Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दया गरेर अरुले अधिकार दिने होइन, त्यो प्राकृतिक हक हो

बिनु सुवेदी बिनु सुवेदी
फाल्गुन २२, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    महिला भएर पत्रकारितामा सक्रिय हुन सधैँभरी अप्ठ्यारो नै हुन्छजस्तो मलाई लाग्दैन । किनभने म धेरै हिसाबले ‘प्रिभिलेज्ड’ पत्रकार नै हुँ । मेरा बुवा आमाले दिनुभएको अवसर र मेरो घरको वातावरणका कारण हुन सक्छ, मैले जहाँ जहाँ काम गरे, जुन रेडियोमा इन्टर्नसिप सुरु गरेँ, त्यसपछि जतिवटा मिडियामा काम गरेँ, ती सबै ठाउँमा म महिला भएकै कारण मैले लड्नुपरेन ।

    अफिसभित्र ‘सेफसाइड’, बाहिर समस्या

    म महिला हो, महिला भएकै कारण मलाई किन अवसर दिईएन वा महिला भएका कारण किन अगाडि बढ्न दिईएन भनेर मैले मेरा सिनियरहरूसँग लड्नु परेन । तर मैले लड्नुपरेन भन्दैमा अरु महिलाहरूको स्थिति पनि त्यस्तै रह्यो भन्न सकिँदैन । मलाई लाग्दैन कि समग्रमा सबै महिलालाई मलाई जस्तै सुविधा छ ।

    म आफैंलाई मेरो मिडिया हाउसमा समस्या भएन । तर बाहिर फिल्डमा जाँदा भने फरक खालको व्यवहार भएको महशुस गरेको छु । जस्तैः मिडिया हाउसमा म कस्तो छु, मेरो स्वभाव के छ, मैले मेरा सिनियरसँग कसरी ट्याकल गर्छु, उस्तै परे आफ्नो जबरजस्त उपस्थितिका लागि थर्काउने, धम्क्याउने जे पनि गर्न सक्छु । त्यो आधारमा मलाई हेरिन्छ र कसैले पनि मलाई अवमूल्यन गर्ने हिम्मत राख्दैन । तर त्यही कुरा बाहिर जाँदा हुँदैन ।

    ०६२/६३ सालमा नेपाल एफएममा काम गर्दाको बिनु सुवेदी र अहिले कान्तिपुरमा काम गर्दाको बिनु सुवेदीलाई अफिसभित्र सेफसाइड छ, सुविधा र राम्रै भूमिका पाएको जस्तो पनि देखिन्छ । तर जब म अफिस छोडेर फिल्डमा जान्छु त्यहाँ “यो महिला हो” भन्ने खालको व्यवहार हुँदो रहेछ । किनभने त्यो ठाउँमा त म नयाँ हुन्छु । नयाँ ठाउँमा महिलाको आकृति देखेर मूल्याकंन गर्न खोजिन्छ । बाहिर गएका बेला म जब स्रोतहरूसँग अथवा सम्पर्क गर्ने व्यक्तिहरूसँग भेट्छु, त्यहाँ मलाई पत्रकारका रुपमा होइन कि महिला रुपमा हेर्ने गरिन्छ । यो अहिले पनि हुन्छ र त्यतिखेर पनि हुन्थ्यो । परिवर्तन भएको छ, तर हामीले हाम्रो उपस्थितिका लागि जति चाहेका थियौँ, त्यति भइसकेको छैन ।

    सुरुबाटै प्रश्न गर्न सिकेँ

    मैले नेपाल एफएममा काम गर्दा त्यहाँको वातारण एकदमै जुझारु थियो । ०६२/६३ को जनआन्दोलनको बेला हाम्रो मिडियाले नागरिक आन्दोलनलाई समर्थन गरेको थियो । त्यो ठाउँ महिला, आदिवासी जनजाति तथा पछाडि पारिएकाहरूको आवाज उठाउने थलोका रूपमा थियो। त्यसै कारणले गर्दा मैले त्यस ठाउँबाटै प्रश्न गर्न सिकेँ । त्यहाँका अग्रजहरुले जहिलेपनि प्रश्न गर्नुपर्छ भनेर मलाई सिकाए। हामीले त त्यतिबेला सांसदलाई ‘माननीय’ भन्नु हुँदैन भनेर अभियान नै चलायौँ । त्यस्तो ठाउँमा काम गरेको हुनाले मलाई सधैँ त्यही कुराले नै प्रभाव पा-यो । आफ्नो लागि मिडियाको वातावरण अनुकुल भएपनि अन्यत्र पनि त्यस्तै छ त ?

    जस्तोकि मिडियामा थिचोमिचो भयो र महिला पत्रकारलाई अगाडि बढ्न दिइएन भन्ने कुरा हामी सुनिरहेका हुन्छौँ । बाहिर त पत्रकारहरूबाटै पनि मैले धेरै हिंसा भोगेँ । के–के सामना गर्नुप-यो भनेर मैले लेखेकै छु । तर न्युजरुमभित्रको वातावरण चाहिँ मेरो लागि सहज नै बन्यो । त्यसैले मलाई प्रभाव पा-यो ।

    मिडिया नै भएको नाताले म सुरक्षित रहँे अथवा मलाई सजिलो भयो भन्ने चाहिँ होइन । कुनै उद्योग वा मजदुरी गर्ने ठाउँमा चाहिँ अनिवार्य रूपमा महिलामाथि हिंसा हुन्छ नै भन्ने छैन । ती ठाउँपनि सुरक्षित हुन्छन्। मेरो व्यत्तिगत कुरा गर्दामात्रै त्यस्तो हो । न्युज रुमभित्रै भएको हिंसाविरुद्ध लडेका अनुभव पनि छन् हामीसँग । समाचार पढ्दापढ्दै वा पढेर बाहिर निस्किँदा हाम्रै साथीभाईहरूमाथि भएका हिंसाविरुद्ध हामी लडेका छौँ। मिडिया एउटा प्राज्ञिक ठाउँ भएर पनि यहाँ पनि समस्या छ । आफ्नो उपस्थितिका लागि जहीँ गएरपनि लड्नै पर्ने रहेछ भनेर मलाई परिवारमा सिकाईका कारण मेरो भोगाई अल्लि फरक भयो कि ?

    समाचार कक्ष बाहिर जाँदा एकैचोटी आफ्नो उपस्थिति देखाउन सकिँदैन । चाहे जुनसुकै ठाउँमा होस्, धेरै पुरुषहरूका बीचमा एक्लो महिला हुँदा फरक नजरले हेर्ने गरिन्छ। प्राध्यापक र सम्पादकहरूबाट भएका हिंसा पनि हामीले मिटु अभियानबाटै देख्यौँ । ति त पढ्दै नपढी प्रध्यापक भएका होइनन् । त्यसैले यो सबै मान्छेको सोचसँग सम्बन्धित कुरा हो ।

    हिंसा : सदियौँदेखिको सिकाई

    हामीले महिला, पुरुष र तेस्रो लिंङ्गीका अधिकारका कुरा अथवा जेन्डरको विषय उठाउन थालेको कति नै भयो र ? हुनत पहिला पनि यस्ता कुरा उठ्थे । तर अधिकार भनेको पुरुषले नै महिलालाई दिने हो भन्ने बुझाई थियो । ०६२/६३ को जनआन्दोलनको समय र अन्तरिम संविधान बनेदेखि संविधानसभाबाट संविधान बन्ने बेलासम्मको समयमा, जतिखेर एकदमै हसलफसल भयो, त्यो समयमा नै धेरै अधिकारका कुराहरू उठे । यसमा माओवादी आन्दोलको पनि भूमिका पक्कै छ । अधिकार प्राप्तिको आन्दोलन न महिलाविरुद्ध हो, न पुरुषविरुद्ध, हामी सोचका विरुद्ध लड्ने हो भन्ने चेतना यही अवधिमा बढी विकाश भएको हो ।

    सदियौँदेखिको परम्परा र पितृसत्तात्मक सोचले हामी जेलिएका छौँ । चाणक्यले यसो भनेका छन्, गीता, रामायण र स्वस्थानीमा यस्तो छ भनेर हामी पढ्दै आयौँ । हामी हुर्किएको हिन्दु समाजको समाजको कुरा गर्ने हो भने अन्धविश्वासकै जगमा टेकेर महिला, दलित लगायत पिछडिएको समुदायमाथि धारण बनायौँ । यस्तो परिवारमा हुर्किएका छोरी वा आमाहरूको सोचमा एकैपटक परिवर्तन आउन कठीन रहेछ ।

    हामीले धेरै कुराहरू हाम्रो आमाबाट सिक्यौँ, आमाले हजुरआमाबाट । त्यसरी नै हाम्रो सिकाईको श्रृखंला चल्दै आयो । यसरी पितृसत्तात्मक सोचले हाम्रो दिमाग जकडिँदै आएको छ। जुन कुरा हामीले घरमा आमाबाट सिक्यौँ, त्यसलाई प्रश्न गर्न सकेनौँ अथवा थोरैले मात्रै प्रश्न गरे । त्यसैले हाम्रो सोच हामी कसरी हुर्कियौँ भन्नेमा आधारित छ । हाम्रो समाज र संस्कृतिले नै हामीलाई प्रभाव पार्ने हो ।
    पीडाको आगोलाई शक्तिमा बदल्नुपर्छ

    महिला भएकै कारण समाजमा महिलामाथि गरिने व्यवहारलाई सम्झिँदा मनभित्र आगो बल्छ । मेरो घरमै पनि जानअन्जानमा विभेदपूर्ण व्यवहार हुन्थ्यो । छोरा र छोरी एकै हुन् भनेर सोच्दासोच्दै पनि बुवाआमाले व्यवहारमा कति विभेद गरिरहनुभएको हुन्छ । उहाँहरुका शब्द, व्यवहार, धेरथोर माया र भागमा अलि धेरै÷थोरै हालिदिने घिउ, यी सबै कुराहरूले प्रभाव पार्छ । काम गर्ने ठाउँमा पनि विभेद हुन्छ । मैले कुनै ब्रेकिङ्ग न्युज ल्याएँ भनेपनि ‘यो त केटी हो, केटीलाई समाचारमा सहजै पहुँच दिन्छन्’ भन्ने खालका व्याकबाइटिङ हुन्छ । त्यसैले संघर्ष चाहिँ निरन्तर गरिरहनै पर्छ ।

    हामी यस्तो संक्रमणकालिन अवस्थामा छौँ। संक्रमणकालिन अवस्थामा भएकाले मनमा आगो बल्नु त स्वभाविक नै हो । र, आगो बाल्न छुट पनि छ । भित्रभित्रै भुतभुताउन छुट छ । तर हामीले दन्काएको पीडाको आगोलाई शक्तिमा बदल्नुपर्छ र परिवर्तन गर्नैपर्छ ।

    अधिकार कसैले दिने होइन

    अधिकार भनेको कसैले कसैलाई दिने र कसैले कसैबाट लिने विषय होइन । हामी समान छौँ र समानताका लागि आन्दोलन गरिरहेको छौँ। यो अधिकार भन्ने कुरा पुरुषको मात्रै वा महिलाको मात्रै वा तेस्रो लिङ्गीको मात्रै पेवा होइन । यो त सबैमा निहित छ । जस्तैः कतिपय पुरुषहरूबाट ‘हामीले दिएकै छ नि’ भन्ने जस्ता तर्कहरू गरेको सुनिन्छ । मेरै न्युज रुममा पनि त्यस्ता कुरा गरेको सुन्छु ।

    मैले काम गर्ने संस्थामा पनि पुरुष र महिला नै ठूला पदमा छन् । उहाँहरूले आफूभन्दा जुनियरलाई अवसर दिने हो । एउटा पोजिसनले अर्को पोजिसनलाई दिने हो । न कि पुरुषले महिलालाई । एउटा सम्पादकले रिपोर्टरलाई र एउटा डेस्क एडिटरले आफूभन्दा जुनियर डेस्क एडिटरलाई दिने हो। तर यहाँ पुरुषले महिलालाई दिनेजस्तो गरिन्छ । ‘हामीले महिलालाई दिएकै छ त, यति जिल्लामा महिलालाई रिपोर्टर बनाइदिएकै छ त’ जस्ता कुराहरूले यसको पुष्टि गरिरहेको हुन्छ ।

    हाम्रो समाज, परम्परा र चिन्तनले हाम्रो दिमागमा यसरी हिर्कायो कि पुरुषले दिने र महिलाले लिने भन्ने बुझियो र बुझाइयो । जस्तोः मेरै घरको उदाहरण दिन्छु, आमाले दाइ र भाईलाई धेरै खिर राखिदिनुभयो । मलाई चाहिँ थोरै । मैले भनेँ, ‘मलाई किन थोरै दिएको ? भाइलाई किन धेरै ?’ आमाले भन्नुभयो ‘आफूभन्दा सानोले खाएको रिस गर्छेस् ?’ दाइलाई किन धेरै दिएको त भन्दा उहाँले आफूभन्दा ठूलाले खाएको रिस गरेको भन्नुभयो । त्यसपछि मैले धेरै झगडा गरँे र दुई भाइले नै मलाई खिर दिने भन्नेमा कुरा मिलाइयो ।

    यसको अर्थ मैले बराबरी खान पनि दाइ र भाइले नै दिनुप¥यो । बराबरी पाउन र हुनका लाग अरुले नै दिनुपर्ने धारणाको विकास गरियो । हामीलाई दयाको पात्र बनाइयो । आमाले पनि जानेर विभेद गरेको होइन, उहाँले पनि त्यस्तै अभ्यास गर्दै आउनुभयो र उहाँमाथि पनि त्यस्तै व्यवहार भयो ।

    महिलामा पनि पुरुषवादी चिन्तन

    बाहुनवाद भनेको बाहुनहरूको मात्रै चिन्तन होइन । यो चिन्तन अरु जातिमा पनि हुन्छ । त्यस्तै पुरुषवादी चिन्तन वा भाले प्रवृत्ति जे भनेपनि, यो प्रवृत्ति पुरुषमा मात्रै होइन महिलामा पनि देखिन्छ । पुरुषवादी चिन्तन पुरुषमै देखिनुपर्छ भन्ने छैन ।

    त्यसैले हाम्रो लडाईं चिन्तन र प्रवृत्तिविरुद्ध हो । हाम्रो लडार्इं र संघर्ष भनेको महिलाले पुरुषकाविरुद्ध र पुरुषले महिलाकाविरुद्ध होइन कि चिन्तनकाविरुद्ध हो । चिन्तनविरुद्ध लड्दाखेरी हामी कहिले महिलासँग ठोक्किन पुग्छौँ भने त कहिले पुरुषसँग ठोक्किन्छौँ । त्यही भएर त हाम्रा लडाईंहरूमा महिलाहरूले पनि विरोध गर्छन् । समान सहभागिताका विषयमा कुरा उठाउँदा महिलाहरूले नै भनिरहेका हुन्छन् ‘अझै पनि महिलालाई अगाडि बढाउनुपर्छ भनेर किन कराइराख्ने ? अब त आफ्नो क्षमता देखाउनु पर्छ ।’ त्यसैले हाम्रो लडाईं चिन्तनका विरुद्ध हो ।

    राजनीतिक रिपोर्टिङ यात्रा

    मिडियामा मूलधारको विषयवस्तु भनेर चिनिने राजनीतिक बिटमा काम गर्ने महिलाहरू पुरुषका तुलनामा कम हुनुहुन्छ । मेरै कुरा गर्दा, मैले पत्रकारिता सुरु गर्दा मसँगै अरु थुप्रै महिलाहरू हुनुहुन्थ्यो । मैले त भर्खरै एसएलसी पास गरेकी थिएँ । नेपाल एफएममा काम सुरु गर्दा १५ वर्ष पूरा भएर १६ वर्ष लागेकी थिएँ। मलाई लाग्छ, १६ वर्षकै उमेरमा संसदको रिपोर्टिङ्ग गर्ने पत्रकार म नै हुँला । १६ वर्षको उमेरमा कोही पनि पत्रकार मूलधारको बिषयमा रिपोर्टिङ्ग गर्न गएन होला ।

    हामी १६/१७ जना महिलामध्ये धेरैले महिलाकै बिटमा काम गर्ने, महिलाकै अन्तरवार्ता लिने वा महिलाकै बारेमा लेख्ने जस्ता काम रोज्नुभयो । मैले त्यतिबेलै राजनीतिक बिट हेर्छु भनेँ। म हुर्केको जिल्ला, म्याग्दी जिल्ला राजनीतिक रूपमा सचेत र सशस्त्र द्धन्द्धका बेला प्रभावित भएको ठाउँ हो । म जुन घरमा हुर्किएँ, त्यो राजनीतिक पार्टीको सेल्टरजस्तो थियो । द्धन्द्धकालको समयका सबै कुरा त म थाहा पाउँदिनँ तर नेताहरू आउने–जाने गरेको र राजनीतिक कुरा हुने गरेको थाहा पाउँथे ।

    सबै क्षेत्रमा परिवर्तन ल्याउने राजनीति नै हो भन्नेजस्ता कुराहरू हाम्रो घरमा हुन्थे । जस्तैः महिलाको विषयमा राजनीति जोडिएको छ, शिक्षा र अर्थतन्त्रमा पनि राजनीति जोडिएको छ। सबै बिषयहरू अन्तिममा थिग्रिने ठाउँ भनेको राजनीति नै हो र त्यसलाई सफा पार्नुपर्छ भन्ने बहस मेरो घरमा हुन्थ्यो । हाम्रो घर स्थानीय नेतादेखि लिएर सांसदहरूसम्म जम्मा हुने ठाउँ थियो । त्यसैको प्रभाव ममा थियो र मेरो रोजाई पनि राजनीति नै भयो ।

    मैले पत्रकारिता सुरु गर्दा माओवादी पनि शन्ति प्रक्रियामा आउने वातावरण बन्दै थियो । देशमा राजनीतिक महोल एकदमै तात्तिएको बेला थियो। मैले पनि राजनीति बुझ्न थालेकाले त्यसैलाई लिएर अघि बढ्ने विचार आयो ।

    अहिले पनि म संघर्षकै चरणमा छुँ। त्यो बेलादेखि राजनीतिक रिपोर्टिङ्ग गरेको भएपनि मलाई ‘बिनु सुवेदी’ भनेर भर्खरै मात्र चिन्न थालेकाले मैले गर्ने रिपोर्टिङ्गहरूमा पनि शंका गर्ने गरिन्छ । मलाई यहाँसम्म पुग्न ११/१२ वर्ष लाग्यो । रेडियोदेखि सुरु गरेर अनलाइनसम्म रिपोर्टिङ्ग, अन्तरवार्ता तथा लेखहरू सम्प्रेषण गरिरहेकै थिएँ ।

    पत्रिका आएको डेढ वर्षमा मलाई जति चिनियो, त्योभन्दा ठूलो संघर्ष त मैले पहिले नै तय गरिसकेको थिएँ। तर त्यो संघर्षको हिसाबकिताब नहुँदो रहेछ। कतिपय मान्छेहरू यो केटी त भर्खरै आएकी हो र उसलाई अवसर दिइएको हो भनेर बुझ्दा रहेछन् । यो समाचार÷लेख यसले लेखेकै होइन, यसको यस्तो लेख्ने खुबी नै छैन भन्नेहरू पनि छन् । तर त्यो कुरालाई हामीले बेवास्ता नै गर्र्नुपर्छ । उसो त आम रूपमा कतिपय महिलाले पत्रिकामा लेखेको कुरालाई विश्वास गरिँदैन । अरुले लेखेर केटीको नाममा छापेको आरोप लगाइन्छ । त्यो आरोपलाई म दिमागको पछाडिपट्टि नै राख्छु ।

    सक्नेले लड्नैपर्छ

    मिडिया क्षेत्रमै पनि महिलालाई पछाडि पार्न खोजिन्छ । महिला पत्रकार भन्ने बित्तिकै महिला, बालबालिका, शिक्षा, स्वास्थ्यजस्ता बिटमा मात्र खबर लेख्ने पत्रकारका रुपमा लिइन्छ । हुन त ती बिषय पनि जटिल छन् । तर यी सबै क्षेत्रलाई नियन्त्रणमा लिने क्षेत्र भनेको राजनीति नै हो । राजनीतिमा भने महिलाले कलम चलाउन सक्दैनन् भन्ने आम बुझाईको छायाँ मिडियामा पनि छ ।

    यस्तो अवस्थामा हामी आफैं पनि अघि सर्नुपर्छ । हामी जुन विषय रोज्छौँ, त्यसमा सामान्य जानकारी राखेर सम्पादकले प्रश्न गरेका बेला वा कसैले प्रश्न गर्दा आँखामा आँखा जुधाएर जवाफ दिन सक्यौँ भने उनीहरूले विश्वास गर्ने वातावरण बन्छ। अर्को कुरा, मिडियामै काम गर्नेहरू नै ‘यी महिलाले कति जानेका छन् र? यिनीहरुसँग कति नै क्षमता छ र भन्ठान्छन्।

    यसलाई भत्काउन पहिलो त हामीले आफैँलाई प्रमाणित गर्न सक्नुपर्छ । त्यसका लागि लड्नुपर्छ। जस्तैः महिला नै महिलाका बीचमा एक महिलाले राजनीतिक बिट हेर्छु भनेर आउछिन् भने महिलाले पनि गर्न सक्छन् भनेर विश्वास गरिन्छ । अहिले अनलाइन र रेडियोहरूमा राजनीतिक समाचार लेख्ने धेरै महिलाहरु आउनुभएको छ । रेडियोमा सबैभन्दा धेरै राजनीतिक बिटमा काम गर्नेहरू महिला पत्रकार देख्छु म । रेडियोले त्यस्ता पत्रकारहरु उत्पादन गरेका हुन् । थाहा छैन, मैले पत्रिकाबाटै पत्रकारिता सुरु गरेको थिएँ भने अहिले राजनीतिक बिटमा हात हाल्न पाउँथे कि पाउँदिन थिएँ ।

    र, यदि कोही महिलाले ‘सक्दिनँ, जान्दिनँ’ भन्छन् भने पनि कि घिसार्नु पर्छ कि धकेल्नु पर्छ । ल्याउनु त प¥यो नि । अनि आउन चाहनेलाई प्रोत्साहित गर्नुप¥यो । अर्को, अहिले तानेर ल्याउँदा पछि उनी दौडन सक्छिन् । त्यसकारण एउटा, लडेरै अघि बढ्ने हो । अर्को, सम्पादक र डेस्क एडिटरहरूले कोही महिलामा सम्भावना देख्छन् भने उनलाई जिम्मेवारी दिनुपर्छ । महिलालाई परीक्षण हुन दिनैपर्छ । त्यसका लागि पछाडिबाट धकेल्न सक्नेले धकेल्ने र तान्न सक्नेले तान्ने हो ।

    भिडियो-

    (पत्रकार बिनु सुवेदीसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      बिनु सुवेदी

      बिनु सुवेदी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.