Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्ट सिद्धान्तका बारेमा नियमित प्रशिक्षणको खाँचो छ

राजेन्द्र राई राजेन्द्र राई
चैत्र ३, २०७७
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालका ठूला कम्युनिष्ट पार्टीमा अहिले देखिएको समस्याले कम्युनिष्ट आन्दोलनलाई नै दीर्घकालिन प्रभाव पार्ने देखिन्छ। संगठनात्मक हिसाबले कम्युनिष्ट पार्टी पछिसम्म रहलान्। तर कम्युनिष्टप्रति जनताको विश्वास र यसको लोकप्रियतालाई जोगाउन धेरै गाह्रो पर्ने देखिन्छ। अहिले पनि ठूलो जनमत कम्युनिष्टकै पक्षमा छ । कम्युनिष्टहरूले लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान र समय खर्च गरेका छन्। त्यसैले यो संगठनमा तत्काल कुनै असर नपर्ला। तर नेतृत्वले अहिले पनि कोर्स करेक्सनको प्रयास नगर्ने हो भने कम्युनिष्टको साख जोगाउन भने मुस्किल पर्न सक्छ।

    कम्युनिष्ट चेतनाको कमी

    कतिपय अवस्थामा कम्युनिष्ट आन्दोलनलाई बाह्य पक्षले पनि प्रभाव पार्छ । त्यसमाथि हाम्रो शिक्षा प्रणाली पनि गैह्र कम्युनिष्ट मनस्थिति निर्माण गर्ने खालको छ। त्यसको पनि असर परेको छ हाम्रो पार्टीमा। अहिलेको समाजमा पूँजीवादीहरूको दबदबा भएका हुनाले त्यसबाटै हाम्रो संस्कृति र सिकाई बन्दै जान्छ । यसले पनि कम्युनिष्ट आन्दोलनलाई प्रभाव पारिरहेको हुन्छ। त्यसैले यी सबै कुरालाई चिर्ने भनेको कम्युनिष्ट चेतना भएको नेतृत्वले हो। तर हाम्रा सबै नेताहरू कम्युनिष्ट चेतनाको जगमा टेकेर नेतृत्वमा पुगेका छैनन्। त्यसैले अहिलेको समस्याको मुख्य दोष नेताहरूलाई नै जान्छ र मूल रूपमा उनीहरू यसमा जिम्मेवार हुनुपर्छ।

    हिजो व्यवस्था परिवर्तनको आन्दोलनमा अध्ययनको प्रतिस्पर्धा थिएन। चाहे पञ्चायत ढाल्ने आन्दोलन होस् वा गणतन्त्र ल्याउने आन्दोलन, लडाकु स्वभाव देखाउनेहरू नै आन्दोलनमा टिक्थे। हाम्रा नेताहरूको पनि त्यस्तै अभ्यास भयो। तर अब पुरानो व्यवस्था ढलिसकेको अवस्था छ। अब निर्माण गर्ने र सिर्जनात्मक क्षमता प्रयोग गर्ने बेला भएकाले अहिले भने अध्ययनको महत्व बढेको छ।

    ‘नेतृत्वको मापदण्ड बनाइनुपर्छ’

    चुनावमा गएर सरकारमा नपुगी केही हुन सक्दैन भन्ने मनस्थितिको विकास हर पार्टीमा भएको छ। तर चुनाव जित्नका लागि पनि एउटा राम्रो चेतना भएको उम्मेद्वार अघि सार्नुपर्ने हुन्छ। जुन अभ्यास हामीमा भएको छैन। यहाँ पैसा भएको र मान्छे परिचालन गर्न सक्ने व्यक्तिलाई उम्मेद्वार उठाउने र त्यस्ता व्यक्तिले मात्रै भोट पाउने हुँदा अध्ययनको महत्व विस्तारै घट्दै गएको छ। त्यसो हुँदा अब हाम्रो ध्यान चुनावमा मात्रै केन्द्रित हुनुहुँदैन। यसका केही सीमा र बन्देज हुनुपर्छ। र, अध्ययनका निम्ति नियमित क्लास सञ्चालन गरिनुपर्छ। कस्ता व्यक्तिलाई जिम्मेवारी दिने भन्ने सन्दर्भमा पनि एउटा मापदण्ड बनाएर चेतनाको स्तर र अध्ययनको स्तरलाई ध्यान दिइनुपर्छ।

    घटनाबाट शिक्षा लिएर अहिलेको बिग्रँदो क्रमलाई रोक्न सक्छौँ। नियमित क्लास सञ्चालन गर्ने र सैद्धान्तिक स्तरको आधारमा पदोन्नति गर्ने वा जिम्मेवारी दिने कुरामा एउटा सिस्टम नै बसाएर जान सकिन्छ। चुनाव जित्ने कुरा त छँदै छ। तर कम्युनिष्ट आन्दोलनको लक्ष्य प्राप्ति भनेको लामो अभियान भएकाले चुनाव जित्नैका लागि जस्तोसुकै मान्छेलाई भित्राउने होइन । त्यस्तो प्रवृत्तिलाई रोक्नुपर्छ।

    अब नयाँ प्रणालीको खाँचो

    पार्टीभित्रको युवा पंक्तिले आफ्नो जिम्मेवारी भित्र रहेर सैद्धान्तिक बहस र कम्युनिष्ट चेतनालाई फैलाउन विभिन्न अभियानहरू बेलाबेला सञ्चालन गर्दै आएको छ। पार्टीका बैठक, महाधिवेशनमा हुने छलफल र विभिन्न सभा तथा कार्यक्रमहरूमा पनि बोल्ने र लेख्ने काम हुँदै आएको छ। तर त्यो अत्यन्तै थोरै छ र त्यसले मूर्त रुप चाहिँ प्राप्त गर्न सकेको छैन। अहिलेको घटनाबाट शिक्षा लिँदै पठित, वौद्धिक र उन्नत नेतृत्वको माग बढ्दै जान्छ र अध्ययनलाई संस्कृति बनाउने विषय पार्टीभित्र कार्यान्वयन हुन्छ भन्ने आशा गर्न सकिन्छ।

    समय सन्दर्भको कुरा गर्दा एउटा ठूलो परिवर्तन भएको छ। हाम्रो आन्दोलनको लक्ष्य प्राप्त गर्नका लागि जेजस्ता बाधक तत्वहरू थिए, त्यसलाई साइड लगाउन हामी सफल भएका छौँ। अब हामीले हाम्रो लक्ष्य प्राप्तिका लागि काम गर्ने समय आएको छ। अहिलेको संकटलाई पनि समाधान गर्दै आफूलाई चुस्त र दुरुस्त बनाउने, सिर्जनात्मक बनाउने र असल कम्युनिष्ट बनाउने मौका हो यो। अब यसमा हामी चुक्नु हुँदैन। किनभने संसारमा धेरै शक्तिशाली कम्युनिष्ट आन्दोलनहरू पनि पतन भएका छन्। कम्युनिष्ट राज्यसत्ता पनि ढलेर त्यहाँ पूँजीवाद हावी भएको छ।

    अहिले खड्गप्रसाद ओलीलाई पराजित गर्न सकेपनि उनको प्रवृत्ति अन्य नेतामा पनि देख्न सकिन्छ। व्यक्तिहरू त हट्लान, नयाँ आउलान्, तर केपी ओली जन्माउने प्रणाली बाँकी रह्यो भने फेरि प्रवृत्तिका व्यक्तिहरू जन्मिन्छन्। त्यसैले यत्रो पुरानो कम्युनिष्ट पार्टीमा कसरी केपी ओली र विद्या भण्डारी जस्ता पात्र जन्मिए भनेर समीक्षा गर्नुपर्ने हुन्छ। र, त्यस्ता मान्छे जन्माउने साँचोलाई परिवर्तन गरेर असल कम्युनिष्ट नेता जन्माउने साँचो निर्माण गर्ने प्रणाली बनाउने दिशामा अगाडि बढ्नुपर्छ। होइन भने फेरि यही अवस्था नदोहोरिएला भन्न सकिदैन।

    यो प्रवृत्तिका व्यक्ति नजन्मिउन् भनेर पार्टीभित्र अन्तरसंघर्ष चलाउने कुरा त छँदै छ। साथै त्यस्ता व्यक्तिहरू पार्टीको तल्लै तहमा रहनेगरी र एउटा कम्युनिष्ट चेतनासहितको असल मान्छे अगाडि आउने प्रतिस्पर्धाको प्रणाली बनाउन जरुरी छ। योसँगै सबै कम्युनिष्ट पार्टीहरूलाई मिलाएर बृहत् बाम एकता गरेर एउटा नयाँ शक्ति निर्माण गर्ने पाटोबाट पनि जान जरुरी छ।

    ‘चिन्ह कै पछि दौडिने पुस्ता छैन’

    मूल कम्युनिष्ट पार्टी कुन हो भनेर छुट्याउने आधार नै विचार र कार्यक्रम हो। सूर्य चिन्ह नै पछ्याउने प्रवृत्ति हिजोको हो। तर मलाई लाग्छ अहिले त्यस्तो जमात सानो छ। जनताको चेतना स्तर निकै माथि उक्सिसकेको छ। शिक्षित मात्रै होइन, नपढेका मान्छेको पनि चेतनाको स्तर निकै उक्सिकेको हुनाले अहिले चिन्हकै पछि दौडिने संख्या थोरै छ। गाउँठाउँको अगुवाको पछाडि दौडिनेको संख्या ठूलो छ। तर यसले निर्णायक महत्व चाहिँ राख्दैन।

    ‘एकता नै अहिलेको आवश्यकता’

    अहिले जसरी नेकपा एमाले दुई भागमा विभाजित छ, यी समूहहरू फुटेर चुनावमा जाने हो भने कम्युनिष्टहरूले जित्ने सम्भावना एकदमै कम हुन्छ। चुनावसम्ममा एमालेभित्र पनि एकताको सम्भावना छ अथवा मोर्चा बनाएर पनि चुनाव लड्ने सम्भावना देखिन्छ। त्यो भयो भने फेरि पनि कम्युनिष्टहरूले राम्रो जनमत र सिट ल्याउन सक्लान। नत्र कम्युनिष्टहरूले नराम्रो पराजय भोग्ने छन्। मैले यसअगाडि नै निवेदन गरेँ, अब हामीले घोषित कार्यक्रम तथा लक्ष्यहरू प्राप्तिका लागि काम गर्ने समय आएको हुनाले त्यसका लागि मार्गचित्र तयार गर्नुपर्ने हुन्छ।

    हामीले समाजवाद प्राप्तिको लक्ष्य लिएका छौँ, समाजलाई समानतातर्फ डोहो-याउने भनेका छौँ। त्यसका लागि हाम्रा नेता तथा कार्यकर्तालाई दर्शन, सिद्धान्त र हाम्रो रणनीतिक लक्ष्यका बिषयमा प्रशिक्षित गर्नुपर्ने छ। स्वभाविक रुपमा कम्युनिष्ट पार्टीको नेतृत्व कम्युनिष्ट सिद्धान्त, विचार र व्यवहार बोकेका मानिसको हातमा आयो भने लक्ष्य प्राप्त हुन्छ। यता कम्युनिष्ट संगठन पनि व्यवस्थित र अनुशासित बन्दै जान्छ र गुणसहितको कम्युनिष्ट पार्टी हुन्छ।

    (एमाले नेता राईसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित ।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राजेन्द्र राई

      राजेन्द्र राई

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.