Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

छोरीको आफ्नो घर कहाँ छ ?

मेनुका बस्नेत मेनुका बस्नेत
चैत्र ६, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘अर्काको घर’, यो शब्द हाम्रो समाजका हरेक छोरीहरूले सानैदेखि सुनेको हुनुपर्छ । ‘अर्काको घर’ कुन हो भन्ने मेसोसम्म पाउन नसक्ने उमेरदेखि यो शब्द सुन्दै आएका छोरीहरू अन्ततः त्यही ‘अर्काको घर’मा आफ्नो अस्तित्व विलिन गराउन पुग्छन् । आजभोलि केही महिलाहरू ‘अर्काकै घर’मा आफ्नो अस्तित्व खोज्दै साना/ठूला विद्रोह गरिरहेका पनि छन् । त्यसक्रममा कोही आफ्नो विद्रोह टुङ्गो लगाउन ‘अर्काको घर’बाट बाहिरिन पुग्छन्, कोही अर्काको घरका सदस्यले तोकको लक्ष्मण रेखाभित्र रहेर धेरै/थोरै सम्झौता गर्न तयार हुन्छन् त कोही हतियार बिसाएर उही ‘अर्काको घर’मा अर्काकै पहिचान बोकेर हुर्किँदै गरेका ‘आफ्ना मुटुका टुक्रा’को मुख हेरेर आत्मसमर्पण गर्छन्।

    अलिअलि याद छ, हजुरआमाहरूबाट बारम्बार सुनिरहन्थेँ ‘यसलाई पनि काम सिकाउँदै गर, नत्र पछि अर्काको घरमा दुःख पाउँछे ।’ त्यस्ता शब्दमा मेरी आमा प्रायः प्रतिरोध नै गर्नुहुन्थ्यो । म आमाको त्यो प्रतिरोधको थोरै भएपनि लाभ लिइरहेको छु । तर मेरी आमा भने सायद आज पनि त्यसको मूल्य चुकाउँदै हुनुहुन्छ । किनभने मजस्ता हरेक छोरीकी आमाले खाने एउटै साझा गाली हो, ‘यसकी आमाले त यसलाई केही सिकाएकी रहिनछ ।’ हजार पीडालाई छातीमा लुकाएर राख्न अभ्यस्त भइसकेका कैयन् आमाहरू ‘छोरीले यस्ता शब्दवाण सुन्नु नपरोस् भन्ने त्रासमा रहन्छन् र ‘अर्काको घर’को सेवक बन्न छोरीलाई निरन्तर तालिम दिइरहन्छन्।

    ‘अर्काको घरको इज्जत’

    आफूलाई कुनै अपजस् नआओस भनेर आजका शिक्षित र शहरीया आमाहरू पनि सतर्क छन् र छोरीलाई आत्मनिर्भर हुने बाटोबाट मोडेर जबर्जस्त ‘अर्काको घरको इज्जत’ बनाउन लागिपरेका छन्। यसरी हामी छोरीहरू ‘अर्काको घर’ कुन हो भन्ने चिन्दानचिन्दै ती शब्दहरूसँग परिचित भइसक्छौँ । अर्काको घरसँगै आउने अन्य शब्दहरू जस्तैः ‘तेरो ज्वाइँ’ र ‘तेरी सासु’ ले पनि बारम्बार हाम्रा मस्तिष्क र भावनासँग खेलिरहन्छन् । मानौँ, हाम्रा सम्पूर्ण भौतिक आवश्यकता पूरा गर्ने ज्वाइँ अर्थात् हाम्रा लोग्ने हुन् र हामीले सानैदेखि आमाबाट लिएको तालिमको परिक्षकचाहिँ सासु ।

    मन परेको झुम्का आमासँग किनिमाग्दै गर्दा ‘पछि ज्वाइँले किन्दिन्छन् नि!’ भन्ने छिमेकी अंकलको जिस्क्याईदेखि कुचो लगाउन नजान्दा ‘यसलाई पछि सासुले लखेट्छे’ जस्ता धम्कीले हामीलाई परनिर्भर र त्रसित बनाइरहेका हुन्छन् भन्ने बुझ्न/बुझाउन अझै कति समय लाग्ने हो?

    मेरो समाजले छोरीलाइ सानैदेखि आफू जन्मेको घर र आमाबुवाको थर आफ्नो होइन भन्ने सिकाइयो । थरको सवालमा अझै बढी बहसको आवश्यकता देख्छु म । तर, अहिलेलाई हाम्रो पुस्ताले कम्तिमा बिहेको भोलिपल्टै जन्मेको घरलाई ‘माइती’ भन्न लगाउने र लोग्नेको थर नै आफ्नो हो भनेर सिकाउने समाजसँग लड्नु छ। अर्काको घर भनेर बुझ्दै आएको घर एक चुट्की सिन्दुर लगाएको दिनदेखि ‘आफ्नो’मा परिणत गरिन्छ। जुन घरमा विवाह गरेर गइन्छ, त्यहाँ प्रेमपूर्वक भनिन्छ ‘यो घर तिम्रो आफ्नै घर हो।’

    तर के हिजोसम्म आफैं जन्मिएको घरलाई आफ्नो भन्न नपाएका छोरीहरूले अर्काको घरमा सजिलैसँग अपनत्व महशुस गर्न सक्लान्?
    विवाहको कुरा चल्दादेखि रुप र गुणको लेखाजोखा गर्न तराजु लिएर बस्नेका अनेक टिप्पणी सुन्न बाध्य भएकादेखि दाइजो नपुगेको निहुँमा शरीर भष्म गराईएका बुहारी पनि त्यो ‘अर्काको घर’लाई आफ्नो भन्न बाध्य छन्। जहाँ चैनको सास फेर्नसम्म अनुमति लिनुपर्छ त्यो घर आफ्नो कसरी हुनसक्छ?

    निर्णयको हक

    यसो भनिरहँदा के सबै बुहारीहरू ‘पराई घर’मा प्रताडित भएर नै बसेका छन् त भन्ने प्रश्न उठ्नु स्वभाविक हो । अहिलेका धेरै महिलालाई विवाह गरेर गएको घरमा धेरै कुरामा छुट छ । जागिर खाने, व्यवसाय गर्ने, जिन्स पाइन्ट लाएर हिँड्ने, आफ्ना कुरा प्रष्टसँग राख्ने, निर्धक्क बोल्ने र निर्धक्क हाँस्ने जस्ता स्वतन्त्रता अधिकांश महिलाले पाएका छन्।

    तर जागिर खान र व्यवसाय गर्न छुट पाएका सबै महिलालाई आफूले कमाएको सम्पत्तिमाथि निर्णय गर्ने अधिकार छ ? कस्तो पहिरन लगाउने, कसरी बोल्ने र कसरी हाँस्ने जस्ता कुरामा हिजोका तुलनामा धेरै परिवर्तन भयो, तर आज पनि महिलाहरू कसले के भन्लान् भन्ने डरको पोको सँगै बोकेर हिँडिरहेका नै छन् । आफैं आर्यआर्जन गर्ने महिलामा आफूलाई चाहिने सामग्री खरिद गर्नसम्म कसैलाई सोध्नु नपर्ला। तर घरका ठूल्ठूला कारोबारहरूमा कति महिलाले निर्णय गर्लान्, निर्णय प्रक्रियामा सहभागी होलान्? घरभित्र के काम गर्ने, तरकारी के पकाउने, कता झाडु लगाउने भन्ने कुरामा मात्रै ‘तिम्रै घर’ हो भनेर दिइने स्वतन्त्रतालाई नै आफ्नो अधिकारका रुपमा स्वीकार गरिहरहनुपर्ने?

    जुन घरलाई सानैदेखि ‘अर्काको घर’ भनेर त्रास देखाईयो, त्यही घर कहिल्यै आफ्नो हुन सक्दैन भन्ने मात्रै मेरो आसय होइन। ‘अर्काको घर’ जति गरेपनि अर्काकै हुन्छ भन्ने निश्कर्षमा हाम्रा हजुरआमा भन्दा अगाडिकै पुस्ताका आमाहरू उहिल्यै पुगिसकेका थिए । त्यसैले त अर्काको घर वा पराईघर भनेर चिनाइएको घर ‘आफ्नै’ हो भनेर बारम्बार सम्झाइरहनुपर्छ र सम्झिरहनुपर्छ।

    यो घर कसको ?

    कामको बोझ धेरै भएका बेला चित्त बुझाउन सम्झिनुपर्छ, श्रीमान् वा उसका परिवारबाट शारीरिक तथा मानसिक यातना पाएर एक्लै कुनामा रोएर बसेका बेला सम्झिनुपर्छ, कथमकदाचित् घरबाट बाहिरिएर कसैसँग दुःख पोख्न गइयो भने सम्झनुपर्छ वा सम्झाइन्छ र ‘आफ्नै हो’ भन्दै बुहारी, आमा, सासु र हजुरआमाको भूमिका निभाइन्छ। तर ‘अर्काको घर’लाई आफ्नो बनाउन जीवनभर निरन्तर लडाईं गरिरहनुपर्ने नियति मेरी आमा, हजुरआमा र उनका धेरै आमाहरूले भोगे।

    यति हुँदाहुँदै पनि ‘संस्कार’ थाम्न भन्दै छोरीहरू विवाह गरेर जान्छन्/पठाइन्छन् अथवा अर्काको घरको कामदार र वंश परम्परा धान्ने साधन बन्न जबर्जस्ती धकेलिन्छन् । आमा र हजुरआमाहरू जस्तै आजका छोरीहरू पनि उही लडाईं गर्दैछौँ। आफ्नो घरमा १ घन्टा आराम गर्नका लागि लडाईं गर्दैछौँ, आफ्नो घरमा आफ्नो तालिका बनाउन लडाईं गर्दैछौँ, आफ्नो घरमा आफ्नो गोपनियता कायम गर्न लडाईं गर्दैछौँ, स्वनिर्णयका लागि लडाईं गर्दैछौँ र सबैभन्दा बढी आफूलाई जिम्मेवार तथा अधिकार सम्पन्न बनाउन लडाईं गर्दैछौँ।

    त्यसैले आज म यहाँ छोरीको ‘आफ्नो घर’को परिभाषा खोज्दैछु । के विहे गरेर गएको घर नै उसकै घर हो ? त्यहाँ गएर नोकर जस्तो भएर काम गर्नुमा नै अपनत्व महशुस गर्नुपर्ने हो ? म आफ्नो घरलाई यस्तो परिभाषा दिन चाहन्छु कि जहाँ म मलाई मन लागेका जुनसुकै काम/कुरा निर्धक्क गर्न सकुँ । जहाँ म आफूलाई अधिकार र कर्तव्यका हिसाबले अर्को सदस्यजत्तिकै हिस्सेदार दाबी गर्न सकुँ। जहाँ म आफ्नो अलग्गै अस्तित्व र परिचय बनाउन सकुँ।

    ‘हिजो अस्ति बिहे गरेर आएकीले अधिकार जमाउने?’

    म पुरातन ढङ्गले परिभाषित ‘आफ्नो घर’ वा ‘पराई घर’ वा ‘अर्काको घर’ जान वा त्यही आफूलाई विलिन गराउन चाहन्न । म आफ्नै घर स्थापना गर्न चाहन्छु । स्थापनाको अर्थ भौतिक रुपमा घर ठड्याउनु मात्र होइन । त्यस्तो घर स्थापना गर्छु, जहाँ म आफ्नोपन पाउँछु, समान कर्तव्य र समान अधिकारको बोध गर्छु । चाहे त्यो म जन्मेको घर होस् या मैले विहे गरेर गएको घर । चाहे त्यो म र मेरो श्रीमान अलग्गै बस्ने घर होस या डेरा, चाहे विदेशी भूमिको घर होस्, चाहे स्वदेशी भूमिको। जहाँ मलाई ‘हिजो अस्तिक आएकिले यहाँ अधिकार जमाउने’ भन्ने प्रश्न नगरियोस्, जहाँ मलाई ‘यहाँ तेरो के छ र?’जस्ता शब्दले बारम्बार नघोचियोस् र जहाँ बसेर मैले यो समाजसँग गुनासो गर्नु नपरोस्, ‘आखिर छोरीको घर काहीँ नहुँदो रहेछ।’

    मेरो ‘आफ्नो घरको परिभाषाभित्र श्रीमान्, सासु ससुरा वा उनीहरूका परिवारसँग बसेको घरमात्रै सिमित हुँदैन । त्यस परिभाषामा मलाई जन्मदिने बुवाआमासँग पनि निर्धक्क बस्न सक्ने घर अटाउँछ, विवाह अघि, विवाह पछि र विवाह नगरी पनि । म यति चाहन्छु कि छोरीका लागि जन्मेको घरलाई सानैदेखि पराई नबनाइयोस्, आफ्नै पूर्ण क्षमता, श्रम र कर्तव्यबोधले भरिएको कर्मघर, जहाँ म परिपक्व भएर स्वनिर्णयले (विवाह गरेर होस् वा नगरी) बसेको हुन्छु, त्यहाँ समान अधिकार उपभोग गर्न सकुँ।

    यहाँ जसरी एउटा घरमा छोरीलाई सानैबाट ‘पराई’को बनाइन्छ, त्यसरी नै समाज र राष्ट्रका कानुननिर्माताहरू पनि समान व्यवहार गर्न तयार छैनन् । ‘छोरी विहे गरेरै जाने जात हो’ भनेर समाजले गर्ने व्याख्याको प्रतिछायाँ देखियो नेपालको ‘नागरिकता सम्बन्धी विधेयकमाथि’को छलफलमा।

    ‘चेली’

    कुनै महिला खेलाडीले अन्र्तराष्ट्रिय पदक जितेको समाचारमा समेत ‘चेली’ भनिनुले एउटा शिक्षित समूहले पनि छोरीलाई आफ्नो गाउँ, समाज र देशमा समान अधिकार सम्पन्न देख्दैन भन्ने प्रष्ट बुझिन्छ । यसै सन्दर्भमा लेखक सावित्री गौतमले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मेरी छोरी ‘चेली’ हुने छैन।’ मेरो भन्दा फरक उचाहिँ उसको दाजुजस्तै सधैं घरको आधिकारिक सदस्य नै रहिरहनेछ भन्ने कुरामा दृढ छु म र छोरीपनि। मेरो छोरी तीज तिहारमा आउने, दुईचारवटा सेलरोटी, एकजोर कपडा र दुईचार सय रुपैयाँ बोकेर ‘चेली’ बनेर जानेछैन । उसलाई मन लागे, उसलाई मन परेको केटासँग बिहे नै नगरी वा बिहेपछि बाबुआमा भएकै घरमा बस्ने छे । केटाकै बाबुआमाको घरमा जाने छे वा केटासँग छुट्टै घरमा बस्ने छे, यो उसको विशुद्ध रोजाई हुनेछ।’

    छोरा जन्मिनेबित्तिकै उ घरको अंश र वंशको स्वतः उत्तराधिकारी घोषित हुन्छ । तर छोरीले ‘यो मेरो घर हो’ सम्म भन्न पाउँदिन । छोरा सानैदेखि ‘स्वास्नी पाल्नुपर्ने’ बाध्यात्मक मनस्थितिमा हुन्छ भने छोरीलाई अर्काको घर जाने र अर्काबाटै पालिने वस्तुको रुपमा उभ्याइन्छ । समाजको यो चरित्रका कारण आज शिक्षाको अवसर पाएका र आत्मनिर्भर छोरीहरूपनि अन्ततः अर्काको घरको सेवक बन्नुपर्ने जिम्मेवारीको भारी बोक्न बाध्य हुन्छन् र विस्तारै ‘पार्ट टाइमर जागिरे’ र ‘फुल टाइमर सेवक’ बन्न सम्झौता गर्न थाल्छन् ।

    अझै पनि अर्काको घर जाने जात?

    के अब हाम्रो पुस्ताले पनि छोरीलाई ‘अर्काको घर जाने जात’ कै रुपमा हुर्काउनुपर्ने हो ? लेखक गौतमले जस्तै मैले पनि एउटा धारणा बनाइसकेको छु कि मेरी छोरी ‘चेली’ हुने छैन । उसलाई यति सक्षम बनाउने मेरो पहल हुने छ कि उसले एउटा साथी पाउनकै लागि कुनै सम्झौता गर्नु नपरोस् । बालमस्तिष्कमै ‘अर्काको घर जाने जात’ भनेर होच्याउन थाल्ने हो भने उनले न आफूलाई जन्म दिने बुवा आमाप्रति जिम्मेवारी महशुस गर्ने छिन्, न तमाम बुआआमा छोरीप्रति ढुक्क नै हुनसक्छन् ।

    आज छोरीको पढाईप्रति जति पनि खर्च गर्नसक्ने धन र मन भएकाहरू पनि छोरा समान अधिकार दिन हिच्किचाउँछन् । यही मानसिकताका कारण छोरीमात्रै हुनेहरू ‘बुढेसकालको साहारा’ त छोरा नै हो भनेर छोरा नै जन्माउनकै लागि आजका दिनमा पनि गर्भमा हुर्केका छोरी मार्दैछन्, भ्रुण हत्या गर्दैछन्। छोरीको यही अवमूल्यनका कारण छोरीहरूले आफूलाई सक्षम बनाउनतिर भन्दा पनि जानि/नजानि ‘अर्काकै घर’का लागि तयार भएर बस्छिन् ।

    त्यसैले अबका अभिभावकले छोरीलाई ‘अब तिमी जे बन्नुछ, केबल आफ्नै लागि बन्नुछ’ भन्न किन नसक्ने ? अझै ‘आफूलाई लिपस्टिक, पाउडर र साडी किन्न सक्ने भए पुग्छ तिमीले, अरु त ज्वाइँले नै दिन्छ,’ भनेर कहिलेसम्म हद तोकिदिने र परनिर्भर बन्न प्रेरित गरिरहने? छोरीको शिक्षालाई कहिलेसम्म सिमित बनाउने ताकि तुलनात्मक रुपमा छोरीले बढी पढेको श्रीमान् पाओस् र उनीमाथि नियन्त्रण जमाओस् ?

    शिक्षाको अवसर पाएका र अरु भौतिक सुविधामा कुनै कमी महशुस नगरेका छोरीहरूका लागि पनि योग्यता र आर्थिक हिसाबले उभन्दा सक्षम ज्वाइँ चाहिनु र केटापक्षले पनि कम योग्यताको बुहारी चाहनुको कारण के हो ? एउटी छोरी/बुहारी उसको घरजममा अझै पनि दोस्रो दर्जाकै बनोस् भन्ने आम चाहना होइन यो ?

    त्यसैले अब कुनै पनि घरमा कुनैपनि छोरी, बुहारी र आमा दोस्रो दर्जाको रुपमा रहने छैनन् । उनीहरू आफू बस्दै आएको र श्रम बगाएको घरमा अर्को पुरुष सदस्यजत्तिकै अधिकार सम्पन्न हुन्छन् । छोरीको आफ्नो घर हुनका लागि विवाह नै गर्नुपर्छ भन्ने संस्कार र मान्यतालाई पनि धुलोपिठो पार्नेगरी आजका छोरी हुर्किनुपर्छ । अब एउटी छोरी परिपक्व भएपछि उसले बस्नका लागि रोजेको घर नै उसको घर हुनेछ । त्यो घर न पराई घर हो, न लोग्नेको घर, न अर्काको घर हो । बरु म त्यो घरलाई कर्मघर भन्न रुचाउँछु ।

    अब हामी विवाह गरेर गए पनि ‘तिम्रै त घर हो नि’ भनेर काममा दलाउन लोलोपातो पार्ने र निर्णायक घडीमा भने मान्छे नगन्ने दोहोरो चरित्रकाविरुद्ध उभिनु छ । अब हामी आफूलाई मन लाग्दा आफू जन्मेकै घरमा निर्धक्क बस्ने र त्यहाँ समान अधिकार प्राप्तिका लागि लड्न सक्ने बन्नुपर्छ । आजका अभिभावकहरू पनि आफ्नी छोरीलाई स्वतन्त्र र आत्मसम्मानपूर्वक ‘आम मान्छे’ सरह बाँचेको देख्न चाहन्छन् भने उनलाई कर्मघर होस् या जन्मघर, जहाँसुकै अपनत्व महसुस गर्ने वातावरण बनाउनका लागि उनीहरूले साथ दिनैपर्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मेनुका बस्नेत

      मेनुका बस्नेत

      बस्नेत नेपाल रिडर्सकी संवाददाता हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.