथा पशुपालन कर्मलाई उपत्यकामा व्यापकरुप दियो । विरामी मानिसका लागि आरोग्यशाला तथा पशु औषधालयको समेत स्थापना गरियो।

    घर वा टोल नजीक ढुङ्गे धाराद्वारा खानेपानी उपलब्ध गराइयो। पांचालीको माध्यमवाट गाउँहरु सङगठित पार्न थालियो। सामाजिक तथा धार्मिक कार्य गर्न स्थानीय वा सम्बन्धित समुदायको सहभागितामा गोष्ठि ( गुठी ) नामक संस्था गठन गरी अक्षय कोष राख्ने प्रचलनले व्यापकता पायो।

    दक्षिणतर्फ भारतका बिभिन्न राज्यहरुसँग सम्बन्ध गाँसेर उत्तरापथ राजमार्गवाट व्यापार विस्तार गरियो।
    उत्तरमा तिब्बतसँग सम्बन्ध गाँसेर प्रसिद्ध रेशम मार्गवाट व्यापार विस्तार गरियो।

    घरेलु उद्योगको स्थापना गरी तामा, फलामका सामाग्रीहरु, ऊनका कम्बल, लुगा, चँवर, जडिबुटी तथा कस्तुरी आदिको निर्यातद्वारा नेपाली समाजलाई समृद्ध बनाइयो। आर्थिक उन्नतिले गर्दा आफ्नै मुद्राको आवश्यकता महसुस गरी राजा मानदेवले सर्वप्रथम तामाका नेपाली मुद्रा श्रीमानांक प्रचलनमा ल्याए।

    त्यसपछि अनेकौ लिच्छवि राजाहरुले मुद्रा प्रचलनलाई निरन्तरता दिए। धार्मिक मठ, मन्दिर, विहार, गुम्बा आदि स्थल अध्ययन अध्यापनका केन्द्र भए।

    नविनशैलीका कला, वास्तुकलाले उपत्यकालाई सिँगारियो। प्राप्त उपलब्धिलाई सुरक्षा गर्न सैनिक क्षमता पनि सुदृढ पार्न थालियो।

    —-sadrishya. com बाट साभार।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. मदन रिमाल

      डा. मदन रिमाल

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.