Date
बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026
Thursday, May 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मानिसमा डर हावी भएपछि उसले सुपरम्यान खोज्न थाल्छ : दोभान राई

nepal_readers nepal_readers
फाल्गुन १७, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पत्रपत्रिका टिभीमा हेरेर र आक्लझुक्कल यस्ता खालका कार्यक्रममा सहभागी हुँदा आफूभन्दा ठूलो मान्छेबाट सुनेको कुराबाट मैले बनाएको धारणा हो । अलि परबाट हेर्दा सडकमा आएर टाउको कन्याउनुपर्ने, पटक पटक मन्थन गर्नुपर्ने अहिलेको विजोग एकतरिकाले मलाई सामान्य र स्वाभाविक नै लाग्छ । किनभने हामीले सङ्घीयता, राणातन्त्र, राजतन्त्र, पुँजीवाद लगायतका बहुसंघर्षहरु एकै पटक गर्दैछौं । एक हिसाबले अरूले २ सय वर्षमा गरेका संघर्षहरु हामीले ४०, ५० वर्षमा गर्दै गरेको सघन इतिहास छ । यो हाम्रो भाग्य र दुर्भाग्य पनि हो ।

    दलतन्त्रको कुरा गर्दा मलाई दलहरूको ‘डाइनामिक्स’ (गतिशीलता) अचम्म लाग्छ । त्यहाँ भौतिक विज्ञानका फरक फरक नियमहरु लागू हुने गर्छन्, त्यहाँ फरक ‘डाइनामिक्स’ हुने गर्छन् । हामीले बाहिरबाट हेर्दा वैचारिक रूपमा सबैभन्दा ल्वाँदे, नैतिक रूपमा भ्रष्ट मानिस नै सत्तामा माथिमाथि जाने मात्रै होइन, अझ पटक पटक जाने देखिएको छ । शेरबहादुर देउवालाई बाहिरबाट हेर्दा यस्तो मानिस कसरी प्रधानमन्त्री भयो होला जस्तो लाग्छ, तर उनी नै पटक पटक प्रधानमन्त्री हुन्छन्, फेल भएर पनि ऊ त्यहीँ रहन्छ ।

    केपी ओली भन्ने मान्छे ठीक होइन भनेर मैले बच्चादेखि सुन्दै आएको हो । राजनीतिबारे थाहा नहुँदा नै पनि अरूको गफगाफमा केपी ओली चाहिँ खत्तम मान्छे भन्ने सुनेको हो । तर उनी शक्तिमा रहँदा केपीले नै नेपाललाई नयाँ निकास दिन्छन् भनेर सबैले भन्दा म छक्क पर्थें । त्यो हिसाबले भन्दा ओहो यो त कहिल्यै बुझेर बुझिनसक्नुरहेछ, त्यहाँ भौतिक विज्ञान, रसायन विज्ञानका नियमहरु सबै नै फरक छ भन्ने जस्तो लाग्ने हामीलाई ।

    अहिले मेरो फोकस भनेको के हो भने– ओली के गर्छ, मैले सुन्दै सुन्दिनँ । त्यसो गर्दा आफ्नो मानसिक उर्जा खर्च गरेको जस्तो मात्रै हुन्छ । अबको ५, १० वर्षमा कस्तो नेतृत्व आउँछ त ? फेरि ओलीनै पो आउने हुन् कि ? उनीभन्दा पनि खतरनाक पात्र पो आउने हुन् कि ? म चाहिँ यो ‘नियोकरप्सन’ भन्छु । फर्केर आएका नेपाली भन्छन्, अङ्ग्रेजी बोल्छन्, मार्केटिङ सिक्छन् तर, भित्रबाट उही सामन्ती मानसिकताबाट आएको छ कि भन्ने हुन्छ ।

    त्यो हिसाबले मलाई युवा भएर तिमीहरूको बूढाको काम छैन भनेर भन्न पनि मन लाग्दैन । म अहिलेसम्म पढ्नेलेख्ने भएको, पढ्न पाएको, यतिको बोल्न पाएको, पहिलो पुस्ताले गरेको बलिदानकै आधारमा हो । मलाई अकृतज्ञ हुन मन लाग्दैन । म चाहिँ के भन्छु भने नेपाल देशको रुपमा ठूलो घाइते थियो । ठूलो ठूलो चोट लाग्दा त्यो ब्यान्डेज लगाउन पर्‍यो । त्यही भएर २००७ सालमा काँग्रेसको नेतृत्वमा हुन्छ कि २०३६/४६ सालमा फरक फरक नेतृत्वमा तपाईं आफैँ नै हुनुहुन्छ फ्रन्टलाइनमा, तपाईंहरु आफैंका कति घाउ– ट्रमाहरू होलान् ।

    त्यो हिसाबमा त्यो घाउ पुर्दापुर्दा कयौँ दल, नेता तथा बुद्धिजीवीहरू पनि आफ्नै घाउको एउटा ब्यान्डेज बनिसकेका छन् । त्यो नै आफैंमा संक्रामक भइसकेको छ । त्यसलाई फेर्न नयाँ आउनुपर्नेछ । अहिले मेरो फोकस भनेको के हो भने– ओली के गर्छ, मैले सुन्दै सुन्दिनँ । त्यसो गर्दा आफ्नो मानसिक उर्जा खर्च गरेको जस्तो मात्रै हुन्छ । अबको ५, १० वर्षमा कस्तो नेतृत्व आउँछ त ? फेरि ओलीनै पो आउने हुन् कि ? उनीभन्दा पनि खतरनाक पात्र पो आउने हुन् कि ? म चाहिँ यो ‘नियोकरप्सन’ भन्छु । फर्केर आएका नेपाली भन्छन्, अङ्ग्रेजी बोल्छन्, मार्केटिङ सिक्छन् तर, भित्रबाट उही सामन्ती मानसिकताबाट आएको छ कि भन्ने हुन्छ ।

    त्यो हिसाबमा आज पुरानो कुरा नगरौं, समाधानको कुरा गरौँभन्दा मैले ठम्याएका तीनवटा कुरा छन् । म आफूलाई समाजवादी पनि भन्छु, मलाई हाम्रा बहस कहिलेकाहीँ प्रतिक्रियात्मक र रक्षात्मक भएजस्तो लाग्छ ? भन्नाले केन्द्रमा हिरो चाहिँ पुँजीवादी हो । हामीले यसलाई प्रतिरोध वा छुटिभिन्न मात्रै गर्ने ? अथवा त्योबारे अलिकति रचनात्मक छलफल –बहस पनि हुनुपर्यो । हामीले केही बनाउन खोजेको हो भने पुँजीवादीले यो बिगार्‍यो, रोक्यो, हाम्रो मान्छे लाग्यो भनेको जस्तो त्यो एउटा उत्पीडितको हिनताबोधबाट हामी कहिले निस्कने ? त्यो पनि लाग्छ ।

    अघि क्यारेट कम्युनिष्टका कुरा उठे । कहिलेकाहीँ हामी विचारधारात्मक प्रष्टता र गौरवबोधमा भ्रमित हुन्छौं जस्तो लाग्छ । किनभने समय परिर्वतन हुँदैछ । त्यसैले त्यसमा गतिशीलता र सुधार चाहियो । तर यसको अर्थ दक्षताका लागि भनेर हाम्रा मूल्यमान्यता, प्राथमिकतामा सम्झौता गर्ने होइन । हाम्रा प्रक्रिया र दृष्टिकोणहरुलाई आधुनिकीकरण गर्नुपर्छ कि ? त्यही भएर कहिलेकाहीँ ठ्याक्कै उल्टो पनि हुन्छ । कर्मकाण्डमा स्टालिनको फोटो राख्ने भनेर कठोर हुन्छौं तर त्यसको सारमा चाहिँ हामीले सम्झौता गर्न पुगिरहेका छौं । त्यो एकदमै कर्मकाण्डी कम्युनिस्ट भए जस्तो लाग्छ ।

    एपिजेनेटिक्स (Epigenetics) ले पनि भन्छ : परिस्थितिले मानिसलाई परिर्वतन गर्छ । त्यसअनुसार परिस्थितिले हाम्रो मनोविज्ञानलाई कसरी परिवर्तित गराइदिन्छ भन्ने कुरालाई पनि हामीले हेर्नुपर्छ । निर्माण भंगको कुरा गर्दा सामर्थ्य केलाई मान्ने ? विवेकी (स्मार्ट) कसलाई भन्ने ? सफल कसलाई मान्ने ? केलाई राम्रो भन्ने? त्यो कुरालाई हामीले भंग गरेर आधारमा जानुपर्छ जस्तो लाग्छ । मानिसमा डर हावी भएपछि उसले सुपरम्यान खोज्न थाल्छ । ट्रम्प, मोदीमा त्यही भएको हो । पुँजीवादले पनि त्यही गर्छ ।

    अघि राजेन्द्र महर्जनले पनि उठाउनु भयो –हाम्रो मानसिकताका कुरा, सुपरम्यान बनाउने कुरा । हुनत हामी विचारको कुरा गरौँ, मान्छेको कुरा नगरौँ भन्छौँ । त्यो हिसाबले पनि होला खालि सिद्धान्तको मात्रै कुरा गर्ने । तर मलाई मान्छेको कुरा पनि गर्नुपर्छ भन्ने लाग्छ । अहिले ओली हैन, ओली प्रवृत्ति भन्छौं, हाम्रा मनोवैज्ञानिक सवालहरु, मानवीय भय र अहंकार, महत्वाकांक्षा जस्ता कुराले कस्ता कस्ता मानिसहरु सत्ताप्रति आकर्षित हुन्छन् ? सत्तामा पुगेपछि मानिस कसरी परिर्वतन हुन्छ ? १७ वर्षको प्रचण्ड, २७ वर्षको प्रचण्ड, छापामार प्रचण्ड र अहिलेको प्रचण्डमा कतिको फरक छ ?

    एपिजेनेटिक्स (Epigenetics) ले पनि भन्छ : परिस्थितिले मानिसलाई परिर्वतन गर्छ । त्यसअनुसार परिस्थितिले हाम्रो मनोविज्ञानलाई कसरी परिवर्तित गराइदिन्छ भन्ने कुरालाई पनि हामीले हेर्नुपर्छ । निर्माण भंगको कुरा गर्दा सामर्थ्य केलाई मान्ने ? विवेकी (स्मार्ट) कसलाई भन्ने ? सफल कसलाई मान्ने ? केलाई राम्रो भन्ने? त्यो कुरालाई हामीले भंग गरेर आधारमा जानुपर्छ जस्तो लाग्छ । मानिसमा डर हावी भएपछि उसले सुपरम्यान खोज्न थाल्छ । ट्रम्प, मोदीमा त्यही भएको हो । पुँजीवादले पनि त्यही गर्छ । तपाईंलाई असुरक्षित बनाइदिने, एकअर्कासँग प्रतिस्पर्धी र सशङ्कित बनाइदिने र त्यो ठाउँमा सामुहिकता र सम्बन्धहरुबाट पाउने विश्वास र सुरक्षालाई उपभोक्तावादको माध्यमबाट सुपरम्यान खोज्ने स्थिति पैदा गराइँदैछ । त्यो काम फासीवाद पुँजीवाद दुवैले गरिरहेको छ । त्यही भएर फेरि हामीले सुपरम्यान नहेर्ने, मानवीयतामा शक्ति–तागत कसरी भेट्ने ? मानवीय विश्वासलाई कसरी निर्माण गर्ने ? त्यो मनोवैज्ञानिक प्रक्रियामा जान सक्नुपर्छ ।

    मेरो तेस्रो बुँदा : हाम्रा समस्याहरु एकदमै जटील छन् । शताब्दीसम्म अन्धकारमा बसेर बल्ल हामीले अलिकति घामको झुल्को देख्न पाएको हो । थुप्रै आन्दोलनहरुमा हामीले एकैचोटी गर्दैछौं । त्यसमाथि अघि पूर्व वक्ताहरुले भन्नुभएझैं आन्तरिक बाह्य हमला पनि छ । यो कुरालाई हमला गर्नका लागि हामीले समाजवाद भनेर मात्र पुग्दैपुग्दैन । यो टेबललाई उठाउनु पर्यो भने त्यो कुनाबाट उठाए पनि यो कुनाबाट उठाए पनि लड्छ । तपाईंले चारै कुनाबाट उठाउन पर्‍यो नि ! त्यो हिसाबले जटील समस्याहरुको निरुपणका लागि जटील समाधान र गहिरो चिन्तन पनि चाहिन्छ । त्यही भएर मैले एउटा लेख पनि लेखेको थिएँ । समाजवाद, नारीवाद र पर्यावरणवाद भन्छु म, त्यो ३ वटै कुरा नमिस्सिइकन बन्ने समाजवाद भाले समाजवाद हुन्छ । अहिले हामी यहाँ कति जना भाले छौँ, हेरौँ । यो भाले समाजवादबाट हामी निकास पाउँदै पाउँदैनौँ । किनभने भाले भाले मात्रै भएपछि त्यहाँ कसको सिउर ठूलो भन्ने मनोवैज्ञानिक लडाइँ भइहाल्छ ।

    दलका व्यवहारलाई कसरी सार्वजनिक बनाउने ? अघि कुराहरु उठे । श्याम सरले भन्नुभयो शशी श्रेष्ठ सुन्न मात्रै आउनुभएको हो । उहाँ किन वक्ता भएर आउनु हुँदैन भन्ने पनि लाग्छ । तपाईंहरू सबै जना दिग्गज विद्वान् हुनुहुन्छ तर यस्तो पनि होइन कि यहाँ महिला अटाउन सक्दैनन् । आज मैले सुनेका भन्दा पनि कैयौं खतरा खतरा कुराहरु अरु महिलाहरुबाट पनि सुनेको छु । त्यो कसरी छुटिरहेको छ ? फेरि मान्छेको झुण्ड झुण्ड भएपछि वास्तविकताभन्दा परका (आउट अफ रियालिटी) पनि हुन सक्छन् । भिन्न तहमा आउट अफ रियालिटी पो भइरहेको हो कि ? त्यो हिसाबमा मैले फेरि विवेकशील साझाको रवीन्द्र मिश्रको जस्तो पार्टी एकदम सतही, निष्ठाको वा अरु सबै खराब म मात्रै राम्रो भन्ने अलि उग्रपन्थवाला त हैन, तर प्रणालीगत विश्लेषणसँगसँग हामीले मनोवैज्ञानिक रुपमा आफैलाई प्रश्न गर्ने पनि बनाउनुपर्छ जस्तो लाग्छ ।-रातोपाटी/ तस्बिर: नेपाल।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.