Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीलाई साँचो बुझाउने पनि दोसी हुन्, समीक्षा हुनुपर्छ : प्रदिप देवान

nepal_readers nepal_readers
माघ २५, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हामीले पञ्चायतकालदेखि गणतन्त्रसम्म जनताको सर्वोच्चता कायम हुनुपर्छ भनिरहेका छौँ। सोहीअनुसार आजभन्दा ३ वर्ष अगाडि जनतालाई पाँच वर्षका लागि स्थायी सरकार बनाउने आश्वासन दिएर मत पनि माग्यौँ । करिब २५ अर्ब रुपैयाँ पैसा खर्च गरेर चुनाव गराइयो । जनताले पूर्ण विश्वासका साथ हामीलाई बहुमत दिए र देशमा शासन गर्ने जनादेश प्रदान गरे । तर अहिले व्यक्तिगत महत्वकांक्षाका कारण संसद नै भंग गरियो । संसद भंग गर्नु भनेको जनताको अभिमतलाई रद्धीको टोकरीमा फाल्नु हो । २०१७ सालमा राजा महेन्द्र र २०५१ सालमा गिरिजाबाबुले पनि त्यसै गरेका थिए । यसकारण, प्रश्न उठ्छ : नेपालमा पञ्चायत र गणतन्त्रमा के फरक प-यो र ?

    ‘व्यक्ति जोसुकै आओस्, सिस्टम रहनुप-यो’

    कतिपयले प्रधानमन्त्री पदका लागि यो आन्दोलन गरिएको भनिरहेका छन् । तर हाम्रो लागि अबको प्रधानमन्त्री को बन्ने भन्ने विषय महत्वपूर्ण होइन । अबको प्रधानमन्त्री प्रचण्ड वा देउवा वा ज्ञानेन्द्र जो बनेपनि उसले सत्तामा गएर राम्रो काम गरोस् भन्ने कामना हो । यदि राम्रो गरेनन् भने जनताले दण्ड दिन्छन्, त्यसमा हामी ढुक्क छौँ । तर सिस्टम त रहिरहनुुप-यो नि ! कुनै एउटा व्यक्तिका लागि सिस्टम नै ध्वस्त हुनु भएन नि ! पाँच वर्ष शासनको जिम्मा लिइसकेपछि पूरा समय चलाउनुप-यो । नभए १७ साल र अहिलेमा के फरक प-यो र ?

    जनताको अभिमतलाई बारम्बार रद्धीको टोकरीमा नफालियोस् भन्ने हाम्रो अभिप्राय हो । अहिलेको सिस्टममा पनि केही त्रुटी अवश्य छ । हामीले पहिलेदेखि नै भनेका छौं, अमेरिकामा जस्तै नेपालमा पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै उत्तम हुन्छ । तर यो सिस्टममा पनि जनताको अभिमतको सम्मान गर्नुपर्छ । नेपालकै जस्तै सिस्टम भएको भारतमा इन्धिरा गान्धीले ८० को दशकमा संकटकाल लगाएकी थिइन् । तर अहिलेको यो सिस्टम पनि ठिक छ भनेर हामीले भनिरहेका छैनौँ । तर सिस्टम ठीक भएन भन्दैमा जनताको अभिमतलाई पटकपटक अपमान गर्नुहुँदैन । अहिले हाम्रो मुख्य एजेण्डा भनेको प्रतिगमनविरुद्ध एकिकृत हुनु हो, अ ान्दोलित हुनु हो । रगत बगाएर बनाएको संविधान जोगाउनु हो ।

    निरन्तर क्रान्ति

    म हिजो पञ्चायतकालदेखि नै व्यवस्थाविरुद्ध लागेको मान्छे हुँ । पञ्चायतकालमा सामन्ती चिन्तन धेरै थियो । ठूलोले सानोलाई, धनीले गरीबलाई र पढेकाले नपढेकालाई हेप्ने चलन थियो। सामन्तवादी चेता प्रवल थियो । त्यसपछि बहुदल आयो, बहुदलमा झनै थुप्रै राजाहरू जन्मिए, विकृति र विसंगतिहरू आए । त्यसैले म माओवादी आन्दोलनमा होमिएँ । त्यसबेला माओवादी आन्दोलन सही थियो । म मात्र होइन, मेरो घर, समाज र देश बनाउनुपर्छ, अनि मात्रै म पनि बन्नेछु भनेर आन्दोलनमा लागें म । युद्धमा हुँदा समाजमा कुनै विकृति र विसंगति फैलाउनुहुन्न र जनताको घरमा गएर सियो पनि लिनुहुन्न भन्ने हाम्रो मूल्य र मान्यता थियो।

    तर युद्ध छाडेर शान्ति सम्झौता गरिसकेपछि हामी माओवादीहरू नै तस्कर भयौँ, फटाहा भयौँ र रक्तचन्दन बेचेर पैसा कमाउनतिर लाग्यौँ, तब देश बिग्रियो । म एउटा जनताको कलाकार भएको नाताले त्यसविरुद्ध निरन्तर खबरदारी गरिरहेँ । गलत कदमको जहिले पनि विरोध गरिरहनुपर्छ भनेर आज पनि म खड्ग ओलीको प्रतिगमनविरुद्ध आन्दोलनमा छु । मलाई लाग्छ–क्रान्ति निरन्तर चलिरहने प्रक्रिया हो । शुद्धिकरणको प्रक्रिया हो । श्याम तमोटले लेखेजस्तै, रामेश दाईले गाएजस्तै ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो ।’ चीनकै कुरा गरौँ, त्यहाँ धेरै वर्षसम्म संघर्ष भयो । अमेरिकामा १८ औँ शताब्दीमा धेरै लामा संघर्ष भए । यहाँ पनि संघर्ष चलिरहेको छ ।

    छाड्नेछैनौं मोर्चा

    राजतन्त्रविरुद्ध हिजो लड्यौं । प्रजातन्त्र र अहिले गणतन्त्रमा पनि भएका कमजोरीलाई हामी प्रश्न गर्दैछौं । त्यसकारण, अहिले हामी नागरिक समाजको आन्दोलनमा समाहित भइरहेका छौँ । म त गीत गाउने कलाकार हुँ। हाम्रा गीत सुनेर जनताले हामीलाई ‘जनकलाकार’को उपमा दिनुभएको छ । जनकलाकारको हैसियतले म आफ्नो तर्फबाट लागि रहेको छु । सदैव लागि नै रहनेछु ।
    मलाई लाग्छ, संसद पुर्नस्थापना हुनेछ । त्यपछि पनि आफ्नो ठाउँबाट विकृति र विसंगतिका कुरा उठाइरहन्छौँ । त्यसविरुद्ध आम मान्छेलाई जागृत बनाइरहनेछौं । जबसम्म देशमा नैतिकताका साथ काम हुँदैन, तबसम्म हामी आवाज उठाइरहन्छौँ । देशमा अहिले धेरै राजनीतिक दल छन्, तर एउटा पनि दल ‘राजनीतिक’ छैनन् । राजनीतिक दलललाई राजनीतिक होउ भनेर पनि हाम दवाब दिन्छौं ।

    लिपुलेक–कालापानी विवाद हुँदा पनि हामी गीत गाउँदै हिँड्यौँ । कमरेड सोनाम साथी लगायतका कमरेडहरू सीमा मिचिएको विरोधमा थियौँ। उहाँ अहिले बितेर जानुभयो। त्यो बेलामा आफूलाई प्रजातन्त्रवादी, साम्यवादी र समाजवादी हुँ भन्नेहरू समेत बोलेनन् । राजावादी भन्नेहरू पनि बोल्दैनथिए । कुनै दलले देशको सीमाना मिचिँदा समेत आवाज उठाएनन् । तर हामीले त्यसबारे बोल्यौं ।
    दुःखको कुरो, यहाँ भर्खरै जन्मिएको बच्चाको टाउकोमा २५ हजारको रिन छ । पढाइ सकिएपछि हिव्रु र कोरियान भाषा पढ्नुपर्छ । नेपालमा रोजगार छैन । स्थिति बिजोग छ । यसका विरुद्ध कसैले आवाज उठाउँदैन। तर त्यसबारे पनि हामी आवाज उठाइरहेका छौं ।

    ‘रणमैदान देश ’

    अदालतप्रति हाम्रो सम्मान छ र हामीलाई अदालतले जनताकै पक्षमा फैसला गर्छ भन्ने विश्वास छ । संसद पुनस्थापना हुनुपर्छ र अवश्य हुन्छ । तर कतैकतै सेटिङका पनि कुरा सुनिँदैछ । हामीलाई नेपालको राजनीति प्रष्टै थाह छ। २००७ सालमा राजालाई कसले श्रीपेच लगाइदियो र त्यो कहाँबाट ल्याइयो? ४५ सालको नाकाबन्दी कसले ग-यो? त्यसपछि नाकाबन्दी कसरी खुल्यो? बहुमतका सरकारले हिजोको कलकारखाना र उद्योगहरू कसरी सिध्याए ? इतिहास यी तमाम प्रश्नहरूको साक्षी छ।

    प्रचण्ड, बाबुराम र किरणहरू भारतसँग जत्ति खनिए पनि उहाँहरूको आश्रयस्थल कहाँ थियो ? १२ बुंदे सम्झौता कहाँ भयो ? नेपालको सरकारलाई एम्बेसी र आइएनजिओमार्फत कसले सहयोग गर्छ ? अनि हामी बिद्रोहीहरूलाई आइसीआरसी आएर कसरी थमाउँछ ? यी पनि समीक्षाका विषय हुन् । हामीले रुवाण्डाको इतिहास पनि हामीले पढेका छौँ । त्यसकारण देश निकै तरल स्थितिमा छ । त्यसैले हामी सुत्नु हुँदैन । पत्रकार सुधीर शर्माजीले लेख्नुभएको पुस्तक ‘प्रयोगशाला’ मा केही सत्यताहरू छन् । उहाँले समग्रमा त भन्नु भएको छैन तर जे होस्, नेपाल अहिले रणमैदानमा छ । त्यहाँबाट हामीले देशलाई मुक्त गराउनुपर्छ ।

    ‘ओलीलाई साँचो बुझाउने दोषी’

    नेपालमा धर्मसंस्कृतिको कुरा गर्दा राजतन्त्रसँग जोडिदिने, गरीब, दुःखी र मुक्तिको कुरा गर्दा कम्युनिष्ट भनिदिने, प्रजातन्त्र र स्वतन्त्रताको कुरा ग¥यो भने कांग्रेस भन्ने गरिन्छ । यो भ्रम हो । त्यहाँबाट मुक्त भएर हामीलाई चाइनाको जस्तो तर लिबरल कम्युनिष्ट पार्टी चाहिएको छ । च्यांग काइसेकले देशलाई तहसनहस पार्दा कसरी एउटा कम्युनिष्ट पार्टी राष्ट्रवादी, विकासवादी र प्रगतिशीलवादी भएर जन्मियो, त्यस्तै पार्टी आवश्यक छ ।

    जस्तै : इरानमा ४५ सालअघि राजा थिए । कति विदेशीसँग दलाली गरेर उनले राजसंस्था चलाएका थिए । तर पछि त्यहाँ थुप्रै राष्ट्रवादीहरू जन्मिए । खोमेइनी आएपछि इरान अरब मुलुकहरूमध्येमा अमेरिकालाई टक्कर दिनसक्ने मुलुक बन्यो । त्यसकारण राष्ट्रवादलाई कुनै तन्त्रसँग जोड्नु हुँदैन । देशसँग जोड्नुपर्छ । यो देशमा पौने तीन करोड नेपालीबीच जातीय विविधता छ ।
    नेपालमा राष्ट्रवाद, साम्यवाद र प्रजातन्त्रवादको दुरुपयोग भएको छ । अहिले एउटालाई मात्रै आरोप लगाउनु हुँदैन । त्यसैमाथि, खड्गप्रसाद ओली त आफैंमा शारिरीक रूपमा अस्वस्थ्य हुनुहुन्छ । अर्को कुरा, उहाँमा राजनीतिक संस्कार छैन । जस्तै : उहाँ बोल्न थाल्ने बित्तिकै पत्रकारहरू हाँस्न थाल्छन् । यसको मतलव उहाँलाई पत्रकार साथीहरूले नेता होइन, कमेडियनका रूपमा बुझ्नुहुन्छ । टिकटकमा उहाँ भाइरल हुनुहुन्छ ।

    केही समयअघि एउटा रियलिटी सोमा हिमेश पन्त भाइले आफ्नो प्रस्तुतिका क्रममा भनेका थिए ‘म प्रधानमन्त्री केपी ओलीको क्यारिकेचर गर्दिनँ, किनभने एउटा कमेडियनको क्यारिकेचर अर्को कमेडियनले गर्नु हुँदैन क्या!’ केपी ओलीलाई राष्ट्रपति, अध्यक्ष र प्रधानमन्त्री सुम्पिनु नै अरु नेताहरूको त्रुटी भयो । समस्या नै त्यहाँबाट भएको हो । हिजो टनकपुरका बेला ओलीले के गर्नुभयो ? त्यो त हामीलाई थाहा छ । गणतन्त्र स्थापनाका बेला उहाँले के बोल्नुभयो ? त्यो पनि थाह छ । थाह हुँदाहुँदै पनि त्यस्तो मान्छेलाई साँचो बुझाउनेहरू पनि दोषी हुन् ।

    अब त उहाँले जे पनि बोल्नुहुन्छ, जे पनि गर्नुहुन्छ। किनकि उहाँलाई जसरी भएपनि सत्ता टिकाउनु छ । त्यसैले उहाँ राष्ट्रवादको कुरा गर्नुहुन्छ । कहिले साम्यवादको कुरा गर्नुहोला । कहिले प्रजातन्त्रको कुरा गर्नुहोला । त्यो एउटा खोल मात्रै हो । त्यो कुरा आम नेपालीले बुझेका छन् ।

    भिडियो-

    (नेपाल रिडर्सका लागि गायक तथा अभियन्ता देवानसँग गरिएको कुराकानीमा आधारित ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.