Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना संक्रमण फैलिन नदिन प्रत्येक नागरिक जिम्मेवार बनौँ

डा‍. शरद वन्त डा‍. शरद वन्त
बैशाख ९, २०७८
- कोभिड–१९, विमर्शका लागि, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भाइरसको जैविक चरित्र नै हुन्छ कि उसले आफूलाई परिवर्तन गरिरहन्छ। कोभिडको भाइरस मात्रै होइन अरु भाइरसहरूले पनि आफूलाई समयअनुसार र वातावरण अनुसार परिवर्तन गरिरहेका हुन्छन्। यसका जेनेटिक परिवर्तनहरू हुन्छन्। कोभिड भाइरसले अहिले मात्रै आफूलाई परिवर्तन गर्न थालेको होइन। सुरुका दिनदेखि नै यो परिवर्तित हुँदै आएको छ। विश्वका विभिन्न देशमा यो भाइरसका धेरै प्रकार देखिइसकेको छ। जस्तैः दक्षिण अफ्रिका, बेलायत र ब्राजिलमा अलग्गै प्रकारका कोभिडका भाइरसहरू देखा परेका छन्।

    त्यसो हुँदा भाइरस परिवर्तन हुनु र हाम्रो देशमा यतिखेर संक्रमणको अर्को चरण आउनुका बीचमा कहिँकतै सम्बन्ध नै छैन भन्न मिल्दैन। तर वास्तवमा भन्नुपर्दा दोस्रो प्रकार आएकै कारणले गर्दा हामी यो चरणमा प्रवेश गरेका हौँ भन्ने कुरामा म व्यक्तिगत रूपमा सहमत छैन। यदि यो भाइरस संक्रमित हुन पाएन भने आफैंमा मर्दै जाने हो। किनभने भाइरसको वृद्धि हुनका लागि उसले त्यही खालको वातावरण पाउनुपर्छ।

    अहिलेको भाइरस अलि बढी संक्रामक

    भाइरसले आफ्नो रुप परिवर्तन गरिरहनुका विविध कारणहरू छन्। हरेक जीवनलाई वातावरणले प्रभाव पारेको हुन्छ। त्यो जीवनले आफूलाई परिवर्तन गर्छ कि गर्दैन भन्ने कुरामा त्यो जीवन वातावरणसँग कत्तिको संवेदनशील छ कुराले निर्धारण गर्छ। कुनै जीवनले वातावरणसँग परिवर्तन गर्न सकेन भने त्यो जीवन नष्ट भएर जान्छ। त्यो चाहिँ प्रकृतिको नियम नै हो।

    वातावरणसँग घुलमिल हुन हरेक जीवनले प्रयास गरिरहेको हुन्छ। क्षयरोगको किटाणुले पनि क्षयरोगको औषधिलाई पचाउन सक्छ। त्यसलाई ‘रेजिस्टेन व्याक्टेरिया’ भनिन्छ। यो उदाहरण मात्रै हो। अरु भाइरस र व्याक्टेरियाले पनि औषधि पचाउँछन। उनीहरूले वातावरण अनुसार आफूलाई परिवर्तन गराउँदै लान्छन्। हामीले ठिक ढंगबाट क्षयरोगको औषधिको प्रयोग गरेनौँ, खाने मात्रा र समयमा गढबढ ग¥यौँ भने त्यसबाट व्याक्टेरियालाई अवसर मिल्छ। उसले औषधिलाई पचाउन सक्छ।

    यसको मतलव वातावरणलाई नै उसले रियाक्ट गरेको हो। शायद कोराना भाइरस वातावरणप्रति अरुभन्दा बढी संवेदनशील हुन पनि सक्छ। त्यसैले यसले आफूलाई चाँडै रुपान्तरण गरिरहेको छ। यो रुपान्तरण हुँदाखेरी सधैँभरी आक्रामक नै हुन्छ भन्ने जरुरी छैन। रुपान्तरण हुँदाखेरी यो कमजोर पनि हुन सक्छ।

    अहिलेसम्म स्थापित भएको तथ्य र वैज्ञानिकहरूले खोजी गरेअनुसार पहिलेको भाइरसको तुलनामा अहिले देखा परेको भाइरस अलिकति बढी संक्रामक छ। र, यसको लक्षणहरूमा पनि केही विधिधता छन् भन्ने सम्मको तथ्य स्थापित भएको छ। तर भाइरस नयाँ भेरियेन्टको होस् वा पुरानो भेरियेन्टको, जनस्वाथ्यका दृष्टिकोणले हामीले अपनाउनुपर्ने विधि चाहिँ उस्तै नै हो। जस्तोः पुरानो भेरियेन्टको भाइरस श्वासप्रश्वासबाट सर्छ भनेर स्थापित भएको हो भने अहिलेको भाइरसपनि त्यसै माध्यमबाट सर्ने हो। यो अरु माध्यमबाट शरीरमा प्रवेश गर्छ भन्ने तथ्य अहिलेसम्म स्थापित भएको छैन।

    हिजोका दिनमा पनि हामीले माक्स प्रयोग गर्ने, दुरी कायम गर्ने र आफ्नो सफाइबारे ध्यान दिने कुरा जनस्वाथ्यको विधिका रुपमा स्वीकारेका थियौँ र यो भेरिऐन्टमा पनि गर्ने विधि त्यही हो। किनभने जनस्वास्थ्यको दृष्टिकोणमा चाहिँ कुनै नयाँ अर्को विधि लिनुपर्छ भन्ने कुरा स्थापित भएको छैन। तर यो अलिकति बढी संक्रामक छ भने चाहिँ हिजोको भन्दा अलि बढी चलाख हुनुपर्छ। हिजो सुरु सुरुमा तीन फिटको दुरी कामय गर्न भनियो, त्यसपछि ६ फिटको दुरीको कुरा आयो भने शायद यो भाइरसका लागि अझ बढी दुरी निर्धारण गर्नुपर्ने हुनसक्छ।

    भ्याक्सिनको प्रभाव

    नयाँ प्रकारका भाइरस देखा परेसँगै अहिले लगाइँदै आएका भ्याक्सिनले काम गरिरहेको छ कि छैन भन्ने विषय अनुसन्धान भइरहेकै छन्। यसबीचमा केही तथ्यहरू पनि आएका छन्। जसले कतिपय भ्याक्सिनहरूले भाइरसका विविध भेरियेन्टलाई प्रभाव पार्दैन भनिएको छ भने कतिपयले नयाँ खालको भेरियेन्टलाई पनि प्रभाव पार्छ भनिन्छ।

    हामीले वैज्ञानिक रुपमा कुन–कुन भेरियेन्टहरू हामीसँग छ भनेर अहिलेपनि जेनेटिक अध्ययन गर्न त सकरिहेका छैनौँ। यद्धपि केही नमुनाहरूको परीक्षणबाट हामीकहाँ आउने भेरियेन्ट भनेको भारतमा देखिएकै हो भन्ने तथ्य छ। त्यही भेरियन्टको मात्रै कुरा गर्दा हामीसँग अहिले उपलब्ध भएको खोपको प्रभावकारितामा फरक पर्दैन।

    तर भोलि अर्को भेरियेन्ट पनि आउन सक्छ। जस्तोः ब्राजिलमा भएको जुन भेरियन्ट हो त्यसलाई अहिले हामीले प्रयोग गरिरहेको भ्याक्सिनले प्रभाव पार्दैन भन्ने तथ्य स्थापित भइसकेको छ। त्यसैले यसलाई त्यहाँ बन्द पनि गरिसक्यो। अरु देशमा पनि यो भ्याक्सिन बन्द छ।

    हामीकहाँ यही भेरियेन्टकै भाइरसमात्रै आउँछ भनेर ढुक्क चाहिँ हुनुहुँदैन। अरु भेरियेन्टका भाइरस आउने थुप्रै सम्भावना छन् र हामीसँग भएको भाइरसले पनि आफूलाई रुपान्तरण गर्न सक्छ। त्यसले गर्दा भोलिका दिनमा चाहिँ कसरी भाइरसले आफूलाई रुपान्तरण गर्छ र प्रयोग गरिरहेको भ्याक्सिन प्रभावकारी हुन्छ कि हुँदैन भनेर अहिले नै भन्न सक्ने स्थितिमा छैनौँ ।

    भ्याक्सिन लगाएकाहरू पनि सतर्क रहौँ

    विभिन्न भ्याक्सिनहरूको प्रभावकारिता फरक–फरक छ। तरपनि शतप्रतिशत सुरक्षाचाहिँ अहिलेसम्म कुनै भ्याक्सिनले दिन सकेको छैन। अहिले हामीले प्रयोग गरिरहेको भ्याक्सिनको कुरा गर्ने हो भने यसको प्रभावकारिता कम्तिमा ७० प्रतिशत छ भन्ने मान्यता छ। यसको मतलव १ सय जनाले खोप लगाएका छन् भने ३० जना अझै जोखिममा छन्। त्यसको दुईचार प्रतिशत तलमाथि होला।

    कोभिडको मात्रै होइन, कुनैपनि भ्याक्सिनले शतप्रतिशत सुरक्षा दिन सक्दैन। र, खोप लिँदा पनि जोखिममा पर्न सक्ने सम्भावना कुनै न कुनै प्रतिशत हुन्छ। जोखिममा रहेको ३० प्रतिशतमा जो पनि पर्न सक्छ। त्यसैले खोप लिँदा ‘युनिभर्सल प्रिकसन’ लिनुपर्छ। सबैजनाले जनस्वाथ्यको सुरक्षाको विधिलाई अभ्यास गरिरहनुपर्छ। किनभने खोप लगाउँदैमा पूर्ण रुपमा सुरक्षित हुने अवस्था विज्ञान प्रविधिले दिन सकेको छैन।

    त्यसैले खोप लिएकै व्यक्तिपनि संक्रमित भए भन्दा आश्चर्य मान्नुपर्दैन। यो चाहिँ हामीले स्वीकार गरेकै तथ्य हो। खोपको प्रयोग गर्दा संक्रमण नै भइहाल्यो भनेपनि कम्तिमा उसमा गम्भीर खालका लक्षणहरू देखा पर्ने सम्भावना कम हुन्छ। त्यसैले वैज्ञानिकहरूले आश्वासन दिएका छन् कि खोपले यदि संक्रमणको दर नै घटाउन नसकेपनि गम्भीर हुने र मृत्यु हुनेको दर चाहिँ घटाउछ।

    त्यसकारण खोप लगाउँदा हस्पिटल भर्ना हुनेहरूको संख्या कम हुन्छ, आइसियुमा भर्ना हुनेको संख्या कम हुन्छ र भेन्टिलेटरको आवश्यकता पर्नेको संख्या कम हुन्छ। फलस्वरुप मृत्युदर कम हुन्छ। त्यसैले भ्याक्सिन सबैले लगाउनुपर्छ। यसमा कुनै शंका नै छैन।

    बालबालिकाहरूलाई भ्याक्सिन नदिइनुको कारण भ्याक्सिनको परीक्षणमा बालबालिकाहरू सहभागी नहुनु हो। त्यसैले जुन उमेरका व्यक्तिहरू यो अध्ययनमै सामेल थिएनन् उनीहरूको बारेमा ग्यारेन्टी दिन सकिँदैन भन्ने अर्थमा बालबालिकालाई भ्याक्सिन नदिइएको हो। तर पछिल्लो समय अहिले दिइएका भ्याक्सिन बच्चाहरूका लागि पनि त्यत्तिकै उपयोगी हुन्छ भन्ने पनि कुरा आइरहेका छन्।

    जोखिममा बालबालिका

    बालबालिकाहरू कोभिडको जोखिममा हिजो थिए र आजपनि छन्। हिजो बालबालिकामा संक्रमण हुँदै नभएको होइन। तुलनात्मक रुपमा कम देखिएको थियो। अहिले आएर बालबालिकाहरू उत्तिकै जोखिममा हुन्छन् भन्ने देखिएको छ।  हिजोका दिनमा बच्चाहरू कम संक्रमित हुनुको एउटै कारण हुनसक्छ, उनीहरू कम चलायमान थिए। अथवा, हिजोका दिनमा फैलिएको भाइरस बालबालिकाप्रति कम आक्रमक भएका कारणले गर्दा पनि शरीरमा प्रवेश हुन नसकेको हुनसक्छ। र, अहिले देखिएको भेरियेन्ट बढी आक्रामक भएका कारणले पनि अहिले बालबालिका बढी जोखिममा छन्।

    अर्को कुरा, युरोपियन मुलुकहरूमा ज्येष्ठ नागरिक बढी संक्रमित थिए। उनीहरूमा गम्भीर खालको लक्षण पनि थियो। तर नेपालमा चाहिँ युवाहरू बढी संक्रमित भए। त्यसको पछाडिको कारण चाहिँ हामीकहाँ संक्रमणको सुरुवातका केशहरू आयातित थिए। विशेष गरेर भारतमा सिजनल काम गर्ने नेपालीहरू नै संक्रमित भएर आएका थिए। भारत लगायत खाडी मुलुकमा काम गर्ने जमात युवाहरूकै छ। युवाहरू नै बढी चलायमान भएकाले बढी युवाहरूमा संक्रमण देखिएको थियो।

    चेतावनी दिँदादिदै यो अवस्था आयो

    हामी अब कसरी संक्रमण हुन्छ भन्ने बारेमा जानकार भइसकेका छौँ। सुरुका दिनमा त्यसबारे पनि थुप्रै कम्फ्युजनहरू थिए। र, अहिले नेपालको सन्दर्भमा कुरा गर्ने हो विगतका दृश्यहरू ऐना हेरेजस्तै देखिएको छ। हामीकहाँ अहिले भारतबाट भित्रिएको संक्रमण मात्रै छ भन्ने कुरमा म व्यक्तिगत रुपमा सहमत छैन।

    हामीसँग भएकै संक्रमणको वेग कम हुँदै थियो। त्यतिबेला हामीले पटकपटक चेतावनी दिँदै आएका थियौँ कि हामीलाई यो नै अवसर हो। संक्रमणको वेग कम हुँदा नै जनस्वास्थ्यका विधिलाई प्रभावकारी ढंगबाट अभ्यास गरेर सधैँका लगि यो वेगलाई कम गर्न सकिन्थ्यो।

    तर यो बीचमा सर्वसाधारण लामो समय बन्दाबन्दीले गर्दा निसास्एिका थिए, कतिपय व्यवसाय ध्वस्त भएको थियो र कतिले रोजगारी गुमाएका थिए। यो अवस्थाका कारण धेरै सर्वसाधारणले पनि जनस्वास्थ्य सुरक्षाका विधिहरू नअपनाएको देखिन्छ। सर्वसाधारमाणमा पनि अब कोरोनालाई जित्यौँ भन्ने मानसिकता भयो र यसमा थोरै भूमिका राज्यको पनि रह्यो। राज्यबाट पनि कम क्षतिमा कोरोनालाई जित्यौँ भन्ने जस्ता अभिव्यक्ति आउनु गैरजिम्मेवारीको पराकाष्ठा हो। यसबीचमा सरकारको तहबाट थुप्रै कार्यक्रमहरू निस्तेज हुँदै गए।

    त्यसैको प्रभाव आम नागरिकमा पर्‍यो। नागरिकहरू यसैपनि बन्दाबन्दीको पीडाबाट कसरी खुल्लारुपमा सास फेर्ने भन्ने अवस्थामा थिए भने राज्यले पनि खुकुलो गर्न थालिसकेको थियो। यी सबै अवस्था एकैपटक भयो र हामीमा कोरोनाको त्रास जीवितै रह्यो। हामीले हेलचेक्र्याँइ गर्ने बेला भएको छैन है भनेर बारम्बार चेतावनी दिँदै आएका थियौँ। तर त्यही सन्दर्भमा हामी फेरि उकालो लाग्दै छौँ ।

    सम्भव हुनेले पनि बेवास्ता गर्छन्

    कोरोना संक्रमण बढाउन जिम्मेवार नागरिकको तहमा हेर्दा मोटामोटी रुपमा तीन वर्गका नागरिकहरू हुन्छन्। एउटा तप्काका नागरिक, जो अझै पनि सचेत भइसकेका छैनन्। जसले गम्भीरतालाई आत्मसाथ गर्न सकिरहेका छैनन्। उनीहरूबाट स्वभाविक रुपमा सुरक्षाका विधिहरू अपनाउने कुरामा हिजो पनि कमजोरी भएको थियो भने आज झन् कमजोर हुँदै जाने हो।

    दोस्रो तप्काका नागरिक छन्, जो सचेत छन् तर उनीहरूलाई बाध्यता छ। यति बाध्यता छ कि उनीहरूलाई सार्वजानिक यातायात प्रयोग नगरी हुँदैन, व्यवसाय गर्नैपर्छ र जागिर खान जानैपर्छ। त्यसैले उनीहरूले चाहेर पनि सावधानी अपनाउन नसक्ने स्थिति छ।

    तेस्रो नागरिकको तप्का यस्तो छ, जसलाई ज्ञान छ र जोसँग सम्भावना र अवसरहरू पनि छन्। उनीहरूलाई बाहिर नजाँदा फरक पर्दैन, उनीहरूको व्यवसायलाई अप्ठ्यारो पर्दैन र उनीहरूले सम्झौता गर्न चाहे भने त्यति ठूलो प्रभाव पर्दैन। तरपनि ती नागरिकले यति पनि सम्झौता गर्न चाहेका छैनन् कि उनीहरूलाई साँझको रमाइलो गर्नैपर्छ र भेटघाट तथा जमघट गर्नैपर्छ।

    यी तीनै तप्काका नागरिकबाट विविध कारणले जनस्वास्थ्यको सुरक्षाको अभ्यासमा खुकुलोपना आयो, त्यसले अहिलेको स्थिति आउनमा धेरै ठूलो भूमिका खेलेको छ। यी तीनै तप्काको विश्लेषण गरेर राज्यले कदम चाल्न सक्नुपथ्र्यो। नागरिकलाई मात्रै दोष दिनु न्यायसंगत हुँदैन। सरकारी तहबाट पनि त्यतिकै गैरजिम्मेवारी भयो।

    किनभने सरकारले हरेक चिजलाई निगरानी गरिरहनुपर्ने हो। सरकारले अनुगमन र निगरानी गर्न छोड्ने बेला भएकै थिएन। आम नागरिकलाई सचेत गराइरहनुपर्ने र विभिन्न सरकारी निकायहरू सक्रिय रहिरहनुपर्ने अवस्था थियो। परीक्षणको दायरालाई घटाउन मिल्दैन थियो। थोरै संख्यामा भएपनि क्वारेन्टाइनको व्यवस्था गर्नुपथ्र्यो। यी सबै कुरामा करिब करिब राज्य चुक्यो।

    व्यवसायलाई चलायमान त गर्नैपर्ने थियो, सँगै बन्दाबन्दी गर्ने र व्यवसाय रोकिरहने सम्भावना पनि थिएन। त्यहाँभित्रको सुरक्षाको व्यवस्था गर्नका लागि जसरी नागरिकहरूले गैरजिम्मेवारीपन देखाए, त्यसको निगरानीमा सरकारले पनि बेवास्ता गर्न थाल्यो। व्यवसायलाई सुरक्षित बनाउनका लागि वातावरण तयार गरिदिने र सहजकर्ताको भूमिका निर्वाह गर्ने काममा पनि सरकार काहीँ न काहीँ चुकेकै हो भन्ने मलाई लाग्छ।

    राज्यको जिम्मेवारी

    अहिले सरकारले गर्नुपर्ने कामलाई मोटामोटी रुपमा वर्गीकरण गर्ने हो भने तीनवटा तहको काम गर्न अत्यन्त जरुरी छ। संक्रमणको विस्तारलाई रोक्ने, संक्रमित भइसकेपछि संक्रमितको व्यवस्थापन र कोभिडका कारण अरु क्षेत्रमा पर्ने प्रभावलाई कम गर्नु राज्यको प्रमुख दायित्व हुन्छ। यी सबै काम समानान्तर रुपमा गर्नुपर्ने हुन्छ। संक्रमण फैलिसकेपछि मात्रै व्यवस्थापनको काम गर्ने भनेर बस्ने होइन।

    किनभने संक्रमणलाई जति नै रोक्न चाहेपनि यो केही न केही मात्रामा त बढ्छ नै। हामीले शतप्रतिशत रोक्न नसकेको अवस्थामा संक्रमितलाई आइसोलन र उपचारको व्यवस्था हुनुपर्छ। संक्रमण रोक्ने र संक्रमितको व्यवस्थापन गरेर मात्रै हुँदैन। स्वास्थ्यको कुरा मात्रै होइन, यसको प्रभाव बहुआयामिक हुन्छ। कोभिडले गर्दा आर्थिक, सामाजिक र मानसिक प्रभाव पर्न जान्छ। त्यसैले यी सबै चीजको व्यवस्थापन गर्नु राज्यको जिम्मेवारी हो।

    यसलाई अलि विस्तृतमा व्याख्या गर्नुपर्दा संक्रमणको विस्तार रोक्नका लागि अहिले हाम्रो सन्दर्भमा दुईवटा कुरामा ध्यान दिनुपर्छ। एउटा, आयातित संक्रमण कसरी रोक्ने र अर्को, हाम्रै समुदायभित्र संक्रमणको विस्तारलाई कसरी रोक्ने भन्नेमा विशेष ध्यान दिनुपर्छ। अहिलकेको स्थितिमा महत्वपूर्ण पाटो भनेको आयातित केसलाई कसरी रोक्ने भन्ने हो। जुन कुरा हिजो भएको हो र आज पनि दोहोरिएको छ।

    आयातित केसलाई रोक्नु भनेको सीमाना नै बन्द गर्ने होइन। त्यस्तो भूल कहिल्यै पनि नगरौँ। सीमाना बन्द गरेर नागरिकलाई प्रताडन मात्रै हुन्छ। यसले संक्रमणलाई रोक्न सक्दैन भन्ने कुरा हामीले विगतमा देख्यौँ। व्यवस्थापनका लागि के–के गर्नुपर्छ भन्ने बारेमा हामीले धेरै चोटी भनिसकेको छौँ। क्वारन्टाइनको व्यवस्था, परीक्षणको व्यवस्था र निगरानी तथा अनुगमनको व्यवस्था हुनुपर्छ।

    सीमानामा मात्रै व्यवस्था गरेर पुग्दैन, समुदायमा विस्तार हुन नदिनका लागि जनस्वास्थ्यका विधिहरू अवलम्बन गर्नुपर्छ। त्यसमा नागरिकहरूलाई एकदमै सचेत गराउने, सचेतमात्रै होइन, त्यसका लागि वातावरण पनि सिर्जना गरिदिनुपर्‍यो। जस्तोः कुनै पनि कार्यालयमा जाँदा धेरै भिड देखिन्छ, त्यहाँ कहिले पनि सरकारले अनुगमन गरेको हामीले फेला पारेका छैनौँ। एउटा कुनैपनि कार्यलयमा छिर्नुहोस्, त्यहाँ गार्डले तामक्रम नाप्ने र स्टानिटाइजर दिने काम गर्छ। तर भित्र पुगिसकेपछि कसैले पनि मतलव गरेको देखिँदैन। न त त्यहाँ अनुगमन नै हुन्छ। त्यसको निगरानी गर्ने÷गराउने काम सरकारको हो।

    संक्रमितहरूको व्यवस्थापन अत्यन्तै महत्वपूर्ण पाटो छ। संक्रमितको व्यवस्थापनका लागि होम आइसोलेसनलाई प्रभावकारी बनाउन सकिन्छ। तर सबैलाई घरमै आइसोलेसन राख्ने वातावरण छैन। त्यस्तो अवस्थामा संस्थागत आइसोलेनस राख्नुपर्छ। लक्षण नै देखा पर्न थाल्यो भने अस्पतालको व्यवस्था हुनुपर्छ। सबै कोडिभका विरामीलाई आइसियु र भेन्टिलेटर चाहिँदैन। तर जसलाई आवश्यकता पर्छ, उसका लागि व्यवस्थापन गर्नैपर्छ।

    हामीले विगतमा देख्यौँ, कतिपय संक्रमित नेपालीहरूले अस्पताल जानका लागि एम्बुलेन्स पाएनन्। कतिले क्वारेन्टाइनदेखि अस्पताल जान एम्बुलेन्स पाएनन् भने एउटाबाट अर्को अस्पताल चाहार्दा चाहर्दै विरामीको मृत्यु हुने अवस्था पनि आयो। अब त्यस्तो नहोस्। अस्पतालमा आवश्यक उपकरणहरूको व्यवस्थामा बेलैमा ध्यान दिनुपर्ने बेला आएको छ। समस्या निस्किसकेपछि मात्रै उपाय खोज्ने होइन। भोलि आउन सक्ने समस्याका लागि आजैदेखि तयारी गर्नुपर्छ।

    क्षतिको तुलना कोसँग गर्ने ?

    कम क्षतिमा पनि कोरोनालाई जित्यौँ भन्ने एकखालको भ्रम पालेर हामी बस्यौँ। राज्यबाटै त्यस्तो अभिव्यक्ति आयो। त्यसमा मेरो प्रश्न छ, ‘कति क्षतिलाई न्यूनतम भन्ने? हामीले ३ हजार नेपाली गुमायौँ।’ त्यो संख्या केही पनि होइन भन्ने त? ज्यान नगुमाएकाहरूले पनि कोभिडका कारण जुन पीडा भोगे, उसले कुन तहको आर्थिक बोझ बहन गर्नुप¥यो र कुन तहको मानसिक पीडा भोग्नुपर्यो, त्यसको हिसाबकिताब कसरी गर्ने?

    यी सबै क्षतिलाई केसँग तुलना गर्ने? मान्छेको मृत्यु र भोगिएका पीडाको मापन कसरी गर्ने? यदि हामीले तुलना नै गर्ने हो भने पनि कोसँग गर्ने? हो, हामीभन्दा धेरै प्रतिशत नागरिकहरूले ज्यान गुमाएका देशहरू पनि छन्। तर हामीभन्दा अत्यन्तै कम प्रतिशतमा मृत्यु हुने देशहरू पनि छन्। मृत्युको मात्रै कुराले होइन, अरु प्रभाव कम भएका देशहरू पनि छन्। त्यसैले म के भन्छु भने हामीले जे क्षति भोग्यौ त्यो क्षति ठूलो क्षति हो। हामीले कम क्षतिबाट यो समस्यालाई पार गर्‍यौँ भन्ने होइन, यसबाट पाठ सिक्नुप¥यो। क्षतिलाई यो भन्दा कम कसरी गराउन सक्छौँ भनेर सिक्नु पर्छ। त्यसकारण अहिले चाहिँ न्यूनतम क्षतिबाट प्रकोपलाई जित्यौँ भन्ने मानसिकता सान्दर्भिक छैन ।

    यो यस्तो बेला हो, जतिखेर हामी आम नागरिक पनि त्यत्तिकै जिम्मेवार हुनुपर्छ। कोभिडको संक्रमण फैलिन नदिन राज्यको जिम्मेवारीको कुरा मात्रै होइन। सरकारको जिम्मेवारीको कुरा गर्ने हो भने अहिले २ सय भन्दा बढी देशले जुन पीडा भोगेका छन्, त्यो सबैमा एउटै किसिमको जिम्मेवारी भएका सरकार छैनन्। सरकारको जिम्मेवारी पनि फरक–फरक किसिमका छन्। हामी कहीँकतै औसतमा छौँ होला।

    त्यसैले सरकारको कमी कमजोरीका बारेमा आलोचना गर्दै गरौँ तर हामीले हाम्रो जिम्मेवारी पनि भुल्नु हुँदैन। मानौँ, सरकार गैरजिम्मेवारी भइदियो। त्यसो भए हामी सरकारको गैरजिम्मेवारीकै कारण मात्रै जोखिममा बस्ने त? हाम्रा पनि दायित्वहरू छन्। त्यो भनेको सधैंभरी घरभित्र बन्दाबन्दीमा बस्ने भन्ने मात्रै हुँदैन। सम्भव भएसम्म सुरक्षाको प्रावधानलाई गम्भीरताका साथ इमानदार र जिम्मेवार भएर अभ्यास गरौँ। आवश्यकता पर्दा सरकारको आलोचना गरौँ, सहयोग गरौँ र सहकार्य पनि गरौँ। मूल उद्देश्य भनेको हामी यो प्रकोपबाट बाँच्ने र सुरक्षित हुने नै हो।

    भिडियो–

    (नेपाल रिडर्सका लागि डा. वन्तसँग मेनुका बस्नेतले गरेको कुराकानीमा आधारित।)

     

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा‍. शरद वन्त

      डा‍. शरद वन्त

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.