Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘छि ! केटीलाई पनि जित्न सकिनस् ?’

असिम ढकाल असिम ढकाल
फाल्गुन २, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कक्षा ५ को वार्षिक परिक्षामा आफू द्वितीय भएको खबर मैले बहुत खुशी हुदै घरमा सुनाएँ। तब मेरो काकाले सोध्नुभयो, ‘अनि प्रथम चाहिँ को भयो नि?’ ‘संस्कृति,’ मैले उत्तर फर्काएँ। ’छ्या केटीलाइ पनि जित्न सकिनस्?,’ काकाले मतर्फ फर्केर भन्नुभयो। काकाको प्रतिक्रियाले मन त्यसै खिन्न भयो । काकाको कुराले संस्कृति भन्दा त जन्मैले म ठूलो रहेछु भन्ने अहम् र उसलाई जित्न नसकेको विषाद् एकै पटक मस्तिष्कमा प-यो । दस वर्षकै उमेरमा यसरी म स्त्रीद्वेसी बनाइएँ । सम्भवत:  त्यही दिनबाट धेरै पछिसम्म पनि केटीभन्दा आफू ठूलो र केटीलाई जहीँकहीँ मैले सधैँ जित्नैपर्ने भावना म मा बिकास भयो । सायद अरुहरूको हकमा पनि यस्तै उमेरमा केटीमाथि केटा हावी हुनै पर्ने र पुरुषभन्दा महिला निम्न कोटीकै हुन् भन्ने मनोविज्ञानको निर्माण हुन्छ होला ।

    महिलाका दाँतै कम !

    पुरुषवादी अहंकारको भावना मेरो काकामा मात्र होइन, हामीले मान्दै आएका ठूला र ज्ञानि भनिने पुरुषहरूमा पनि पर्याप्त पाउन सकिन्छ । ३८४ इ.पुका दार्शनिक एरिस्टोटलले राम्रो गुणहरू नभएका कारणले ‘महिला’ महिला भएका हुन् भने । उनमा महिला पुरुषको दाँतको संख्या बराबर हुन्छ भन्ने सामान्य ज्ञानसमेत थिएन र भनिदिए, ‘पुरुषको भन्दा महिलाका दाँतै कम हुन्छन्।’ इटालियन दार्शनिक एवम् पादरी सेन्ट टमसले महिलालाई ‘अपूर्ण पुरुष’ को संज्ञा दिए । १९ औँ शताव्दिका महान् मनोवैज्ञानिक एवम दार्शनिक फ्रेडरिक नित्सेलाई पनि उनका कतिपय नारिद्वेषी टिप्पणीका कारण आलोचना गर्ने गरिन्छ । यसरी हेर्दा सर्वत्र महिलालाई पुरुषले हेर्ने दृस्टिकोण द्वेषी रहेको बुझ्न सकिन्छ ।

    पुरुष आफूलाई महिलाबिना पनि सोच्न सक्छ तर महिला आफूलाई पुरुष बिना सोच्न सक्दिनन् भन्ने धारणा हाम्रो समाजमा व्याप्त छ । महिलाको परिचय कोही पुरुषसँग जोडिँदामात्रै पूर्ण हुन्छ भन्ने सोँच हाम्रो समाजमा छ । उनी (महिला) उसको (पुरुषको) श्रीमती, उनी उसको छोरी, उनी उसको दिदी र बहिनी ! यसरी महिलाको परिचय गराइने चलन छ । यस्तो लाग्छ महिलाको आफ्नो छुट्टै अस्तित्व छैन । महिलाको ‘म’ सधैँ पराश्रित हुन पुग्छ । उनिहरूको विषयगत परिचयको धरातल पारिवारसँगै आश्रित हुनपुग्छ । पुरुषको अस्तित्वबाट मात्र महिलाको अस्तित्व पूरा हुने भएकाले २० औँ शताव्दीकी महिला अधिकारवादी लेखक तथा महान बिचारक सिमन डि बोउभारले महिलालाई ‘दोश्रो दर्जाकी मानव’ भनेर आफ्नो पुस्तक “द सेकेन्ड सेक्स’ मा उपनाम दिएकी हुन्।

    अमाजन्स

    परापूर्व कालबाट नै महिलालाई तल्लो हैसियतमा राखिएको पाइएपनि आदिम कालदेखि नै त्यस्तो व्यवहार गरेको भने पाइँदैन। इतिहासका पिता मानिने ‘हेरोडोटस’को खोज अनुसार आदिम कालमा महिलाहरू पनि पुरुष सरह शारिरिक युद्धमा भाग लिने तथा पुरुषजस्तै साहस र क्रुरतासमेत देखाउँथे ।

    भारतका महान लेखक राहुल साँकृत्यायनका अनुसार आदिम कालमा परिवारको वृद्ध महिलाले परिवार संचालन गर्ने तथा युद्धको रणनीति तयार गर्ने प्रचलन थियो। समूहको नीतिनियम बनाउने, निर्णय लिने जिम्मेवारी पनि महिलाकै अधिनमा हुन्थ्यो। ग्रिकको पौराणिक कथाअनुसार महिलालाई अमाजन्स भनिन्थ्यो, जो युद्धमा भाग लिने गर्थे।

    यसरी आदिम कालमा पुरुष सरह नै हैसियत भएकी महिला पछि कसरी पुरुषाधिन हुन पुगिन् भन्ने कुराको व्याख्या भने फरक–फरक रुपमा पाउन सकिन्छ। बोउभारका अनुसार प्रजनन गुणका कारण महिलाहरू पुरुषभन्दा पछि पर्न थालेका हुन्। सामान्य महिलाका लागि गर्भधारण, प्रजनन र रजस्वला जस्तो शारीरिक प्रकृयाले उनिहरूलाई कमजोर त बनाउँथ्यो नै, सँगै बच्चालाई स्तनपान र रेखदेख गर्न पर्ने कारणले उनीहरूको डुल्न र युद्धमा जाने कुरा स्वभाविक रूपमा घट्ने भयो ।

    ‘प्रजनन्का कारण कमजोर’

    नियमित बच्चा उत्पादन तथा शारीरिक कमजोरीका कारण महिलाहरूले उत्पादनशील काम थोरैमात्र गर्न सक्ने भए र शत्रुबाट बच्न पनि बिस्तारै पुरुषमै निर्भर हुँदै जानुप¥यो । गर्भपतनबारे जानकारी नहुँदा प्रजनन दर धेरै हुन्थ्यो र महिलाहरूको बालबच्चा रेखदेखमै जीवन बित्थ्यो। र, घर बाहिरका उत्पादनमुलक कामबाट उनिहरूको सहभागिता घट्दै गयो। यहीँबाट पुरुषले प्रजनन र उत्पादन दुवैमा आफ्नो हैकम जमाउन थाल्यो। यसरी हेर्दा युद्धबाट बाहिरिनु नै महिला पछाडि हुँदै जानुको प्रमुख कारण बन्न पुग्यो। हत्याबाट नै मानव जाति पशुभन्दा माथि हुँदै गएको हो । जीवन दिने (महिला)भन्दा जीवन लिने (पुरुष) लाई सुपेरियर बनाउँदै गयो ।

    मार्क्स–एङ्गेल्सका अनुसार महिला दमनको प्रमुख कारण सम्पत्तिको निजि स्वामित्व हो । एङ्गेल्सले महिला श्रमिकलाई ‘दासहरूको दास’को संज्ञा दिएका छन्। पुरुषले महिलालाई सम्पत्ति स्वामित्वबाट हटाउँदा देखि नै महिला दमन सुरु भएको थियो। ‘आदिम साम्यवाद’को अन्त्यसँगै सुरुमा सँगै समान भएर बसेका महिला र पुरुषहरूको एक आपसको दर्जा बेग्लै हुनपुग्यो । अहिले, पूँजिवाद नै महिला दमनको प्रमुख कारण हो र यसको अन्त्य सँगै समाजमा रहेका सबै बिभेदहरू स्वत: निर्मुल हुनेछन् भन्ने मत मार्क्सवादीहरू राख्छन् ।

    अर्की अमेरिकी महिला अधिकारवादी लेखक सुलामिथ फायरस्टनका अनुसार प्राकृतिक रुपमा, नियमित प्रजनन हुने अवस्थामा महिला कमजोर हुन जान्छिन् । त्यसैले आफूभन्दा शारीरिक रुपमा ‘बलियो’ पुरुषभन्दा उनीहरू कमजोर हुनगए । महिला अधिकारबाटै अरु समस्याजस्तो रङ्गभेद र पूँजिवादजस्ता समस्याको हल हुने फायरस्टनले बताएकी छिन् । एङ्गेल्स्को ठिक विपरित, महिला दमनको कारण सम्पत्तिको एकाधिकार नभइ श्रमको प्राकृतिक बिभाजन रहेको फायरस्टनको ठहर छ ।

    अधिकारका लडाईँ

    महिला अधिकारको पहिलो लहर महिलालाई अवसर र मताधिकारको मागसहित १९ औं शताव्दिमा देखियो । ३०० जना महिला र पुरुषको सहभागितामा सुरु भएको यो लहरले महिलाको पनि छुट्टै अस्तित्व रहेको कुरा विश्वलाई सम्झायो । १९६० को दशकमा वामपन्थीसहितको दोश्रो लहरले महिलाको अन्य सूक्ष्म मूलभुत अधिकारबारे प्रश्न उठायो । यौन अधिकार र प्रजनन अधिकारसहित संविधानमा महिला र पुरुषको समान अधिकार सुनिश्चित हुनुपर्ने मागसहित उठेको यो लहरले महिला आन्दोलनलाई एउटा दिशा दियो । त्यस्तै मध्य ९० को दशकमा देखिएको तेश्रो लहरले महिलाको वस्तुकरणको विरोधमा आवाज उठायो ।

    सय बर्षदेखिको महिला संघर्षले पनि महिलालाई सोचे अनुरुपको अवसर र समान अस्तित्वको प्रत्याभूति भने अझै दिन सकेको छैन । नेपाल जस्तो तेश्रो मुलुकमा महिलाको जीवन झनै दयनिय छ । नेपालकै कुरा गर्ने हो भने महिलाको श्रम सहभागिता ४८.९% र पुरुषको ६७.६% भएको पाइन्छ । निजामती सेवामा महिलाको प्रतिनिधित्व करिब १७% मात्र रहेको छ । महिलाको आय आर्जनसँग सम्बन्धित कार्यमा भने ३०% रहेको छ । कुल साक्षरता ६५.९५% रहेकोमा महिलाको साक्षरता दर (६५वर्ष माथि) भने ५७.४५% मात्र छ। कृषि उत्पादनमा महिलाको ६०.५५% सहभागिता रहेपनी जग्गामाथिको स्वामित्व १९.७१५% मात्र रहेको छ । व्यापार र राजनितिक क्षेत्रमा महिलाको सहभागिता अझै अति न्यून छ । नगण्य छ।

    पुरुषलाई घृणा गरेर होइन…

    चौथो लहरको सुरुवातमा रहेको महिला आन्दोलन अहिलेका युवतीहरूको काँधमा आएको छ। अहिले आधुनिक युगका सबै पुरुषहरू पितृसत्तात्मक विचारको समर्थक त छैनन् तर उनिहरूले यसबाट लाभ भने अवश्य लिइरहेका छन् । अहिलेको महिला संघर्ष वर्गसँग त छँदै छ, पुरुष मानषिकता सँगपनि जोडिएको छ। सिमोनकै शब्दमा भन्नुपर्दा महिला आन्दोलन पुरुषलाई घृणा र द्वेष राखेर होइन, उनिहरूबाट सचेत रहेर गरिनुपर्छ । महिला संघर्ष एङ्गेल्स्ले भनेजस्तो वर्गसंघर्षसँग मात्र सम्बन्धित छैन । न त सिमोनले भनेजस्तो यौन संघर्षसँग मात्र सिमित छ। यो त वर्ग र यौन संघर्ष दुवैलाई समेट्ने अर्को नयाँ संघर्षमा आधारित हुनुपर्छ ।

    लामो समयदेखि जकडिएर बसेको पितृसत्तात्मक मानसिकतालाई हटाउन यसलाई बलियो बनाउने आधारहरूलाई समाप्त पार्नुपर्ने देखिन्छ । पुरुष आफैँमा समस्या हैनन्, पुरुषलाई सधैँ माथि राख्न बनाइएका औजारहरू मुख्य समस्या हुन् । यसरी लामो समयदेखि दबिएर बसेका महिलाहरू पुरुषभन्दा तल र कमजोर रहेको महशुस गर्छन् । उदाहरणका लागि विवाह गर्दा केटीभन्दा केटा सधैँ अब्बल रहनुपर्ने मानसिकता हाम्रो समाजमा छ । तर श्रीमतीभन्दा श्रीमान् धेरै पढेको र धेरै कमाउने भएपछि घरमा श्रीमती सधैँ खुम्चिए र सानो हैसियतमा बस्नुपर्ने अवस्था आउँछ । सधैँ श्रीमान्मै आश्रित रहनुपर्ने हुन्छ ।

    यसरी हेर्दा आर्थिक पाटो पनि महिला दमनको एउटा कारण हो । आर्थिक रूपमा सबल हुने बित्तिकै महिला संघर्षको अन्त्य हुने भन्ने चाहिँ होइन । यसर्थ, घरेलु श्रमको पारिश्रामिक महिलाले पाउनुपर्ने आवाज बेला बखत उठ्ने गरेको पाइन्छ । तर त्यस्तो हुँदा पनि श्रीमान र श्रीमतीको सम्बन्ध मालिक र नोकरको जस्तो हुनपुग्छ । महिला सधैँ घरमै सिमित हुन पुग्छिन् र बाहिरको अवसरहरूबाट सधैँ बञ्चित हुनुपर्छ ।

    शोषणका अन्य कारण र समाधान

    त्यस्तै श्रीमान्लाई ‘भगवान’, मालिक र स्वामिको दर्जा दिने धर्म र सँस्कृति पनि महिलालाई कमजोर पार्ने अर्को अर्को प्रमुख औजार हो। कतिपय महिलाहरू आफ्नो अधिकारको कुरा त गर्नुहुन्छ तर आफूलाई दबाउने धर्म र सँस्कृतिको वकालत गर्न पनि छोडनुहुन्न । किनभने उहाँहरूलाई त्यस्तै सिकाइएको छ । क्रिश्चियन र बौद्ध धर्ममा समयअनुसार केही सुधार पनि भए तर पूर्विय धर्म मुख्यत: हिन्दू र इस्लाममा भने समयानुकुल परिवर्तन भएन र अहिले पनि पश्चिमा देशहरूको तुलनामा हाम्रो भेगका महिलाहरू यी धर्मबाट शोषित बनेका छन् ।

    महिलालाई वस्तुकरण गर्ने अर्को प्रमुख अस्त्र हो, पूँजिवाद र यसले निम्त्याएको उपभोक्तावाद। बजारमा हजारौं किसिमका क्रिमसहित अनेकौं सौन्दर्यका प्रसाधनहरूले पनि महिलालाई शोषण गरेका छन् । सौन्दर्य प्रसाधनको उपभोगको सन्दर्भमा प्रायः प्रश्न उठ्छ: महिला नै सधैँ ‘चिटिक्क’ हुनुपर्ने किन? त्यस्तै आत्मविश्वास बढाउने र विश्वमा आफू र आफ्नो देश चिनाउने नाममा मिस वल्र्ड, मिस नेपाल र मिस टिनजस्ता प्रतिस्पर्धाहरू हुने गरेका छन्। तर तिनले पनि आखिरमा महिलालाइ एउटा वस्तुजस्तो बनाएको छ ।

    कतिपय ठान्दछन् कि महिलाहरू राजनितिक क्षेत्रको उपल्लो पदमा पुग्दा पनि महिला शोषणको केही हदसम्म भएपनि अन्त्य हुन्छ । यो दृष्टिकोणमा पनि समस्या छ । किनभने महिला पदमा पुगेपनि उनिहरूले गर्ने काम उही सनातनी हो । नेपालकै सन्दर्भमा हेर्ने हो भने महिला राष्ट्रपतिले अघिल्ला राष्ट्रपतिले चलाएको चलनलाई निरन्तरता दिने काम गर्ने हो । उनी पनि प्रचलित व्यवस्था अनुसार चल्ने हो। तसर्थ, महिलालाई त्यही पुरानो व्यवस्थामा पु¥याउँदा सबै कुरा ठीक हुने होइन बरु, पुरानो व्यवस्थालाइ नै परिवर्तन गर्ने तर्फचाहिँ लाग्नुपर्ने देखिन्छ। अबको महिला संघर्ष महिलाको समग्र अधिकार र उनिहरूका निजात्मक अनुभूतिलाई सार्वजनिक गर्दै समाज र परिवारको लक्ष्मण रेखालाई पार गर्ने हुनुपर्छ ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      असिम ढकाल

      असिम ढकाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.