Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्राच्य विद्या र ओरिएन्टालिज्म – केदार वाशिष्ठ

केदार वाशिष्ठ केदार वाशिष्ठ
मंसिर १५, २०७७
- यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पूर्वमा रहेको अथाह ज्ञानभण्डारको अध्ययन परम्परा नै प्राच्य वा पौरस्त्य विद्या हो। प्राच्य र विद्या दुवै तत्सम शब्द हुन्। यस आधारमा सामान्य रूपमा संस्कृत भाषामा रहेको ज्ञान भण्डारको सङ्कुचित अर्थ यसबाट ग्रहण गर्न सकिने हुन सक्छ तर प्राच्य विद्या शब्दले पूर्वमा रहेको संस्कृतको ज्ञान भण्डारको मात्र अध्ययन गर्दैन। यसले विश्वलाई पूर्व र पश्चिममा गरिएको विभाजनका आधारमा अध्ययन भन्ने अर्थ प्रदान गर्दछ।

    नेपाली बृहत् शब्दकोशले यसलाई पूर्व विद्याका रूपमा मानेको छ:
    पूर्व विद्या ना. १. पूर्व (भारत, चीन, जापान इ.) का सभ्यता आदिको अध्ययन गर्ने विद्या।
    २. भारतीय विद्या।

    यहाँ आश्चर्य लाग्दो कुरा के देखिन्छ भने पूर्व भनेर चिनाइएका देशहरुमा नेपाल नै छैन। अर्थात् यस शब्दकोशका कोशकारहरुले नेपाल पूर्वमा पर्छ भन्ने सामान्य जानकारी पनि त्यो शब्दकोशका प्रयोगकर्तालाई दिनु जरुरी ठानेनन् वा नेपालमा नेपाल विद्याको प्रयोग र परम्परा नरहेका कारण वा नेपालमा प्राचीन सभ्यता नै थिएन भन्ने लागेर के भएर हो नेपाल पूर्वमा पर्छ भन्ने उदाहरण दिएनन्। जेसुकै भए पनि यस्तो अवस्थामा देशीय विद्याको अर्थमा प्रयोग हुने गरी नेपाल विद्या शब्द नहुनुलाई चाहिँ अनौठो मान्नु पर्ने भएन।

    कुनै पनि नयाँ कुरा आम प्रचलनमा आएपछि मात्र शब्दकोशहरुमा तिनको प्रविष्टि हुने देखिन्छ। नेपालमा सिर्जना भएको मानिएको नयाँ विधा पीडितशास्त्रका सम्बन्धमा पनि प्राच्य विद्या वा नेपाल विद्याकै जस्तो अवस्था देखिएको छ। पूर्व र पश्चिमका शब्दकोशहरुमा त्यसको प्रविष्टि भएको पाइँदैन। पश्चिमी अध्ययन परम्पराका ब्ल्याक्स ल डिक्सनरी र वेब्स्टर्स इन्साइक्लोपेडिया अनएब्रिज डिक्स्नरीका साथै पूर्वीय (नेपाली) परम्पराको नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशमा पनि यो शब्द चढेको छैन। यस आधारमा प्राच्य विद्या पनि नेपाली अध्ययन परम्परामा नौलो जस्तो लागे पनि नेपाल पूर्वमा पर्ने र पूर्वको विद्या प्राच्य विद्या भनेर उदाहरण दिँदा नेपालको नाम उल्लेख नहुनुलाई गम्भीर रूपमा लिन सकिन्छ।
    हिन्दी शब्दकोशले भने प्राच्य विद्यालाई यसरी अथ्र्याएको पाइन्छ:

    प्राच्य विद्या – स्त्री. (सं.) पुरातत्व की वह शाखा जिसमे प्राच्य देशों अर्थात्, तुर्की, ईरान, भारत, बर्मा, चीन, स्याम, मलाया आदि पूर्वीय देशों के इतिहास, धर्म, भाषा, संस्कृति, साहित्य आदिका अनुसंधानात्मक विचार और विवेचन होता है।

    यसले पूर्वको क्षेत्र व्यापक रहने गरी देशका उदाहरण दिएको पाइन्छ। कोशीय अर्थले पूर्वीय देशहरुको इतिहास, धर्म, भाषा, संस्कृति, साहित्य आदिका बारेमा गरिने अनुसन्धान र विवेचना गर्ने पुरातत्वको एउटा शाखा बताएको छ। साथै, प्राच्य विद्याको अङ्ग्रेजी समानार्थी शब्दका रूपमा ओरिएन्टालिज्म (Orientalism) लाई लिनु पर्ने सङ्केत गरेको पाइन्छ। जसको अर्थ प्राचीनता, पूर्वदेशीयता हुने गर्दछ।

    अक्सफोर्ड इङ्लिस डिक्सनरीका अनुसार १८ औँ शताब्दीयता एसिया वा प्राच्य देशका संस्कृति, इतिहास र भाषाका विषय र प्राच्यविद्, विद्वान्‌हरुका कामलाई बुझाउने शब्द हो । नेपाली शब्दकोशमा प्राच्य विद्या शब्द नभए पनि ओरिएन्टालिज्मका बारेमा भने अङ्ग्रेजी नेपाली शब्दकोशमा अर्थ पाइन्छ। जसको अर्थ हुन्छ: प्राच्यवाद, पूर्वीय संस्कृतिको प्रेम।
    पश्चिमबाट पूर्वीय भाषा र संस्कृतिप्रतिको पहिलो अध्ययन हिब्रु भाषाको भएको पाइन्छ। १३ औँ शताब्दीको मध्यतिर पश्चिमाहरुलाई दोस्रो एसियाली भाषाको आवश्यकता भएपछि अरबीको अध्ययन भएको पाइन्छ। १५ औँ शताब्दीदेखि भने ग्रिसेली र रोमनेली लेखकहरुलाई अरबी भाषाको अनुवादबाट सहजीकरण गर्न पश्चिमा विश्व विद्यालयहरुमा ओरिएन्टालिज्म पढाइन थालेको पाइन्छ। तर १८ औँ शताब्दीमा पश्चिमी देशहरुको औपनिवेशीकरण बढेपछि भने आफ्नो औपनिवेशिक प्रभुत्वका देशको अध्ययनमा केन्द्रित हुन थालेको पाइन्छ। अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशको परिभाषा त्यसै अनुरूपको रहेको हो भन्न सकिन्छ। तर इसापूर्व तथा इसाको पहिलो शताब्दीदेखि नै ग्रिसेली अध्ययन परम्परामा नेपालसमेतका पूर्वीय परम्पराको अध्ययन हुन थालि सकेको पाइन्छ। (हेर्नुहोस् नेपाल विद्या नामक पुस्तकको सिला खोजेको भाषा अन्तर्गत ग्रिसेली अध्ययनमा किरात)

    यस क्रममा रुसले मध्य तथा उत्तरी एसियाका उर्गिक वा अल्टाइक भाषा, बेलायत र फ्रान्सले दक्षिण तथा पूर्वी एसियाका हिन्दु र चिनियाँ तथा जर्मनहरुले दक्षिण पूर्वी एसियाका भाषाहरुको अध्ययन गरेका थिए। सन् १७८० मा वेल्सहाम विलियम जोन्सले संस्कृत र प्राचीय युरोपेली र पश्चिमी एसियाली भाषाहरु आपसमा सम्बन्धित रहेको पत्ता लगाएपछि इतिहासमा यसको कोसेढुङ्गा राखिएको हो। यसर्थ नेपाली भाषाले भारोपेली भाषासँग पुस्ता गाँस्न पाएको पनि यही यही प्राच्य विद्या परम्पराले गर्दा हो भन्न सकिन्छ। तर दोस्रो विश्वयुद्धपछि पनि प्राच्यवादको अध्ययनको प्रचलन औपनिवेशिकताकै आधारमा भएको पाइन्छ।

    पश्चिमबाटै आलोचना
    पश्चिमबाट ओरिएन्टालिज्मका नाममा प्राच्य विद्यालाई औपनिवेशकिताका आधारमा अध्ययन भएका कारणले गर्दा पश्चिमबाट नै आलोचित पनि बनेको पाइन्छ। खासगरी इडवार्ड डब्ल्यु. सेडले सन् १९७८ मा ओरिएन्टालिज्म नामक पुस्तक लेखेर ओरिएन्टालिज्म साना राज्यहरुलाई नियन्त्रणमा लिई आफै राज्य गर्ने सिद्धान्त भएको उल्लेख गरेपछि यो पश्चिमा जगत्मै आलोचनाको विषय बनेको पाइन्छ। प्यालेस्टाइनी–अमेरिकी सिद्धान्तकारका रूपमा रहेका सेडले अमेरिकाले सुदूर पूर्व (मुख्य रूपमा जापान र चीन) मा युरोपको जस्तो ओरिएन्टालिज्मको अनुभव नगरेको उल्लेख गरेका छन्।
    इडवार्ड सेडको यस पुस्तकले पश्चिमी विद्वान्हरुमा निकै ठुलो बौद्धिक तरङ्ग ल्याइदिएको थियो। तर सेडको पुस्तक आउनुअघि नै पूर्वीय र पश्चिमी विद्वान्हरुमा ओरिएन्टालिज्मबारे आलोचनात्मक विचार त थियो तर उनीहरु उकुस मुकुस अवस्थामा थिए।

    पुस्तक आएपछिको अनुभव सुनाउँदै हर्वार्ड विश्व विद्यालयका मध्यपूर्वका इतिहास विषयका प्राध्यापक रोजर ओवेनले पुस्तक आएपछि आफू र आफ्ना केही साथीहरुले हल्का महसुस गरेको उल्लेख गरेका छन्। खास गरी मध्यपूर्वको अर्थतन्त्र, समाज र राजनीतिक प्रणालीका सम्बन्धमा उनीहरुको फरक धारणा पहिलेदेखि नै रहेको पाइन्छ। त्यसपछि मध्यपूर्वका बारेमा पश्चिमले भन्दा आफै नै अध्ययन बढी गर्नु पर्ने आवश्यकता महसुस गरेर विभिन्न काम गर्न उनले सुझाएका छन्।

    बेलायती लेखक चार्लस् एलेनले ओरिएन्टालिज्मबारे एउटा निबन्धमा इडवार्ड सेडले ओरिएन्टालिज्म बेलायती एजेन्डा रहेको उसैको झोला बोक्ने केही युवाले यो अवधारणाको उपयोग गर्ने गरेको भनेर पनि आलोचना गरेको उल्लेख गरेका छन्। बेलायती उपनिवेशकालमा भारतमा जन्मेका एलेनले बेलायती प्राच्यविद्हरुको बचाउ गरेका छन्। ओरिएन्टलिस्टस् (प्राच्यविद्हरु) साहेबहरु रहेको र उनीहरुले नै बुद्धबारे पूर्ण उत्खनन गरेको दावी गर्दै पुस्तक लेखेका छन् दि बुद्ध एन्ड दि साहिब्ज। तर बुद्धबारे ओरिएन्टालिस्टस् हरुले कसरी भ्रामक र विवादास्पद अध्ययन गरेका थिए भन्ने विस्तृत अध्ययन यसै पुस्तकको नेपाल विद्याको प्रयोग सम्बन्धी लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन खण्डमा गरिएको छ।

    साभारः (लुम्बिनी कपिलवस्तु दिवस डिसेम्बर १ को अवसर पारेर सार्वजनिक भएको अनुसन्धानात्मक कृति नेपाल विद्या: सिद्धान्त र प्रयोगबाट)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      केदार वाशिष्ठ

      केदार वाशिष्ठ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.