Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओली प्रष्ट छन्, हामी कति प्रष्ट छौं?

प्रकाश अजात प्रकाश अजात
माघ २७, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    केही हप्ता पहिले वानेश्वरमा भएको नागरिक सभामा लेखक खगेन्द्र संग्रौलाले ‘संसद विघटन’को खड्गोको सन्दर्भमा बभनेका थिए, ‘खड्गप्रसाद ओलीसँग यहाँदेखि व्रम्हनालसम्मका योजना छन् । उनले त्यसै संसद विघटन गरेका होइनन्। उनलाई ख्यालख्याल ठान्नुहुन्न।’ निश्चय नै, ‘यक्तिहत्या’को आरोपमा १४ वर्ष जेल बिताएका ओलीले त्यही १४ वर्षे ब्याज र बिरासत टेकेर आफूलाई राजनीतिमा हेले । र, उनको विगत हेर्दा पनि प्रष्ट हुन्छ कि ओली अत्यन्त आत्मकेन्द्रित र अवैचारिक पात्र हुन् ओली । शक्ति र सत्तामा रमाउने ओली अहिले पनि जालझेल, षड्यन्त्र र दाउपेचका अनेक तानाबुना बन्दै बालुवाटारमा बसिरहेका छन् ।

    यिनमा शक्तिको भोक यसरी जागेको छ कि कुनै पनि सर्त र बहानामा सत्ताको महक गुमाउन चाहँदैनन् । ‘राष्ट्रवादी’को छविमा शक्ति आर्जन गरेका ओलीलाई लागेको छ– नाटक गरेरै सौर्य आर्जन गर्न सकिने रहेछ भने फेरि पनि किन कुनै फन्डा नमच्चाउने र व्रम्हनाल नपुगुन्जेल शक्तिमा नरहने? त्यत्रो वलिदान र संघर्षपछि बनेको संविधान नै कुल्चेका भस्मासुरे ओलीलाई शक्ति आर्जनका लागि यस राज्यका अन्य सामान्य नियम, विधि र विधान कुल्चन कुनै आइतबार छैन । विचारच्युत ओलीलाई आदर्श र बेचेर शक्ति आर्जन गर्न कुनै लज्जा छैन ।

    ‘जवाफदेहिताविहिन’ कार्यकारी

    तर यो संकट हो मुलुकका लागि । संसद भत्काएको र वैशाखमा चुनाव हुने घोषणा गरेर ओलीले आफूलाई कामचलाउको हैसियतमा पु-याएका छन् । त्यति हुँदाहुँदै पनि बन्दुकदेखि लिएर योजना र पैसा परिचालन गर्ने राज्यका सबै निकाय आजपनि कानुनतः खड्ग ओलीकै मातहत छन्। यसअघि नै सम्पति शुद्धीकरण र राष्ट्रिय अनुसन्धान विभागलाई समेत आफूअन्तर्गत ल्याएर ओलीले आफ्नो दिशा देखाएकै हुन् । संसदलाई ‘कोमावस्था’मा राखिएका कारण ओली अहिले पनि मुलुकका ‘जवाफदेहिताविहिन’ कार्यकारी हुन् ।

    यतिसम्म आत्मकेन्द्रित व्यक्ति राष्ट्रको उति जिम्मेवार पदमा रहनु खेलाँचीको विषय होइन। जसरी गत चुनावअघिसम्म संसारका आम विश्लेषकहरूले डोनल्ड ट्रम्पजस्तो अविवेकी र सन्काहा व्यक्ति अमेरिकाको राष्ट्रपतिका रूपमा सिंगो विश्वकै लागि खतरा र त्रास हो भनेर व्याख्या गर्थे, संसद विघटनको घोषणापश्चात् पनि ओली नेपालको प्रधानमन्त्री रहनु नेपालको वर्तमान र भविष्यका लागि ठूलो त्रासदी हो।

    संसद विघटनको विषय राजनीतिक भएको बताउने ओली खासमा राजनीतिक ग्याङ्स्टर हुन्। र, संकटको कुरो, उनकै ग्याङका तर्फबाट विद्यादेवी भण्डारी यो देशको राष्ट्रपतिसमेत छिन् । अध्यादेशमार्फत बिना कुनै सुनुवाई संवैधानिक निकायमा अघिल्लो हप्ता ओलीले विभिन्न संवैधानिक नियोगमा आयुक्त र पदाधिकारीहरू नियुक्तीका लागि राष्ट्रपतिमा सिफारिस गरे। त्यस नियुक्तिमा राष्ट्रपति कार्यालयले लेखेको भाषा जति लाजमर्दो छ, उत्तिकै झस्काउने पनि छ । राष्ट्रपति कार्यालयले लेखेको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको विभिन्न धाराबमोजिम संवैधानिक परिषदको सिफारिसअनुसार संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्त गर्नुभएको छ ।’ भोलिका दिनमा यी द्वयले ‘हाम्रो मनमा उब्जेकाले हाम्रै विवेकद्वारा फलानो कदम चालिबक्स्यौं’ भनेर अर्को अनर्थ घोषणा हुन्न भन्ने आधार छैन।

    शेषअघिको ‘रामनाम’

    अँधेरी नगरको कथाजस्तै छ खड्गप्रसाद ओली र विद्यादेवी भण्डारीको यो राज्य । धन्न, स्वतन्त्र मिडियाहरू जिउँदै छन् र ओलीविद्याराज्का कर्तुतहरूबारे निरन्तर बहसहरू भइराखेका छन् । धन्न, निरन्तर लडेर ल्याएको उदार प्रजातन्त्र छ र बोल्न पाउने हक जिवित छ । र, त हाम्रा मौलिक हक उति सजिलै कसैले खोस्न नसक्ला भनेर मान्छेहरू सत्ताविरुद्ध बोलिरहेछन् । धन्न संविधान छ र पो त ओलीको कदम संविधानसम्मत छ कि छैन भनेर कछुवा गतीमै भएपनि संवैधानिक इजलासमा छलफल भइरहेछ । नत्र अहिलेसम्म कस्ता–कस्ता अनर्थ भोग्नुपथ्र्यो कुन्नी ।

    पुष ५ गतेको कदमपछि मात्रै होइन, कान टट्यानेगरी उट्पट्याङ भाषणहरूका श्रृंखलाहरू थपिँदै जाँदाखेरि नै आँकलन गर्न सकिन्थ्यो– ओलीमा अजस्र सत्ताको भोक छ । उनका महाराजा हुने महत्वाकांक्षा छ । र, संग्रौलाले भनेजस्तै ओली आफ्नो रोडम्यापमा प्रष्ट छन् । निरु पाल र महेश बस्नेतहरूलाई संघियताविरुद्ध बोल्न लगाएर होस्, ठोरीमा गएर ‘खै प्रचण्डले राम मन्दीर बनाउन पहल गरेको?’ भन्ने भाषण गरेर होस् या एकाबिहानै दुई चार घण्टा पशुपतिनाथ मन्दिरभित्र पुजाको तामासा गरेर होस्, खड्ग ओली सत्ताको तातो सुप खाइरहने दाउमा छन् । ज्ञानेन्द्र शाहदेखि ज्ञानेन्द्र शाहीसम्म नारिएर होस्, सुधिर चौधरीसँग हिमवत्खण्डका तानतुने गाथा सुनाएर होस् अथवा बालुवाटारमा आफ्नै खर्चमा बनाइएका मुर्तीलाई नेपालका प्रमुख शहरमा रथयात्रा गराएर होस्, ओली बालुवाटारको ओच्छ्यानमै शेषअघिको ‘रामनाम’ जप्न चाहन्छन्।

    मर्यादा र ऐतिहासिक जिम्मेवारी

    यसको अर्थ हो, तत्कालका लागि उनको आँकलन र अनुमान फेल होला तर उनका गन्तव्य प्रष्ट छन् । अस्ति नारायणहिटी संग्रहालयअघि ओलीले कुनै अनौठो घोषणा गर्लान् नै भनेर पनि आधाजसो मान्छे आए भनेर मिडियाहरूले लेखे । आखिर घोषणा र चिया गफका तुफानमा नै छ सबथोक। र, ओली त्यसका लागि सबैधभन्दा योग्य मनुवा हुन् यो देशमा। घोषणाले नै वाहवाही पाइन्छ भने ओलीले भोलि भटाभट संघीयता, धर्मनिरिपेक्षता र गणतन्त्र पनि खारेज भएको घोषणा गर्न सक्छन्। थुतुनोले घोषणामात्रै गरिदिँदा अकंटक सत्ता प्राप्त हुन्छ भने ओलीले किन त्यसो किन नगर्लान्? विधि र पद्धति मान्नेलाई पो सरम हुन्छ । दुनियाँले के भन्ला र भोलि इतिहासमा मेरो नाम कसरी लेखिएला भन्ने चिन्ता हुन्छ। हरामहरुलाई इतिहास, मर्यादा र ऐतिहासिक जिम्मेवारीको के वास्ता?

    अघिल्लो चुनावको समय भारतमा ‘डिमोनिटाइज’ गरिएका बखत आफ्नी बुढी आमालाई लाइनमा बस्न लगाएर तिनको फोटो खिचेर प्रचार गरे। राजनीतिक शक्ति आर्जन गर्न कमजोर बुढी आमालाई भिडमा लगेर उभ्याइनु खासमा आमालाई बेच्नुजस्तै हो । संविधानभन्दा म माथि छु र मेरो कदमको कतै परिक्षण हुन सक्दैन भन्ने मनुवाले लोकप्रियता र भोटका लागि मोदीभन्दा तल उत्रेर जस्तोसुकै हर्कत गर्न सक्छन्। यसको मतलव हो, मोदीका छोटे भाइ ओलिको पनि मार्ग प्रष्ट छ ।

    र, अर्को विचारणीय कुरो, जतिसुकै सेटिङका कुरा गरेपनि संसद पुर्नस्थापना हुने लगभग निश्चित छ। त्यस्तोमा संसदमा जस्तोसुकै खेल खेलेरै भएपनि यिनी पहिलेकै फर्ममा आउने प्रयास गर्नेछन् । ४८ सालताक सरकार जोगाउन तत्कालिन् प्रधानमन्त्री शेरबहादुर देउवाकोले सांसद खरिदबिक्रि र सुरासुन्दरी काण्ड मच्चाएको सिको ओलीले पनि गर्नेछन् । यो प्रसंग पनि उल्लेख गरौं, उतिखेर शेरबहादुर देउवाको सरकार ढालेर अहिलेका अस्थिर नेकपा नेता वामदेव गौतम उपप्रधानमन्त्री र गृहमन्त्री बनेका थिए।

    खड्ग ओलीहरूका लागि अनुकुल देश

    इतिहासकै सबैभन्दा शक्तिशाली सरकारलाई हत्या गरेका ओली अहिले स्थिरताका लागि चुनावमा जाने गफ लडाउँदै छन् तर उनीको एउटै सुत्र छ जसरी पनि एकल वादशाह बन्ने । अहिलको संविधान र व्यवस्थाले त्यसको परिकल्पना नगरेपनि उनको सोँच त्यही हो । ओलीले घोषणा गरेको चुनाव हुँदैन तर सामान्य अवस्थामा पनि अबको दुई वर्षमा त नियमित संघीय संसदको चुनाव हुने नै छ । र, त्यतिखेरसम्म के गर्ने भनेर ओलीले मार्गचित्र बनाएका छन् । किन्न मिल्नेलाई किन्ने, बेच्न मिल्नेलाई बेच्ने, ढाँट्न मिल्नेजतिलाई ढाँट्ने, साट्न मिलेजति साट्ने र चाट्न मिलेजतिलाई चाटेर र ढोग्ने मिल्नेजत्तिलाई ढोगेरै भएपनि शक्तिमा रहिरहने एक सुत्रीय रोडम्यापमा प्रष्ट छन् ओली ।

    भस्मासुरे ओली आफ्नो योजनाअनुसार नै अघि बढेका छन् । र, यो देश आज पनि खड्ग ओलीजस्तै पात्रहरूका लागि अनुकुल छ। केन्द्रीय संसद, प्रादेशिक संसद र स्थानीय तहको गत चुनावमा टिकटको भागवण्डा कसरी गरियो भन्नेबाटै पनि त्यो प्रष्ट हुन्छ । त्यसो हुँदा धराको यो गरामा आदर्शको राजनीति त आजपनि चपरीमुनी नै छ । यस्तो अवस्थामा सबै खालका ओलीतन्त्र, प्रतिगमन, दक्षिणपन्थविरुद्ध हाम्रो एजेण्डा कति प्रष्ट छ ? संसद पुर्नस्थापना भएको अवस्थामा र नभएको अवस्थामा ओलीका मुभहरू अहिल्यै तय छन् । तर त्यस अवस्थामा हाम्रो चाल कस्तो हुने? प्रतिगमनकाृ प्रतिरोध र संविधानको रखबारी कसरी गर्ने ? त्यस्तो अवस्थामा हामीसँग कुनै प्रष्ट खाका छ ? के छन् हाम्रा योजना? Twitter: @prakashaasthaa

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.