Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

९४ वर्षका ‘ठिटो वकिल’: गणेशमान सिंहकै कारण म कम्युनिष्ट बनें

लक्ष्मी पुन लक्ष्मी पुन
माघ १४, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    लेखक लक्ष्मी पुन

    कामचलाउ प्र.म. खड्गप्रसाद ओलीले संसद विघटन बहसमा सहभागी भएका नेपालकै पहिलो वकिल कृष्णप्रसाद भण्डारीमाथि संकेत गर्दै ‘बाजे वकिललाई ल्याएर तमासा गरे’ भन्ने टिप्पणी गरेपछि भण्डारी पुनः सर्वत्र चर्चामा आउनु भएको छ। उमेरले ९४ पुग्दा पनि वकालती पेशामा सक्रिय वरिष्ठ अधिवक्ता पञ्चायतकालमा पनि भण्डारी उत्तिकै चर्चित र सक्रिय हुनुहुन्थ्यो। वि.सं. १९८४, जेठ २८ गते जन्मिनु भएका भण्डारीलाई पञ्चायतकालमा दरबारबाट प्रधानन्यायाधीशका लागि अफर पनि आएको हो। कम्युनिष्ट आदर्शबाट प्रभावित उहाँ दरबारको ललिपपमा फस्नुभएन।

    कानुनविदहरुका ‘गुरुदेव’
    उहाँले स्थापना गरेको ‘नेपाल ल फर्म’ नेपालमा कानुन व्यवसायको जग बसाल्ने पहिलो कानुनी अड्डा हो। सिंहदरबार पश्चिम ढोकानजिकै बग्गीखानानिर रहेको सो ल फर्मले आजसम्म सैयौं काबिल न्यायाधीश तथा वकिलहरू उत्पादन गरी सकेको छ। पूर्व प्रधानन्यायाधीश मिनबहादुर रायमाझी, वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ, दिग्गज कानुन व्यवसायी कृष्णप्रसाद पन्त, बासुदेव ढुंगानालगायत उहाँका शिष्य थिए।

    नेपालका कानुनविदहरूले ‘गुरुदेव’ भनेर आदर गरिने न्याय क्षेत्रको पहाडजस्तै व्यक्तित्व भण्डारी पूर्वप्रधानन्यायाधीशद्वय केदारप्रसाद गिरी, गोविन्दबहादुर श्रेष्ठ, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलगायतका वरिष्ठ अधिवक्ताहरूको पनि गुरु हो। भण्डारीले पञ्चायतमै बिपी कोइराला, रामराजाप्रसाद सिंह र केआई सिंहको पक्षमा मुद्दा लड्नुभएको थियो। भण्डारी भन्नुहुन्छ, ‘उहाँहरू मेरो शिष्य भएकोमा मलाई गर्व पनि छ।’

    नेपाल बार एसोसिएसनमा दुई पटक अध्यक्ष भइसक्नुभएका भण्डारीले जीवनभर आफ्नो निष्ठा, स्वाभिमान र व्यवसायिक मर्यादा बिर्सनुभएन। झापा विद्रोहमा ज्यान मुद्दा लागेका र वर्तमानका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा पनि उहाँले बहस गर्नुभयो। उतिखेर आफ्नो पार्टीका साथीहरुको मुद्दा लड्ने सिलसिलामा भण्डारी धनकुटा पुग्नुभएको थियो। त्यसबेलामा नै उहाँले ओलीका पक्षमा कानूनी सहयोग गर्नसमेत तयार हुनु भएको थियो। सोही मुद्दा सर्वोच्च अदालतमा आएपछि काठमाडौँ बहस गर्नु भएको थियो। यद्यपी उहाँको पार्टि र उहाँ झापाको खतम अभियानसँग सहमति राख्दैनथ्यो।

    उतिखेर ज्यान मुद्धा खेपीरहेका केपी शर्मा ओलीसँग उहाँको खासै चिनापरिचय थिएन। तर उहाँसँगै सो मुद्दा खेप्ने केही मानिस भने उहाँसँग परिचित थिए। उनीहरूलाई छुटाउनका लागि त्यो मुद्दा जित्न आवश्यक थियो। त्यसैले भण्डारी दिनरात नभनी सो मुद्दाका लागि ज्यान फालेर लाग्नु भयो। आफू वकालती गर्ने उहाँको घर क्रान्तिकारी र वामपन्थीहरूको आश्रयस्थल पनि थियो।

    ‘आफ्नै घरको तमसुक च्यातेँ’
    वकालतीका साथै भण्डारीले जीवनभर मानवअधिकारका पक्षमा कलम पनि चलाउनुभयो। सत्ता र धनको मातमा अरुलाई दुख दिने मानिस उहाँलाई फिटिक्कै मन परेन। त्यसैले क्रान्तिकारी र पीडितहरूका पक्षमा ज्यान फालेर लाग्नु भयो। राणा विरोधी आन्दोलनमा सहभागी हुने क्रममा उहाँले त्यो बेलाको अढाई लाखको तम्सुक च्यातेर अगाडि बढ्नु भयो।

    त्यो तम्सुक आफ्नै घरको थियो। भण्डारी अहिले सम्झनुहुन्छ,‘त्यतिखेर तम्सुक न च्यातेको भए सायद मेरो परिवार आज यो स्थानमा हुने थिइन। किनभने त्यसपछि मेरा भाईहरू कामका खोजीमा काठमाडौं आए, परिश्रम गर्न सिके। त्यसो न गरेको भए हामी साहू,सामन्ती र जमिन्दार नै रहने थियौं। सुती र लुटी खाने रहने थियौं।’

    भण्डारीले आफ्नै पहलमा तराईका गाउँगाउँ गएर ३२ वटा विद्यालयहरू खोलेर शिक्षाको चेतना फैलाउनु भयो। ‘पढके की होतय?’ स्कुल खोल्न मधेस पुग्दा मधेशका गाउँहरूमा सोझासिधा किसानहरूले पढेर के हुन्छ भनेर सोधेको अहिले पनि उहाँ सम्झिनुहुन्छ। भण्डारीले जेठी छोरी र नातिनीलाई पनि न्यायक्षेत्रमै लाग्न प्रेरित गर्नुभयो। सरकारको सूचना आयुक्त भई सक्नु भएको वरिष्ठ अधिवक्ता सविता भण्डारी उहाँको जेठी छोरी हुनुहुन्छ।

    ‘फटाहाहरुलाई तह लगाउन कम्युनिष्ट’
    भण्डारीको बुवा नेपालबाट पहिलो ब्याचमा लिखित जाँच दिएर सबैभन्दा बढी अंक लिएर उत्तीर्ण हुने आचार्य हुनुहुन्थ्यो। त्यो समयमा बनारस गएर आचार्य पढ्ने चलन थियो किनभने नेपालमा त्यो व्यवस्था थिएन। ‘बुवाको गुरुले नेपाल फर्क भनेकोले बुवा नेपाल आउनु भएको रे, नत्रभने मेरो परिवार त अहिले भारतीय नागरिक हुन्थ्यो नी,’ उहाँले हाँस्दै बताउनुभयो। २००७ साल अघि भण्डारी प्रजातान्त्रिक विचारधारामा आबद्ध बुद्धिजीवी हुनुहुन्थ्यो। ‘म गान्धीवादी थिएँ तर त्यसले पुगेन किनभने फटाहारूलाई तह लगाउन बन्दुक न उठाई हुन्थेनँ। र, त्यसका लागि कम्युनिस्ट हुन जरुरी थियो’ उहाँको भनाई छ।

    ‘तर मलाई कम्युनिस्ट गणेशमानले बनाएका हुन्’ उहाँले आफू कम्युनिष्ट हुनुको राज खोल्नु भयो। त्यो बेला भारतले विदेशी मुद्रा कमाउने रणनीति बनाएको थियो। नेपाल पनि छिमेकी राष्ट्र भएकोले कपडा उत्पादन गर्दै नेपाल पठाउने योजना बन्यो। बिराटनगर, वीरगन्ज र नेपालगञ्जलगायत ठूला सहरमा गोदाम खोलेर भारतले खुलेआम ६ रुपैयाँ लागतको कपडा १२ रुपैयाँमा बेच्न थाल्यो। यो कुरा भण्डारीलगायतलाई चित्त बुझेन। र, एक दिन गणेशमान सिंह श्रेष्ठकोमा गएर भण्डारीले यसबारे कुरा राख्नुभयो।

    गणेशमानकै सहयोगले भारतीय कपडाको गोदाम सिल गरियो। र, त्यसको बलमा सबै व्यापार चलेका सहरहरूमा अस्पताल बनाउने सम्झौतामा भारतलाई हस्ताक्षर गर्न लगाइयो। त्यो बेला वीर अस्पताल देशकै ठूलो अस्पताल थियो। राष्ट्रको पक्षमा यो ठूलो निर्णय भएको उहाँ आज पनि खुसीका साथ सम्झनुहुन्छ। ‘कम्युनिस्ट भनेको सबै बराबर,’ उहाँ भन्नु हुन्छ, ‘विकास, स्वतन्त्रता र समानताको नाम कम्युनिष्ट हो’ उहाँ थप्नुहुन्छ, ‘सरल भाषामा भन्दा कम्युनिस्ट भएपछि दुःख होइन, सुख पाइन्छ।’ गणेशमानसिंहको क्रान्तिकारीताबाट प्रभावित भएरै त्यसपछि उहाँ कम्युनिष्ट हुनुभयो। २००९ सालपछि भण्डारी कम्युनिस्ट विचारबाट जीवनभर प्रभावित रहनुभयो।

    कम्युनिष्ट रहेरै मर्न चाहन्छु
    ९४ वर्षको यो उमेरमा पनि उहाँ सधैं हिँडेरै बानेश्वरस्थित निवासबाट पुतलीसडकस्थित आफ्नो ल फर्क पुग्ने गर्नुहुन्छ र त्यसरी नै घर पुग्नुहुन्छ। पुस्तक अध्ययनमा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ। त्यो उहाँको पुरानै बानी हो। बिहान आफैँ पत्रिका किन्न पसल पुग्नुहुन्छ। उहाँका आचरण र व्यवहार पनि समतावादी छ। उहाँले कहिल्यै पनि आफ्नो जग्गा धनी मानिसलाई बेच्नुभएन। गरीबलाई त्यो पनि किस्ताबन्दी तथा कम मूल्यमा बेच्नुभयो।

    भण्डारीले आफ्नै निवास वरिपरि बाटोका लागि आफू एक्लै भएपनि जग्गा छोड्नु भएको छ। काठमाडौंको थापाटोल निवासी उहाँ टोलमा कसैलाई दुःख पर्दा सधैं सहयोगको हात बढाउनुहुन्छ। त्यो कुरा उहाँबाट नयाँ पुस्ताले सिकेको छ। कोरोना महामारीका कारण सिर्जित सुरुवाती लकडाउनका बेला उहाँकी जीवनसंगिनी नर्भिक अस्पतालमा उपचारका क्रममा बित्नुभयो। आफ्नी श्रीमती बित्दा उहाँलाई सम्हालिन कठिन भयो।

    तर फेरि पनि उहाँ पुरानै दिनचर्यामा फर्कन प्रयास गर्नुभयो। र त प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद विगठन गरेपछि अहिले उहाँ जमेर संसद पुर्नस्थापनाको पक्षमा सर्वोच्च अदालतमा बहस गरिरहनुभएको छ। ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक तथा गैरकानुनी भन्दै भण्डारी त्यसविरुद्ध उभिनु भएको छ। ‘बाजे वकिललाई ल्याएर अदालतमा तमासा देखाइयो’ भनेर ओलीले प्रतिकृया दिँदा, सिंगो कानुनी जगत त्यसविरुद्ध जुट्यो। नेपाल बार एसोसिएसनले ओलीको अभिव्यक्तिको भत्सर्ना गर्दै, त्यसले सम्मानीय अदालतकै मानहानी भएको भन्दै विज्ञप्तिसमेत निकाल्यो। भण्डारीमा अहिले पनि १६ वर्षे जोस र क्रान्तिकारिता छ। उहाँ भन्नुहुन्छ,‘म कम्युनिष्ट रहेरै मर्न चाहन्छु।’

    (लेखक पुन नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव हुनुहुन्छ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      लक्ष्मी पुन

      लक्ष्मी पुन

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.