Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

राज्यले नै जातीय विभेद गर्न सिकायो: मोहन गोले

मोहन गोले तामाङ मोहन गोले तामाङ
चैत्र ११, २०७७
- रिडर्स डिस्कोर्स, विमर्शका लागि, विषय प्रवेश
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विशेष गरी दक्षिण एशियाको समाजमा जातिवाद एउटा नराम्रो रोगको रूपमा फैलिएको देखिन्छ। सिन्धु सभ्यतामा जतिखेर हडप्पा र मोहन जोदारोजस्ता भव्य सभ्यताहरूको निर्माण भइसकेको थियो। त्यो सभ्यता कब्जा गरिसकेपछि घुमन्ते जीवन बिताउँदै आएका आर्यनहरूले त्यहाँ खेती प्रणाली सिके । र, आफ्नो जीवन सुखी बनाउन उनीहरूले अर्को समुदायलाई काम गराएर उनीहरूलाई दासको रुपमा परिणत गराएपछि त्यहीँबाटै विभिन्न जातको सिर्जना हुन पुग्यो।

    धार्मिक अन्धताको संरक्षणमा जातिवाद
    हामी सबैभन्दा पुरानो ग्रन्थका रूपमा ऋग्वेदलाई लिन्छौँ। ऋग्वेदको सुरुवाती खण्डमा जात र जातीय विभेदका कुरा उल्लेख छैनन् । ऋग्वेदको दशौँ अध्यायमा पुगेपछि त्यहाँ मान्छेको सृष्टि कसरी भयो भन्ने कुराको व्याख्या गरिएको छ । सृष्टिकर्ताको रूपमा चिनाईएका ब्रम्हाजीको मुखबाट जन्मिएकाहरू ब्राम्हण, पाखुराबाट जन्मिएकाहरू क्षेत्री, जाङबाट जन्मिएकाहरू वैश्य र पैतालाबाट जन्मिएका शुद्रहरू हुन् भनेर लेखिएको छ।

    त्यसै हिसाबले मुखबाट जन्मिएका ब्राम्हणहरूले वेद पढ्ने तथा शास्त्रको व्याख्या गर्ने, पाखुराबाट जन्मिएका क्षत्रीहरूले शासन चलाउने तथा सैन्य शक्तिको मजबुतीका काम गर्ने, जाङबाट जन्मेकाले खेतिपाति तथा व्यवसाय सञ्चालन गर्ने र पैतालाबाट जन्मेकाले यी सबैको सेवा गर्ने भनेर मान्छेलाई जातका आधारमा विभाजन गरियो ।

    ईशापूर्व १ हजारदेखि ५ सय सम्मको कालखण्डमा यो विश्वास व्यापक थियो र यसमा कुनै विरोध भएन । किनभने त्यतिखेरको समाजले शासनसत्ताको प्रतिरोध गर्ने क्षमता र चेतना नै राख्दैनथ्यो । त्यसपछि विभिन्न दार्शनिकहरू जन्मिए। जस्तै ई.पू. ५ सय तिर गौतम बुद्ध जन्मिए। त्यस्तै, शांख्य दर्शनको स्थापना भयो। कपिल जस्ता ऋषिहरूले भौतिकवाद नजिक रहेर दर्शनको विकास गर्न थालेपछि काल्पनिक प्रसंगमा आधारित जातिवादमाथि विभिन्न प्रश्नहरू उठ्न थाले।

    त्यसो हुँदाहुँदै पनि जाति व्यवस्था अझै बलियो भएर गएको देखिन्छ। र, ई. पूं २ सयदेखि ३ सयको बीचमा राजा मनुले भारतखण्डमा शासन गरेको मानिन्छ । उनले व्यवस्थित रूपमै मनुस्मृति नामको ग्रन्थ नै प्रकाशित गरेपछि जातिवाद ठूलो समस्याको रुपमा फस्टाएर गएको पाइन्छ। त्यसको प्रभाव नेपालमा पनि परेको छ।

    त्यसैले जातिवाद फस्टाउनुको प्रमुख आधार धार्मिक अन्धता हो। दक्षिण एशियामा जातिवादको मुख्य स्रोत हिन्दु धर्मलाई लिईएको छ। हिन्दु धर्म अलौकिकतावादमा आधारित दर्शन हो। यसले काल्पनकि कुराहरू गर्छ। स्वर्ग र नर्कजस्ता काल्पनिक कुरामा आधारित रहेर जातको विभाजन गरिएको छ। यसरी धार्मिक मान्यतामा चल्ने समाजमा जातिवाद मौलाउनुको कारण धर्म पनि हो। जातिवादको एउटा ‘ब्याकफोर्स’ हो धर्म। त्यसकारण, जातिवाद त्यति छिटै हट्नेवाला देखिँदैन।

    जातिवादले दुःख दिईरहनेछ
    समाजमा आज पनि जातिवाद व्याप्त छ। गत सालमात्रै रुकुमको चौरजहारीमा दलित भएकै कारण ६ जना होनाहार युवाहरूको हत्या भयो। हत्या गर्नेवाला कुनै एक व्यक्ति नभएर सिंगो समाज नै थियो। यसबाट थाहा हुन्छ कि हाम्रो समाजमा जातिवादको अवस्था कस्तो छ। काठमाडौंमै अस्ति भर्खर एकजना करुणा विश्वकर्मा नामकी विद्यार्थी बहिनीलाई आफ्नो थर बताएपछि पाएको कोठा पनि दिइएन। २१ औँ शताब्दिको दुनियाँमा पनि जात व्यवस्था अनेक ढंङ्गले प्रस्तुत भइरहेको छ।

    रुपलाल विश्वकर्माजीले कुनै सन्दर्भमा भन्नुभएको थियो ‘समाजमा जाति व्यवस्था यस्तो समस्याको रूपमा रहेको छ, जो हजार वर्ष खडा, हजार वर्ष लडा र हजार वर्ष सडा भएर पनि यसले मान्छेमाथि शोषण र विभेद गरिरहनेछ।’ अहिले झट्ट हेर्दा जातिवाद खडा भएर बसेको अवस्थामा त छैन। यो लड्न थालेको धेरै भइसक्यो। तर पनि अझै सयौँ वर्षसम्म दुःख दिइरहने अवस्था देख्छु। यसलाई अन्त्य गर्न पुस्तौंपुस्ता लड्नुपर्ने हुन्छ।

    नेपालमा जाति व्यवस्थाको प्रवेश
    नेपालमा जाति व्यवस्था तीनतिरबाट प्रवेश भएको देखिन्छ। पश्चिम पहाडबाट, मिथिला क्षेत्रबाट र लुम्बिनी क्षेत्रबाट प्रवेश भएको इतिहास छ ।आर्यनहरू उत्तरी पहाडी क्षेत्रबाट सर्दै आउने क्रममा नेपालको पश्चिम पहाडमा प्रवेश गरे। त्यस क्षेत्रमा पहिलेदेखि नै खस राज्यसत्ता थियो। आर्यानभन्दा पहिले नै खसहरू नेपाल भित्रिसकेका थिए। आर्यहरूचाहिँ गाई पाल्ने समुदाय भएका कारण उनीहरू पानीको स्रोत खोज्दै जाने क्रममा तलको बाटो लागे। यसकारण उनीहरू सिन्धुघाँटीको सभ्यतामा पुगे। खसहरू भेडाबाख्रा चराउने समुदाय भएको देखिन्छ, त्यसकारण उनीहरू पहाडमा भेडाबाख्रा चराउन जाने क्रममा कुमाउ गढवाल हुँदै कर्णाली क्षेत्रबाट प्रवेश गरेको देखिन्छ। त्यहाँ उनीहरूले भव्य राज्य निर्माण गरेका थिए।

    खसहरू खासमा बौद्ध धर्मावलम्बी थिए। नागराज जागेश्वरहरूको कालखण्ड हेर्दा त्यतिबेला विभिन्न सभ्यता र गुम्बाहरूको विकास भएको आधार देखिन्छ । तर पछि त्यहाँ आर्यहरूको प्रवेश भयो र त्यसपछि उनीहरूले खसहरू सबैलाई क्षेत्री बनाउने अभियान सुरु गरे। जनै लगाइदिने लगायतका काम भयो। त्यसरी पश्चिम पहाडबाट जात व्यवस्थाको सुरु भएको पाइन्छ।

    अर्को चाहिँ, नेपालको तराई क्षेत्र, जसलाई हामी मिथिला क्षेत्र भन्छौँ, त्यहाँ राजा जनककै पालामा जात व्यवस्था प्रवेश भएको देखिन्छ। लुम्बिनी क्षेत्रबाट पनि जात व्यवस्था प्रवेश भएको पाइन्छ। सोही कारण, गौतम बुद्धले पनि जात व्यवस्थाको ठूलो विरोध गर्नुभएको पाइन्छ।

    जातियतामा कडाई गर्ने शासक नै महान्
    यसरी तीनतिरबाट जात व्यवस्था प्रवेश गरेपछि काठमाडौँ उपत्यकामा भने विशेषगरी किराँतकालपछि लिच्छवी कालमा जात व्यवस्था राम्रैसँग जमेको देखिन्छ। त्यसपछि मल्लकालमा जयस्थिति मल्लसम्मको कालमा विभिन्न मानव न्याय शास्त्र नै जात व्यवस्थामा जारी भयो। नेवार समाज त्यस्तो किसिमको जात व्यवस्थामा थिएन। जयस्थिति मल्लले ६४ जातमा विभाजन गरिदिए।

    त्यसभन्दा अघि पनि लिच्छवीकालमा अंशुवर्माले नेपालमा जात व्यवस्थाको प्रचलन चलाएका थिए। उनले भारतबाट पण्डित झिकाएर जात व्यवस्थाअनुसार समाजलाई वर्गिकरण गरेको पाइन्छ। मैले मेरो पुस्तक ‘जातिवादको शल्यक्रिया’ मा पनि यसबारे लेखेको छु।उतिखेर धार्मिक अन्धविश्वासको आधारमा चल्ने राज्य व्यवस्था रहेछ। जसले जात व्यवस्थालाई एकदम व्यवस्थित ढंगबाट सञ्चालन गर्छ, तिनै राजालाई महान् भनिँदो रहेछ। त्यस्ता राजाहरूमा अंशुवर्मा, जयस्थिति मल्ल र राम शाहलगायत राजाहरू छन्। जसले जाति व्यवस्थालाई कडाईका साथ लागु गरे, तिनै राजा इतिहासमा ‘हिरो’ थिए भनेर पढाईयो र हामीले त्यही पढ्यौँ।

    कानुनमै जाति व्यवस्था!
    लिच्छवीकाल, मल्लकाल र रामशाहसम्मका शासन व्यवस्था जातिवादी थिए भनेर माथि छोटकरीमा उल्लेख गरेंँ। आधुनिक नेपालको निर्माणकर्ताको रुपमा पृथ्वीनारायण शाहलाई लिइन्छ। त्यसपछिको जात व्यवस्थाचाहिँ राज्य फैलिएपछि सबै आदिवासी र जनजातिको भूमिहरूमा विस्तारित भयो। कानुनको रुपमा विस्तारित भयो।

    राजा पृथ्वीनारायण शाहले एक ढङ्गले पूर्वपश्चिमका जुनजुन ठाउँका भुगोल जितेका थिए, त्यो ठाउँमा जात व्यवस्थाअनुसारको शासन चलाउनु भनेर हुकुम दिए। हामी उनका ‘महान्वाणी’ हरू पनि पढ्नसक्छौँ। क्षेत्रीले शासन गर्नु, मतवाली र दलितलाई शासनमा प्रवेश गर्न नदिनुजस्ता आदेश उनैले दिए। बाहुनलाई न्यायशास्त्रको काम गर्न मात्रै लगाउन र क्षेत्रीलाई शासन चलाउन र राज्यको विस्तार गर्न लगाइयो।

    यसरी ‘महावाणी’ दिएपछिको अवस्थामा जातिवादी व्यवस्था झनै फैलिँदै गयो। त्यसपछि लामो समयसम्म जात व्यवस्थाले नछोएको पूर्वी पहाडको किराँत र लिम्बुहरूसम्म पनि यो फैलियो। त्यसपछाडि कानुनी रुपमा नै व्यस्थित गर्ने क्रममा राजा रणबहादुर शाहको कालखण्डमा जब जंगबहादुर राणाजस्तो निरंकुश शासक उदाउन पुगे र उनले ‘१९१० को मुलुकी ऐन’ नै जारी गरे। सबै जात व्यवस्थालाई व्यवस्थित बनाउनका लागि मुलुकी ऐन लेखिएको छ। अहिले त्यो मुलुकी ऐन लुकाएर राखेको अवस्था छ। अहिले खोज्दा पनि धेरै ठाउँमा पाईँदैन।

    मुलुकी ऐनमा सबै जातअनुसारको दण्ड दिने र विभिन्न किसिमको कुराहरूमा र्‍यांकिङ छ। त्यसअनुरुप कुनैपनि अपराधमा बाहुनहरूलाई कम सजाय तोकिएको छ। जनजातिमा पनि ‘नमासिन्या’ भए अलि थोरै र ‘मासिन्या’ भए अलि धेरै सजाय दिइन्थ्यो। मासिन्या मतवाली भनेर तामाङ्गलाई भनिन्छ । अझ दलितहरूलाई त मारि नै दिनु भनिएको छ।

    जंगबहादुर राणाले किसिमको जातमा आधारित बनाएर मुलुकी ऐन जारी गरे। त्यसपछि, जात व्यवस्था राज्यको संरक्षणमा हुर्कियो, राज्यबाट नै परिचालित भयो। भारतमा चाहिँ धार्मिक ग्रन्थहरुको बलमा जे जति लागु गरियो, त्यति नै भयो। जंगबहादुर राणाले जस्तो कानुन नै बनाएर भारतमा जातीयता लागु गरेको पाईंदैन ।

    त्यसपछिको अवस्थामा पनि यो झन कठोर बन्दै गयो। यसरी कानुनबाटै जात व्यवस्थालाई लागु गर्ने पछिल्लो राजाको रुपमा महेन्द्रलाई लिन सकिन्छ। उनले जसरी फुलबुट्टा भरेर राष्ट्रियताको गुणगान गाउने किसिमले महावाणीहरू सुनाए, त्यसरी जात व्यवस्थालाई व्यवस्थित गराउने र एकल राज्यसत्ताको निरन्तरता चाहने कामपनि सँगसँगै भयो। जाति व्यवस्थालाई जंगबहादुर राणाले कानुनी रुपमा व्यवस्थित गरे भने महेन्द्रको पञ्चायतकालमा त्यसलाई फुलबुट्टा भरेर आम जनताको ढुकढुकी र मनमा स्पन्दन गराउने काम भयो। त्यसको प्रभाव हामीलाई परिरहेको छ ।

    दुई समूहको डण्डा प्रहार
    दुईवटा समूहले जातीय व्यवस्थालाई हुर्काउनका लागि दुईवटा डण्डा वर्षाएका छन् । राज्यसत्ताको सञ्चालनको हिसाबले इतिहास हेर्दै जाँदा हामी प्रष्ट हुन्छौँ। २००७ अगाडि सम्म राज्यसत्तामा बाहुनहरूको प्रवेश भएको पाईंदैन। २००७ सालपछि मात्रै जब बिपि कोइराला प्रधानमन्त्री भए, त्यसपछि बाहुनहरूको निरन्तर प्रवेश बढ्यो।

    त्यसअगाडि खासगरी क्षेत्रीले सैनिक डण्डाको नेतृत्व गर्ने गर्थे। जसले जात व्यवस्थाको उल्लंघन गर्छ, त्यसलाई जेलनेलको सजायँ र यातना दिने गरिन्थ्यो। र, धार्मिक डण्डाको नेतृत्व ब्राम्हण समुदायले गरे। जो ब्राम्हणवादी दर्शनबाट दिक्षित थिए, उनीहरूले धार्मिक र सैनिक डण्डा बर्षाए र यसबाट कोही बच्न सक्ने कुरै भएन । यसकारणले गर्दा योजनाबद्ध ढंगले ब्राम्हण र क्षेत्रीले जात व्यवस्थालाई व्यस्थित गर्दै लगे।

    जस्तो कि: २००७ साल अगाडि जस्तोसुकै अपराध गरे पनि राजनीतिक रुपमा कठोर संघर्षको नीति अगाडि बढाएपनि र राज्यविरुद्धको विद्रोह गरेपनि बाहुनलाई चारपाटा मुडिन्थ्यो, देश निकालासम्म मात्रै गरिन्थ्यो । तर मारिँदैन थियो । जनजाति र दलितलाई भने मारिन्थ्यो। हामीलाई थाहा छ, २००७ सालको आन्दोलन अघि शहीद भएका चारैजना दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीहरू बाहुन थिएनन्।

    अहिलेपनि जब कुनै व्यक्ति जातकै कारणले मारिन्छ । यी विषयमा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरू हेर्दा कुन प्रतिक्रिया कुन जातको व्यक्तिले गरेको भनेर ठ्याक्कै थाहा हुन्छ । दलितको हत्या हुँदासम्म त्यहाँ मारिने कै गल्ति भएको ठहर गरिनछ, औँल्याईन्छ। चौरजहारीकै घट्नामा पनि त्यस्तो देखियो । ‘ब्राम्हण समाज नेपाल’ले त प्रेस विज्ञप्ति नै जारी गर्‍यो । त्यो कुरा मैले आफ्नो पुस्तकमा पनि उल्लेख गरेको छु। मनपरेकी प्रेमिकासँग विवाह गर्न साथीसहित जाँदा ६/६ जना होनाहार युवाको हत्या भएको छ। त्यो घटनामा आएका प्रतिक्रियामा प्रश्न गरिन्छ, ‘प्रेमिकासँग विहेको प्रस्तावका लागि १९ जना किन जानुपर्यो?’ यसरी विषयान्तर गर्ने गरिन्छ।

    ६/६ जना युवाको ज्यान गएकोमा दुःख मानिँदैन। तर धेरै जना गएकोमा भने प्रश्न गरिन्छ। त्यस्तो तर्क एउटा निश्चित समूहबाट मात्रै आएको छ। यस्ता तर्कले जात व्यवस्थाको पक्षमा बोलेको छ, त्यसलाई निरन्तरता दिन खोजेको छ। २१ औँ शताब्दिको युवा चेतनामा पनि खासै परिवर्तन भएको पाईंदैन। यो बीचमा, ‘कोरोनाकाल’मा अर्घाखाँचीमा एक जना घिमिरे थरका युवाले ‘दलितले छोएको खाना खानुपर्ने भए त म मरिहाल्छु’ भनेर अभिव्यक्ति दिए। त्यसकारणले गर्दा यो त्यति सजिलै समाधान भइहाल्ने स्थिति देखिँदैन जात व्यवस्था।

    पछाडि फर्किएको समाज
    माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको समयमा निश्चय नै चेतनाको जागृत भयो। नभए समाज निकै पछाडि थियो। सामाजिक तहमा छलफल र बहस हुन्थ्यो। तर यी मुद्दालाई राजनीतिक तहमा ह्वात्तै उठाउने काम माओवादी जनयुद्धले गरेको हो। त्यसकारण यसका लागि जनयुद्धलाई धन्यवाद दिनैपर्छ। तर मुख्य कुरा, जो नेताहरूले हिजो जनयुद्धको नेतृत्व गरे, नेपाली जनताको आमुल परिवर्तनको निम्ति लडाईं गरे। आज उनै नेताहरू भैँसी र सुँगुर पूजा गरेर हिँड्छन्। ‘खडे बाबा’को हातको पानी खाएर हिँडेका छन्। यसबाट देखिन्छ कि नेपालको कम्युनिष्ट पार्टीहरूले भौतिकवादी र माक्र्सवादी भनेपनि हामीभित्रको ‘ब्राम्हणवाद’ भने मर्न नसकेको रहेछ भन्ने बुझियो। त्यो कुरापनि मेरो पुस्तकमा उल्लेख गरेको छु। माओवादी जनयुद्धका बेला उठेका विषयहरू अहिले शान्तिप्रक्रियापछि झन् पछाडि फर्किदैछन्।

    स्थिति फेरि असहज बन्दै गएको छ। जस्तैः जनयुद्धकै क्रममा बिहे गरेका अन्तरजातीय जोडीहरूको सम्बन्ध विच्छेद भइरहका छन्। किनभने समाजमा घुलमिल हुनुपरेपछि पचाईएन। त्यतिबेला बन्दुकको बलमा एक प्रकारले थिचियो। तर शान्ति चरणमा आईसकेपछि पुनरावृत्तिको अवस्था भयो। त्यो नहुनु पथ्र्यो।

    जर्वजस्ति दशैँ
    आर्यनहरूसँगै प्रवेश गरेको जातीय व्यवस्थाको प्रभाव बुद्ध धर्ममा पनि सर्‍यो। अरु विभिन्न धर्ममा पनि अलौकिकताका कुराहरू सरे। नेपालको आदिवासी जनजाति समुदाय भनेको जात व्यवस्थामा आधारित समाज होइन। यो समुदाय नितान्त मौलिक ढङ्गबाट प्रकृतिको पूजा गर्ने समुदाय हुन्।

    तर यहाँ राज्यबाट नै योजनाबद्ध ढङ्गले कानुनी व्यवस्था गरेरै उनीहरूलाई पनि जाति व्यवस्था र धार्मिक संस्कार मान्न बाध्य गराईयो। त्यसलाई नमान्दा उनीहरूलाई दण्डित गरियो। कतिसम्म भने राणाकालमा शासकहरू जनजातिले दशैँ माने/नमानेको भनेर हेर्न र परिक्षण गर्न आउँथे। यो चलन पञ्चायतकालसम्म पनि निरन्तर थियो। सात सालको वरिपरि त अझ व्यापक रुपमा थियो।

     

    पञ्चायती कालखण्डमा मेरै घरमा बुआआमाले दशैँको बेला पशुबली दिईसकेपछि ढोका छेउमा रगतको पञ्जाछाप लगाउनु हुन्थ्यो। यसो किन गरिएको भनेर मैले उहाँहरूलाई सोध्थेँ । उहाँहरू भन्नुहुन्थ्यो, ‘यसले हाम्रो घरको रक्षा हुन्छ, कुनै किसिमको दैवी अनिष्ट हुँदैन।’ तर पछि मैले बुझेँ, त्यसो गरिएको घरको सुरक्षाका लागि होइन रहेछ। दशैँ मनाएको र बली दिएको प्रमाणका लागि पञ्जाछाप राखिएको रहेछ।

    जसले बली दिएन, जसले पञ्जाछापको प्रमाण राखेन, उनीहरूलाई शासकहरूले चाडपर्व नमानेको भनेर दुःख दिने गर्थे। सेनाहरू पठाएर हेर्न लगाइन्थ्यो र बली दिएको प्रमाणका रुपमा पञ्जाछाप नराखेको घरका व्यक्तिलाई हिन्दु धर्म विरोधी भनेर दुःख दिइन्थ्यो। यो चलन अहिलेपनि गाउँतिर यदाकदा छ। तर जनजाति समाज कुनैपति जातिवादी व्यवस्था अनुसार नचल्ने समाज हो। यस समुदायभित्र कुनैपनि थर र जातिबीच विभेद हुँदैन। जस्तैः राई, मगर, तामाङ्ग, गुरुङ सबैलाई समान रुपले हेरिन्छ।

    तर राज्य व्यवस्थाले नै कठोर नीति अघि सारेर विभेद गर्न उनीहरूलाई सिकायो। तिमी यो तहको मान्छे हो, तिमीले दलितमाथि विरोध गर्नुपर्छ र ब्राम्हणको खुट्टा ढोग्नुपर्छ भनेर सिकाईयो। मैले पनि ब्राम्हणहरूलाई धेरैपटक ढोगेको छु । २० वर्षको उमेरको हुँदासम्म मैले उनीहरूलाई ढोगेको छु। कुनै साइनो वा सम्बन्ध नजोडिएको मान्छेलाई ढोग्नुको के अर्थ? त्यतिबेला ब्राम्हणको ५ वर्षको छोरोलाई पनि अन्य समूदायकाहरूले ‘बाजे’ भन्नुपथ्र्यो।

    मान्छेले मान्छेलाई दुव्र्यवहार गर्छ, घरभित्र पस्न दिइँदैन । तर तिनका घरमा कुकुर, विरालो घरभित्र पस्न पाउँछ। यसले गर्दा सबैमा एक प्रकारले जाति व्यवस्था लपेटिएको छ। तर जाति व्यवस्था अहिले त्यति कठोर चाहिँ छैन। त्यति कठोर रुपमा नभएपनि सुषुप्त रुपमा चाहिँ छ।

    बोन धर्म तन्त्रमन्त्रमै आधारित हो । पाचौँ र साताैँ शताब्दि अगाडि तामाङ्गहरू बोन धर्म मान्थे। धेरै आदिवासी र जनजातिहरू बोन धर्म मान्थे । उनीहरू प्रकृति पूजक थिए। तन्त्रमा विश्वास गर्ने धर्म भएपनि त्यो प्रकृति रिझाउने अर्थमा थियो। ठूलो खोला र पहाड पूजा गर्ने अर्थमा सिमे–भूमेहरूलाई प्रयोग गरिन्थ्यो।

    अनिष्ट नहोस्, बालीनाली सप्रियोस् भन्ने कामना गर्दै सिमे र भूमेलाई पुजा गर्ने चलन हो । त्यसकारण त्यतिबेलाको बोन धर्म गलत अर्थमा प्रयोग भएको पाईंदैन। त्यसमा बीचबीचमा फेरि अलौकिकताका कुराहरू पनि जोडेर भ्रमित बनाउने काम भयो। त्यसमा कतै न कतै हिन्दुबाट आएको दर्शनले पनि प्रभाव पारेको होला।

    लेखक तथा अधिकारकर्मी गोलेसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीमा आधारित। तस्वीर: महेश पाण्डेय ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मोहन गोले तामाङ

      मोहन गोले तामाङ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.