Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्ट पार्टीमा समेत जातीय विभेद छ

सुरेश आलेमगर सुरेश आलेमगर
फाल्गुन १४, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज हुनै पथ्र्यो र भयोपनि । सर्वोच्च अदालतले यो कदमलाई खारेज गरेर विलकुल ठिक ग¥यो । सर्वोच्चको यो फैसला सरहानीय, साहिसक र ऐतिहासिक छ । सर्वोच्च अदालतलाई सलाम !
    अहिले प्रतिगमनलाई सच्याएर यथास्थितिमा आइपुगेको अवस्था छ । पुनस्र्थापित प्रतिनिधि सभाले समाजका तमाम समस्या समाधान गरेर अघि बढ्छ कि बढ्दैन, त्यो हेर्न बाँकी छ । किनभने केपी ओलीले प्रतिनिधि सभा विघटन गर्नुभन्दा अगाडिको स्थितिमा देश अहिले आइपुगेको छ । यसअघि पनि आदिवासी, मधेशी, दलित, मुस्लिम, महिला र उत्पीडित क्षेत्रका जनताले झेलेका समस्याहरूको समाधान भएको थिएन। उनीहरूको आवाज सम्बोधन भएको थिएन।

    दुई महिनाको संघर्षपछि हामी फेरि पुष ५ को अवस्थामा आइपुगेका छौँ । अब भने देश यो भन्दा अगाडि बढ्छ भन्ने आशा छ र बढ्नुपनि पर्छ । हामीले प्रतिगमनलाई चि-यौँ, ध्वस्त पा¥यौँ, यथास्थितिमा आयौँ र अब पालो भनेको अग्रगमनकै हो । अग्रगमनतिर जानैपर्छ । देश अग्रगमनतिर जान्छ कि जाँदैन, हाम्रा नेताहरूले के गर्छन् र कत्तिको बुद्धि पु¥याउँछन् त्यो चाहिँ हेर्न बाँकी छ।

    ‘ओली प्रवृत्तिको जरा निर्मुल पार्नुपर्छ’

    समाजमा अझैपनि अनकौँ उत्पीडन, भेदभाव, असमानता र बहिस्कारका कुराहरू कायमै छन्। देश अग्रगमनतिर जाँदै गरेको अवस्थामा हाम्रो समाजमा जातीय, सांस्कृतिक र धार्मिक हिसाबले हुने गरेका उत्पीडनहरू बाँकी नै छन् । जस्तै केही समय अगाडि रुकुममा त्यतिका दलिहरूको हत्या भयो । दलित भएका कारण उनीहरूको निशृंस हत्या भयो जुन घोर निन्दनीय र कुकृत्य थियो। समाजमा जातीय भेदभाव अझैपनि छ भन्ने कुराको एउटा उदाहरण हो, रुकुम घटना। यी लगायत सबै उत्पीडन चिर्नका लागि राज्यमा एउटा प्रणाली चाहिन्छ । त्यो अझै आइसकेको छैन।

    विघटन भएको प्रतिनिधि सभा पुनस्थापना हुँदापनि त्यो तुरुन्तै आइहाल्छ भन्ने ग्यारेन्टी छैन । कम्तिमा हामी त्यसमा स्पष्ट छौँ । तर यथास्थिति नआइकन प्रतिगमनबाट एकैचोटी अग्रगमनतिर जान सकिदैन । त्यसकारण प्रतिगमनबाट यथास्थितिमा ल्याउनका लागि यो संघर्ष भएको थियो । राजनीतिकसँगै समाजिक हिसाबले पनि अग्रगमनतर्फ जान थुप्रै छलफल, कुराकानी र संविधान संशोधन गर्नुपर्ने हुन्छ । त्यतातिर जाला भन्ने अपेक्षा गरेका छौँ र जान्छ पनि ।

    पुष ५ मा केपी ओलीले प्रतिगमन गर्नुअघि पनि राजनीतिमा ओली प्रवृत्ति थियो । जुन अहिले पनि छ । त्यो प्रवृत्तिको जबरजस्त नायक खड्गप्रसाद ओली थिए । सर्वोच्च अदालतले ‘ओली व्यक्ति’ लाई हराइदियो । प्रवृत्ति कायमै छ ।

    दुःखका साथ भन्नुपर्छ राणाशासनमा पनि यही प्रवृत्ति थियो । राणाशासनपछि २००७ सालमा अर्को व्यवस्था आयो, त्यसमा पनि यही प्रवृत्ति थियो । त्यसपछि निरंकुश तानाशाही पञ्चायती व्यवस्था आयो, त्यसमा पनि यस्तै प्रवृत्ति र मानसिकता थियो । पञ्चायती व्यवस्थालाई ढालेर बहुदलीय व्यवस्था आयो, प्रवृत्ति त्यही नै छ । एकात्मक प्रणालीमा जुन प्रवृत्ति थियो, संघीयतामा पनि त्यही छ । राजतन्त्रमा जुन प्रवृत्ति थियो, गणतन्त्रमा त्यही छ ।

    हो, त्यो मानसिकता वा प्रवृत्ति कायम रहेसम्म खड्गप्रसाद ओलीहरू जन्मिरहन्छन् । एउटा ओली जन्मियो, त्यो नष्ट भयो, फेरि अर्को जन्मिन्छ, त्यसलाई पनि ध्वस्त पारिन्छ, फेरि अर्को जन्मिन्छ । यो क्रम चलिरहन्छ । ओली प्रवृत्तिको जरा नै निर्मुल नपारेसम्म देशका उत्पीडित जनताले हकअधिकार पाउँदैनन् ।

    ‘प्रवृत्ति होस वा व्यक्ति, ओलीलाई ल्याउनु हुँदैन’

    महेश बस्नेत भन्थे ‘खड्ग प्रसाद ओलीले भनेपछि धरहराबाट पनि हाम फाल्न तयार छु ।’ त्यस्ता मान्छेहरू अहिले एकताको कुरा गर्न थालिसके । त्यस्ता मान्छेहरू १ सय ८० डिग्रीको फन्को मारेर, सके ओलीलाई लिएर नसके छोडेर पनि निश्चित रुपमा हामीसँग आउँछन् ।

    हामीले व्यक्तिगत हिसाबले विरोध गरेका छैनौँ । व्यक्तिगत रुपमा केपी ओलीको पनि विरोध थिएन, उनले जुन प्रवृत्ति र चिन्तन बोकेका थिए त्यसको विरोध थियो । त्यसकारण त्यो चिन्तनलाई ध्वस्त पार्नुपर्ने हुन्छ । व्यक्तिलाई होइन कि त्यो चिन्तन र प्रवृत्तिलाई ध्वस्त पार्नुपर्ने हुन्छ ।

    कुनैपनि हालतमा केपी ओलीलाई पार्टीमा ल्याउनु हुँदैन, प्रवृत्ति होस् वा व्यक्ति । तर ओली भन्दा तलका, जो उनको निरंकुशता र तानाशाहीविरुद्ध ‘चुँ’ सम्म पनि गर्न सक्दैनथिए, त्यस्ता व्यक्तिहरूलाई ढोका बन्द गर्नु हुँदैन । तर उनीहरूलाई पार्टीमा ल्याएर एकैचोटी पहिलेकै पद दिनु हुँदैन । उनीहरूलाई एकप्रकारको ‘करेक्सन् वा ¥याक्टिफिकेशन वा शुद्धिकरण’ गरेर मात्रै पार्टीमा जिम्मेवारी दिनुपर्ने हुन्छ ।

    सर्वहारा वर्गको नेतृत्वमा आन्दोलन

    पार्टीभित्र आदिवासी, जनजाति, दलित, मुस्लिम तथा महिलाहरूको उन्मुक्तिका लागि म संघर्ष गर्दै आएको छु र गरिरहने छु । वर्गीयता नै सर्वोपरी छ । वर्गीयता जहाँपनि छ । जुनसुकै जात, समुदाय, लिंग र क्षेत्रमा । तर नेपालमा अरु उत्पीडनहरू पनि छन् । वर्गीय उत्पीडनमात्रै होइन। ती सबै उत्पीडनको अन्त्य गर्नुपर्छ ।

    ती सबै प्रकारका उत्पीडपनको अन्त्यका लागि उत्पीडित समुदायमात्रै लडेर हुँदैन । सर्वहारा वर्गको नेतृत्वमा यी सबै आन्दोलनलाई एकाकार बनाउँदै लैजानुपर्छ । सर्वहारा वर्ग वा श्रमजीवी वर्गको नेतृत्वमा जातीय, लैंगिक र वर्गीय मुक्तिका आन्दोलनहरू एकाकार बनाउँदै लैजानुपर्छ। जातीय मुक्ति र महिलामुक्तिको आन्दोलन गर्नेहरूले पनि यो तथ्यलाई आत्मसाथ गर्नुपर्छ ।

    वर्ग नै सर्वोपरी हो भन्ने तथ्यलाई नजरअन्दाज गरेर अगाडि बढ्न सकिदैन । वर्गमात्रै होइन, जाति पनि हो र जाति मात्रै होइन, वर्गपनि हो । वर्गीय, जातीय लगायत सबै उत्पीडन अन्त्य गर्नका लागि हामी लाग्नुपर्ने हुन्छ र म यसको लागि सधैं लड्दै आएको छु । नेपालको कम्युनिष्ट आन्दोलनमा जातीय मुक्तिको सवाललाई भित्राउने र एजेण्डा बनाउने मध्येमा म पनि एक हुँ । त्यसैले यो दुईवटा कुरा वर्गीय र जातीय मुक्तिको आन्दोलनलाई एकाकार बनाउदै लगेर अन्त्यमा समाज साम्यवादसम्म पुग्ने लक्ष्यका साथ हामी अगाडि बढ्नुपर्ने हुन्छ । यो उद्देश्यका लागि म पार्टीभित्र र बाहिर सधैं लड्दै आएको छु र अझै पनि लड्दैछु ।

    अस्ति भर्खर पार्टी विभाजन हुँदा मलाई मन्त्रीको प्रस्ताव आएको थियो । तर ओलीजस्तो निरंकुश, संकिर्ण, तानाशाही र प्रतिगमनकारीकहाँ गएर मन्त्री बनेर के गर्ने ? त्यसैले यो पार्टीभित्र मेरो संघर्ष भइरहन्छ। यदि जातीय, लैंगिक र वर्गीय मुक्तिको आन्दोलनलाई सफल बनाउन सकिएन भने राणा शासन, बहुदलीय व्यवस्था, पञ्चायती व्यवस्था र गणतन्त्रमा के फरक प¥यो र ? त्यसैले म फेरि पनि भन्न चाहन्छु, एउटा विचारलाई केन्द्रविन्दुमा राखेर सर्वहारा र श्रमजीवी वर्गले यो सबै आन्दोलनलाई नेतृत्व गर्दै अगाडि बढ्नुपर्ने हुन्छ ।

    कम्युनिष्ट पार्टीमा पनि जातीय समस्या

    जातीय समस्या कांग्रेस र एमालेभित्र धेरै पहिलेबाट थियो। एउटा उदाहरण दिन्छु, २०४९ सालको जिल्ला विकास समितिको चुनावमा पाल्पामा कांग्रेसको सभापतिको उम्मेद्वार प्रेमकुमार बस्याल थिए भने उपसभापतिको उम्मेद्वार दलबहादुर रानामगर। एमालेको तर्फबाट सभापतिको उम्मेद्वार दलबहादुर रानामगर थिए भने उपसभापतिको उम्मेद्वार यादवजंग रायमाझी थिए। नतिजा आउँदा दुवै पार्टीका बाहुन/क्षेत्री उम्मेद्वारले मात्रै जिते। दुवै पार्टीका रानामगरले हारे। नेपाली समाजको चेतना यस्तो छ। उनीहरूले पार्टी हेरेनन्, जाति हेरे।

    हाम्रो सवाल के थियो भने कांग्रेसको सभापति प्रेमकुमार बस्यालले जित्छन् भने उपसभापति दलबहादुर रानामगर किन हार्छन्? एमालेको दलबहादुर रानामगर हार्छन् भने उपभापति यादवजंग रायमाझी कसरी जित्छन्? यहाँ के भयो भने दुवैपार्टीका बाहुन/क्षेत्री साथीहरूले पार्टी हेरेनन्, जाति हेरे।

    यो रोग माआवोदीमा पनि सल्किएको थियो र छ। खोटाङको साकेला गाउँपालिकामा माओवादीको तर्फबाट अध्यक्षको उम्मेद्वार अर्जुन खड्का र उपाध्यक्षको उम्मेद्वार विरशिखा राई थिए। त्यो गाउँपालिका राईहरूको बाहुल्यता भएको क्षेत्र हो। अध्यक्ष अर्जुन खड्काले जिते। उपाध्यक्षमा विरशिखा राईले जित्नुपथ्र्यो, तर अर्को पार्टीकी सरस्वती खड्काले जितिन्। मतदातालाई पनि आफ्नै जातको प्रतिनिधि चाहियो। विरशिखाले हार्छिन् भने अर्जुन खड्काले पनि हार्नुपथ्र्यो। कम्युनिष्ट पार्टीमा पनि यो चेतना छ।

    यस्तो खालको चेतना ध्वस्त पारिनुपर्छ र विचारलाई प्रमुख बनाइनुपर्छ। केपी ओली ‘जातिवाद र अतिवाद’ का कुरा गर्छन्। अतिवाद को हो भन्ने कुरा घाम जस्तै छर्लङग छ। अतिवादी जनजाति, दलित र मधेशी होइनन्। समाजमा उत्पीडन भयो, शोषण र दमन भयो भनेर त्यसकाविरुद्ध लड्दा उनीहरू कसरी जातिवादी हुन्छन्? त्यसैले यो जुन चिन्तन र मानसिकता छ, त्यो परिवर्तन भएको छैन।
    राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा पनि यो मानसिकता परिवर्तन भएको छैन। एकात्मक प्रणालीबाट संघीयतामा गइसकेर पनि परिवर्तन नहुने मानसिकता जो छ, त्यहाँनिर प्रहार गर्नुपर्ने हुन्छ। हामी सबै लड्नुपर्ने हुन्छ। विचार, नीति र सिद्धान्तलाई नै लैजानुपर्ने हुन्छ ।

    यसो गर्ने क्रममा जनजातिको तर्फबाट समस्या नै छैन। लिम्बुको बाहुल्यता भएको ताप्लेजुङबाट योगेश भट्टराईले जित्नुभएको छ। त्यहाँ कुनै समस्या भएन । मगरहरूको बाहुल्यता भएको तनहुँबाट रामचन्द्र पौडेललाई कतिपटक जिताइयो। मधेसमा ढुक्कैसँग पहाडी मुलका नेताले जित्छन्। तर पहाडमा कुनै मधेसीले चुनाव जित्ला त? यो चिन्तन नेपाली समाजमा अझै आइसकेको छैन। यसका लागि हामी सबै लाग्नुपर्ने हुन्छ। त्यसका लागि यो शासक वर्ग वा देशको शासनसत्ता चलाएका व्यक्तिले ध्यान दिनुपर्ने हुन्छ। महिलाले मात्रै ध्यान दिएर हुँदैन पुरुषले पनि ध्यान दिनुपर्छ। महिलाले आवाज उठाउछन्, पुरुषले साथ दिनुपर्छ। यसरीमात्रै नेपालको सामाजिक बनोट अनुसारको विकास हुन्छ र देश अगाडि बढ्छ।

    भिडियो –

    (नेपाल रिडर्सका लागि नेकपा नेता आलेमगरसँग प्रकाश अजातले गरेको कुराकानीमा आधारित । तस्वीरः महेश पाण्डेय)

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सुरेश आलेमगर

      सुरेश आलेमगर

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.