Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सर्वनासका कारक ओली हुन्, ओलीमात्र होइनन्

प्रकाश अजात प्रकाश अजात
चैत्र २, २०७७
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यो लेखको शीर्षकको पहिलो वाक्यसँगै सिधै असहमती राख्ने पंक्ति अझै पनि केही छन् नेकपा एमालेमा। र, उनीहरूलाई लाग्छ, ‘खड्गप्रसाद ओली जोदाहा राजनेता हुन्, उद्धारक हुन् उनी दुखिया नेपाली जनका। सपनाको खडेरी परेको देशमा अहिलेसम्मकै स्वप्नदर्शी प्रधानमन्त्री हुन् ओली। अन्तरिक्ष पुग्नेदेखि देशमै पानीजहाज चढ्ने सपना देखाउने उनी चानचुने होइनन्। ओली नै हुन् जसले पहिलो पटक नेपाली जातिलाई अघाउन्जेल सपना देख्न सिकाए। ओली खरो राष्ट्रवादी हुन्। अरे हेर्नुहोस् त कस्तो छ उनका क्रेज ? यो हिमवत्खण्डमा विकास, समृद्धी, सुशासन र स्वभिमानदेखि सबै थोकका निर्विकल्प नायक हुन् ओली । हेर्नुहोस् त उनको राष्ट्र र राष्ट्रभक्ति ! उनको व्यक्तित्वका अगाडि सबै फिकाफिका। धर्म, विज्ञान, ज्योतिषी, कृषि के बारे जानेका छैनन् उनले?’ आदित्यादी ।

    केही पहिले जतिखेर संसद विघटनविरुद्ध नागरिक समाजसमेत आन्दोलित थियो, त्यस आन्दोलनको क्रममा टुँडिखेलको एक छेउमा भेटिएकी लेखक सरिता तिवारीले मेरो एक प्रश्नको उत्तरमा भनेकी थिइन्, ‘नेपाली समाजको मूल रूप प्रतिगमनकारी छ। त्यसमा आमूल परिर्वतनको खाँचो छ। नत्र यसले निरन्तर ओलीजस्ता प्रतिगमनकारी जन्माउने छ।’ प्रधानमन्त्री भएपछि ओलीले चीनसँगको पारवहन सम्झौतालगायत केही महत्वपूर्ण कामहरूको नेतृत्व लिएका अवश्य हुन् तर ओली एक्लै सबै थोक गरेका होइनन्। र, खड्ग ओलीप्रतिको माथिका तमाम अतिशयोक्तिपूर्ण र दासवोधक धारणाहरू त्यही प्रतिगमनको जगमा बनेका हुन्। प्रतिगमनकारी समाजमा नै खड्गप्रसाद ओली मौलाएका हुन्, हुर्किएका हुन्।

    एउटा मानिसको खोजी

    शिशिर योगीले गाएको, ‘राष्ट्रकवि’माधवप्रसाद घिमिरेले लेखेको एउटा सदावहार राष्ट्रवादी गीत छ : ‘छाडेर काम सारा एक काम रोजिरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु।’ देश वर्वाद भयो र बिग्रियो भन्नेहरू कुनै चमत्कारी र महान नेताको आह्वान र कल्पना गर्दै यो गीत गुन्गुनाउँछन्। यस्तै विम्ब, दन्तेकथा, मिथककथा र अनेकौं राजामहाराजका पराक्रमहरू पढेको हाम्रो समाजले ओलीजस्ता अनेकौं पात्रहरूलाई फलाएको छ। एकाध अपवाद होलान् तर हाम्रा मिथक र दन्त्येकथाहरूमा एउटा वादशाह अथवा एक्लो नायक हुन्छ । उ आफैं अनेकौं जादु र चमत्कार गर्छ, कुनै समुदाय या निमुखाको उद्धार गर्छ । महादेव, विष्णु र ब्रम्हा (त्रीदेव) त्यसै गर्छन्। असुरहरूदेखि तेत्तिस कोटी देवताहरू जब कायल र त्रस्त हुन्छन्, तब त्रीदेवको शरणमा जान्छन् र त्रीदेवले अनेकौं रूप धारण गरेर निमुखा देवताहरूको रक्षा गर्छन् ।

    संसारका धेरै मिथक कथाहरूमा यस्तो हुने गर्छ। ‘अन्तिम फैसलाको दिन’ अथवा ‘हिसाबकिताबको दिन’ जिसस फेरि बौरिएर धर्तिमा आउने कुरा क्रिस्तानीहरूको बाइबलले गर्छ । अन्य अब्राहमिक धर्महरूले पनि ‘आखिर दिन परमेश्वरले सबै हिसाब किताब गर्ने हुँदा सचेत हुन या परमात्मादेखि डराउन’का लागि उर्दि जारी गर्ने गर्छन्। कृष्णकथामा धर्तिमा पाप र अत्याचार बढ्दै गएपछि पापीहरूको विनाशका लागि भगवान अनेक अवतारमा धर्तिमा जन्म लिएर पापीको नास गर्ने कुरा उल्लेख छ।

    लोककथाहरूमा पनि त्यस्ता चमत्कारी पात्रहरू छन् जसले हजारौं तिर्खाएका मान्छेहरूका लागि छुमन्तर गरेर नदीको मूल फुटाइदिन्छ। अमृतको वर्षा गराइदिन्छ। रोगव्याधीबाट उद्धार गरिदिन्छ । शंखधर शाख्वाजस्ता मिथकीय पात्रहरू छन् हाम्रोमा, जसले बालुवालाई सुनमा परिणत गरेर अशंख्य ऋणीहरूका पैसा तिरिदिन्छन्। यी कथाहरू हाम्रो इतिहास र सभ्यताको अध्ययनका लागि सन्दर्भ सामग्री अवश्य हुन् तर आज पनि यिनै रोमान्चक कथाहरूलाई श्रद्धाका साथ विश्वास गर्ने मान्छेहरू धेरै छन्।

    सम्भवत :ज्ञान, विज्ञान, तर्कशास्त्र र चेतनाको विकास अल्लि धिमा गतीमा भएको कारणले हुनसक्छन्, अहिले पनि हाम्रा सिनेमाहरूमा समेत दन्त्येकथामा जस्तै एउटा जर्बजस्त नायक हुन्छ, जसले एक्लो प्रयासमा समाजमा उथलपुथल ल्याउँछ। गुण्डाहरूलाई तह लगाउँछ, गरिबको उद्धार गर्छ। हाम्रा कथा, उपन्यास, फिल्म र कथनहरू यस्तै एउटा पुरुष पात्रको नायकत्वमा रमाउँछ र ताली ठोक्छ।

    सामाजिक दृष्टदोस

    यस्ता पात्रहरू सर्वज्ञानी, ओजपूर्ण र ठाँटबाँटयुक्त व्यक्तित्वका हुन्छन्। यिनका ‘डाय्लग डेलिभरी’ चोटिला र प्रभावशाली हुन्छन्। हो, ठ्याक्कै यस्तै विम्बसँग मिल्ने अनेकौं पात्रहरूमध्ये एक ज्याद्रो पात्र हुन् हाम्रा समकालिन खड्गप्रसाद ओली। र, यिनै ओलीका कारण बलियो हुनै आँटेको ठानिएको नेपाली कम्युनिष्ट आन्दोलन अहिले भताभुंग भएको छ। र, हामीहरूमध्ये कतिपयले खड्गप्रसादलाई गाली गरिरहेका छौं । तर के खड्ग ओलीमात्रै यो संकटको एक्लो जिम्मेवार हुन्? खड्गप्रसाद स्वयंले मात्रै चाहेर उनी छोटे वादशाह भएका हुन्? सुन्यमा उनी उम्रेका हुन्? देश, संविधान, जनता र पार्टीको यतिसारो हुर्मत लिएका हुन्? यी सबै अव्यवस्था, षड्यन्त्र र प्रतिगमनका लागि खड्गप्रसादलाई मात्रै उभ्याइनु जायज छ ?

    माथि नै मेलै उल्लेख गरिसकेँ, कुनै व्यक्तिलाई महान र चमत्कारी ठान्ने र बुझ्ने हाम्रो सामाजिक दृष्टदोस धेरै पुरानो हो । हजारौं वर्ष पूराना राजतन्त्र र कविलातन्त्रहरूले सिकाएका जयगान, भजन, विरुदावली र व्यक्तिवादी कथनहरू पनि खड्गप्रसादजस्ता शासकहरूको विकास हुनुको कारण हो। छिमेकी भारतमा अहिले ठ्याक्कै त्यस्तै छ स्थिति। प्रचारमोही, छली, हठी, ढिट र जातिद्वेसक शासक मोदीका कारण जातीय, धार्मिक र सांस्कृतिक रूपमा विश्वकै बँगैचा मानिने भारत अहिले बिरामी र अशक्त छ। भारतमा मोदीको यति निर्लज्ज देवत्वकरण गरिएको छ कि केही दिनअघि मात्रै उत्तराखण्ड राज्यका मूख्यमन्त्रीले एक कार्यक्रममा बडो फुर्तिका साथ मोदीको चाकडी बजाउँदै भने, ‘भगवान रामलाई जत्तिकै श्रद्धाका साथ पुजिनेछ मोदीलाई भोलिका दिनमा ।’ र, हिजो एक टेलिभिजन पत्रकारसँग खड्गप्रसादले भने, ‘नरेन्द्र मोदी र मेरो केमिस्ट्री मिलेको छ ।’

    यसो भन्नुको अर्थ हो, सारमा हाम्रो समाज प्रतिगामी छ। समाज अघि बढ्नमा प्रश्न र तर्क सबैभन्दा ठूला औजार हुन् तर हाम्रो समाजलाई प्रश्न र तर्क मन पदैन। यसलाई समर्पण, भक्ति, गुलामी र आराधनामा रूची छ। यसर्थ, हाम्रो समाजको मौलिक चरित्र खड्प्रसाद र खड्गप्रसादहरू जन्माउनका लागि अनुकुल छ। यो त भयो एउटा मूल कारण। यसकै सहउत्पादनका रूपमा अन्य थुप्रै कारणहरू छन् जसले खड्गप्रसादको यो रूपमा उत्थान भयो । उसो त हरेक पार्टीमा खड्गप्रसाद बन्न तयार थुपै्र भ्रुणहरू छन् । साना खड्गप्रसादहरू जम्जमाएर बसेका छन् ।

    ल्हारक्याल र कोमल वली

    बाहिर बौद्ध चिबर लगाउँदै चिबरभित्र पेस्तोल बोकेर हिँड्ने तस्करहरूलाई हिजो कसले पार्टीमा स्वागत ग¥यो? पैसाकै बिटो थमाएका भरमा लाक्र्याल लामाहरू कसरी सारा स्वभिमानी कम्युनिष्ट कार्यकर्ताहरूलाई चित खुवाउँदै मन्त्री बन्न सफल भए? एकपछि अर्को पार्टी चाहार्दै हिँडे? गरिब देशका ‘विश्वकै धनी’ व्यक्ति विनोद चौधरीलाई कम्युनिष्ट पार्टीमा कुन त्याग र बलिदानको आधारमा सांसद बनाइयो? कहिले कांग्रेस र कहिले कम्युनिष्ट पार्टी चाहार्ने ती धनपतिलाई पार्टीमा छाता ओढाएर कुन शहीदको सपना साकार पार्न खोजिएको थियो? चौधरीहरूको चाउचाउ दर्शन र कम्युनिष्ट दर्शनमा कहाँनिर तादाम्यता छ ? आन्दोलन र युद्धमा घाइते भएका साथीहरू अस्पतालमा छट्पटाइँरहँदा राज्यलक्ष्मी गोल्छाहरूलाई पैसा ओच्छ्याएकै कारण सांसद बनाइनु ठीक थियो?

    प्रहरीमा रजगज गरेका प्रहरी हाकिम नवराज सिलवाललाई नेकपामा सांसदको गोडधुवा दिनुपर्ने आधार के थिए ? प्रतिगामी ज्ञानेन्द्र शाहका नक्कली अभिनन्दनहरूमा ‘जो हुकुम, जो निगाह सरकार’ भन्दै स्वस्ति गर्ने कोमल वलीलाई पार्टीमा स्वागत गर्दै सांसद पदको दक्षिणा टक्र्याउनु पर्ने वाध्यता के थियो कम्युनिष्ट नेतृत्वलाई? दुई पैसा कम्युनिट आन्दोलनमा लगानी नगरेका पैसाविद् युवराज खतिवडाहरूलाई नै खड्गप्रसादले राष्ट्रको ढुकुटी सुम्पदा कम्युनिष्ट नेताहरू चुपो लागेर बस्नु पर्ने वाध्यता के थियो?

    चुनावका बेला संघीय, प्रादेशिक र पालिकाहरूमा वडाअध्यक्ष पदहरूमा समेत टिकट लिनका लागि प्रतिवद्ध र क्रान्तिकारी पार्टी कार्यकर्ताहरूलाई महासंकट हुने तर ढुंगा, गिट्टीका ठेकेदार, जग्गा दलाल र विचौलियाहरूलाई भने हाईहाई हुने आधार कहाँबाट तयार भयो? पार्टीमा जीवन बिताएका कम्युनिष्ट नेताहरूको हुर्मत लिने यो कस्तो कम्युनिष्ट अभ्यास थियो?

    पतन

    कम्युनिष्ट आदर्श र व्यवहारबाट नेकपा एमाले पतन भएका केही दृष्टान्तहरू मात्र हुन् यी । आफ्ना ज्यान हत्केलामा राखेर सामन्ती राज्यसत्तासँग लडेको भर्भराउँदो क्रान्तिकारी पार्टी माओवादी पनि शान्तिपूर्ण राजनीतिमा आउनेबित्तिकै पतन प्रतिस्पर्धामा उत्तिकै अब्बल ठहरियो। जति धेरै पतन, उति धेरै सामन्ती राज्यसत्तामा हाईहाई। जति धेरै अपराधी, दलाल र विचौलियाहरूसँगको गठजोड, उति धेरै सत्ताको खेतीमा उति बलियो पकड । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मका राजनीतिका नाउँमा कम्युनिष्ट आदर्शको यसरी सत्यानास पारिएपछि ओलीजस्ता धुर्त र विचारहिन प्रवृत्तिले जरो गाड्नु स्वभाविक थियो ।

    किनकि ‘विशुद्ध व्यक्तिहत्या’को विषयमा लामो समय जेल परेका ओलीले त्यसलाई क्याँस गर्दै कम्युनिष्ट संगठनको छहारी लिएका थिए। ओलीलाई बुझ्नेहरूका अनुसार प्रारम्भदेखि नै संगठनभित्रकै राजनीतिमा पनि गुण्डा, भनसुन, पैसा र जालझेल ओलीका चरित्र थिए। ओत लाग्ने ठाउँ भएपनि खासमा पार्टी उनको शत्रु थियो, पद उनको लक्ष्य थियो। प्रहरीसँगको इन्काउन्टरमा मारिएका उनका अत्यन्त प्रियपात्र चरीबारेका उनका दुई फरक–फरक बोलीले पनि ओलीले मान्छेलाई कुन हदसम्म उपयोग गर्छन् र सक्याउँछन् भन्ने प्रष्ट हुन्छ। चरी बाँचुन्जेल ओलीले उनको हरसम्भव संरक्षण र खातिरदारी गरे । गुण्डागर्दी र झडपमा घाइतेका भएका चरीलाई अस्पताल गएर भेट्थे, धाप मार्थे र उनी भन्थे, ‘आपराधिक प्रवृत्तिको अन्त्यका लागि हामी लड्छौं।’ तर जब चरी मारिए, तब उनले मिडियालाई प्रतिक्रिया दिए, ‘को हो चरी, म चिन्दिनँ।’

    यसर्थ, जति नै प्रायश्चित गरे पनि एउटा तथ्य स्थापित भएको छ : कम्युनिष्ट आन्दोलनको ऐजेरू हुन् खड्गप्रसाद । कुनै पनि उपायबाट शक्ति, सत्ता, मानसम्मान, रवाफ र धाक यी जस्ता पात्रको एक बुँदे लक्ष्य हो। तर खड्गप्रसाद हुर्काउने समाज यही हो, हाम्रै कमजोर संस्कृति हो। हाम्रा लाचार नेतृत्व हो। तसर्थ, अब हाम्रा निर्लज्ज र मिति गुज्रेका, ‘अनअपडेटेड’ नेताहरूको विकल्प खोजौं। आफैंमाथि निर्मम समीक्षा गरेर आफूभित्रको खड्गप्रसादलाई पनि परास्त गरौं र समतामूलक समाजको निर्माणको अभियानमा आजन्म जुटौं।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.